नेपाल आयल निगम बाट राज्य ले महिनैपिच्छे डिजेल, मट्टीतेल र पेट्रोल नि: शुल्क दिने, यो सुविधा लिने हजारौँ राष्ट्रसेवक भनाउदा हरु को मनोमानी...
नेपाल आयल निगम बाट राज्य ले महिनैपिच्छे डिजेल, मट्टीतेल र पेट्रोल नि: शुल्क दिने, यो सुविधा लिने हजारौँ राष्ट्रसेवक भनाउदा हरु को मनोमानी खर्चका कारण, देशका प्रमुख देखि सामान्य हरु को सवारी हुँदा उहाँहरुको अघि र पछि दौडने लाई नि:शुल्क तेल पाउने दर्जनौं मोटरसाइकल र गाडीहरुको कारण र नेपाल आयल निगमका तलब बाहेक पनि विविध सुविधाहरु सहित तिन तिन महिना मा 200% सम्म भत्ता खाने भष्ट्राचारी कर्मचारीहरुको कारण नेपाल आयल निगम टाट पल्टेको कयौ वर्ष भयो ।
यस्ता कुरा थाहा पाएर पनि तै चुप, मैं चुप भएर बसेकोछ नेपाल सरकार । थाहा पाएर पनि के गरोस ? आफ्नो खाने कुरा लाई लात्ती ले हानेर भोकै कोही बस्दैन थियो ।
सस्तोमा ल्याएको पेट्रोल, डिजेल, मट्टीतेल महँगोमा भर्ने तर पनि खुरुक्कै ठाउँको ठाउँ पैसा तिर्ने तपाईं हामी जस्ता सर्वसाधारणहरुले धेरै डिजेल र पेट्रोल प्रयोग गरेको कारण मूल्य वृद्धि भएको र आयल निगमलाई घाटा भएको हुदै होइन तथापी यसको मार र असर जस्लाई पर्नु पर्ने हो र पारिनु पर्ने हो त्यस वर्गलाई छुदै नछुने तर त्यसका विपरीत कडा बोल्न र विरोध गर्न नसक्ने पहुच विनाका निमुखा जनताहरु लाई सधैंमार र असर परिरहेको छ ।
जनताहरुको चुल्हो पटक पटक निभाउने काम गरेको छ सरकार ले । आँखा, कान, बुद्धि, सोचाइ, दया, माया, धर्म र कति पनि मानवीय संवेग नभएको लाचारी सरकार लाई पटक पटक चुनाव मा भोट दिने यिनै जनता ले नै हो । यसले पो राम्रो गर्छ कि उसले पो राम्रो गर्छ कि भनेर भोट हालेर जिताएर पुस्तौं पुस्ता देखि आशाको बाटो हेर्ने बाहेक अरु केही भएको छैन ।
यस्तो पनि जनताको सरकार ? आयो रे लोकतन्त्र भन्न सजिलो छ । त्यो पनि जनता र कयौ सहिद ले बलिदान दिएर ल्याएको लोकतन्त्र । यहाँ जस् लाई पर्यो त्यसले मात्रै भोग्यो ।
अहिले शासकहरुको मात्र लोकतन्त्र भयो । यहाँ कस्तो असहयीय पीडा सहिद को रगत - रगतमा जनताहरु शोक, भोक र अभावमा बसेर भष्ट्राचारी हरुको चयनमा चुपचाप सहनु पर्ने लोकतन्त्र भन्ने जन्तु ल्याएछन् नेपाली सहिद र जनताले ?
यसको जिमेवारी कसले लिने ? लोकतन्त्र ल्याउने ले की ? यो लोकतन्त्र चलाओं सबै लाई सुख, शान्ति दिउँ विश्वमा सुखी जनता, सम्पन्न नेपाल भनेर चिनाउने काम गर भनेर आफ्नो अमुल्य मतदान गर्ने ले ?
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !