तपाईंले नेपालीमा बानीलाई एउटा व्यक्तिको, रहन सहन, उसले दैनिक गर्ने कार्य भन्ने सामान्य बुझ्नु हुनेछ । अब तपाईंले आफ्नो बानी लाई सुधार्ने बेल...
तपाईंले नेपालीमा बानीलाई एउटा व्यक्तिको, रहन सहन, उसले दैनिक गर्ने कार्य भन्ने सामान्य बुझ्नु हुनेछ । अब तपाईंले आफ्नो बानी लाई सुधार्ने बेला आएको छ ।
धेरैका लागि नेपाली आफ्नै जातीय समूह वा क्षेत्रको भेष भुषा, खानपिन र भाषा आफ्नै छ । नेपाली प्रायः नेपालमा बोलिन्छ, र भुटानी जनसंख्याको लगभग एक चौथाईले नेपाली भाषा बोल्छ । भुटानी ले आफ्नो मात्री आशा छोडेनन् । अरु सबै बानी सुधारेर विकासको मुल फुटाउन सफल भए ।
एक सामान्य नेपाली दैनिक खानामा दाल, भात र तरकारी मासुका परिकारहरू समावेश हुन्थे । परम्परागत भोजनमा नेपालीले दाल, भात, तरकारी र अचार खान्थे । वास्तविक नेपाली खानाको अतिरिक्त, तपाईंले भारत, चीन, जापान, इटाली, फ्रान्स र अन्य ठाउँका परिकारहरू खान थाल्नु भयो । खाने कुरा अरु स्वाद को लागि खाए पनि आफ्नो संस्कृति भुल्दै जान थाल्नु भयो ।
नेपाली विदेशिनु एउटा पहिरन जस्तै भयो । आफ्नो देश मा केही गर्न लाज मान्ने । त्यही नेपाली कोरिया गए सुँगुर पालन गर्न, खाडी मुलुक गए उट चराउन, मलेसिया, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया गए ट्वाइलेट सफा गर्न लाज घिन लाग्दैन । यही नेपाल मा बसेर भैसीलाई घाँस काट्न र खेतबारी मा खेती गर्न लाज लाग्ने । नेपाल मा बस्दा यहाँ उत्पादन भएको गुन्द्रुक र कोदाको पिठो मन नपर्ने, खायो भने इज्जत जाने । त्यही विदेश गए पछि त्यही कोदाको पिठो र गुन्द्रुक नेपाल बाट मगाएर खाने । त्यहाँ बसेर खान इज्जत नजाने, मिठो लाग्ने । यो सबै मानसिकता को कारण ले गर्दा हो ।
कपडाको कुरा गर्दा नेपालीहरू स्वाभाविक रूपमा रूढिवादी छन । विशेष गरी युवाहरू ले नेपाली सामाजिकीकरण गरिरहेका छन । पश्चिमी शैलीको लुगा लगाउने प्रवृत्ति छ । युवा जति ले प्राय बाहिरी संसारसँग सम्बन्धित कुनै पनि कुरा लाई चासो राख्नथाले ।
नयाँ पिढी ले नराम्रो बानी बसाए । त्यो हो नेपाल मा केही छैन, केही गर्न पनि सकिँदैन । नेपाल मा जति पनि सरकार परिवर्तन भए, तिनीहरू ले आज सम्म दिगो विकास का लागि चाहिने राम्रो शिक्षा, स्वास्थ्य ल्याउन सकेनन । यसको फलस्वरूप नेपाल मा उत्पादन हुने जनशक्ति बिदेसिन बाध्य भए । विदेशिने जति त्यतै बस्ने गरे । नेपाल मा हुने त्यही विदेशी ले खोलेका वृद्धा आश्रम मा बस्न बाध्य हुँदै गएका छन् । यस्तै हुँदै जाने हो भने नेपाल को जनसंख्या घटेर जाने छ । विदेश बाट आउने रीमिटेन्स बन्द हुनेछ । आज जो अबस्था मा नेपाल छ यो केही वर्ष भित्रै अरु कमजोर हुने र विदेशी को हातमा पुग्ने छ ।
यो नेपालीहरू माझ बढी योगदान गर्ने बानी हो किनभने यो युवा नेपालीहरू अनुत्पादक हुनुको कारण हो। नेपाली जनताको प्रमुख नकारात्मक बानी अन्धविश्वासमा गहिरो आस्था राख्नु हो । अरु सबै कुरा विदेशी को सिको गर्न मन पराउने, आफ्नो कु पर्था लाई कहिल्यै परिवर्तन गर्न नचाहने बानी भयो । ती मान्यतालाई नेपाली मानसिकताले प्रतिस्थापन गरिएन भने नेपाली जनतालाई दीर्घकालीन रूपमा महँगो पर्नेछ ।
नेपालीहरुको यस्ता बानीका कारण धेरै राजनीतिक दलहरु लाई विदेशी ले सिकाए र नेताले आफ्नो व्यक्तिगत विकासका लागि फाइदा उठाइरहेका छन् । नेपाल मा विकास नहुनु काे मुख्य कारक कुरा यही हो । त्यही भएर उनीहरुले चुनावका बेला गरेको वाचाजस्तो अतुलनीय विकास नेपालले देखिरहेको छैन । अहिले सम्म केही गर्न सकेका छैन्न भन्ने मानसिकता हटाउन सक्नु पर्यो । चीन मा कम्निस्ट आउनु र नेपाल मा काग्रेस आउनु एउटै समय मा थियो । चीन कहाँ पुग्यो । नेपाल कहाँ छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !