अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ? नेपाली मुद्रा इतिहासकै कमजोर | - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ? नेपाली मुद्रा इतिहासकै कमजोर |

 ३१ जेठ,  आज  मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारस...

 ३१ जेठ, 

आज  मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।

अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । 

इतिहासमै पलिहोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो । नेपाल ले  विनियमदर तोक्ने पद्धति भारतीय मुद्रा र भारतीय अर्थतन्त्रमाथि निर्भर छ ।

सिद्धान्ततः डलरको मूल्य बढ्नुको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन्छन् । निर्यात गर्नेहरुलाई यसले राम्रो मूल्य पाउने अवस्था बन्छ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी पनि बढ्छ ।

रेमिट्यान्सलाई पनि डलरको मूल्य बढ्दा सकारात्मक प्रभाव पर्छ । अहिले डलरको मूल्य बढिरहेकाले नै रेमिट्यान्स बढ्न सघाइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरुको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ

सिद्धान्ततः यसले आयालाई पनि निरुत्साहित गर्छ । आयात महँगो हुने कारणले नभएपनि हुने खालको र महगा वस्तुको आयात कम हुन्छ । डलरको मूल्यले आयात घटाउन सघाउँछ । सैद्धान्तिक रुपमा व्यापार घाटा न्यूनीकरणमा सघाउन सक्छ ।

यसको नकारात्मक पक्ष पनि छन् । नेपालमा अर्थतन्त्र आयातमा आधारित भएकाले आयातमार्फ महँगी/मुद्रास्फीति बढ्छ । नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि बढ्छ । तेलको मूल्यमा प्रतिकुल असर पर्छ । मूल्य बढाएन भने आयाल निगमको घाटा बढ्छ । जहाँ पनि प्रयोग हुने तेलको मूल्य बढ्दा माहोल नै बिगार्छ । यातायात र ढुवानीको भाडा बढ्छ । उद्योग क्षेत्रको पनि लागत बढ्छ । नेपालको आयातमा आधरित अर्थतन्त्र भएकाले यसले तुलनात्मक लाभ खत्तम पार्छ ।

डलरको मूलय बढ्दा आयातलाई नियन्त्रण हुन्छ भन्ने सिद्धान्त भएपनि हाम्रो आयात अधिकतम् रुपमा अतिआवश्यक हो । अतिआवश्यक वस्तुअरु नै बढी आउने भएकाले खासै आयात घट्दैन । उल्टै व्यापार घाटा बढ्न पुग्छ । किनभने आयात महँगो पर्न जान्छ । हाम्रो उत्पादन क्षमता सुधार नभएको हुनाले हामीले डलरको मूल्य बढ्दाको लाभ लिन सक्दैनौं । डलरको अधिमूल्यनले अर्थतन्त्रमा संकटको अवस्था पनि ल्याउन सक्छ ।

जहाँ डलर बलियो हुन्छ, त्यहीँ लगानी ढब्छ । देशमा आउने सक्ने लगानी घट्ने र उल्टै विदशेमा पूँजी पलायन हुने सम्भावना हुन्छ । यसले विदेशी मुद्राको स्रोतमा थप दबाव पर्ने अवस्था आउनसक्छ ।

नेपालको अर्थतन्त्रमा संकट आउनुको कारणमध्ये विनिमयदरको तलमाथि पनि एउटा कारण हो । यसले नेपालमा पूँजी नआउने र विदेशमै रोकिने हुन्छ । डलरको भाउ बढ्नुको मतलब डलर बलियो र नेपाली मुद कमजोर हुनु हो ।

अर्थतन्त्रमको क्षतमा नबढ्दा सम्म विदेशी मुद्राक बलिया हँदाको लाभ प्राप्त गर्न हामीले सक्दैनौं । हामीले पर्याप्त उत्पादन विदेश निर्यात गर्नसक्ने अवस्था हुन्थ्यो भने डलरको बलियो हुँदा हामीलाई लाभ धेरै हुन्थ्यो । त्यैले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थप्छ ।

 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !