गोमती पोइल गई भन्ने सुनेपछि उसकी भाउजूले भनी-छि । के गरेकी होलिन् ती नानीले - त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो - दाजुले नाक फ...
गोमती पोइल गई भन्ने सुनेपछि उसकी भाउजूले भनी-छि । के गरेकी होलिन् ती नानीले - त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो - दाजुले नाक फुराएर भन्यो- कुकुरलाई घिउ नपचेको नै नत्र देउता जस्तो लोग्ने छोडेर देख्दै तर्सर्ााा जस्तो जुठे समाउन किन पुग्थी - आमाले भनी- केले त भर्मनायो त्यसलाई । घर खाइसकेकी मान्छे नत्र उसै किन हिडथी । कुरा थरीथरीका चले, प्रतिकृया भिन्न भिन्न भयो । सासूले भनी- घाक्रयाएर निकाल्नु पर्ने आफै हिडी, ठिकै भो । त्यो बाँझीको त मुख हेरे पनि नरक परिन्थ्यो । खुट्टा भए जुत्ता कति आउछन् कति । गाउँभरि गोमतीको बद्ख्वाइँ भयो । दौतरी आइमाईसम्मले पनि गोमतीको चाल निको मानेनन् तर केही महिना पछि गोमतीको चर्चा सिध्दियो । गोमतीको ससुरोले छोराको बिहेगर्ने कुरा चलायो । फेरि गोमतीकै चर्चा चल्यो - गोमती किन पोइला गई त - एउटाले भन्यो- सासू साह्रै दुच्छर छ रे छोरी दिनै गाहारो । अर्कोले थप्यो - ससुरोको स्वभाव निको छैन रे । तश्रोले सुनायो- नन्दआमाजूले टिक्नै दिदैनन् रे । तैपनि समाधान निस्किएन । केटो राम्रो छ । धनसम्पत्ति पनि छ । घर खाएकै हो । कमी केही थिएन त गोमती किन पोइल गई - केटाका सन्तान हुदैनन् रे । -प्याट्ट एउटाले फुको शंका निकाल्यो । गोमतीका हुने भए रे । -हल्लाकै पुष्टि दियो अर्कोले । केटो र गोमतीको सम्बन्ध नै भएन रे । -अन्त्यकोले तार्किक समाधान निकाल्यो । कसैले पनि गोमतीलाई बोल्न ठाउँ र समय दिएन । त्यसैले कोही पनि भन्न सक्दैन- गोमती किन पोइल गई -
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !