मेरो देश नेपाल अहिले पनि जातीय विभेदको सकसमा - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

मेरो देश नेपाल अहिले पनि जातीय विभेदको सकसमा

  आज जेठ 21 गते # मेरो देश नेपाल अहिले पनि जातीय विभेदको सकसमा छ । हरेक वर्ष जस्तै यो वर्ष पनि २१ जेठमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष...

 


आज जेठ 21 गते # मेरो देश नेपाल अहिले पनि जातीय विभेदको सकसमा छ । हरेक वर्ष जस्तै यो वर्ष पनि २१ जेठमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाइँदै छ । यो दिवस मनाउन थालिएको १६ वर्ष भयो । यो अवधिमा पनि नेपालमा दलित समुदायले अकल्पनीय विभेद सहनुपरेको छ ।

यिनै देश चलाउने हरु को ब्यवाहर - घर भित्र एउटा, घर बाहिर एउटा, कानुनमा एउटा, भाषण मा अर्कै भएरनै अहिले सम्म देशमा परिबर्तन हुन्सकेको छैन । चुनाबको बेला पैसाले भोट किनेर जित्छन । पैसामा आफ़्नो अमुल्य भोट बेच्ने हामि जन्ता पनि कहा कमिका छौ र ?

परिवर्तनका लागि देशमा जनआन्दोलन मात्र नभइ सशस्त्र संघर्ष समेत भए । शासन व्यवस्था, संविधान, ऐन-कानुन फेरिए । तर, जातीय उचनीचलाई लिएर आर्थिक, शैक्षिक, राजनीति सबै हिसाबले सबलहरूकै दिमाग फेरिएन । नेता, मन्त्री नै जातिवादीको पक्षपोषण गर्दै हिँडेको देखिन्छ ।

नेपाल देशको १४ प्रतिशत नागरिकले आज पनि नयाँ-नयाँ भेरियन्टका जातिवादीहरूको हमला खेप्न परिरहेको छ । दलित भएकै कारण मर्नु, मारिनु पर्ने बर्बर अवस्था कायम छ । यस्तो सकसमा देश कसरी स्वस्थ भएर अगाडि बढ्न सक्छ ?

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !