बालबालिका माथिको यौन दुर्व्यवहार बढ्यो - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

बालबालिका माथिको यौन दुर्व्यवहार बढ्यो

 नेपालका धेरै बालबालिका यौन दुर्व्यवहारमा परेका छन्।  नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०६४–०६५ मा बालबालि...

 नेपालका धेरै बालबालिका यौन दुर्व्यवहारमा परेका छन्। 

नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०६४–०६५ मा बालबालिकालाई जबरजस्ती करणी गरिएका २६५ वटा घटना दर्ता भएका छन्। यसरी जबरजस्ती करणीमा परेका बालबालिका १६ वर्षमुनिका रहेका छन्। ती बालबालिकामध्ये १०९ जना १३ देखि १६ वर्षसम्म, १०० जना ८ देखि १२ वर्षसम्म, ५६ जना सात वर्षमुनिका रहेको सो केन्द्रका प्रहरी नायव उपरीक्षक दुर्गा सिंहले बताउनुभयो। जबरजस्ती करणीका अपराधमा प्रभावित बालबालिकाको शैक्षिक अवस्थालाई हेर्ने हो भने सबैभन्दा धेरै सामान्य लेखपढ गर्न जान्ने मात्रै रहेका छन्। उहाँले सो अवधिमा दर्ता भएका कुल ३८२ वटा जबरजस्ती करणीसम्बन्धी घटनामा पक्राउ परेका अभियुक्तमध्ये ३४ जना १६ वर्षमुनिका बालबालिका रहेको जानकारी गराउनुभयो। समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले विश्वमा पाँच जना बालिकामध्ये एक जना बालिका र ६ जना बालकमध्ये एक बालक यौनदुर्व्यवहारको सिकार बन्दै आएको जनाएको छ। 

यौन दुर्व्यवहारको सिकार बन्ने बालबालिकाको उमेर समूह ११ देखि १४ वर्ष रहेको छ। यो समूहका धेरै बालबालिका विद्यालय, घरपरिवार, आफन्त, छिमेकीबाट अश्लिन शब्द प्रयोग गरेर, संवेदनशील अङ्ग छोएर, अश्लिन चलचित्र, चित्र देखाएरलगायतका क्रियाकलापबाट बालबालिका यौन दुर्व्यवहारमा पर्दै आएको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूल्ो जनाएका छन्। यसैगरी, सिविसका अनुसार १३ देखि १८ वर्ष उमेरसमूहका बालबालिका प्रत्यक्ष यौन दुर्व्यवहारको सिकार बन्दै आइरहेका छन्। त्यसैगरी केही वर्ष यता काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न सहरमा किशोर किशोरीका बीचमा बढ्दो असुरक्षित यौन क्रियाकलापका कारण प्रतिदिन बढ्दो रूपमा रहेको एचआइभी/एड्सको सङ्क्रमणले झन विस्फोटक रूप लिन सक्ने देखिएको छ।

 एचआइभी/एड्सलगायतका यौनजन्य सङ्क्रमणहरूको खतराका बारेमा हाल व्यापक रूपमा प्रचार एवम् चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए तापनि सुरक्षित यौन सम्पर्कका उपायहरूको उपलब्धता एवम् युवा वर्गको व्यवहारमा परिवर्तन ल्याउने किसिमका ठोस कार्यक्रम सरोकारवाला एवम् सरकारद्वारा अवलम्बन गर्न नसकिँदा ठूलो सङ्ख्याका किशोर किशोरी जोखिममा परिरहेका छन्। एक तथ्याङ्कले नेपालका किशोर किशोरीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको देखाएको छ। यति ठूलो सङ्ख्यामा यौन क्रियाकलापमा संलग्न जनसङ्ख्यामा गरिएको सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्र आफ्नो पहिलो यौन सम्पर्कमा कण्डमको प्रयोग गरेको अनुभव सुनाएका छन्। 

यी किशोर किशोरीमध्ये आधाजति किशोरले एकभन्दा बढी केही साथीसँग यौन सम्पर्क गर्ने गरेको बताएका छन् भने एक तिहाइ किशोरीका पनि दुई वा सोभन्दा बढी केटा साथीसँग यौन सम्पर्क गर्ने गरेका छन्। हुनत नेपालमा कम उमेरमै विवाह गर्नेको जनसङ्ख्या पनि कम्ती छैन। नेपालको पछिल्लो जनसङ्खयाअनुसार १० देखि २४ वर्ष उमेर समूहका नागरिकको जनसङ्ख्या कुल जनसङ्ख्याको एक तिहाइ अर्थात् ३३ प्रतिशत रहेको छ। यो उमेर समूहमध्ये ४० प्रतिशतभन्दा बढी किशोरीले १९ वर्षसम्ममा विवाह गरिसक्छन् भने किशोरको विवाह उमेर त्यो भन्दा केही बढी छ। तर विवाह अगावै यौन सम्पर्क राख्ने किशोरको सङ्ख्या २२ प्रतिशतभन्दा बढी रहनु र तिनीहरूको यौन सम्पर्क गर्ने केटी साथीहरू कम्तीमा दुई र सो भन्दा बढी हुनु तथा यी मध्ये पनि पहिलो पटकको यौन सम्पर्कमा १५ प्रतिशत मात्रले कण्डमको प्रयोग गर्नुले जोखिमपूर्ण ढङ्गले यौन क्रियाकलापहरू मौलाइरहेको देखिन्छ।

 नेपाल परिवार नियोजन सङ्घका निर्देशक के.पी बिष्टद्वारा ललितपुरमा आयोजित युवा र प्रजनन स्व्ास्थ्यसम्बन्धी कार्यक्रममा नेपालका युवाहरू यसरी असुरक्षित एवम् जोखिमपूर्ण रूपमा यौन सम्पर्कमा संलग्न हुने गरेकाले उनीहरूलाई आवश्यक परामर्श र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने उल्लेख छ। यसरी बढ्दो असुरक्षित यौन सम्पर्कले गर्दा यो उमेर समूहका किशोर किशोरीमा असुरक्षित गर्भपतनको समेत समस्या उत्पन्न हुने गरेको पाइएको छ। नेपालमा वैधानिक मानिएको गर्भपतन सेवा लिनेमध्ये कम्तीमा पाँच प्रतिशत किशोरीहरू पाइएको पनि एक तथ्याङ्कले देखाएको छ। एचआइभी सङ्क्रमणलाई रोक्ने सबैभन्दा प्रभावकारी र सर्वसुलभ माध्यम कण्डमको प्रयोग नै हो तर यो साधनको प्रयोग जसरी सर्वसुलभ छ भनेर प्रचार गरिएको छ त्यसरी भने आम सर्वसाधारणले प्रयोग गरेको पार्इँदैन। 

नेपालमा परिवार नियोजनका साधनको प्रयोग गर्ने नागरिकको जनसङ्ख्या ४८ प्रतिशत रहेका भए पनि कण्डमको प्रयोग गर्ने भने पाँच प्रतिशत मात्र पाइन्छ। त्यसैले एचआइभी सङ्क्रमणलाई रोक्न सकिने सबैभन्दा प्रभावकारी र सर्वसुलभ मानिएको कण्डमको प्रयोगलाई सहज बनाउन सकिएमा यस्तो जोखिमपूर्ण रहेका यौन क्रियाकलापहरूलाई कम खतरायुक्त बनाउन सहयोग मिल्ने थियो। त्यसैगरी गरिबीका कारण कमलरी बसेका दाङ र बर्दिया जिल्ल्ााका करिब ४१ जना कमलरी युवती बेपत्ता भएका छन्। कमलरीको हकहित र अधिकारका क्षेत्रमा कार्यरत फ्रेन्डस् अफ निडी चिल्ड्रेन (एफएनसी) ले कमलरी बस्दैआएका ती कमलरी युवती मालिककै घरबाट बेपत्ता भएका र अहिलेसम्म सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ। एफएनसीका कार्यक्रम व्यवस्थापक मानबहादुर क्षेत्रीले मालिकका घरमा कमलरी बस्न गएका दाङ, घोराहीकी शर्मिला चौधरी, हेकुलीकी सीता चौधरी, तुलसीपुरकी जुग्री चौधरी र मानपुरका मनी चौधरी, आशा चौधरी, काली चौधरी, भुन्टी चौधरी, पुन्टी चौधरीलगायतका युवती विगत पाँच–छ वर्षदेखि बेपत्ता भएको जानकारी दिनुभयो। 

उहाँले यस्तै अवस्थामा बर्दियाका थारु युवती कमलरी बसेकै अवस्थामा बेपत्ता भएको पनि बताउनुभयो। यसैगरी छोरी खोज्न राजधानी आएकी बर्दियाका भरथरी थारुले आफ्नी ३६ वर्षीया छोरी चिजमानी थारु विगत ३० वर्षदेखि सम्पर्कविहीन भएको बताउनुभयो। उहाँले आफ्नी छोरीलाई सूर्यपटुवा, इन्दरपुरका दीपेन्द्रराज शाहले कमलरी राखेको र अहिलेसम्म छोरीको अवस्थाका बारेमा कुनै जानकारी नदिएको बताउँदै छोरी खोजिदिन सबैसँग आग्रह पनि गर्नुभयो। भरथरीकै छिमेकी गुलिया थारुकी १९ वर्षीया छोरी तुलरानी थारु मालिककै घरबाट बेपत्ता भएको १० वर्ष पुगेको छ। बर्दियाको गुलरियामा कमलरी बस्दाबस्दै मालिकको पसलमा काम गर्न कैलाली पुगेको बेलादेखि उनी बेपत्ता छन्। 

“मालिककले तेरी छोरी सर्पले टोकेर मरी भन्छ, तर हामीलाई कि लास चाहिन्छ कि सास चाहिन्छ”–आँसु झार्दै उहाँले आफ्नो वेदना पोख्नुभयो। यसो त, थारुहरूको महान् चाड माघी आउन लाग्दा कमलरी मुक्तिका लागि कार्यरत सङ्घसंस्थाहरूको सञ्जालले दाङ जिल्लालाई कमलरीमुक्त जिल्ला घोषणा गर्ने अभियान सुरु गरेको जनाइएको छ। सञ्जालले आठ वर्षको अवधिमा दाङ र बर्दियाका करिब पाँच हजार कमलरीलाई दासताबाट मुक्त गराई परिवारमा पुनःस्थापना गराएको दाबी पनि गरेको छ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !