होशमा आउदा म दुध रंगको पूणिर्माको जून मनि आकाशमा उडिरहेकी थिएँ । मैले आफूलाई सिमलको भुआ भन्दा हलुका अनुभव गरिरहेकी थिएँ । जूनको धमिलेा प्रका...
होशमा आउदा म दुध रंगको पूणिर्माको जून मनि आकाशमा उडिरहेकी थिएँ । मैले आफूलाई सिमलको भुआ भन्दा हलुका अनुभव गरिरहेकी थिएँ । जूनको धमिलेा प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरु सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात निकै बितिसकेकोले बत्ती कहीं पनि देखिन्नथ्यो । म जून जत्तिकै सेतो कपडामा बेरिएकी थिएँ तर त्यसको र्स्पर्श यति नरम र हलुका थियो कि त्यो परिधान कपडा नै पनि नहुन सक्थ्यो । आफूलाई नांगोे अनुभव नगरेकीले मात्र मैले त्यस्तो कपडा लगाएको भनिठानेकी थिएँ । मेरा पखेटा थिएनन् तैपनि म त्यतिमाथि उडिरहेकी थिएँ र मेरा कपडाको अनुभव नभए पनि मलाई जाडो या गर्मीको अनुभव पटक्कै भएको थिएन । मैले आफूलाई छोएर पनि हेरें र र्स्पर्श पहिलेको भन्दा फरक थियो - न चिसो न तातो, न कोमल न कडा । मानौं एकै निन्द्रामा नै सबै परिवर्तन भएकोे थियो । छेवैमा बसेका आमाबाबु, दाजुभाइ, दिदीबहिनी, मंत्रीगण, भाइभारदार, नोकरचाकर कोही पनि थिएनन् । कसरी हुन गयो त्यस्तो सबै - म त राजदरबारको सभामा ठेस लागेर लडेकी मात्रै हो । बेहोश भएँ हुँला तर त्यति सानो ठेस लाग्दैमा मरि नै त हाल्नु नपर्ने हो । मैले दायाँ बायाँ तिर हेरें । मेरै समानान्तरमा पुतली जस्तै दर्ुइ वटी सुन्दरीहरु उडिरहेका थिए । शायद परी थिए होलान् तिनीहरु । उनीहरुले पखेटा चलाउदा विणाको झन्कार जस्तै मिठो स्वर निस्किरहेको थियो । उनीहरुको अनुहार निर्दोष बालकको मुस्कान भै+m चम्किरहेको थियो र उनीहरुको रेसमी परिधान मन्द हावा चल्दा तलाउमा चलेको लहर भै+m तरङ्गति हुन्थ्यो । स्वर र चाल नभएको भए त त्यो वातावरण नै एउटा अनस्तित्वको निरवता बन्नसक्थ्यो । मैले परीतिर हेरेर भनें-टाडै जादैछौं हामी - टाडा या नजिक के हो - थाहा छैन तर गन्तव्यतिर भने जादैछौं । -परीले मुस्कुराएर जवाफ दिई र उसको मुस्कुराहट बत्ती बल्दाको प्रकाश जस्तै वरिपरि छरियो । मलाई अलिकति शंका लाग्यो र सोधेंं- यो सपना हो कि मृत्यु पछिको यात्रा -परीले फूल भै+m मुस्कान र्छर्दै जवाफ दिई- मृत्यु पछिको यात्रा जस्तै सपना पनि सशरिर भोगिन्न । उनीहरू दर्ुइ अर्थि भाषामा बोलिरहेका थिए, मानौं उनीहरुले सपनाको संसार र मृत्यु पछिको संसार दुवै नै भोगेका थिए या दुवै नदेखेका हुन सक्थे । त्यसैले मैले उनीहरुलाई अरु सोध्नु बेकार ठानेर चुप लागें । बिस्तारै बिस्तारै मेरो संसार हराउदै गयो र हामी एउटा अंधकारको दुलोबाट छिरेर ज्योतिको साम्राज्यमा पस्यौं । प्रकाशका प्रत्येका किरणसँग आनन्द मिसिएको थियो त्यहाँ र मलाई त्यो संसार नै अवर्ण्र्ााय लाग्यो । मेरा छातीमा आमाबाबु र अरु स्वजनको माया नभएको भए म त्यो वातावरणलाई सजिलै आत्मसात गर्ने थिएँ । मलाई त्यो संसारको अवर्ण्र्ााय र अकथनिय दरवारको बैठकमा खडा गरियो र उच्च आशनमा बसेको दिव्य पुरुषले मलाई सोध्यो- त्रि्रो यात्रमा कुनै कष्ट त भएन -मैले शान्त भएर भनें- मेरो यात्रा एकदम सरल र सुखमय भयो तर मेरो मनमा थुप्रै जिज्ञाशा छन् जसलाई मेरा सहयात्रीहरुले उत्तर दिएनन् । उनीहरुको काम कर्तव्य पालनगर्नु मात्र हो, विधिले मात्र भन्नुपर्ने कुरा उनीहरु भन्दैनन् । तिमी मलाई सोध्न सक्छयौ । सोध । -दिव्यपुरुषले जवाफ दियो । मैले लामो सास फेरें तर सास फेरेको आभाष मलाई भएन र भनें- मैले तपाईलाई कसरी सम्बोधन गर्ने - थाहा छैन । त्यसैले भनिदिनोस् तपाई को हो - यो वर्तमान कुन संसार हो र म कहाँ छु -दिव्यपुरुषले जवाफ दियो- राजकुमारी । तिमी त्यो सम्बन्ध र साइनोले जेलिएको संसारबाट आएकीले अतितलाई छोडनसकेकी छैनौ तर यो मृत्यु पछिको संसार त साइनेा र सम्बन्ध रहित छ । यहाँ त शत्रुता पनि छैन, मित्रता पनि छैन, प्रेम पनि छैन, घृणा पनि छैन । यहाँ त शुन्यताको असीम सुख छ र म काल यो संसारको सीमाको अतिक्रमण नहोस् भनेर पहरा दिएर बस्दछु । तर मलाई त मर्न मन नै थिएन तर पनि किन मरें - -मैले तुरुन्तै प्रश्न गरिहालें । कालले मुस्कुराएर जवाफ दियो- राजकुमारी । मृत्यु कसैको इच्छाको कुरा होइन । यो त जन्मदै निश्चित गरिएको एउटा यात्रा हो र यो यात्रा कसैको छोटो हुन्छ कसैको लामो तर यहाँ आएपछि बिस्तारै बिस्तारै सबैले यहाँको सुखलाई स्विकार गर्छन् । यो विधिको नियम हो, नियति हो । मैले हतारसँग सोधें- म के त्यो जीवनको संसारमा फेरि जान सक्दिनँ त - जनी गर्नोस्, मलाई फिर्ता पठाइदिनोस् । हर्ेनाेस्, म कति नै वर्षी भएँ र - अठार पनि पुगेकी छैन, जीवनको आनन्द धेरै भोग्न बाँकि नै छ । म मर्दा मेरा आमाबाबु कति दुखी भएहोलान् - मसँग बिहर्ेगर्न तयार भएको राजकुमारलाई कत्रो चोट पर्यो होला - मेरा आफन्त कति रोलान् - सारा देश नै रुँदैछ मेरो नाममा । म सबैकी सबै भन्दा प्यारी छु । मेरो कुरा सुनेर कालले मुस्कुराएर भन्यो- राजकुमारी । कोही पनि मृत्युभन्दा परसम्म पनि मायागर्न सकिने मायालु हुन सक्दैन । मृत्युपछि त मानिसले मानिसलाई बगेको मुढोभन्दा पनि पर्राई सम्झन्छ । त्यसैले त्रि्रो आशा बेकार छ तैपनि तिमी मेरो भनाइ जाँच्न चाहन्छयौ भने म तिमीलाई मनका पखेटा र वायुको रुप दिइदिन्छु र तिमी जहाँ चितायो क्षणमै त्यहीँ पुग्नेछौ र दृश्य र अदृश्य इच्छा अनुसार हुनेछौ । तिमी त्रि्रा प्रिय जनहरुसँग उनीहरुको आयु माग र जसले जति दिन्छ त्यति नै आयु म तिमीलाई थपेर जीवन लोकमा फिर्ता पठाइदिनेछु । यसै त त्रि्रो बाँकि आयु नै छैन फिर्ता पठाउनलाई । चित्त बुभछ तिमीलाई -म खुशीसाथ चित्त बुझाएर मनका पखेटा र वायुको रुप लिएर जीवनलोकमा पुगें । आफू जन्मेहर्ुर्केको राजप्रासादभित्र पस्ने बित्तिकै म आनन्दले विभोर भएँ । मेरो लाश श्रध्दान्जलीको निम्ति खुला पटाङ्गनिीमा राखिएको थियो र मानिसहरुले चडाएका फूलका माला र गुच्छाहरु मेरो लाशमा पहाड भै+m थुप्रिएका थिए । आफूप्रति मानिसको स्नेह देखेर म फेरि जीवित हुने कुरामा ढुक्क भएँ र घरघरको खटप्वालबाट भित्र चियाएँ । च्च , उमेर मै गइन् बिचरा । -एउटाले भन्यो । पर्सि मात्रै बिहे हुने थियो । -अर्कोले सुनायो । के गर्नु - कालको अगाडि कसैको केही लाग्दैन । आफ्नो आयु दिएर नहुने । -तेश्रोको मुखबाट दया निस्कियो । राम्रा र भाग्यवानीको आयु नै छोटो हुन्छ । हामी त मरौं भन्दा पनि मर्न पाइन्न । -चौथोले शुभवाणी निकाल्यो । आफ्नो मृत्युमा जहींतहीं विषाद देखेर म कृतज्ञताले गदगद भएँ । आफूले कसैनकसैको आयु पाउने कुरामा मलाई शंका रहेन । म त्यही विश्वास लिएर सबभन्दा पहिले बुबामुमाको खोपीमा पसें । मुमा रोइरहिबक्सिएको थियो र बुवा सम्झाइरहिबक्सिएको । म मरेर ऊ बाँचेकी भए पनि त हुने थियो नि । -मुमाले हिक्काको बिचबाट नै मर्जी भयो । कालको सामु कसको के लाग्छ - जे परे पनि सहनुपर्दोरहेछ । मलाई मात्रै छोरी मरेर म बाँचिरहुला जस्तो कहाँ लागको थियो र - -बुबाले मुमालाई फेरि सम्झाइबक्सियो । बुबामुमाको त्यो कुरा सुनेर हतारिदै अदृश्यबाट दृश्यमा ओर्लिर्एर बोलें- बुबा । मुमा । मेरो स्वर सुनेर बुबामुमा दुवैले आँखा उठाएर हेरिबक्सियो र दैविय वस्त्र लगाएकी मलाई देखेर आँखा छोपेर मुमा चिच्याइबक्सियो- भूत । बुबाले मन दरोे पारेर मर्जी भयो- प्रेतात्मा तिमीलाई के चाहियो र फर्केर आयौ -आफूलाई भूत र प्रेतात्मा भनेको सुनेर मेरो चित्त त दुख्यो तर एक छिन अघि मात्र आपनो लाश देखेर आएकीले आफू भूत या प्रेतात्मा भएको स्विकारेर भनें- हो । म वास्तविकतामा त प्रेतात्मा नै हुँ तर तपाईहरू मध्ये कसैले आफ्नो आयु मलाई दिनुहुन्छ भने म फेरि जीवित हुनसक्छु । मेरो कुरा सुनेर बुबा गम्भिर भएर भनिबक्सियो- प्रेतात्मा सबैले आआफ्नो कर्म खानर्ुपर्छ, आआफ्नो आयु भोग्नर्ुपर्छ । छोरीलाई हामीले माया गर्यौं तर कोही पनि कसैको निम्ति सति जान सक्दैन । फेरि म नभए यो देशको शाशन कसले चलाउछ - शत्रुहरु वरिपरि मेरो मृत्यु कुरेर बसेकाछन् र म नभए भोलि नै यो हाम्रा बाबुबाजेको आर्जन स्वात्तै खानेछन् । त्यसैले प्रेतात्मा तिमी र्स्वर्गको बाटोतिर लाग । मुमाबाट मर्जी भयो- मैले त अरुको निम्ति नभए पनि त्रि्रो बुबाको निम्ति बाँच्नु छ । म नभए कसले गर्छ वहाँको वास्ता - फेरि यो नारर्ीधर्म पनि हो लोग्नेको निम्ति बाँचिदिनु, छोरी । बुबामुमाको अनिच्छा प्रस्ट हुने बित्तिकै हावा भएर मनको पखेटाले उडें । म दाजु कहाँ गएँ, दिदी कहाँ गएँ । भाइबहिनीकोमा गएँ । नातागोत, इष्टमित्र सबैकोमा गएँ तर सबैले नै मेरो प्रस्तावलाई अस्विकार्रगर्न एउटा न एउटा बहाना भेट्टाए । मैले मेरो बिहेको निम्ति तयार राजकुमारकोमा गएर हात जोडदै भनें- मलाई पूनर्जीवित भएर तपाईसँग बिहर्ेगर्नको निम्ति तपाईको आधा आयु मलाई दिनोस् । मैले तिमीलाई पाउनको निम्ति बिहर्ेगर्न तयार भएको हुँ, तिमीलाई आयु दिनलाई होइन । त्यसैले जाउ, प्रेतात्मा, जाउ । अब आफ्नो गन्तव्यमा जाउ । -मेरा भूतपर्ूव बरले जवाफ दिए । कालदेवले मलाई असम्भव मागगर्न पठाएका रहेछन् । यो सबै उनीलाई अगाडि नै थाहा रहेछ । -मैले मनमनै सोचें । सारा सहर अब त मेरो डरले मृत भइसकेको थियो र अन्धकार थियो चारैतिर । मलाई आपनो आयु दिनु त के मेरो प्रेतात्मा समेत हर्ेन तयार थिएन कोही पनि । त्यसैले मैले एउटा पराजित मनस्थिति र मानिस आफू बाहेका अरु कसैलाई पनि माया गदैंन भन्ने नौलो ज्ञान बोकेर उडनलाई मनका पखेटा के उचालेकी थिएँ सहरको एउटा घरमा टिमटिम बत्ती बलेको देखेर उत्सुकताले थामिएर विचार गरें- जब यो सिंगोे सहर प्रेतात्माको डरले भयालढोका बन्द गरेर धर्मका श्लोक दोहार्याएर बसिरहेको छ, को होला त्यो भयाल ढोका खुला राखेर बस्न सक्ने -म क्षणमा नै त्यहाँ पुगें । एउटा युवका माटोको दियोमा बत्ती बालेर आँखा बन्दगरी आँशु बगाइरहेको थियो । पल्लो कोठाबाट नारी स्वर सुनियो- कति पीर गर्छस्, बाबु, तँ - सुत् अब, सुत् । जति पीर गरे पनि राजकुमारी र्फकन्नन् अब । युवक बोलेन । नारी स्वर भन्दै गयो- फर्के पनि त तँलाई के फाइदा छ र - उनको बिहे अर्कैसँग हुनेछ अनि यो भन्दा ठूलो घाउ बोक्नुपर्नेछ तैंले । युवकले बिस्तारै ओठ कपाएर भन्यो- निदाउनोस्, आमा, निदाउनोस् । म सुत्छु अब । आमा निदाईन् । त्यो युवका त मेरो बालसखा वाणीधर थियो हाम्रै दरबार रक्षक चक्रधरको छोरो । मलाई झन्डै चिन्न गाहारो परेको । उसको स्वर मिठो भएकोले नै उसलाई वाणीधर भनेर भनिएको थियो । बालककालमा उसले मेरा प्रत्येक बालहठ पुरा गरेको थियो । मेरो गल्तीको सजाय पनि आफूले बेहोरेको थियो, मेरो उदण्डताबाट पनि ताडित भएको थियो । उमेरदार भएपछि उसले मसँग प्रेम याचना पनि गरेको थियो र मैले उसलाई हप्काएर, अपमानित गरेर पठाएकी थिएँ । मेरो कुराले ऊ उदाश भयो र सधैं नै उदाश नै रहयो । मैले त्यसको वास्ता पनि गरिनँ । बाबु चक्रधर मरेपछि त ऊ आमासँगै बाहिरियो र त्यसपछि मैले उसलाई देखेको पनि थिइनँ । मेरो भित्र कहीं चसक्क चस्कियो । प्रेतात्मा रुनसक्ने भए रोइदिने थिएँ म । मैले अदृश्यबाट बाहिर देखिएर भनें- वाणीधर । वाणीधरले टाउको उठायो र आँखा खोलेर हेर्यो । मलाई देखेर ऊ पहिले त आर्श्चर्यचकित भयो र खुशीले गदगद हुदै भन्यो- तिमी कसरी आयौ, राजकुमारी - मैले दुखित स्वरमा भनें- वाणीधर । म सशरिर राजकुमारी होइन । म त प्रेतात्मा हुँ । वाणीधरले उत्तिकै खुशीसाथ भन्यो- त्यसले मलाई केही फरक पार्दैन । जे भए पनि तिमी उही मेरी राजकुमारी हौ । बरु भन । यदि तिमी प्रेतात्मा नै हौ भने र्स्वर्गको बाटो छोडेर यो धर्तीमा किन ओर्लियौ त - केही नपरी त पक्कै पनि यति लामो बाटो तिमी झरिनौ । आफ्नो असफलता सम्झेर मैले उदाश स्वरमा भनें- वाणीधर । म त यो लोकमा आफूलाई जीवित बनाउन कोहीकसैसँग आयु माग्न आएकी थिएँ तर कसैले पनि दिएन । मेरो प्रेतात्मादेखि डराएर सिंगोे सहरले भयालढोका बन्दगरेर मेरो प्रवेश रोकिदिए । तिमी कहाँ त सारा संसार डराउदा पनि नडराएर बस्ने यो को होला - भन्ने उत्सुकताले मात्र पसेकी हुँ । मैले कालदेवसँग भएको सबै कुरा सुनाएँ । त्यो सुनेर वाणीधरले भन्यो- व्यर्थै तिमीले त्यत्रो दुख पायौ, राजकुमारी । म कहाँ पहिले नै आएकी भए म दिइहाल्ने थिएँ नि । मैले सम्झाउने स्वरमा भनें- अब मलाई त्यसको आवश्यकता परेन, वाणीधर । कसको निम्ति बाँच्नु छ र मैले -वाणीधरले मिठो स्वरमा भन्यो- कसैको न सही त मेरो निम्ति । मेरो निम्ति त आफ्नो जीवनको कुनै अर्थ नै छैन । तिमी मरेर म बाँच्दा पनि बाँच्नुको कुनै अर्थ छैन । तिमी बाँचेर म बाँचेको बेला पनि कुनै अर्थ थिएन । त्यसैले राजकुमारी यी अग्नि साक्षी राखेर म मेरो जम्मै आयु तिमीलाई सुम्पिदिन्छु । अनर्थको आशंकाले म वाणीधरलाई छोडेर त्यही क्षण कालदेवको सामु पुगें र हात जोडेर विन्ति गरें- कालदेव । मलाई जीवन चाहिदैन । जो मृत्यु मैले पाएँ त्यसैमा म खुशी छु । वाणीधरको आयु म चाहन्न । त्यो उसैसँग रहोस् । कालदेवले सोचेर गम्भिर भएर भने- राजकुमारी । वाणीधरले तिमीलाई दिएको आयु सत्चित्तले भित्री हृदयदेखि नै दिएको हो । तिमीले बाहिर जति होइन भने पनि भित्री आशयले हात फैलायौ र उसले दिइदियो । अब त्यो गंगा उल्टो बगाउनु विधिको नियम विपरित हुन आउछ । वाणीधर त अब छैन । कसको आयु दिएर अब उसलाई बचाउ- ऊ चिरायु थियो । अब तिमी नै उसको कथा र व्यथा लिएर बाँच । कालदेवको हात उठने बित्तिकै म अन्धकार तिर हुत्तिएँ । के यस्तो पनि सपना हुन्छ - -मरेकी राजकुमारीको अन्त्येष्ठिको निम्ति तयार्रगर्न जम्मा भएका बाबुआमा र भाइभारदार तिर हेरेर राजकुमारीले सोधी । बाह्र घण्टा भन्दा बढी मरेर बिउँतेकी राजकुमारीको प्रश्नले सबैलाई असजिलो पार्यो । छोरीले मुख हर्ेदा रानी बोल्न सकिनन् । राजाले रातो मुख पारेर भने- कहिले कहीं देखिन्छ त्यस्तो सपना । वरको उम्मेदवार राजकुमारले भन्यो- सपना सपना नै हो । कहीं सपना पनि विपनासँग दाँजिन्छ र -गुरुदेव के भन्नुहुन्छ - -राजकुमारी राजगुरुतिर फर्किई । शरिरबाट निस्केको आत्मा विचरण गरेर अनेक कल्पनागर्न सक्छ । त्यसैले चिन्तालिनु हुदैन । -राजगुरुले सम्झाए । राजकुुमारी बोलिन । उसको चित्त बभयो वा बुझेन थाहा भएन । त्यसैले त्यो वातावरणलाई बदल्न राजाले भने- मन्त्रीले किन ढिलो गरे आज - अब मैयालाई दरबार भित्र लानुपर्ने । केही समय पछि मन्त्री हतार हतार गर्दै आइपुगे र राजालाई कर्ुर्नेस बजाएर भने- ढिलाइको निम्ति माफ पाउ, सरकार । राजाले माफी दिदै सोधे- किन, के भएर मन्त्री झन आज ढिला भयो -मन्त्रीले लामो सास फेरेर भने- सरकार । सरकारका पर्ूव अंगरक्षक चक्रधरको छोरो वाणीधर आज विहानी पख एकै छिनको व्यथाले गएछ । घरमा बुढी आमा मात्रै । त्यसैले अन्तिम सँस्कारको चाँजोपाँजो मिलाइदिदा अलिकति ढिला भइहाल्यो । राजकुमारीलाई हठात सयौं सियोले घोचे जस्तै जिउभरि पीडा भयो र उसले चिरिनलागेको मुटु थिचेर बाहिर तिर दौडदै बौलाहाले भै+m विकृत स्वरमा भनी- तिमीहरु सबै झुठ हौ, ठग हौ, स्वार्थी हौ । सबै मिलेर मलाई मार्न लगायौ वाणीधरलाई । राजाले सबै ठाउँ खोज्न लगाए तर राजकुमारी कहीं पनि फेला परिन । समय पनि युगौं बितिसक्यो । अब त जनश्रुति छ - राजकुमारी मानिस नभएको सुनसान ठाउँमा घुम्छे र क्रन्दन गरेर रुदै आफ्नो अपराधबाट मुक्तिलिन खोज्दछे तर एउटा उपेक्षित प्रेमी र बालसखाले दिएको अमरत्वको बरदान या श्रापबाट मुक्ति पाउन सक्दिन । ऊ त बगेको हावाको सुस्केरा, छाँगोको पानीको चित्कार र कन्दराको प्रतिध्वनीमा क्रन्दनमा बाँडिएर बसेकी छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !