संविधान कार्यान्वयन गर्न पाँच दलीय गठबन्धन : मन्त्री खाँण - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

संविधान कार्यान्वयन गर्न पाँच दलीय गठबन्धन : मन्त्री खाँण

काठमाडौं, साउन ३ – गृहमन्त्री बालकृष्ण खाँणले संविधान कार्यान्वयन, लोकतन्त्रलाई संस्थागत गर्न र सन्तुलित वैदेशिक सम्बन्ध सुनिश्चित गर्न पाँच...

काठमाडौं, साउन ३ – गृहमन्त्री बालकृष्ण खाँणले संविधान कार्यान्वयन, लोकतन्त्रलाई संस्थागत गर्न र सन्तुलित वैदेशिक सम्बन्ध सुनिश्चित गर्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।

उनले निर्वाचनमा सहभागी नहुने दललाई मूलधारको राजनीतिमा ल्याउन सरकारले पहल गरिरहेको बताए ।

नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं २ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने स्पष्ट पारे ।

बुटवल–पाल्पा खण्डको सिद्धबाबा सडकखण्डमा सयौंले ज्यान गुमाएका र हजारौं यात्रुले सडकको दुरावस्थाका कारण सास्ती भोग्नुपरेको भन्दै सडकलाई सुरक्षित बनाउन आगामी आर्थिक वर्षदेखि सुरुङ मार्ग निर्माण अगाडि बढाइने उनले बताए । खण्डका साथै पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्गको निर्माण पनि सुरु गरिनेछ ।

गृहमन्त्री खाँणले आगामी सङ्घ र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो दल र बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको छ ।

यसैबीच मन्त्री खाँणले प्रत्येक नागरिकको कानुनी हक स्थापित गर्नका लागि उनीहरुको विवरण प्रभावकारी रुपमा सङ्कलन गर्नुपर्नेमा जोड दिए । उहाँले व्यक्तिगत विवरण सङ्कलन, मिति भण्डारण र वितरणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शनिबार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए ।

उनले आफ्ना बारेमा सङ्कलन गरिएका विवरण सही नभए नागरिक सामाजिक सुरक्षाबाट वञ्चित हुन सक्ने भन्दै सचेत र सजग रहन सबै पक्षलाई आग्रह गरे ।

सरकारले ज्येष्ठ नागरिक, दलित, अपाङ्गता, एकल महिला, पिछडिएका समुदाय, बालबालिकालगायत जोखिममा परेकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको मन्त्रीले जानकारी दिनुभयो ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !