मेरो विचार तपाईहरु लाई तीतो लाग्न सक्छ । तितै लागेपनि पुरै पढ्ने कोसिस गर्नु होला । यो सुनको बारेमा देश हाक्ने लाई मेरो एउटा सुझाब :- ने...
मेरो विचार तपाईहरु लाई तीतो लाग्न सक्छ । तितै लागेपनि पुरै पढ्ने कोसिस गर्नु होला ।
यो सुनको बारेमा देश हाक्ने लाई मेरो एउटा सुझाब :-
नेपालको कुल बजेट को कति % ले सुन आयात हुन्छ ?
स्वरोजगार को नाउँमा कति दुरुपयोग भएको छ ?
स्वरोजगारी बनी कमाएको रकम कहा खर्चेका छन् ?
मलाई लाग्छ कि -
तस्करी, चोरी, हत्या, हिंसा, लुटपाट जति पनि घटनाहरू घट्छन् यही सुन ले गर्दा हुन्छ । नेपाली जति सुकै गरीब होस्। एउटा कुखुरा को चल्लो र एउटा बाख्रा को पाठो पालेर ठुलो बनाई बेची त्यो पैसा ले सुन किन्ने चाहाना छ किन्छ सुन किनेकै दिन देखि घर झगडा सुरु हुन्छ । घर समाज झगडा नै देश कमजोर हुनु हो।
सरकार यो सुन को भाउ किन साठी हजार मा रोकेको ?
देश को विकास जब सम्म पूरा हुँदैन, तबसम्म कम्तीमा पनि दस लाख रु. तोला पुराई देऊ ।
सुनको भाउ बढेको मा को आन्दोलन मा उत्रदो रहेछ?
यति गरेर हेरौं देशको विकास कति चाडो हुँदोरहेछ ?
अनि थाहा हुनेछ एउटा नेपाली ले सुन मा कति खर्चिन्छ ?
देशको सम्पति जति नेपालीको शरीर सजाउनानै खर्च भै रहेको छ। प्रत्येक नेपाली ले सुनमा लगानी नगरेर साना ठूला विकास का बाटा हरु मा लगानी गर्ने बानी बस्नेछ । जब नेपाल र नेपाली पूर्ण विकसित हुन्छन् तब एक हजार रु. तोला सुन भए पनि कसैले किन्ने छैन्न। नरेन्द्र मोदी ले कालो धन निकाल्ने जुक्ति आफ्नो होइन । एउटा चलचित्रमा लेख्ने कथाकार को कथा मा आधारित छ । सरकार एउटा सानो सोचले देशमा ठुलो परिवर्तन ल्याउन सक्छ । नेपालीको मानसिकता, रहनसहन, व्यवहार लाई बुझ्ने कोसिस गर्नुस् । यो सुनको बारेमा गहन सोच्नुस् ।
राम्रो रहेछ ।
ReplyDelete