किशोरीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ बाँकेमा - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

किशोरीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ बाँकेमा

23 जेठ, बाँके । बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने...


23 जेठ, बाँके । बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे । त्यहाँ घुमफिर गरे । त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।

‘उनीहरुले किशोरीलाई पनि मदिरा पिलाए,’ डीएसपी न्यौपानेले भने, ‘त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका छन् ।’

बलात्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं. ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पु¥याएको बयान दिएका डीएसपी न्यौपानले बताए । गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् ।

गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।

नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । पछिल्लो समयमा पशु तस्करी बढेकाले प्रहरीले राति पनि गस्ती गर्ने र चेकिङ गर्ने क्रम बढाएको थियो । खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा प¥यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।

किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी बताउँछन् ।

‘किशोरी जब होसमा आइन्, उनले नै आफूमाथि बलात्कार भएको बताइन्,’ रेग्मीले भने, ‘त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गर्‍यौं ।’

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !