नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको हो । जबकि पोहोर असार मसान्तसम्म ...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको हो । जबकि पोहोर असार मसान्तसम्म इन्स्योरेन्स ५३ करोड ५९ लाख रुपैयाँ नाफामा थियो ।
उल्लेख्य रुपमा खस्किदै गरेको व्यवसायिक पक्ष र सेयर बजारमा देखिएको कम्पनीको खराब प्रदर्शनीले लगानीकर्तालाई निकै निराश बनाएको छ । यस्तै, अघिल्लो पटक वितरण भएको निराशजनक प्रतिफलका कारण सेयरधनी कम्पनीको आगामी गतिविधिमा थप चिन्तित छन् ।
लाइफ इन्स्योरेन्स कम्पनीमध्येको लिडर मानिएको नेपाल लाइफ इन्स्योरेन्सको पछिल्लो व्यवसाय त्यति सुदृढ देखिएको छैन । एकताका निक्कै राम्रो गरेको कम्पनी पछिल्लो समय चुनौतीमा फस्दै गएको छ । लिडर मानिएको कंपनी को हालत यस्तो हुनु को कारण कसको हात छ भन्ने कुरा पनि चलिरहेको छ । यो भन्दा साना कंपनी लाई लगानीकर्ता ले विश्वास गर्नसक्ने कुनै आधार पनि छैन ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासदेखि कम्पनीको नाफामा धक्का परेको देखिन्छ । गत चैत मसान्तसम्म १९ करोड ४५ लाख रुपैयाँ घाटासहितको तथ्यांक कम्पनीले सार्वजनिक गरेको थियो । बाँकी नोक्सानी गत आर्थिक वर्षको पछिल्लो तीन महिनामा बढेको देखिन्छ ।
यहि दरमा घट्दै जाने हो भने पछिल्ला पुस्ताका लाइफ इन्स्योरेन्सले इण्डस्ट्री लिडर नेपाल लाइफलाई निकै पछि छाड्ने देखिन्छ । लाभांशको दर पनि यही अनुपातमा घट्ने हो भने 'ब्लु चिप'को उपाधि पनि कम्पनीले छिट्टै गुमाउने लगानीकर्ताहरुको गुनासो छ ।
इन्स्योरेन्सले आम्दानी बढाउदै खर्चका आकारलाई घटाए तापनि नाफामा सकारात्मक प्रभाव छैन । इन्स्योरेन्सको तिर्न बाँकी दीर्घकालीन कर्जा पनि देखिंदैन । उल्टै खराब पोलिसी बढ्दा उल्लेख्य रुपमा इन्स्योरेन्सको प्रोभिजनिङ बढेको छ ।
सामान्य गिरावट व्यवस्थापन खर्चमा पनि देखिन्छ । २ अर्ब १८ करोड रुपैयाँ व्यवस्थापनका लागि खर्च गरेको छ । पोहोर २ अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।
त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी दियो । पोहोर असारमा कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो । थप एक अर्ब ७१ करोड रुपैयाँको दाबी भुक्तानी इन्स्योरेन्सले दिन बाँकी देखिन्छ ।
खराब पोलिसी बढ्दा जोखिम व्यवस्थापनको शीर्षकमा मात्रै ७७ करोड ८० लाख रुपैयाँ इन्स्योरेन्सले छुट्याएको हो । पोहोर प्रोभिजनिङका लागि कम्पनीले कत्ति रकम पनि छुट्याएको थिएन । यद्यपि एक्चिरियल मूल्यांकन पश्चात मात्र जीवन बीमा कम्पनीहरुको सही तथ्यांक सार्वजनिक हुने गर्छ ।
यसै दौरान कम्पनीले ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको छ । पोहोर असारको तुलनामा इन्स्योरेन्सले ९.४४ प्रतिशत बढी खुद प्रिमियम संकलन गरेको हो । इन्स्योरेन्सले कुल ३५ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । जुन साढे ९ प्रतिशत बढेको हो ।
चुक्ता पुँजी र खुद नाफाको वृद्धि अनुपात समान नहुँदा कम्पनी प्रति सेयर ४.३० रुपैयाँ नोक्सानीमा छ । कम्पनीको जगेडा कोष पनि ७१.६३ प्रतिशत घटेको हो । पुँजी अत्यधिक बढाउन जगेडा तथा अवितरित नाफा कोषको रकम लामो समयदेखि बोनस स्वरूप कम्पनीले वितरण गर्दै आएको थियो ।
बीमा शुल्क बढेपनि एजेन्टलाई दिने कमिसन भने सामान्य घटेको देखियो । पोहोर असारमा ३ अर्ब ५५ करोड रुपैयाँ कमिसन दिएको नेपाल लाइफले गत आर्थिक वर्षको अन्त्यसम्म अभिकर्तालाई ३ अर्ब ५२ करोड रुपैयाँ कमिसन बापत दिएको छ ।
खुद नाफा उल्लेख्य घट्दा कम्पनीको प्रति सेयर आम्दानीमा गहिरो चोट पुगेको छ । सोही अवधिमा अघिल्लो आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयरले चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ नाघेको छ ।
जसका कारण समीक्षा अवधिमा जगेडा कोष २८ करोड ८३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । पोहोर अर्ब रुपैयाँभन्दा बढी जगेडा तथा कोषमा सञ्चित रकम थियो। इन्स्योरेन्सको जीवन बीमा कोषमा भने एक खर्ब ३६ अर्ब रुपैयाँ छ । महाविपत्ति जगेडामा ७२ करोड छ। कम्पनीको प्रति सेयर नेटवर्थ ११२.२९ रुपैयाँ हो ।
नेपाल का लगानीकर्ता लाई इन्स्योरेन्स कम्पनी लगाएत सहकारी संस्था मा लगानी गर्न को लागि निकै जोखिम मोलेर अन्धविश्वास - विश्वास गरेर लगानी गर या नगर भन्ने मा पुर्याएको छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !