सिस्नो ले रोगीको जीवन बचाउन सक्छ भने निरोगी लाई झनै निरोगी बनाउँछ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

सिस्नो ले रोगीको जीवन बचाउन सक्छ भने निरोगी लाई झनै निरोगी बनाउँछ ।

हाम्रो गाउँ घरमा सजिलै थोरै मिहिनेत मा पाइने सिस्नु सवैलाई थाहा भए पनि यसको गुण र फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने औषधि...


हाम्रो गाउँ घरमा सजिलै थोरै मिहिनेत मा पाइने सिस्नु सवैलाई थाहा भए पनि यसको गुण र फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने औषधिय गुणका साथै विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै फाइदा र्पुयाउने गर्छ । सिस्नो अहिले शहरका ठूला - ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको रुपमा रहेको छ । धेरै राजमार्गहरु मा होडिङ बोर्ड नै लगाएर पाते सिस्नो, ताजा सिस्नो र कोदाको ढिँडो, सिस्नो र मकैको ढिँडो लेखेर राखेको देख्न पाइन्छ । सहर मा बस्ने ले आफ्नो इच्छा पूरा गर्न सिस्नो खाने गर्छन्  भने गाउँघर तिर गरीब ले मात्रै सिस्नो खान्छन् भन्ने मानसिकता रही आएको छ । यस्तो मानसिकतालाई परिवर्तन गरेर औषधि हुन्छ । सिस्नो लाई प्रयोग गरेउ भने हामी निरोगी रहन सक्छौं भन्ने हाम्रो मन मस्तिष्क मा राख्न सकिरहेका छैनौं ।


सिस्नोमा पोषणको साथ भरपूर औषधिय गुण हुन्छ ?

भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरु सिस्नो खानाले नोको हुन्छ । अझ महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ । किन भने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ । जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ ।
यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पुप्याउछ । सिस्नो ले गर्भिणी महिलाको पेटको बच्चालाई विकशत पार्न र रक्तश्राव रोक्न सहयोग गर्छ । त्यति मात्र कहाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ ।

सिस्नोलाई ‘हर्बल टनिक्स’ हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमित होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ । कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो सिस्नो को उपयोगी छ । शरीरका अंगहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ ।

त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ । त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ । बर्सात भरी भिजेर आउने बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पुर्याउछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

सिस्नो खानुका फाईदा ?

पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ । अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वार तर्फ पठाउँछ । 

सिस्नोमा के के कस कसलाई फाइदा पुर्याउँछ ?


महिलाको महिनावारी अनियमीत हुने देखि लिएर अरू सबै लाई ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

हामीले खाने रायोको सागमा ३ सय ५० आई.यू. भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । त्यस्तै आइरन, फमिक एसिड लगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सजिलै पचाउन सक्ने सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्स लगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।

यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहारीहरूको लागि अति उत्तम भोजन हो ।

सिस्नोको प्रयोग कसरी गर्ने ?: 


१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ । मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन ।

हरियो ताजा सिस्नो को मुन्टा टिपेर ल्याएर त्यस लाई लसुन, टिमुर, स्वाद अनुशार नुन हालेर राम्रो सग घोटी - घोटि मकैको पीठो छरकदै पकाएर तरकारी को रूपमा पनि खान सकिन्छ । यसरी ताजा खाना सग खाँदा झनै स्वादिलो हुन्छ ।

शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय थाहा नपाएर प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् ।

हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने गर्यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् । हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् ।

हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा, खोला, खोल्सी र जंगल मा पाईने हुँदा घर - घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटी लाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । 

सिस्नो पाउने ठाउँ र यसको मान्यता ?

हाम्रो देश मा सितैं र थोरै मिहनत मा पाउने अमुल्य गुण भएको सिस्नो लाई प्रयोग मा ल्याउन सक्यौ भने तपाईं हाम्रो ठूला ठूला रोग बाट आफु लाई बचाउन सकिन्छ । हाम्रो देश र समाजमा रहेको कुरीति का कारण अहिले पनि यति धेरै फाइदा दिने सिस्नो लाई घर भित्र हुल्न हुँदैन । खाने ले पनि घर बाहिरनै पकाएर खानु पर्छ । घर नजिकै आफै उम्रियो भने पनि कुल देउता रिसाउँछन्, दशा लाग्छ भनेर उखालेर फाल्ने चलन छ । त्यति मात्रै होइन कसै संग झगडा भएर बाझ्दा पनि तेरो घर घडेरीमा सिस्नो उम्रियोस भनेर गालि गर्छन् । यदि तपाई मा या तपाईको छिमेकी मा यस्तो बानी छ भने यसलाई हेला होइन, अजम्बरी को जडीवुटी रहेछ भनेर सम्मान मा साथ प्रयोग मा आजै बाट ल्याउनुहोस ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !