कथाकी कुन्ती - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

कथाकी कुन्ती

सन्तान नहुँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरु श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरुलाई कहिले पनि असन्तोष...

सन्तान नहुँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरु श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरुलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । जोरीपारीले अपूतो र बाँझी भनेर उनीहरुको चित्त दुख्दैनथ्यो, बरु सन्तान भएर दुःख पाइरहेका आमाबाबुलाई देखाएर भन्दथे - "सन्तान भएर यस्तै हुनु भन्दा त नहुनु जाती ।" अनि दोष लाउनको भन्ने ठाउँ पनि हुँदैनथ्यो । छोरा छोरी श्यामराज र कुमुदिनीका भएनन्, पीर परेका थियो श्यामराजकी आमालाई, दिदीलाई, बहिनीलाई । एक एक गोठ सन्तान थिए प्रत्येक दिदी बहिनीका र ती सन्तानका बाटाबाट उनीहरुले ख्ाास सुख पनि पाएका थिएनन् , बरु दुःख नै उब्जिएको देखिन्थ्यो तैपनि श्यामराजका सन्तान हर्ेन सबलाई रहर थियो, मानांै या त श्यामराज र कुमदिुनीको सुख प्रति सबलाई इष्र्या थियो या श्यामराज र कुमुदिनी उनीहरूको बीचमा भएर पनि उनीहरु भन्दा अलग्ग भएकाले ती दुईलाई आफू भन्दा अलग्ग देख्न सक्दैनथे । अरु त कोही भन्न सक्दैनथ्यो केवल श्यामराजकी आमा दबेको स्वरले छोरोसंग कहिले कहीं बरबराउँथिन् - "बाबु । बुहारीको नै खोट पो हो कि - यसो अर्को बिहे गर्दा हुन्थ्यो कि सन्तान ।" छोराको खोट हो भने त उनी सहन तयार थिइन् तर बुहारीको खोट हो भने उनी मानून् कसरी - तर श्यामराजले आमाको तर्कलाई स्विकार गरेन । उसले त लोग्ने र स्वास्नीे दुवैको अधिकार समान ठानेको थियो । उसको आर्जन लोग्नेस्वास्नीलाई गुजाराना गर्न पर्याप्त थियो तर त्यसले छोराछोरी पाल्न धौ धौ पनि पर्न सक्थ्यो । तब नदुखेको कपाल डोरी लाएर ऊ दुखाओस् किन - जुन कुरा भाग्यले मिलाएर खटाएको छ, त्यसलाई वङ्ग्याएर आफैले दुख कमाउनु किन - "ओखती मूलो, धामी झाक्रीले पो हुन्थ्यो कि -" - कुमुदीनीले एक दिन प्रसंग उर्ठाई । "छाडीदेउ, कुमू । जो लेखेको छ त्यसलाई र्टार्न सकिंदैन । फेरि जो नभएर पनि हामी सुखी नै छौ त्यो खोज्ने प्रयास गर्नु किन -" - श्यामराजले तुरुन्तै बिरोध गर्‍यो । "तै, बुढेसकालमा यसो हेर्ने कोही हुन्थ्योकी भन्ने नाइँ ।" - कुमुदिनीले अझै पनि जोड गरी । "बुढेसकाल पनि सबैको देखेकी नै छौ नि । कसका छोराछोरीले छातीमा राखेर पालेका छन् बाबुआमा - मर्ने बेलामा सबैका आमाबाबु बढ्तै भएका छन् ।" - श्यामराजले मानेन । "सन्तान र्स्वर्गको बाटो भन्छन् । बरु तपाईले अर्को बिहे गर्दा हुन्थ्यो कि -" - कुमुदिनीले बिस्तारै अर्को तर्क उर्ठाई । "यस्तो कुरा मलाइ मन पर्दैन है, कुमू । मैले भन्दया छु ।" - श्यामराजले रिसाएर कुरै सुन्न मानेन । त्यसपछि कुमुदिनीले पनि कुरा उठाइन । जसरी श्यामराज सम्पन्न थिएन त्यसरी नै उसका बाबु पनि थिएनन् । उनको जिन्दगी जहिले पनि ज्यूँ त्यूँ , ज्यूँ त्यूँ मा नै बितेको थियो । बाबु जहिले पनि जागिरमा दौडन्थे र आमा र छोराछोरी आफ्नै घरमा बस्दथे । ती सबै लालाबालालाई घिसारेर हिडने हैकम र सामर्थ्य उनको जागीरको थिएन । त्यसैले एक्लो लोग्नेमानिस जहां बस्यो त्यहीं कोहीकुनै स्वास्नीमानिस सँग अलि भिरैंचो हुनु अचम्म पनि भएन र त्यस्तै भिरैंचोबाट एकपल्ट भने उनी उम्कन सकेनन् । स्वास्नीमानिस आफै सम्पन्न भएकीले उनले पालन पोषण भने गर्नु परेन, बरु २।४ पैसा उल्टै उनलाई हातलागी हुन्थ्यो । त्यता पट्टी एउटी छोरी मात्र जन्मी । बाबु बाचुन्जेल श्यामराज कहिले कही बाबुसगै उनीकहा जान्थ्यो र बाबु मरेपछि पनि आमाको नाता मान्न कम्तिमा पनि वर्षा एक चोटी त पुग्ने गर्दथ्यो । बाबु परलोक भएको २।४ वर्षपछाडि नै सानिमाकी त्यो छोरी खसेको समाचार पाउँदा पनि उनीलाई सान्त्वना दिन ऊ उनी कहाँ पुगेको थियो । आफ्नो सम्पत्ति र कमाइ सानीमाले लाईखाई गरेकोमा उसलाई कुनै आपत्ती थिएन र लोभ पनि भएन तर सानीमाको शेष पछि भने त्यो बाँकी उसको हुनु पर्छ भन्ने धारणा भने उसको अवश्यै थियो । तर ती सबै कुरा त सानीमाका शेष पछाडिका भए । यस पाली पनि ऊ सधैं झैं आमा कहाँ टिका थापेर सानीमा कहाँ थाप्न पुग्यो । ऊ आएको देखेर सानीमाले भनिन् - "बुहारीलाई पनि लिएर आएको भए हुने थियो नि ।" "आउन त खोज्थी नै । के गर्नु - आमालाई एक्लै छोड्नु भएन । फेरि चाडबाडको बेला दिदीबहिनी कहाँ राख्न पनि नमिल्ने ।" - श्याम राजले कुरा प्रस्ट्यायो । "खै, म आफू पनि जान सक्दिन । दिदीलाई पनि कहिले ल्याएनौ तिमीले ।" - प्रसङ्ग उठाइहालेकोले आफ्नी सौता प्रति उनको छोरो सामु प्रकट गर्नुपर्ने लोकाचार पुर्‍याएर सानमिाले थपिन् - "अब त म पनि वुढी भइछु । उठ्न बस्न पनि गाहारो हुन थालिसक्यो । कहिले त एक्लै मर्छु कि राति भुसुक्कै भने जस्तो पनि लाग्छ ।" "कहाँ मरिन्छ, सानीमा, त्यसै काल नआई - ५०।५१ न हो । हाम्रै आमा हुनु भयो पैंसठ्ठी । खै, ठमठम गरेर हिड्नु हुन्छ अझै ।" - श्यामराजले ढाडस दियो । सानीमाले जवाफ दिइन् - "दिदी भनेकी गाउँ घरमा हुर्केकी मान्छे । जिउनै दह्रो छ । हामी भनेको किनेको सागपात खाएर सहरमै बस्नेहरु । बराबरी कहाँ हुन्छ र - अब त यो घरको भाडा उठाउन, यो पसल चलाउन पनि नसक्ने भईसकें म त । यसो तिमी आएर पालो देऊ, यो घरको जिम्मा लेऊ भनूँ भने पनि खै त्रि्रा पनि सन्तान नै भएनन् । कसको लागि पो आऊ भनूँ । तिम्रा सन्तान भएका भए त यो सम्पत्ति पनि उसैका नाममा लेखिदिनु हुन्थ्यो नै आफ्नो शेष पछिका लागि । खै, अब त पछि गएर गुठीमा राखिदिनुपर्ला कि कसो -" सानीमाको कुरा श्यामराजलाई साँच्चै बिज्यो । सानीमाको सम्पत्तिको हकदार ऊ एक्लै थियो तैपनि उसका सन्तान नभएकाले सानीमा त्यो सबै दान गर्न तयार भएकी थिइन् । हुनत केका निम्ति पो दिउन् सानीमाले उसलाई सम्पत्ति - यसै पनि श्याम राज साख्खै छोरो ठहरेन । फेरी पिण्ड पानी दिने मानिस पनि थिएन । सानमाको भनाइको आशय यही नै थियो । घर र्फकदा बाटोमा श्यामराजले सानीमाको सम्पत्तिको हिसाव लगायो । घरको मोल त उसलाई थाहा भएन तर २।४ हजार महिनै पिच्छे घरमा भाडा उठेको उसले देखेको थियो ।फेरि उनको पसल पनि चलेकै देखिन्थ्यो । २।२ वटा त उनले पसलमा काम गर्ने मानिस नै राखेकी थिइन् । त्यसैले २।४ हजार त चोखो आमदानी हुनु पर्ने हो पसलबाट पनि । तब त महिनामा कम्तिमा पनि ५।७ हजार आमदानी हुने सम्पत्ति सदावर्तमा जान लागे जस्तो लाग्नथाल्यो श्यामराजलाई । त्यसलाई रोक्न चाहन्थ्यो ऊ तर सानीमाको निम्ति उसले सन्तान उब्जाओस् कहाँबाट - घर पुगेको २।४ दिन पछि श्यामराजले कुमुदिनीलाई भन्यो - "हैन, तिमीले ओखतीमूलो, धामीझाक्री गर्ने भनेकी थियौ नि, हँ -" अनायाश लोग्नेको मन परिवर्तन भएकोमा कुमुदिनीले सशङ्कति भएर सोधी - "किन - के भयो र -" श्यामराजले कुमुदिनीको शंका समाधान गर्न खोज्दै जवाफ दियो - "यसो सोच्दा तिमीले भनेको कुरामा केही सत्य छ जस्तो लाग्यो र भनेको ।" कुरा अवश्य त्यतिमा नै टंुगिएन । ओखतीमूलो चलि नै हाल्यो । कुमुदिनीले औषधि खाई र श्यामराजले पनि खायो तैपनि सन्तान भएनन् । धामीझाक्रीले हेरे, पार लागेन । ज्योतिषीले ग्रहदशा पन्साए, कुनै फल निस्केन । कुनै प्रयाश पनि सफल नभएपछि श्यामराजको स्वास्थ्य परिक्षण गर्ने डाक्टरहरुले भन्यो - "भनेको सुन्नु हुन्न । बेकार टुनामुना, पूजापाठ तिर लाग्नुहुन्छ । तपाईकी श्रीमतीको परिक्षण पनि गर्नै पर्दैन । खुरुक्क धर्मपुत्र पाल्नोस् छोराको रहर भए ।" डाक्टरको भनाईले श्यामराजको प्रयाशमा ठूलो चोट लागाइदियो । धर्मपुत्रले समस्या समाधान हुने भए श्याम राजले त्यत्रो प्रयाश गर्ने नै थिएन । उसलाई त आफ्नो सन्तान चाहिएको थियो । डाक्टरको भनाइ सुनेर ऊ आए पछि कुमुदिनीले सोधी - "के जवाफ दियो डाक्टरले -" श्यामराजले दिक्क हुँदै जवाफ दियो - "खै, हुँदैन रे भन्छ ।" उसको दिक्दारी देखेर कुमुदिनीले ढाडस दिंदै भनी - "त्यसो भए बिर्सिदिनोस् सवै कुरा । जो पाउनु थिएन, पाइएन । पीर किन गर्नु हुन्छ अब - मलाई त पीर छैन ।" श्यामराज बोलेन । उसको चित्त भने पटक्कै बुझेको थिएन । एकातिर सानीमाको सम्पत्तिको निम्ति चाहिएको थियो सन्तान, अर्को तिर ऊ निसन्तान । निसन्तान हुनुमा त उसलाई आपत्ती थिएन । सन्तान त उसलाई सानिमाको सम्पत्तिको निम्ति चाहिएको थियो । 'केही नभए आस्थाले त होला । कत्राकत्रा चमत्कार भएकाछन् आस्थाले ।'- सोच्यो श्यामराजले । ऊ पक्का आस्तिक भयो । धर्मको कुनै पाइलो छोडेन । पुजापाठ सधैँ गथ्र्यो, मन्दिर सधैं धाउथ्यो, साधुसन्तलाई आफ्नो गच्छे अनुसार सधैं दान दिन्थ्यो । पुराण भनेको ठाउको बाटो पर्‍यो भने जस्तै हतार भए पनि एक छिन उभिएर सुन्नै पथ्र्यो उसले । एक दिन पुराणका कथावाचक व्यासले भने-"राजा पाण्डुबाट सन्तान नहुने भए पछि उनकै आज्ञाले कुन्तीले तीन र माद्रीले दुइ सन्तान जन्माए ।" श्यामराजको मनमा बिजुली चम्के झैं भयो । यो त उसले सोचेकै थिएन । सधैं आफ्नो घेराबाट सोच्यो उसले, कुमुदिनीको घेराबाट त उसले सोचेको नै रहेनछ । उसका पो नहुने त सन्तान, कुमुदिनीका नहुने त होइनन् नि । पाण्डुका भएनन् त कुन्तीका भए, माद्रीका भए र उनीहरुका भए पछि पाण्डुका पनि भए । कति सजिलै एउटा घेरा पुग्दो रहेछ । उसले त जहिले पनि कुमुदिनीलाई त्यो सन्तान जन्मने घेरा भन्दा बाहिर राखेर सोच्दो रहेछ अनि कहांबाट पुग्नु उसको चाहना - बेलुका उसले कुमुदिनीलाई भन्यो-"कुमू । तिमी मलाई एउटा मात्र छोरो पाइदेऊ ।" कुमुदिनीले जिल्ल परेर भनी-"कहांबाट पाइदिनु मैले नहुने भएपछि -" श्यामराजले स्वास्नीलाई अँगालोमा अझ दह्रोसँग समाएर टाँसिदै जवाफ दियो-"मेरा पो नहुने भए त । त्रि्रा नहुने त होइनन् नि ।" लोग्नेको भनाइको आशय बुझेर कुमुदिनीले चकित र विस्मित हुदै भनी-"के भनेको तपाईले त्यस्तो - कहीं स्वास्नीलाई पनि त्यसो भन्छन् -" आफ्नो अडानलाई नछोडेर श्यामराजले तर्क दिदै थप्यो-"किन नहुने - कुन्तीले त्यसै गरेर पाण्डव जन्माएकी होइनन् र -" "ती त कथाकी कुन्ती हुन् । कथामा गरे जस्तो हामी मानिसले गर्नु हुदैन । गरिहाले पनि त्यो टिकाउ हुदैन"-कुमुदिनीले प्रस्ट बिरोध गरी । तर श्यामराजको अडान अडान नै रह्यो । कुमुदिनीले उसलाई अर्को बिहे गरेर आफ्नो इच्छा पुरागर्ने स्विकृति दिई तर श्यामराजले त्यसलाई स्विकार गरेन । उसले भन्यो-"मलाई त्रि्रै सन्तान चाहिन्छ ।"र् धर्मपुत्र पाल्ने प्रस्ताव पनि टिक्नदिएन । उसको पीडा बढदैगयो र सो पीडाले कुमुदिनीलाई खानलाग्यो । एकातिर लोग्ने प्रतिको माया, अर्कोतिर आफ्नो बलिदान । कुमुदिनीलाई डर लाग्थ्यो-'लोग्नेलाई सुख कमाइदिन परपुरुषको अंगालोमा पसेपछि त्यहां बाट निस्कन सकिन्छ कि सकिन्न, के ठेगान - ल, धर्म र पापका कुरा त छोडिदिउँ । यहां त लोग्ने पनि छुट्नसक्ने डर थियो' तर आफ्नो घर धानेर बस्नु पर्ने स्वास्नीमानिसलाई आखिर एक दिन लोग्नेको ढिपी अगाडि नुहुन करै लाग्यो । ऊ माइत गई । १ १ १ १ १ कुमुदिनीले छोरो नै पाई । छोरो पाएको खुशियालीमा श्यामराजको फुर्ती देखेर छरछिमेकीले ओठ लेप्य्राए, कुमुदिनीको टिकाटिप्पणी गरे तर मूल कर्ताबाट स्विकृति भइसकेको कुरामा प्रश्न कसैले पनि उठाएन । यसरी श्यामराजको समस्या समाधान भयो र सानीमाको चित्त पनि बुझयो । कुरा त त्यहींं टुंगिनुपर्ने थियो तर दिनदशाले टुंङ्गिन दिएन । छोरो जन्मेको डेढ वर्षपछि एक दिन एउटा तन्देरी श्यामराजको घर सोध्दै टुप्लुुक्क ढोकामा उभिन आइपुग्यो । उसको अनुहार देखेर कुमुदिनी आत्तिई र भनी-"किन आएको तिमी यहाँ -" व्यथित आँखाले उसले जवाफ दियो-"तपाईले बोलाउछु भन्नु भएको होइन - म कति पर्खेर बसें ।" एउटी अधबैंसेले आफ्नो स्वार्थ्य पुरागर्न एक दिन दिएको वचन तन्देरीले पर्खेर बस्छ भन्ने कुमुदिनीले सोचेकी कहांँ थिई र - उसले त त्यो तन्देरीलाई उसको उपयोगिता सिध्दिएकै दिन बिर्सिएकी थिई । उसलाई सम्झेर आफ्नो भएको संसार नंग्याउने पक्षमा ऊ हुन पनि सक्दिनथी । तर त्यो अगाडि आएको सत्यलाई पन्साउन पनि सजिलो थिएन । त्यसमा पनि श्यामराज घरमा नभएको बेला ऊ कसरी पन्साओस् - फेरि साँझको बेला घर आएको पाहुना पठाओस् कसरी - जाओस् कहाँ - रात त यसै पनि बिताउन दिनै पर्‍यो । आखिर माइती गाउंको एउटा माइती त हो ऊ अरु साइनो नभए, नमाने पनि । फेरि आफ्नो छोरो प्रतिको उसको मौन अधिकारलाईँ अरुले थाहा नपाए पनि उसले त अस्विकार गर्न सक्दिनथी । आफ्नो कमजोरीले हो वा त्यो तन्देरीको करले वा दुवैले कुमुदिनी फेरि त्यो परपुरुषको अँगालोमा बांधिई । पहिलेका समागमहरु शायद वाध्यताका सिर्जनाहरु भएर होला पछिल्लो जस्ता आनन्ददायी अवश्य पनि थिएनन् र त्यो आनन्दको आवेगमा उसलाई भेटने वचन दिन पुगेर कुमुदिनी फेरि वचनकी बन्दी भई र त्यो तन्देरी कहिले न कहिले देखापरिनैरहृयोे । श्यामराजले ऊ आएको थाहा पायो वा पाएन त्यो प्रस्ट भएन । गाउँलेले आपसमा कुरा काटे पनि कसैले उसलाई भन्न गएन, श्यामराजले त्यो तन्देरी आएको देखेन । यसरी नै चल्नसक्थ्यो होला तर कुमुदिनी फेरि दोजिया भई । त्यो थाहा पाएर श्यामराजले छक्कपर्दै सोध्यो-"होइन, तिमी साँच्चै दोजिया भएकै हौ त -" कुमुदिनीले एकदम सहज भावमा भनी-"तपाईका नै हुने भएछन् नि अब त । कस्तो अचम्म हो कि -" श्यामराज सँग अवश्य नै कुमुदिनीको भनाइको जवाफ थिएन । अघिल्लो दिन मात्रको आफ्नो परिक्षण पछिको डाक्टरको भनाइ र कुमुदिनीको भनाइ बिचको विरोधाभाष बेहोर्न उसलाई गाहारो परिरहेको थियो । उसले सोच्यो-'कथाको पाण्डुलाई ५।५वटा छोराहरु नै चाहिएको कहाँ थियो होला र - एउटै भए पुग्ने थिएन र राज्य सभाल्न र वंश चलाउनलाई - तब के सबै कुन्तीहरुको कथाव्यथा उस्तै उस्तै हो त -' श्यामराज दोधारमा पर्‍यो । 'ऊ नामर्द भएकोले कुमुदिनीले त्यसको फाइदा उठाएकी हो कि कुमुदिनीलाई धैरै माया गरेकोले ऊ जिताहा भएकी हो - के कुन्तीको कथाको अन्त्य पाण्डुको मृत्युले मात्र भएको थियो त - के कुमुदिनी पनि बग्दैजान्छे त यो अपराधको छालमा अब सधैं नै -' स्वास्नीलाई आरोप लगाउन पनि श्यामराज सक्दैनथ्यो । गलत बाटोमा ऊ आफैले लगाएको थियो कुमुदिनीले नचाहदा बचाहदै पनि । अब 'चोरेर खाई भनेर आरोप लगाओस् कसरी -आरोप लगाए पछि त स्वास्नी फाल्न पर्‍यो, नत्र आरोपित स्वास्नी सँग बस्न पनि त गाहारो थियो । "कुमू । कारणवस कुनै दिन गलत ठाउँमा पुगियो भनेर त्यो ठाउँमा दोहोर्याई दोहोर्याई पुग्नुहुन्न किनकि त्यो त ब्रि्रने बाटो हो ।"-श्यामराजले स्वास्नीलाई सम्झाउन खोज्यो । लोग्नेको भनाइको आशय बुझेर आफूलाई ठीक ठहर्‍याउन कुमुदिनीले जवाफ दिई--"म पहिले जादा पनि आफ्नो खुशीले गएकी होइन र झन अहिले त गएकी पनि छैन ।" "यो नि यो, के -"-कुमुदिनीले आफूलाई निर्दोष बनाएर उसलाई नै दोषी ठहर्‍याएकीले श्यामराजले चकित हुदै उसको बढेको पेट देखाएर सोध्यो । "तपाईको र म पनि तपाईकी ।"-कुमुदिनीले ठट्टैमा उसको प्रश्न पन्साउन खोजी । "तर डाक्टर भन्छ..." - श्यामराजले केही भन्न खोज्यो । लोग्नेले भन्न खोजेको कुरा बिचैमा काटेर कुमुदिनीले जवाफ दिई-"डाक्टर के भन्छ, त्यो बिर्सिदिनोस् । तपाईका छोराछोरी हुदैनन् भनेर भन्ने त्यो डाक्टर को हो - देउता हो -" श्यामराजले कुमुदिनी सँग तर्कगर्न सकेन तर आफ्नो इच्छा विरुध्द कामगरिरहेकी स्वास्नी संग सम्वन्ध राखिरहन पनि उसलाई सम्भव भएन । कुमुदिनीको भनाइ र गराइ दुवैले उसको आत्मसम्मानमा चोट लाग्यो र समाजमा आफ्नो अपमान भएको र स्वास्नीले मर्यादा नाघेको उसले अनुभव गर्‍यो । त्यो स्थितिमा समाजमा लोग्नेको प्रभूता देखाउन अर्की स्वास्नी कुमुदिनीको अगाडि उभ्याएर भन्यो-"तिमीलाई बहिनी ल्याइदिएको । मेरा सन्तान हुने भए भन्यौ, त्यसैले लिएर आउने आँट भयो ।" लोग्नेको भनाइको आशय बुझेर फिस्स हांस्दै कुमुदिनीले मनमनै भनी-'कुन्तीको चरित्रमा शंङ्का नभई माद्री घर भित्र हुलिदैनन् । तर विचरो पाण्डुलाई के थाहा कि कुन्ती कूलवधू हो र ऊ आफू पछिका सबै नारीलाई परम्पराको मन्त्र सिकाउछे । नारी परम्परालाई कायम राख्न तरुनी माद्रीहरू झन दक्ष हुन्छन् र एउटा ढुंगोेले दुइटा चरा खसाल्न सक्छन् ।' बिहे गरेको झण्डै एक वर्षबितेपछि एक दिन आफ्नो छोरो खेलाएर बसेकी सौतालाई खिज्याउदै कुमुदिनीले भनी-"होइन, तिमी मेरै छोराछोरी मात्र खेलाएर चित्त बुझाउछयौ कि आफ्ना छोराछोरी पनि चाहिन्छ -" उसको कुरा सुनेर सौताले गर्धन निहुराएर जवाफ दिई-"खै, कर्ममा के लेखेको छ नै ।" सौताको मन पेट बुझ्न ठट्टैको पारामा कुमुदिनीले थपी- "उस् । कर्म भनेर लोग्नेको आश गरेर बस्यौ भने त । डाक्टरले नभाको कुरा त भन्दैनन् नि ।" सौताले कुमुदिनीको भनाइको आशय बुझेर छक्कपर्दै भनी-"यी छोराछोरी नि -" लाजलाई हाँसो सँग मिसाएर कुमुदिनीले जवाफ दिई- "के ढँाटनु तिमीलाई - ढिलै जाने पनि यी त मेरा बाहिरकै कमाइहरु हुन् ।" नभन्दै कान्छीले पनि त्यसको दुई वर्षभित्र नै छोरो पाई । विजयभावले सौताको छोरो लोग्नेको अगाडि तेर्स्याएर कुमुदिनीले भनी-"मैले भनेकै हुँ नि तपाईकै भएका हुन भनेर । अब त विश्वास भयो तपाईलाई -" श्यामराजले विश्वास नगर्ने ठाउँ नै भएन ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !