स्वास्थ्य यौन दुर्बलता - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

स्वास्थ्य यौन दुर्बलता

'म ४५ वर्षको भएँ । मेरा साथीहरूको यो उमेरमा पनि सजिलै यौनसम्पर्क राख्न सकेको र सुखमय जीवन बिताइरहेको कुरा सुन्दा म आश्चर्यमा पर्छु । यौन...

'म ४५ वर्षको भएँ । मेरा साथीहरूको यो उमेरमा पनि सजिलै यौनसम्पर्क राख्न सकेको र सुखमय जीवन बिताइरहेको कुरा सुन्दा म आश्चर्यमा पर्छु । यौनसम्पर्क राख्ने इच्छा हुँदाहुँदै पनि म असमर्थ छु ।' केही समयअघि मकहाँ यस्तो समस्या आयो । यो समस्या यौन दुर्बलतासँग सम्बन्धित थियो । यौन दुर्बलताका कारणले मानिसको वैवाहिक जीवन खतरामा पर्छ । यसले पारिवारिक तनाब त निम्त्याउँछ नै, अन्य प्रगतिमा पनि बाधा पार्छ । यसका धेरै कारण छन् । मानसिक समस्या ः मानसिक रोगको औषधि खाएकाहरूमा यस्तो समस्या देखापर्न सक्छ । यौन दुर्बलतामा दुईथरीको समस्या देखिन्छ । कसैलाई यौनसम्पर्क गर्न इच्छा हुँदैन भने कोही इच्छा भए पनि यौनसम्पर्क राख्न सक्दैनन् । सम्पर्कका बेलामा उत्तेजना भए पनि वीर्य बाहिर निस्कँदैन । वीर्य बाहिर ननिस्कनेहरूमा वीर्य पिसाब थैलीमा नै र्फकने सम्भावना हुन्छ । जीवनशैली ः यौन दुर्बलताका पछाडि जीवन शैलीले पनि असर पारेको पाइएको छ । मद्यपान र धूम्रपान गर्ने पुरूषमा पनि यो समस्या देखापर्नसक्छ । धेरै मद्यपानले कलेजो बिगि्रएर पुरुष नपंुसक बन्न सक्छ । चिन्ता, मानसिक दबाब झेलिरहेका पुरुषहरू पनि यसको सिकार बन्छन् । रोगी जीवन ः उच्च रक्तचाप र मधुमेह भएका पुरूषले लामो समयसम्म औषधि खाइरहे यौन दुर्बलता देखिन सक्छ । ४० वर्षभन्दा माथिका पुरूषमा माथि उल्लिखित अवस्थामा यस्तो यौन रोग देखिने गरेको छ । काममा व्यस्त रहने पुरुषलाई पनि यो समस्याले सताउने गरेको पाइन्छ । कसरी थाहा पाउने यौन दुर्बलता ? यौन दुर्बलता हुँदा लिङ्ग कडा हुँदैन । चाहना हुँदाहुँदै पनि सम्भोग सम्भव हुँदैन । शिथिलता यसको अर्को कारण हो । सपनामा वीर्य खसेको देख्ने र पिसाबबाट वीर्य बाहिरिने गरेमा पुरुषले आफूमा यौन दुर्बलता रहेको थाहा पाउन सक्छ । यौन दुर्बलता भएपछि यौनसम्पर्कबाट पुरुष टाढा भाग्न खोज्छ । यसले उसमा हीनताबोध सुरु हुन्छ । जसले अनेकौं मानसिक रोग जन्माउँछ । यसले पुरुषलाई मात्र होइन, श्रीमतीलाई समेत समस्यामा पार्छ । पुरूषमा टेस्टोस्टेरोन हार्मोनको कमी भएमा पनि यौनमा रूचि जाग्दैन । महिलाहरूको महिनावारी रोकिएजस्तै पुरुषहरूको शरीरभित्र एन्ड्रोपज हुन्छ । जुन पुरुषमा एन्ड्रोपज हुन्छ, उसलाई चिटचिट पसिना आउने, रिस उठ्ने र मुटुको धड्कन बढ्ने लक्षण देखापर्छ । त्यसपछि उसमा यौनसम्पर्क गर्ने इच्छा मरेर आउँछ । छुटकारा कसरी पाउने ? यसबाट छुटकारा पाउन चिकित्सकसँग सम्पर्क राखेर शरीरमा कम भए हार्मोन दिनुपर्छ । धूम्रपानको लत भएमा अनिवार्य छोड्नुपर्छ । मनलाई एकाग्र राख्न ध्यान वा योगा गर्नु हितकर हुन्छ । दिनहुँ तीन-चार लिटर पानी पिउनुपर्छ । नियमित रूपमा बीसदेखि तीस मिनेटसम्म शारीरिक अभ्यास गर्नुपर्छ । मन र मस्तिष्कलाई चिन्तारहित बनाउनुपर्छ । यति गर्दा पनि समस्या समाधान नभएमा हार्मोन थेरापी गर्नुपर्छ । कतिपय पुरूषले उत्तेजना नभएमा उत्तेजना बढाउनका लागि औषधि सेवन गर्छन् । यो गलत हो । यसले क्षणिक आनन्द दिए पनि यो दीर्घ यौनजीवनका लागि घातक बाटो हो । यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ । यौन दुर्बलताबाट बच्न उपचारका साथै परामर्शको पनि आवश्यकता हुन्छ । श्रीमान्-श्रीमतीबीच पनि सहयोगी भावना हुनुपर्छ ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !