गीत मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल ...
गीत मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, सुकेँ भने म बगर बाँचुन्जेल संसार छ भने अरू केको डर म छु र त मेरो लागि घाम लाग्छ, पानी पर्छ मेरै लागि बतास चल्छ, फूलले 'नि सुवास छर्छ प्रकृतिको भन्दा बढी कसैको नि हुन्न भर बाँचुन्जेल संसार छ भने अरू केको डर मैले सुने गीत बज्छ, मैले हेरे दृश्य बन्छ मैले मानिदिए मात्र ढुंगामाथि भगवान् छ आफैँभित्र ईश्वर छ किन खोज्नु पर पर ? बाँचुन्जेल संसार छ भने अरू केको डर ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !