हामी नेपाली को आफ्नै करेशा बारिमा सजिलै धेरै उत्पादन हुने स्कुस लाई हामीले हेला गर्छौं, तर यो तरकारी मध्यको धेरै औषधि गुण भएको मा पर्छ । हाम...
हामी नेपाली को आफ्नै करेशा बारिमा सजिलै धेरै उत्पादन हुने स्कुस लाई हामीले हेला गर्छौं, तर यो तरकारी मध्यको धेरै औषधि गुण भएको मा पर्छ । हामीले चिन्न नसकेर यस लाई हेला गरी रहेका छौ । यसको बारेमा जसले जानेको सुनेको हुन्छ त्यसले यसलाई कहिल्यै पनि हेला गर्दैन । स्कुस कति सम्मको गुणकारी हुनछ भनेर जानौं ।
नेपालीको भान्सा धान्ने सक्ने तरकारी मध्यको स्कुस । घर आँगनमा सजिलै फल्ने, धेरै फल्ने, स’स्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर स्कुस वहुउपयोगी तरकारी मा पर्दछ । सुरुमा पलाउँदै गर्दा स्कुसको मुन्टा तरकारी खान सकिन्छ । यसको कलिलो फल फल्न सुरु भए पछि तरकारी खान सकिन्छ । स्कुस को फल छिपिय पछि उसिनेर खाजाको रुपमा खान सकिन्छ । मुन्टा, फल दिन छोडे पछि यसको जरा निकालेर तरकारी र उसिनेर खाजा खान सकिन्छ । यसको सबै स्वादइस्ट र खान मिल्ने स्वाद फेर्दै खान सकिन्छ । त्यस सँगै स्कुस थोरै लगानीमा धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वास्थ्यका लागि कस्तो पोषिलो छ भनेर जान्न जरुरी हुन्छ ।
१. एन्टि अक्सिडन्टको उपलब्धता स्कुसका धेरै फाइदाहरू छन । यसलाई शरीरमा चाहिने एन्टि अक्सिडेन्टको प्रचुरताका कारण पनि अति गुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ । जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सर प्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सी को एउटा उत्कृष्ट स्रोत हो । जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।
२. पोषक तत्वको धनी स्कुसको सबैभन्दा ठूलो गुण भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ ।
जस्तै: - एउटा २०० ग्रामको स्कुसमा निम्न लिखित पोषकतत्व पाइन्छ ।
- क्यालोरी – ३९ प्रतिशत
- कार्बाेहाइड्रेड – ९ ग्राम
- प्रोटिन – २ ग्राम
- भिटामिन सी –२६ प्रतिशत
- कपर – १२ प्रतिशत
- पोटासियम – ७ प्रतिशत
- म्याग्नेसियम – ५ प्रतिशत
यति धेरै खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । हाम्रो शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।
३. रगतमा हुने गुलियो (चिनी) पदार्थको नियन्त्रणमा सहयोगी घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बाेहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत मा हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्याउँछ ।
४. मुटुको स्वास्थ्यका लागि स्कुस धेरै खाने मान्छेमा मुटु रोगको जोखिम कम हुने गर्छ । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युब मा गरिएको अनुसन्धानले रक्तनलीहरू लाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ । स्कुस एउटा फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडी आई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको सेवनले मुटु रोगको जोखिम घटाएको हुन्छ ।५. स्कुसको नियमित सेवनले गर्भावस्थालाई स्वस्थ बनाउन सहयोग गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ । प्रारम्भिक गर्भावस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका लागि फोलेट आवश्यक हुन्छ । पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ । २०० ग्रामको एउटा स्कुसले शरीरमा चाहिने फोलेट र भिटामिन बी को ५० प्रतिशत माग पूरा गर्ने गर्दछ । यसैले, सन्तुलित आहारको एक भागको रूपमा स्कुस खानु स्वस्थ गर्भावस्थाको लागि उत्तम हुन्छ ।
६ . बुढेसकालमा हुने दृष्टिदोष कम गर्न फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पुर्याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पुर्याउँछ । भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको समस्या लाई कम गर्न मद्दत गर्छ ।
७. क्यान्सर कम गर्न सहयोग उच्च पोषणयुक्त फलफूल र स्कुस को तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ । यद्यपि यी नतिजाहरू पूर्ण क्यान्सर प्रतिरोधी भनेर प्रमाणित तथ्य भने होइनन । तर यसले क्यान्सर कम गर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमाणित विषय हो । यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ ।
८. मिर्गाैलाको कामलाई सहज बनाउन फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीक सँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई नियन्त्रण गर्न सक्छ । मुसामा गरिएको अध्ययनले पनि स्कुस खुवाएको मुसामा कोले स्ट्रोल र फ्याट्टी एसिडको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छेको कलेजो स्वास्थ्यमा कसरी सहयोग पुर्याछ ?
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !