पूर्वतयारी योजना नै स्वीकृत भएको छैन, मनसुन सुरु भइसक्यो | - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

पूर्वतयारी योजना नै स्वीकृत भएको छैन, मनसुन सुरु भइसक्यो |

गत वर्ष भएका मनसुनजन्य विपद्बाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको ...

गत वर्ष भएका मनसुनजन्य विपद्बाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु भएको थियो ।

जानकारहरूका अनुसार गत वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै उच्च थियो । २०७७ मा मनसुनको पहिलो महिना असारमा २० जना, ०७६ मा २५ जना, ०७५ मा ११ जना र ०७४ मा २८ जनाको मृत्यु भएको थियो ।

यो वर्ष पनि मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । नेपालमा वर्षभरि हुने वर्षा करिब ८० प्रतिशत मनसुनको समयमा हुने गर्छ ।

यसपालि मनसुनको चार महिनाको अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर-पूर्व भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर- पश्चिमी भूभाग तथा सुदरपश्चिमको उत्तरी भू-भागमा सरदभरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ ।

छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुने हुँदा मनसुनमा ठूलो क्षति हुने गरेको छ । नेपालमा मनसुनको समयमा पहिरो, बाढी, कटान र डुबानले बर्सेनि मानवीय र भौतिक क्षति गर्ने गरेको छ ।

तर नेपालको मनसुनजन्य विपद् क्षतिको न्यूनिकरण र रोकथामको प्रयासभन्दा बढी घटना भइसकेपछि प्रतिकार्यमा मात्र सीमित रहने गरेको छ । भौगोलिक प्रकोप विज्ञ एवं इञ्जिनियर श्रीकमल द्विवेदीका अनुसार हरेक वर्षको प्रकोपले अर्को वर्षका लागि केही सन्देश दिने गर्छ, त्यसलाई हेरेर पहिल्यै पूर्वतयारी गर्नुपर्ने हो । तर नेपालमा त्यसो हुन सकिरहेको छैन ।

‘गत वर्ष मनसुनको पहिलो महिना नै भारी वर्षा र ठूलो जनधनको क्षति भएको थियो, त्यसबाट सिकेर योजना बनाउनुपर्थ्यो’ द्विवेदी भन्छन्, ‘तर नेपालमा कहिल्यै पनि अघिल्लो वर्षको प्रकोपबाट सिकेको देखिंदैन ।’

प्रकोपको पूर्वतयारी र प्रतिकार्यको जिम्मेवारी पाएको गृह मन्त्रालय मनसुनजन्य प्रकोपलाई हलुकारुपमा लिएर बसेको छ । मनसुन भित्रिएको एक साता बितिसक्दा पनि मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना – २०७९’ स्वीकृत नगर्नुले यसको जिम्मेवारी लिएको मन्त्रालयको मनसुनजन्य विपद्प्रति कति संवेदनशील छ भन्ने देखाउँछ ।

मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत नहुँदै मनसुन सुरु भइसकेको छ । यो अवधिमा प्राधिकरणले यसलाई स्वीकृतिका लागि पटकपटक विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष गृहमन्त्री बालकृष्ण खाँणसमक्ष समय मागेको छ ।

तर हालसम्म गृहमन्त्री खाँणको समय प्राधिकरणका पदाधिकारीहरूले पाउन सकेका छैनन् । ‘अहिलेसम्म केन्द्रकै कार्ययोजना स्वीकृत नहुँदा जिल्लामा पनि कसरी काम गर्ने भन्ने टुंगो लागिसकेको छैन’ प्रकोपको जोखिम क्षेत्र मानिने एक जिल्लाका प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘प्रकोप भइसकेपछिको कामका लागि सुरक्षा निकायले विगतकै योजना अनुसार काम गर्ने तयारी गरेका छन् ।’

प्राधिकरणले बनाएको कार्ययोजनामा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जल तथा मौसम विज्ञान विभाग, संघीय मामिला तथा प्रशासन मन्त्रालय, स्वास्थ्य, खाद्य सुरक्षालगायतका क्षेत्रमा गर्नुपर्ने कामबारे विस्तृत योजना उल्लेख छ ।

तर मनसुन सुरु भइसकेको अवस्थामा त्यसमा उल्लेख भएका पूर्वतयारीका योजना कार्यान्वयनका लागि जटिलता छ । 

 

 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !