करुणा गरुँ, नगरु को दोसाँधमा थिई । बन्द भएको बाथरुमको छेस्किनी दई पल्ट दोहोर्याएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई ...
करुणा गरुँ, नगरु को दोसाँधमा थिई । बन्द भएको बाथरुमको छेस्किनी दई पल्ट दोहोर्याएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई । कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि भन्ने शंका उसको मनमा ठूलो थियो । अरु सँग भन्दा पनि ऊ आफै सँग शंकित थिई तर उसको मनमा ठूलो कौतुहल पनि थियो र ऊ त्यसको अनुभूति लिन चाहन्थी । प्रशंग सानै कुराबाट उठेको थियो । दिउँसो फुर्सदर्को पिरियडमा सबै केटी पहारिलो घाम तापेर चउरमा बसेका थिए । स्नातक भइसकेका केटीहरुको चर्चाको विषय सधैं भात, भान्सा, टि.भि., फिल्म,गहना गुरिया जस्ता कुरामा मात्र सीमित अवश्य हँदैनथ्यो । बुढाबुढीको जस्तो गुढ तत्व नखोजेपनि विवादमा राजनिति, साहित्य, दर्शन आदि जस्ता विषयहरु पातपातै भए पनि अवश्य परेका हुन्थे । कसले के विषयमा बोल्यो, के कुरा गर्यो - त्यति महत्वपूर्ण नहुँदा ।४ मिनट पछाडि नै पूर्व प्रवचन बिर्सिइसकिन्थ्यो र नयाँ शिर्ष माथि चासो चल्दथ्यो तर कुराकानीले नछोएको समसामयिक विषय शायद हुदैन थिए होलान् र त्यो दिन पनि त्यस्तै भयो । हुनत उनीहरु कुनै बालिका थिएनन् र कम्तिमा पनि २० वर्षत सबैले नाघिसकेका थिए तर जुन सुकै आर्थिक स्थितिका भए पनि एउटै सामाजिक पृष्ठ भूमिमा हुर्किएका हुनाले यौनको चर्चा उठ्दा भने सबैलाई अलि असजिलो लाग्दथ्यो । मध्यम वर्गिय सामाजिक परिवेशले थिचि नै रहेको थियो उनीहरुलाई । त्यसमा पनि उनीहरुको समूहमा बिहे भएको कोही नभएकाले उनीहरु चाहेर पनि यौन प्रसंग ओकल्न असजिलो मान्दथे । यौनमा अपेक्षाकृत उदार विचार राख्ने या शंकिर्णहरूले उच्छ्रिङ्खल ठान्ने अंग्रेजी माध्यमका आवाशिय विद्यालयहरुमा बसेर माध्यमिक शिक्षा प्राप्तगरेकाहरु समेत शायद संगतदोषले होला, अरु जस्तै म्याउ म्याउ गर्ने भइसकेका थिए र ४।५ वर्षो साथिहरुको भुनभुनाहटले उनीहरुलाई पनि कमलकोटी बनाइसकेको थियो । यसो भन्दैमा प्रशंग नउठ्ने चाहीं पटक्कै होइन । यौवनले ल्याउने कौतुहलता र त्यसबाट उठने चाहनालाई मेटन सकने योगी त उनीहरु थिएनन् । कुरा रंगभेद बारे चलिरहेको थियो, कसैले त्यसलाई जातिभेदमा ओराल्यो र जातिभेदको प्रशंगमा नम्रताले भनी-गोरो, कालो, पहेंलो, चुच्चो, नेप्टो, चेप्टो यो सबको विवाद किन - प्राणीशास्त्रको परिभाषामा एक अर्काबाट फरक नभएपछि रातो, सेतो, कालो, पाटे, तारे, फुर्के आदि गाईवस्तुमा अन्तर नभए झै मानिस मानिस बिच अन्तर पनि त छैन । छ पनि र छैन पनि ।-अर्कोको विचार सँग आफ्नो असहमति देखाइहाल्नुपर्ने अपराले भनी-छ यस अर्थमा कि उनीहरूका बिचमा अचयकक दचभभमषलन हुन सक्छ । पहाडको दुई माना दुध दिने डल्ली गाई कतै सिंगोे भैंसी जत्रो जिउ हुने र ५/७ पाथी दुध दिने जर्सीको बराबर हुन सक्छे - यो चाहिं छैन भन्ने अर्थमा नि । हो त नि । त्यो खिनौरी मानवी हाम्री यो जर्सी सँग दाँजिन सक्छे त --कुरालाई जहिले पनि ठट्टामा नै लिने मणिकाले आफू भन्दा ठूलो जिउडालकी अपर्णालाई अँगालो मार्दै मानवी तिर हेरी । सबैका आँखा अपर्ण्ाामा गएर अडिए । लगाएको लुगाको प्रत्येक विन्दुबाट बाहिर निस्कन खोज्ने अपर्णको जिउ मणिकाको अँगालोमा अटन सक्ने संभावना थिएन । त्यो देखेर नम्रताले हास्दै भनी-तँ पनि सुहाउदिनस् त्यसलाई । जिउ नमिलेर के भयो त - हाम्रो मन मिलेकै छ भनिदे न, मोटी ।-मणिकाले अपर्ण्ााको गलामा अँगालो हालेर जिस्क्याई । अपर्ण्ााले मणिकालाई गलाबाट छुटाउन खोज्दै माया गरेर भनी-जा, राँडी । नखरा पारेर पोईको घाँटीमा झुन्डिए झैं झुन्डिन्छे त्यसै । आफ्नो अनुहार त हेरेकी छस् ऐनामा - पोइ पनि कस्तो पाउछे कुन्नि यो राँडीले त - सबै जना गलल्ल हाँसे । नम्रताले कुराकानीलाई फेरि विषय तिर तान्न भनी-लौ, यौनकै कुरा सही तर अलि गम्भिर तहमा । सुन । बर्ट्रान्ड रसेलले भनेका छन्-ननहरु बाथरुममा पसेर नुहाउदा पनि लुगा बेरेर नुहाउछन् रे । कसले देख्छ र लुगा बेरेको - भन्दा कसैले नदेखे पनिर् इश्वरले त देख्छ नि भन्छन् रे । त्यसको बाबुको त्यो बन्द कोठाभित्र च्याउन सक्ने देउताले त्यो त्यसले बेरेको ज्यालज्याले थाङनो भित्र च्याउन सक्दैन रे - भन्न सक्दा रहेनछन् तिनीहरुलाई --मणिकाले भनिहाली । त्यो भन्नलाई पनि तैंले सिकाउनुपर्ला त्यो खाईखेली ठेड भएको बुढोलाई --नम्रताले जवाफ दिई। साँचि, नांगै नुहाउछन् त्यसरी --यस पटक करुणाले प्रश्न गरी । सबैले एकै चोटि करुणातिर हेरे । अहिलेसम्म सबै जना अर्काको अनुभव सुनाइरहेका थिए । करुणाको सोधाइले उनीहरुको अनुभव खोज्यो । आफूलाई प्रगतिशिल र उदार ठाने पनि सँस्कृतिको चापले थिचिएका ती केटीहरु ती कृस्तानी धर्मशालामा बस्ने ननहरु भन्दा बढी उदार र परिपक्व थिएनन् । रसेलको दार्शनिकता त उनीहरुको कागजी ज्ञान मात्र थियो आइन्स्टाइनको सापेक्षवादको सिध्दान्त जत्तिकै । त्यसैले करुणाको प्रश्नको जवाफ उनीहरू दिन सक्दैनथे । होइन भन्न उनीहरू सँग आत्मबल थिएन, हो भन्न अनुभव । त्यसैले कुराको प्रशंग अर्कोतिर मोडियो । करुणाको सामु नौलो तथ्य प्रकट भएको थियो । आइमाई नांगै नुहाउन सक्ने कुरा उसको दिमागमा कहिले पनि आएको थिएन । अझ बिना परिधानकी स्वास्नीमानिसको अस्तित्व अवास्तविक थियो उसको निम्ति । ग्रामिण वातावरण देखि परिष्कृत सहरिया समाज सम्म आइपुगेकी थिई ऊ उसको बाबुको प्रगति सँगसँगै तर नांगी आइमाईको कल्पना उसले कहिले पनि गर्नु परेको थिएन । ननहरु लुगा बेरेर नुहाउछन् । यसको अर्थ सभ्य समाजका अरु सबै आइमाईहरु नांगै नुहाउछन् ।-करुणाले सोची । केटाकेटीमा उसले नांगै नुहाएकी हुनसक्थी तर आफूले बुझ्ने भए पछि त ऊ नांगै कहिले पनि भएकी थिइन । करुणा बाथरुममा पसेर नांगै नुहाउने प्रयाश गरिरहेकी थिई । त्यो उसको आफूलाई सभ्य बनाउने प्रयाशको साथसाथै नौलो अनुभूति लिने प्रयाश पनि थियो तर झ्यालमा ढोकाका छेस्किनी लगाएर दुई पटक जाँचिसक्दा पनि उसको मुटु ढुकढुक गरिरहेको थियो सुहागरातकी बेहुलीको जस्तै । करुणा सधैं बाथरुममा पस्ने बित्तिकै एउटा कपडा बेरेर भित्री लुगा फुकाल्दै जान्थी तर आज सिंगै लुगामा भित्रिएकी थिई । उसले कपडा बेर्नु पर्ने आवश्यकता थिएन । उसले सोची-नांगिनु पर्ने भएपछि बेर्नु नै किन - करुणा म्याक्सीको हुक खुस्काउदै गई तर किन हो किन हात सधैं झै अभ्यस्त थिएनन् र उसलाई लाग्थ्यो ती लुगा खोल्ने हात पराया हुन् । म्याक्सी चिप्लेर खुट्टामा झरयो र चोली र पेटिकोटमा उभिई ऊ । त्यो स्थिति कुनै नौलो थिएन । सारी लगाउदा ऊ त्यसरी नै उभिने गर्दथी र उसलाई कुनै लाज लाग्ने गर्दैनथ्यो तर यो पटकको स्थितिमा कोही मानिसले हेरिरहे जस्तो लागेको थियो उसलाई र ऊ असजिलो मानिरहेकी थिई । तैपनि पराइ हात रोकिएनन् । उसको चोली निस्कियो, उसको पेटिकोट तल झर्यो र ब्रा र प्यान्टीमा मात्र उभिई ऊ । उसको अनुहार तातेको थियो । आफ्नै औलाका र्स्पर्शले काँडा उम्रिएका थिए उसका जिउ भरि,मानौं ऊ आफैले आफैलाई उत्तेजित गरिरहेकी थिई । करुणा तँ बलत्कार गर्न लागेकीछस् आफैंलाई ।-एक मनले भन्यो । बँाकी रहेका परिधान निकाल्न तम्सिएका हात टक्क रोकिए । अब उसलाई बँाकी रहेका लुगा फुकाल्न गाहारो पर्यो । ऊ बन्द आँखा खोलेर आफ्नो शरिर हर्ेर्ने स्थितिमा पनि थिइन तैपनि एउटा कुरा निश्चित थियो-ऊ त्यो लक्ष्मण रेखालाई पार्रगर्न तम्सिएकी थिई र पार्रगर्न चाहन्थी । करुणा अँाखा चिम्लेर पानीको फोहोरा मनि गएर उभिई । चिसो पानीले उसको अनुहार र शरिरलाई केही शितल बनायो । सावरबाट आएका मसिना पानीका कणको प्रहार उदांग रुपमा कहिले पनि नखोलिएको नांङ्गो भागमा पर्दा उसको मनमा आनन्द र भय एकै चोटी आयो र त्यही समयमा हरायो पनि । बाथरुममा टब थियो जसको प्रयोग करुणाले आजसम्म गरेकी थिइन र त्यो घरमा कसैले पनि प्रयोग गर्दैनथ्यो होला । सबै सम्पन्नहरुको घरमा टब हुने हुनाले मात्र त्यहाँ पनि थियो अन्यथा त्यहाँ त्यसको आवश्यकता थिएन । त्यो घरका सदस्य मध्ये कतिलाई त टबको प्रयोग नै किन - भन्ने सम्म पनि ज्ञान नहुन सक्थ्यो । कसैले लुगा धुनु पर्दा त्यो टब भित्र पसेर धुन्थ्यो तर त्यो कामको निम्ति पनि त्यो बांगिएको टब त्यति सजिलो हुदैनथ्यो । करुणाले आफ्नो मनशाय पुरागर्न त्यही टब प्रयोग गर्ने अठोट गरी । उसले त्यसमा पानी भरी र त्यस भित्र पसी । हल्लिएको पानीको र्स्पर्श नै काउकुती लाग्दो थियो । टबको पानीलाई सके सम्म धमिल्याउन उसले नुहाउने साबुन घोलेकी थिई पानीमा र पानी भित्र उसको शरिर मासु रंगको हो, होइन जस्तो अलि अलि मात्र देखिन्थ्प्यो सतहबाट । गर्धन सम्म पानीमा आफू डुबिसकेपछि उसले विस्तारै आफ्नो ब्रा खुस्काई र त्यसरी नै प्यान्टी पनि निकालेर बाहिर फलिदिई । अब ऊ नांङ्गै थिई तर उसको नांङ्गोपन उसको आँखामा पनि धमिलो पानीको पर्दाले ढाकिएको थियो । टबको चिसो भुइँ र हल्लिएको पानी दुबैको र्स्पर्श मादक थियो । करुणालेे पानी भित्र नै आफना अंग छुदै गई । शरिर मुलायम र चिप्लो थियो रेशम या सिफन जस्तै र हात शुध्द पर्राईको जस्तो लाग्थ्यो उसलाई । ऊ दोश्रो उत्तेजनामा गई । उसले पहिले कहिले पनि नछोइएका आफ्ना अंग छुनुमा आनन्द अनुभव गर्न थाली- एउटा कुुमारी आनन्द । पानी बाहिर ऊ थिई र पानी भित्र उसको शरिर । उसकाृ अनुहारमा, मस्तिष्कमा लज्जा थिएन तर उसको शरिर लाजले खुम्चिएको थियो । पानी बाहिरको उसको अंग एउटा पुरुष जस्तै आक्रामक थियो र उसका हात माध्यम भएर उसलाई सहयोग दिइरहेका थिए भने पानी भित्रको भाग एउटी नवोढा जस्तै टब, पानी र हातका र्स्पर्शले बुहारीझार भएको थियो । अलिकति विरोध पर्दाभित्रको त्यो शरिर गर्न त चाहन्थ्यो तर पानीको पर्दाबाट बाहिर निस्कन लज्जाले दिदैनथ्यो । करुणा वास्तविकता र सपनाको दोसाँधमा थिई । ननहरु पनि नांगै नुहाउने प्रयाश गर्दा यस्तै स्थितिमा पुगेका थिए होलान् । एकातिर शारिरिक अर्कोतिर मानशिक सुखद अनुभूतिले ओतप्रोत थिई करुणा र त्यो सुखका सहभागी थिए चिसो टब र अलिअलि पारदर्शी पानी । करुणा कति समय सम्म यसै बस्ने थिई होला तर अचानक बाहिर बाट बहिनी कर्राई-ए दिदी ! के गर्न लागेकी - घण्टौं भयो निस्कली भनेर पर्खेको त चालचुल सम्म पनि छैन ए । आफू नांगै छु भन्ने चटक्क बिर्सिएर करुणा एकै चोटी आत्तिएर उठी । टब बाट बाहिर निस्केर उभिदा अचानक उसको दृष्टि ऐनामा पर्यो र उसले देखी-एउटी निर्वस्त्र केटी पानी बाट बाहिर निस्केकी छ र उसको भिजेको संगमर्मरी अङ्गबाट पानी झरिरहेकोछ । कसिएका स्तन र पुठ्ठा, भासिएको पेट र छिनेको कम्बर, सुडोल र गोल त्रि्रा र पिडुलाहरु, सुलुत्त परेका हात र तन्किएको गर्धन, लाम्चिला आँखा र लामा परेलाहरु, रातो ओठ, सुलुक्क परेको नाक र मिलेको अनुहार देखेर ऊ त्यो छवि प्रति मोहित भई तर त्यो आफ्नै प्रतिबिम्ब हो भन्ने बुझेपछि लाज मानी र त्यो लाज प्रतिबिम्बमा पनि स्वतः देखापर्यो । करुणा हतार हतार लुगा लगाएर बाहिर निस्की । उसलाई देखेर बहिनीले भनी-नुहाउन त कपाल पनि नुहाएकी रहिनछ नि । फेरि किन त्यस्तो ढिलो गरेकी त - आमा आत्तिएर त्यसै ए ! केही पो भयो कि - भन्नुहुन्छ नि । बोलाउदा बोल्नु त पर्छ । करुणा बहिनीलाई हेरेर मुस्कुर्राई । बहिनीलाई भन्नुको कुनै अर्थ थिएन । ऊ बुझन सक्दिनथी र ऊ भन्न पनि सक्दिनथी । समय बित्दै गयो । करुणालाई ननहरूलाई जस्तै नांगै नुहाउन गाहारो पर्न छोड्यो तर टबको पानी भित्र पसेपछि भने उसको आफ्नो शरिर जहिले पनि दुई भागमा विभाजित हुन्थ्यो - पानी भित्रको नारी भाग र पानी बाहिरको पुरुष भाग । पुरुष भाग जिस्क्याउथ्यो, फकाउथ्यो, लोभ्याउथ्यो । नारी भाग लाज मान्थ्यो, फकिन्थ्यो र फस्दथ्यो र बाथरुम भित्रको उसको समय एकदम छोटो बन्दथ्यो । तर बाहिरबाट परिवारको कुनै न कुनै सदस्यले भनिहाल्थ्यो-यो करुणा सधैं यस्तै गर्छे बाथरुम पस्यो कि उतै हराउछे । के गरेर बस्छे कुन्नि भित्र -
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !