म कालो गोरो के छु भन्दा पनि मेरो काम कस्तो छ ? योना सिथलिङ समुदाय परिचालक बाल्यकालमा मलाई कसैले "बाबु ठूलो भएपछि तिमी के बन्छौ" ...
म कालो गोरो के छु भन्दा पनि मेरो काम कस्तो छ ? योना सिथलिङ समुदाय परिचालक बाल्यकालमा मलाई कसैले "बाबु ठूलो भएपछि तिमी के बन्छौ" भनी प्रश्न गर्दा मैले "ड्राइभर" भनी प्वाक्क जवाफ दिने गर्थें रे । यो उत्तर अन्जानमा आउँथ्यो । जव मैले केही बुझने भए तव मलाई गाइने (बाजा बजाउने र गीत गाउने) बन्ने धोको थियो । मेरो आमा इतमिनम सिथलिङ्ग शेषनारायणको डिस्पेन्सरी क्लिनिकमा काम गर्नु हुन्थ्यो । सानै छँदा पनि मैलै आमाको कामलाई हेर्ने र बेला मौकामा सघाउने पनि गर्थे । गाउँमा कसैले सेवाको लागि बोलाउँदा म पनि जाने गर्थे । समयको क्रमसँगै म पनि हुर्किदै गएँ र अलि केही जान्ने भएछु जस्तो लाग्न थाल्यो । त्यस बखत क्लिनिकमा विशेषत मैले सघाउन थाले जसमा सामान्य चोट पटकको ड्रेसिङ्ग गर्ने, ज्वरो, रक्तचाप नाप्ने लगायत औषधी विक्री वितरण गर्ने आदि थियो । जुन काम मलाई रमाइलै लाग्थ्यो । यू.एम.एन./सि.डी.एच.पी. अर्न्तगत रहेको यो क्लिनिक सञ्चालनमा एक त आमाको उमेरको कारणले कठिनाई थियो भने अर्को तर्फसंस्थागत रुपमा आएको परिवर्तन र रणनीतिले गर्दा सुचारु रुपले काम सञ्चालन हुनमा प्रश्न चिन्ह उठ्दथ्यो । वि.सं. २०४७/४८ मा क्लिनिक हस्तान्तरणको लागि गाविसमा कुरा राख्ने काम भयो तर गाविसले जिम्मा लिन तुरुन्तै नसकिने बतायो । तत्पश्चात यू.एम.एन.ले क्लिनिक सञ्चालनको जिम्मेवारी शेयर एण्ड केयरलाई दियो । माथिका प्रशङ्गहरु चलुन्जेल म अध्ययन कार्यमा थिएँ । यर्सथ त्यस विषयप्रति पूर्णजानकारी र चासो नराखेता पनि वि.सं. २०५० सालमा एस.एल.सी दिएपछि चासो राख्न थालेँ । त्यसबेला शेयर एण्ड केयरले क्लिनिकको जिम्मा लिने पूर्णतयारी गर्दे थियो । यसै क्रममा शेयर एण्ड केयरका संस्थापक निर्देशक रमेश खड्का लगायत अन्य साथीहरुसँग मेरो परिचय भयो र क्लिनिकमा सघाउनको लागि स्वयं सेवकको रुपमा सहभागी भएँ । त्यस बखत डा. होम प्रसाद न्योपानेले हप्तै पिच्छे सेवा सञ्चालन गर्थे भने रमेश खड्काले दन्त सेवा, पूर्णमाया श्रेष्ठले सामान्य उपचार दिने गर्थे र म उहाँहरुलाई सघाउने काम गर्थे । विशेषतः औषधी विक्री वितरण, विरामी नाम दर्ता आदिमा काम गर्थे । सेवाकै सिलसिलामा कहिले काँही हामी गाउँ घर भ्रमणमा समेत जाने गथ्र्यौं । स्वास्थ्य शिक्षा दिने घरमै उपचार सेवा दिने कार्य गर्थ्यौ यस प्रकार करिव २ वर्षस्वयं सेवक कै रुपमा रही काम गरें । वि.सं. २०५२ साल देखि शेयर एण्ड केयरको निर्देशक रमेश खड्काले नविन सोचको विकास गरी कार्यक्रम सञ्चाल गर्नुभयो जसका कारण संस्थाका कार्यहरु लगायत कार्यनीति समेत परिवर्तिन भयो । मेरो २ वर्षो काम गर्राईको अनुभवको तुलनामा ठीक विपरित प्रकृतिको काम थियो । 'सेवा लिन आउनेलाई दिने' धारणामा शुरु गरेको काम अब 'सेवा दिन जाने जहाँ र जसलाई आवश्यक छ' भन्ने सोच बन्यो । जुन सोंच प्रति म अनभिज्ञ नै थिए । साथै युवा अवस्थामै रहेको कारण त्यत्ति परिपक्व थिइन । तरपनि जे पर्छ पर्छ हेरौला भन्ने सोचाईले साथ दिने सांेच बोकी र्सवप्रथम र्सर्वेक्षण गर्ने काममा लागियो । तत्पश्चात समुदायको बारेमा केही ज्ञान त भयो तर काम के हो भन्ने कुरामा अनभिज्ञ थिए । तरै पनि शेयर एण्ड केयरका रमेश खड्काबाट पाएको सल्लाह, निर्देशन अनुसार अघि बढ्दै गएँ । समुदायमा कसरी सम्बन्ध विस्तार गर्ने, समुदायको संरचना के हो, बैठकहरु कसरी सञ्चालनगर्ने भन्ने विषयहरु सिक्दै र गर्दे गएँ । एक पटक अनौपचारिक कक्षा सञ्चालनको लागि गाउँमा वैठक गर्नुपर्ने थियो । कसरी सञ्चालनगर्ने भन्नेमा म अल्मलिएको थिएँ । साथै गाउँमा सुकुलमा एक्लै बसी दिदीबहिनीहरुलाई कुर्दा र वैठक गर्दा म आफैलाई के गर्न खोजेको हुँ भन्ने थाहा थिएन । तरै पनि पाएको निर्देशन र ज्ञानको आधारमा अनौपचारिक कक्षाको लागि सहयोगी र सहभागी छ्रनौट गर्नुपर्ने काम थियो सो पूरा गरियो । यसका साथसाथै गा.वि.स.का जनप्रतिनिधिहरु सँग को भेटघाट चिनाजानी, उनीहरुसँग को वैठकमा सहभागी र प्राथमिक स्वास्थ्य सेवा सहयोग समूह सँग को छलफल, आत्मीय सम्बन्धले गर्दा काम-सिकाई-काम हुँदै गयो । समुदाय सँगसँगै सिक्ने र सिकाउने क्रममा विकासको अवधारणा र हाम्रो दायित्व विषयक तालिममा सहभागी भई अवधारणाका केही कुराहरु सिक्ने मौका पाएँ । त्यस्तै अनौपचारिक शिक्षा कार्यक्रमबाट शिक्षा सम्बन्धी विविध ज्ञान हासिल गर्ने मौका तथा अन्य तालिम अन्तक्रिया आदिबाट सामुदायिक विकास पद्धतिको ज्ञानहरु सिक्दै त्यसलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर पाएँ । यस अवस्थासम्म आइपुग्दासम्म पनि म मा काम प्रति पूर्ण आत्मविश्वास आइसकेको थिएन । यस घडीसम्म आइपुग्दा विविध प्रत्यक्ष अप्रत्यक्ष आरोपहरु "यिनीहरु त आफूहरुलाई भगवान नै भन्ठान्छन् त्यसैले यिनीहरुलाई त काम गर्न दिनै हुन्न" भन्ने आलोचनात्मक कुराहरु लगायत अन्य समस्याहरुसँग पौठेजोरी खेल्न नपरेको होइन । क्रिश्चियन संस्था भएको कारण धर्मप्रचारको आरोप त सामान्य नै थियो । साथै राजनैतिक आरोप र महिला दिदीबहिनीहरु बीच काम गर्दा गलत अड्कल काट्ने देखि चियो चर्चो समेत गर्नेहरुको कमी थिएन । म कालो गोरो के हुँ भन्दा पनि मेरो काम कस्तो छ भन्ने महत्वपूर्ण कुरा हो भन्ने अडिक बुझाईबाट यस्ता आलोचनाहरुको सामना गरें । विभिन्न कठिनाइहरुको सामना गर्दै कार्य गर्ने दौरानमा समुदायमा विशेषत महिला दिदीबहिनीहरुको व्यक्तिगत जीवनमा परिवर्तन देखिन थाल्यो । जुन परिवर्तनको लागि शेयर एण्ड केयर र यसका सहयोगी मुख्य श्रोतको रुपमा उनीहरुले लिए । यस प्रकार महिलाहरु समूह-समूहमा गठन भई सामाजिक कार्यहरुको अभियानमा लागे । यस प्रकार महिलाहरु परिचालित हुन थालेपछि काम देखिन थाल्यो जसको फलस्वरुप समुदायमा झन परिचित हुने र चुनौतीपूर्ण कामहरु गर्ने अवसर मिल्यो । यस्तोे परिवर्तन र प्रभाव देखि मलाई मेरो भूमिका यस्तै महिला दिदीबहिनी लगायत जो जसलाई आवश्यक छ उनीहरुलाई चेतना जागृत गर्नु हो भन्ने कुराको महसूस भयो र यस अभियानमा कटिवद्धताका साथ लाग्नको लागि उत्साहित भएँ । सामाजिक सेवाको अभियानमा लाग्नको लागि त्यत्ति सहज छैन जति बोल्न सकिन्छ । यो ज्यादै चुनौतीपूर्ण र कठिन कार्य पनि हो । करिव २ वर्षो स्वयं सेवकको काम गर्राई पश्चात शेयर एण्ड केयरमा म एक कार्यकर्ताको रुपमा नियुक्ति भएँ । तत्पश्चात म पूर्णरुपमा संस्थाको कार्यप्रति जिम्मेवार हुँदै गएँ । यस प्रकार सामुदायिक विकासको अवधारणामा शून्यको विन्दुबाट शुरु गरी बहुउद्देशीय कार्यकर्ताको रुपमा सामुदायिक स्वास्थ्य तथा विकास कार्यक्रम, फर्पिङ्गको लागि कार्य जिम्मेवारी पाएँ । कुनै पनि संस्था परिचालन हुन पक्कै पनि श्रोतहरुको आवश्यक पर्छ नै । शेयर एण्ड केयरले पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोतहरुबाट सहयोग लिई कार्यक्रम सञ्चालन गर्र्थो तर कारणबस एकपटक श्रोतको अभाव भएको कारण अन्य कार्यकर्ता सहित मैले पनि अवकाश पत्र पाएँ । विदुर के.सी., किरण नेपाली, मीना महर्जन, श्यामलक्ष्मी बलामी जस्ता आत्मीय साथीहरुसँगको संगत लगायत शेयर एण्ड केयरका सहयात्री पूर्णमाया दिदी, रमेश दाइको हौसला, माया-ममता आदिबाट एक प्रकारले यस अभियानप्रति नशा नै चढेको थियो जुन नशा तुरुन्त हट्नेवाला थिएन । जसले गर्दा अवकाश पाएतापनि पूर्ण विश्वास र भरोसाका साथ यो अभियानलाई निरन्तरता दिएँ । सिक्दै-सिकाउदै, उत्साहित पार्दै, समुदायसँग साथ-साथ हिड्दै, नाच्दै-गाउँदै विकास अभियानमा लाग्ने क्रममा तीता मिठा नौलो अनुभव अनुभूतीहरुको बुझाइ, भोगाइ भए । यस क्रममा छैमले देखि नवलपरासी, इलाम लगायत भारतको जामखेडसम्म नजिकिने अवसर पाएँ । जसबाट थप उर्जा र हौसला प्राप्त भयो । यस अभियानलाई अन्यत्रसम्म फैलाउने कार्यमा एक सामाजिक परिचालकको हिसावले लागी पर्ने सोच बनाए । "तालिमले सिकाउछ हामीलाई, हामीले नि सिकाउ है अरुलाई" भन्ने गीत दिदी बहिनी माझ तालिमको क्रममा गाई उनीहरुलाई समुदाय विकासमा जागरण गराउँदाको क्षण होस् या we are the family of share and care बोलको गीतको सृजना गर्ने कार्यदेखि विभिन्न कार्यक्रममा गीत प्रस्तुत गर्दा हामी सवै एकै परिवारका हौ भन्ने मानवीय सम्बन्धका अनुभूति गराउने क्षण होस् साच्चै जीवनमै अविस्मरणीय र आनन्दमय रहयो । यस प्रकारको चेतनामूलक अभियानमा सरिक भई व्यक्ति-व्यक्ति बीचको परिवर्तनमा प्रत्यक्ष साझेदार हुन पाएकोमा आनन्द त लाग्छ नै साथै उतार चढावमा यात्रा गर्दाको आनन्द यति मूल्यवान हुँदोरहेछ जो अरुले चाहेर वा किनेर प्राप्त गर्न सक्दैनन् । आजभन्दा १० वर्षअघि एक स्वयंसेवकको रुपमा क्लिनिकबाट शुरु गरेको मेरो यात्राले मलाई परियोजना संयोजक पदसम्म उभ्याएको छ । यस यात्रामा पक्कै पनि रमेश खड्का लगायत शेयर एण्ड केयर परिवार तथा सहकर्मी साथीहरु फर्पिङ्गका महिला समूहका दिदीबहिनीहरु लगायत अन्य समुदायका व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !