टिमुर अमृत पनि बिष पनि । टिमुर धेरै गुण भएको वनस्पति भएता पनि प्रयोग गर्न जाने औषधि, नजाने विषादी हुन्छ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

टिमुर अमृत पनि बिष पनि । टिमुर धेरै गुण भएको वनस्पति भएता पनि प्रयोग गर्न जाने औषधि, नजाने विषादी हुन्छ ।

गरीब देश देखि लिएर धनी देश सम्म प्राय भान्सामा प्रयोग हुने टिमुर बारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका साथै विषादी गुण को विषयमा जो ...


गरीब देश देखि लिएर धनी देश सम्म प्राय भान्सामा प्रयोग हुने टिमुर बारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका साथै विषादी गुण को विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । अरुबेला भन्दा जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले बाहिरको तापमान सँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वाद र बास्ना का लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।


टिमुर कस्तो प्रजातिको  वनस्पति हो ? 


नेपाल मा दुई प्रजातिका टिमुर पाइछ । एउटा बोक्रे टिमुर र अर्को सिल टिमुर हुन । सिल टिमुर खासै प्रयोग मा ल्याउँदैन । धेरै प्रयोग हुने भनेको बोक्रे टिमुर हो । यी दुबैको बोट पनि भिन्न हुन्छन् । बोक्रे टिमुर सानो काँडा भएको झाडी जातको हुन्छ । सिल टिमुर ठूलो रुख काँडा न भएको प्रजाति को हुन्छ । यहाँ बोक्रे टिमुर को बारेमा लेखिएको छ । यसको नाम भन्दा दुवै लाई टिमुर नै भनेर चिन्ने गरिन्छ । जानकार ले मात्रै फरक नाम ले चिन्छन् । यी दुवै टिमुर को नाम, बास्ना, दाना, उपयोग फरक हुन्छ । नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो जमीन र बारीमा उम्रिएका हुन्छन् । अरू विकशित देश मा यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । हाम्रो देश नेपाल मा प्रकृतिले आफै उमार्छ र पनि यहाँ कसैले यसको चासो गर्दैनन् । नेपाल मा करौडौं को टिमुर बर्सेउनी भित्रिन्छ । यसको बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन् । टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।
 टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन । फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ । काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसके पछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ ।
नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ । यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
औषधीय गुणहरु: आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ । टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड) यसलाई औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्ट लगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ । गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुरको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ । टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

टिमुर लाई कसरी प्रयोग गर्ने ? 

१. हैजामा टिमुरको प्रयोग: 

हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी मानिन्छ । कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो भए यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको रस वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ ।

२. टिमुर पेट सम्बन्धी रोगमा: 

यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधी हो । यसले मन्दाग्नि, अपच, आऊ र यस्तै समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधीको काम गर्दछ । पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ । टिमुरको सेवनले एकृत (लिभर) बलियो हुने र जठराग्नि पाचनक्रियामा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने गर्छ । यसको सेवन मिश्री काँढासँग र बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदमा उल्लेख गरिएको छ ।

३. टिमुर घाँटीको दुखाईमा: 

टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र घाँटीमा बाँध्नाले घाँटीको दुकाई हट्दछ । 

४. टिमुर ज्वरो र कफमा: 

ज्वरो एवम् कफको विमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्याबाट मुक्ति दिलाउँछ । 

५. दाँतको लागि टिमुर: 

यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको दुखाई हट्ने र हाँगाले दाँत मल्नाले दाँत बलियो र सफा हुने गर्छ ।

६. गठिया वाथमा टिमुर: 

जडिबुटी शास्त्रका अनुसार गठिया वाथमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले निकै फाइदा पुर्याउने गर्छ । 

७. घाऊमा टिमुर: 

टिमुरको सेवनले घाऊ खटिरामा पनि फाइदा पुर्याउने गर्छ। टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाऊमा छर्कने र यसको बोक्रा (जराको बोक्रा)को रसले घाऊ धुनाले निकै लाभ हुन्छ ।

८. टिमुर अन्य स्वास्थ्य समस्यामा: 

मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । वाथ, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, पिसाब सम्बन्धी रोग इत्यादि मा यसको औषधीय प्रयोग गर्न सकिन्छ । 

यसको मात्रा: 
सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोला सम्म लाई लिन सकिन्छ । टिमुर यति धेरै गुण भएको वनस्पति भएता पनि प्रयोग गर्न जाने औषधि, नजाने विषादी हुन्छ ।
जस्तै उदारहण:
  • मानिसले टिमुरको दाना लाई खाएर पानी खानु हुँदैन । यसो गर्यो भने पानी घाँटीमा अड्कन्छ र मृत्यु पनि हुनसक्छ ।
  • सुंगुर को जति पनि प्रजाति छन् तिनी हरू लाई टिमुर दिनु हुँदैन । यिनीहरूले टिमुर खायो कि तुरुन्तै मर्छन् ।
यो उदहारण मात्रै हो । यस्ता धेरै कुरा छन् यहाँ लेखेर साध्य हुँदैन ।

1. बोक्रे टिमुर को रुख:

2. सिल टिमुर को रुख:



No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !