मनोमानी सिटामोल खाँदा केही हुन्छ ? यसको कुनै साइड इफेक्ट छ वा छैन भनेर प्राय व्यक्ति लाई थाहा नै हुँदैन ।थाहा नभएर पनि हामी ले कतैन कतै बाट ...
मनोमानी सिटामोल खाँदा केही हुन्छ ? यसको कुनै साइड इफेक्ट छ वा छैन भनेर प्राय व्यक्ति लाई थाहा नै हुँदैन ।थाहा नभएर पनि हामी ले कतैन कतै बाट सिकेका, जानेका छौं कि सिटामोल खाए निको हुन्छ ।
टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय भनेकोनै सिटामोल खाइदिने र निको हुने ।
अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने ।
- के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ?
- खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ?
- यसले के काम गर्छ ?
- कुन समयमा खानुपर्छ ?
- कति मात्रामा खानुपर्छ ?
- यसका कुनै साइड इफेक्ट छ वा छैन ?
जनरल फिजिसियन डाक्टर हरु भन्ने गर्छन् । सिटामोलको लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु शरीरको लागि निकैनै हानिकारक हुन्छ ।
सामान्य ज्वरो आउँदा, मांसपेशी दुख्दा सिटामोल खान सकिने डाक्टर हरु काे भनाइ छ । हामीले सकेसम्म चिकित्सकको सल्लाह लिएर सिटामोल खानु उचित हो । डाक्टर हरु भन्छन् । जसले पनि आफूखुसी खाइरहँदा त्यसले दीर्घकालीन शरीर मा धेरै नराम्रो असर गर्न सक्छ ।
अन्तर्राष्ट्रिय जर्नल सर्कुलेसनमा जनाइए अनुसार पारासिटामोलको अधिक सेवनले उच्च रक्तचापको समस्या बढाउने र दीर्घकालीन रूपमा मुटुसम्बन्धी रोग निम्तियाउन सक्छ । यसको सामान्य प्रयोगमा कुनै साइड इफेक्ट नदेखिए पनि लामो समय सम्म यसको निरन्तर प्रयोगमा ल्याए शरीर मा गम्भीर समस्या निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
चिकित्सकका अनुसार ज्वरो आएको बेला शरीरको तापक्रम कम गर्न वा ज्वरोको असर कम गर्न सिटामोल खान सकिन्छ । त्यस्तै शरीरको कुनै भाग दुखेको छ भने पनि सिटामोल खान सकिन्छ । विश्वका स्नायुरोग विशेषज्ञ डाक्टर हरु ले भन्छन । तुलनात्मक रुपमा यसको साइड इफेक्ट कम छ । त्यही कारण पनि बेलाबखत खान सकिन्छ । तर नियमित खानु ठीक होइन ।
आफूखुसी सिटामोल खाइरहँदा त्यसको मात्रा कति हो ? कुन बेला खाने हो ? कसरी खाने हो भन्ने जस्ता कुरामा जानकारी हुँदैन । त्यसैले औषधि पसलले पनि यस्तो औषधि बिक्री गर्दा त्यसको मात्रा, प्रयोग तरिका सबै विस्तारमा बताउन जरुरी हुन्छ डाक्टर हरु भन्छन । साथै यस्ता औषधि बिरामीले जति माग्छन त्यति दिने होइन ।
कस्तो अवस्थामा सिटामोल खाने ?
यो औषधि घरमै राखेर खान मिल्ने औषधि पारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी रुपमा भने सिटामोल खान नहुने चिकित्सकहरु बताउँछन् । यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डाक्टर हरु बताउँछन् । यदि लगातार रुपमा सिटामोल खाएमा त्यसले पहिले कलेजोमा हानि गर्ने बताइन्छ ।
सामान्य मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल खानु नहुने डाक्टर बताउँछन् ।
सिटामोल ले कस्तो के मा असर गर्छ ?
यसले पहिले कलेजो मा असर गर्छ । त्यस पछि मृगौला मा गर्छ । त्यस पछि मुटु मा गर्छ । शरीरको मुख्य अंग मा असर गरे पछि ती अंग हरुले बिस्तारै काम गर्नछोड्दै जान्छ । नजानी या जानेर सिटामोल को चाहिने भन्दा ज्यादा प्रयोग मा ल्याए शरीर काम नलाग्ने हुनजान्छ । यसरी 10 रुपयाँको सिटामोल को कारण ज्यान सम्म लिन्छ । समय छँदै बुद्धि पुर्याउन सक्यौ भने ज्यान का साथै सम्पति पनि बचाउन सक्नेछौं ।
सिटामोल को हानि बाट बच्ने उपाय ?
डाक्टर को सल्लाह सुझाव लिएर मात्रै सिटामोल प्रयोग गर्ने ।
शरीर मा थोरै दुखाइको अनुभव हुने बितिकै सिटामोल नखाने ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !