शब्द दुई - पर्खने र कुर्ने! झट्ट सुन्दा एकै जस्तो लाग्ने । पर्खन पनि कुर्नु पर्ने, कुर्दा पनि पर्खन पर्ने । हेर्नुस् त, कस्तो अचम्म ! के त्य...
शब्द दुई - पर्खने र कुर्ने! झट्ट सुन्दा एकै जस्तो लाग्ने । पर्खन पनि कुर्नु पर्ने, कुर्दा पनि पर्खन पर्ने । हेर्नुस् त, कस्तो अचम्म ! के त्यसो भए पर्खनु र कुर्नु एकै हुन् त? शिकारुले धेरै दिमाग खर्च गर्यो।एकै हो जस्तो पनि लाग्यो। हैन, एक पटक शब्दकोष हेरिहालुँ भनी सोच्यो। बिदेशको भुमी भन्ने बित्तिकै शब्दकोष हात लागेन। अनि नभएको दिमाग खर्चनै पर्ने भयो। मेरो दिमाग ले पर्खनु र कुर्नु को यस्तो ब्याख्या गर्न बाध्य भयो। कसैलाई चित्त बुझ्ला , कसैलाई नबुझ्ला तर शिकारुलाई सोर्है आना चित्त बुझ्यो। त्यसैले यहाँहरु सामू यहि पर्खने र कुर्ने को शाब्दिक अर्थ लगाउने एक जमर्को गरेको छु। तपाईले पनि आफ्नो दिमाग खर्चनु हुनेछ भन्ने आषा लिएको छु। शिकारूले पर्खनु र कुर्नुको अर्थ यस्तो लगाएको छ - “पर्खनु भन्नाले निश्चितता प्रदान गर्ने कुराई र कुर्नु भन्नाले निश्चितता र अनिश्चितता भित्र को कुराई।“ भन्नु को तात्पर्य - पर्खाईमा भेट हुने वा प्राप्त गर्न सकिने वा उपलब्धी हात लगाउन सकिने अथवा पर्खाई छोटो हुने वा पर्खाई को परिणाम छिटो प्राप्त हुने मा लेखक ढुक्क छ तर कुर्नुमा माथिका शाब्दिक अर्थलाई सकरात्मक वा नकरात्मक परिणामले आक्रमण गर्न सक्दछ साथै कुराई पर्खाई भन्दा लामो र पट्ट्यार लाग्दो हुने निष्कर्षमा शिकारू पुगेको छ। भन्नु को तात्पर्य कसैले कसैलाई एक छिन पर्खन भन्दा तुरुन्तै ऊ उपस्थित हुनेछ भन्ने अर्थ लाग्छ भने कसैले कसैलाई एकछिन कुर्नुस् भन्दा कुर्नुस् भन्ने ब्यक्ति कुर्नेको सामू उपस्थित नहुन पनि सक्ने सम्भावना प्रबल रहन्छ। शिकारू ले पर्खनु र कुर्नु को भिन्नता र अर्थ पत्ता लगाईसकेको छ।त्यसैले शिकारू अहिले ठूलो दुबिधामा उभिएको छ, आफ्नो मुलुक को अवस्था प्रति। किन भने २३७ बर्ष सम्म सामन्ती थिचोमा थिचिएका जनता ०६२ र ०६३ सालमा बिउझिएका हुन्, नयाँ मुलुकको अवधारणा साथ । २३७ बर्ष सम्म पर्खनु र कुर्नु को रोगले ग्रस्त मूलुकबासी पून पर्खाई र कुराईको मारमा परेका छन्।हिजो पर्खाउने र कुराउने हरु आफ्नो अस्तित्वको कुराईमा छन् भने नपर्खने, नकुर्ने भन्ने हरु सात दलको थिचाईमा परेका छन्। ०६३ को जन आन्दोलन ले कसैलाई पर्खन र कुर्नु पर्ने बनाएको छ भने सात दलका नया जोगीहरु पर्खाउन र कुराउन मा ब्यस्त छन्। पर्खनु र कुर्नु को पिडा कति दुखदायी र बिभत्स हुन्छ भन्ने कुरा पर्खने र कुर्ने ले मात्र जान्दछ , न कि पर्खाउने र कुराउने ले जान्दछ। आज मुलुक पर्खने र कुर्ने पिडा मा नराम्ररी थल्लिएको छ। म आज तपाई हरु सामू पर्खनु र कुर्नु पिडाका तिन पात्र को परिचय गराउने जमर्को गर्दै छु। एक - खगेन्द्र सँग्रौला , दुई - डाक्टर सुन्दर मणी दिक्षित , तीन- मोहन बिक्रम सिँह। प्रगती वादी लेखक सँग्रौला आफ्ना कलम मार्फत् तितो र आगो संगै सँगै ओकल्न सक्छन्। यिन ले कहिले महिला लाई पुरुषको जुँगा उखेल्न आब्ह्वान गर्छन् भने कहिले एमाले कार्यकर्ता को भाषण को बहुत तारिफ गर्छन् साथै एमाले नेता का मान मर्दन गर्न पछाडि पर्दैनन् । भन्नु को तात्पर्य उनको काम कलम चलाउनु मात्र हो, कलम लाई दुख दिन्छन् र आफुले पर्खन र कुर्न नसक्ने कुरा पोखिराख्छन्। आफु चाहिँ पर्खेरै बसिराख्छन्। अर्का नया बिद्वान डाक्टर सुन्दर मणी दिक्षित त्यसरि नै उदाएका छन् मुलुक मा नागरिक समाज को अगुवा बन्दै । यिनी कलम हैन आवाज लिएर आएका छन्। त्यसैले कहिलेकाहि उनलाई मावबादी प्रवक्ता को आरोप लाग्ने गरेको छ। उनी यसलाई स्विकार गर्दैनन् तर माओवादी को प्रसंशा गर्न एक अक्षर पनि चुक्दैनन्। चाहे जे भए पनि यिनी पनि पर्खाई र कुराई को पिडा मा परेका एक हस्ती हुन्। अर्का बडा हस्ती समाज वादी आन्दोलन का महारथी , धेरै ले सुनेका, कमैले देखेका, सिद्धान्त का प्रखर , ब्यबहारमा धेरै आरोप सहेका अर्धभुमिगत नेता हुन् मोहन बिक्रम सिँह। यिनको काम हो समाजवादी आन्दोलनका सिपाहीहरुलाई तिखार्नु।जब सिपाही तिखारिन्छन् अनि भुत्ते बनाउने काम यिनको दुर्गुण हो। भन्नु को तात्पर्य कम्युनिस्ट क्रान्तिकारी बिचारबाट युवाहरुलाई जुझारू बनाउछन्, सँघर्ष गर्ने बनाउछन् अनि सँघर्ष गरौं भन्यो कि पर्खने र कुर्ने सिद्धान्त को वकालत गर्छन्। यिनलाई नपर्खने र नकुर्नेहरु आज मुलुकमा हाबी भएका छन् मावोबादी नाम बाट ।अनि यिनी अहिले पर्खाई र कुराई को सबै भन्दा ठुलो पिडा ले सताईएका छन्। हुँदा हुँदा आज मुलुक यस्तो सँघार मा उभिएको छ कि संयुक्त राष्ट्र सँघका प्रतिनिधि मिस्तुरा सम्मलाई पर्खाउन पछि नपर्ने अवस्था मा पुगेको छ। झुक्किएर एक घन्टा एयरपोर्टमा पर्खेका मिस्तुरा चाडै नै होस मा आईहाले र पर्खाई र कुराई नेपाल, र नेपाली लाई नै उपहार स्वरूप छोडेर यु एस ए फर्किए। अन्त्यमा, दुई करोड पचास लाख जनता पर्खनु र कुर्नु को पिडा बाट मुक्ति पाउन छट्पटिएका छन् र छिट्टै नै तेस्रो जन आन्दोलन को आबश्यकता देख्दै छन्। यो आबश्यकता पर्खनु र कुर्नु को अन्त्य गर्न मा सफल हुनेछ भन्ने कामना का साथ बिदा !!
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !