रागिनी बल्दोे बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश ...
रागिनी बल्दोे बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षो भइसकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको थियो जसले १६ वर्षपनि नपुग्दै उसको बिहे गरिदिए । अब त उसको कमाउ लोग्ने थियो, घर थियो तैपनि घाँटीको पोतेको लुङ कतै छोपिएको र सिन्दूर नदेखिएको बेला नानीको बिहे भयो - भन्ने देखा नपर्ने भने होइनन् । रागिनी राम्री थिई, देख्दा दृष्टिपृय लाग्ने । मानिसको हुन्छ नि कुनै अंग विशिष्ट नभए पनि समष्टिमा विशिष्ट बनौट, त्यस्तै थियो रागिनीको बनौट । त्यसमा पनि भद्दा मेकअप नहुनाले शालिन देखिन्थ्यो उसको अनुहार । स्वभावले पनि रागिनीलाई मन्दबुद्घ िहोइन तिक्ष्णबुद्घ िनै मान्नर्ुपर्दथ्यो । त्यसैले त आफ्नो बिहे पछि पनि उसले आफ्नो पढाइ कायम नै राखेर स्नातक हुन सकेकी थिई । चाँडो बिहर्ेगर्नका नोक्सान धेरै भए पनि १।२ फाइदा पनि छन् । तीस पनि नपुगेकी रागिनीको छोरो छात्रावासमा बस्नसक्ने भइसकेको थियो भने तीस वर्षा बिहेगर्नेहरु त्यो स्थितिमा पुग्दा उनीहरुको कपाल तीलचामले भइसकेको हुने थियो र बाथले समात्ने सम्भावना तिर पुग्ने थिए । रागिनीले त उनीहरुको त्यो उमेरमा पुग्दा त छोराको कमाइको आशगर्न थाले हुन्थ्यो । सम्पन्न परिवारकी त्यो सत्ताइस वर्षो आइमाईले पढाइ सकेपछि घरको भान्साभण्डार गरेर बसिरहने सम्भावना भएन । त्यसैले उसको लोग्नेले उसको समय कटाइदिन आफ्नै घर-कम्पाउण्डको सडक छेउको घरमा उसको लागि आर्ट ग्यालरी बनाइदियो । त्यही आर्ट ग्यालरी नै रागिनीको पसल, कार्यशाला र विश्रामगृह पनि भयो । रागिनी एक्लैले स्टुडियो र ग्यालरी चलाउने सम्भावना नदेखेर उसको लोग्नेले सहयोगको निम्ति रोशनलाई नियुक्त गरिदिएको थियो । उमेरमा रागिनीकै हाराहारीमा भए पनि क्यानभासमा रंगरोगनगर्ने कलामा निकै पोख्त भएकोले ऊ रागिनीको निम्ति सहयोगी मात्र नभएर गुरु पनि बन्न पुगेको थियो । तैपनि नोकर नोकर हो भन्ने ज्ञान भएकोले रागिनीको आदेशलाई सधैं नै पालनगर्ने गर्दथ्यो र त्यसमा कुनै प्रश्न उठाउदैनथ्यो । रागिनीले कुनै राय मागे ऊ स्वामिनी प्रति सद्भाव राखेर नै राय दिन्थ्यो । रोशन मालिक्नीले अन्य आदेश नदिएमा, बिहान ९ बजे नै ग्यालरी आउथ्यो र बेलुका ५ बजे पछि र्फकन्थ्यो । ग्यालरी खोल्ने-बन्दगर्ने र बढार्ने पुछने काम घरको नोकरले गरे पनि बाँकि काम रोशन आफै गर्दथ्यो । कहिले कही यसो २।४ वटा ग्राहक पनि पसिहाल्दथे र २।४ हजारको विक्री पनि भइहाल्थ्यो । रोशन पनि फुर्सदको समयमा ब्रुस र रंग लिएर क्यानभासमा चलेर केही त बनाइहाल्थ्यो र कसै न कसैले त मन पराइहाल्दथ्यो । रागिनी आफ्नो समयमा आउथी । मालिक्नी थिई, समयको पावन्दी थिएन उसलाई । त्यसमा पनि गरिखान भन्दा स्वास्नीलाई समय कटाइदिन सम्पन्न लोग्नेले खोलिदिएको पसलमा ऊ सधैं समयमा आउने जाने गरेकी भए बरु त्यो अचम्म हुने थियो । रागिनी आउथी, आएर आफ्नो क्यानभास अगाडि बस्दथी । रोशनले सफा गरेर बुरुस र रंग राखिदिएको हुन्थ्यो र त्यही क्यानभासमा चल्दथी । आवश्यक ठाने रोशनलाई बोलाएर आफ्नो कृतिबारे राय माग्दथी या रोशनको क्यानभासमा गएर राय दिन्थी । लगातार तीन वर्षेखि यही रित चलिरहेको थियो । बिदाका दिन बाहेक रोशन कम नै गयल भयो र रोशनको उपस्थितिमा ऊ यति बानी परी कि रोशन नआएको दिन उसलाई ग्यालरी शुन्य लाग्दथ्यो भान्सेबजै नभएका दिनको भान्सा जस्तो । रागिनीको लोग्ने कहीं चालिसतिर छुनलागेको थियो तर संयमले उमेर कम नै देखाइदिन्थ्यो । सौम्य, सुशोभित, सर्ुदर्शन र सभ्य थियो ऊ । आफू सधैं व्यस्त भए पनि रागिनीको ग्यालरीको निम्ति चित्र र सामान जुटाइदिन पछि पर्दैनथ्यो । ऊ रागिनीलाई माया गथ्र्यो र उसको हरेक खुशीको निम्ति तयार हुन्थ्यो । उसलाई रागिनीप्रति यति विश्वास थियो कि रागिनीको ग्यालरीमा रोशनको उपस्थिति एउटा सजीव चित्र जस्तो मात्रै लाग्दथ्यो उसलाई । त्यो दिन, बिदाको भोलिपल्ट, रोशन आएन । त्यसरी बिना जानकारी ऊ कहिले पनि गयल भएको थिएन । त्यसैले रागिनीको चासो अलि बढ्यो तर रोशनको टेलिफोन या ठेगाना थाहा थिएन उसलाई । त्यसको आवश्यकता पर्ला भन्ने उसले सोचेकी पनि थिइन । उसले त रोशनको घरमा को को छन् - बिहे भएको छ कि छैन - भन्ने जान्ने चासो र प्रयाश पनि गरेकी थिइन । रागिनी ग्यालरीबाट बाहिर निस्की । चौकिदार एउटी आइमाईसँग कुरा गरिरहेको थियो । रागिनीले नजिकै गएर चासो लिई र चौकिदारले भन्यो-हजूर , मेरी भदै नानी यो । कतै काम पाइन्छ कि भनेर आएकी । अहिले यही मसँगै छ । केटी त्यस्तै २०।२२ वर्षी थिई होला । रागिनीले सोची-कामगर्ने मानिस त मलाई पनि चाहिएको छ । ग्यालरीको कामगर्न पनि सक्छे, फेरि भित्रै पनि त मेरो साथी हुन्छे । उसले चौकिदारलाई भनी-म कहाँ नै राख न त त्यसोभए । चौकिदारले आपत्ति गर्ने कुरै भएन । उसलाई त के खोज्छस् काना - आँखो भयो । बेलुका लोग्नेले केटीलाई देखेर सोधनी गर्यो । रागिनीले उसको नालीबेली दिई । सबै सुने पछि लोग्नेले भन्यो-केटीको सट्टा केटो भएकोभए हुन्थ्यो । सक्छ्यौ र तिमी यो उमेरदार केटीलाई थाम्न - रागिनीले आफ्नो दृढता देखाई । लोग्नेले भर्सक केटीलाई हटाउन रागिनीलाई सम्झायो तर रागिनीले उसको कुरा मानिन । अन्त्यमा लोग्नेले भन्यो-हेर है । केटी राम्री पनि छ, तरुनी पनि छ । लोग्नेको भनाइ सुनेर रागिनीले हाँस्दै भनी-मलाई क्याथिरिन म्यान्स्िफल्डको एक कप चिया की रोजमेरी भनिठानेको होला तपाईले । म त त्यो होइन । मलाई त डर पनि छैन, डाही पनि छैन । लोग्नेलाई एउटी तरुनी केटीको अनावश्यक जिम्मेवारी लिने मन नभए पनि स्वास्नीको जिद्दी अगाडि उसको केही चलेन । भोलिपल्ट रोशन ग्यालरी आइपुग्दा त्यो केटी रागिनीको निर्देशनमा पुछपाछ गर्दै थिई । रोशन भित्र पसेको देखेर अलि रिसाए झै गरेर रागिनीले भनी- तिमी हिजो किन नआएको - नआउने भए आउदिन है त भन्नु पर्छ । रोशनले आपराधिक अनुहार लाएर भन्यो- हेर्नोस् न । यहाँबाट घर गएकै दिन एकाएक भाइलाई सन्चो भएन । आमालाई साथ दिनै पर्यो । आउनै सकिनँ । तै दिदी आएर बसिदिइन् र आज आउन पाएँ । रागिनीले संयमित भएर भनी- म त तिमीलाई पो केही भयो कि भनेर । भाइलाई कस्तो छ त अहिले - ठीकै छ अब त । पहिले हेरी त धेरै राम्रो छ । -उसले स्टुलमा बस्दै जवाफ दियो र प्रश्नात्मक दृष्टिले काम गर्दैगरेकी केटीतिर हेर्यो । यहाँ काम गर्न ल्याएको । -रागिनीले उसको हेराइलाई जवाफ दिई । रोशनले मुस्कुराएर सोध्यो- अब आउदैन भनेर ल्याएको हो कि के हो मेरो सट्टा - रागिनीले अलिक तुजुक देखाएर भनी- अँ । हो । त्रि्रो सट्टा । अब यसैले गर्छर्ेेतम्रो काम । रोशन केही नबोली आफ्नै काममा व्यस्त भयो । रागिनी पनि आफ्नो क्यानभासमा निहुरिई । निकै समय बितेपछि रागिनी रोशनको क्यानभास छेउ गएर उभिई र एक छिन पछि उसलाई सोधी- कस्तो लाग्यो तिमीलाई - रोशनले टाउको नघुमाई सोध्यो- के कस्तो - यहाँ कामगर्ने मानिस थपेर ठिक गरिनँ त - -उसले आँखा चल्मलाएर भनी । ठीकै त होला । -रोशनले त्यता त्यति ध्यान नदिएर जवाफ दियो । तैपनि - -रागिनीले अझै जोड गरी । नभए पनि चल्ने थियो । -रोशनले काम गर्ने मानिसको आवश्यकतामा जोड दिएन । मानिस कस्ती छ नि - -रागिनीले रोशनको अनुहारमा आँखा गाडेर सोधी । मानिस तरुनी त हुदै हो । झन त्यसमाथि आँखै लाग्नेगरी राम्री छ । -मालिक्नीले खेरेर सोधे पछि आँखा उठाएर पर काम गर्दै गरेकी केटीतिर हेरेर देखेको कुरा बिस्तारै भन्यो रोशनले । रागिनी नबोली गई । भोलिपल्ट बिहान रागिनीले चौकिदारलाई बोलाएर भनी- बीरबहादुर , यो भदैलाई घरै लगेर बिहे गरिदेउ । यो लुगाफाटो पनि लेउ र पैसा पनि । चौकिदारले भदै लिएर गयो । केटीको बारेमा कसैले खोजीनिति गरेन ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !