पियारी कविता मेरी कहा“ छिन् खै कता गइन् ? मलाई शून्य पारेर छाडी ती खै कहा“ गइन् ? घुम्दै-घाम्दै र खोज्दै म अ“ध्यारो गाउ“मा गए“ बडो मुस्किलले...
मलाई शून्य पारेर छाडी ती खै कहा“ गइन् ?
घुम्दै-घाम्दै र खोज्दै म अ“ध्यारो गाउ“मा गए“
बडो मुस्किलले गोप्य यौटा सेल्टरमा पुगें
देखिइन् सुन्दरी नारी कम्ब्याट डे्रसमा थिइन्
अग्ली, गोरी, लडाकू ती हेर्दै वीरांगना थिइन्
सोधें- म कविता खोज्दै आएको कवि, चिन्नु भो ?
सोधंे- यो गाउ“मा यस्तो डे्रसमा किन हिंड्नु भो ?
बोलिन् ती सुन्दरी नारी- कविता त मभित्र छिन्
उनैले त मलाई यो ड्रेसमा हिंड्न भन्दछिन्
मेरो विगत सम्झेर भित्र ती जुर्मुराउ“छिन्
भित्रै बन्दुक पड्किन्छन् रीसले मुर्मुराउ“छिन्
भनें- लौ बोल्नुहोस् नानी ! खोल्नुहोस् भित्रको व्यथा
शब्दको चित्रमा कोरी भन्नुहोस् भित्रको व्यथा
फोरी चट्टान आएको झरना हो कि झर्झ
बोलिन् ती रूपकी रानी धाराप्रवाह बर्बर-
के बोलू“ कसरी बोलू“ बोल्नै कठिन लाग्दछ
वाकवाकी हुने त्यस्तो बोल्न नै घीन लाग्दछ
तथापि नाक थुन्दै यो दर्ुगन्ध वाक्नु पर्दछ
क्रान्तिको कविका सामु दिल यो खोल्नु पर्दछ
कस्ता होलान् त्यहा“ मान्छे, जहा“ डलर फल्दछ
देशको नाम सुन्दैमा जाने रहर जाग्दछ
यो खण्डहरमा जिन्दगानी जहर बन्द छ
देश त्यो चुम्न पाएमा अर्कै लहर आउ“छ
भ्रष्टाचार फलेको यो देशमा नोट फल्छ र ?
यस्तो यो देशमा बस्ने कस्को रहर हुन्छ र ?
आएको छ त्यहा“बाट केटा ग्रिन्कार्ड होल्डर
त्यहीं लैजान्छु भन्दैछ हर्ेदा देखिन्छ सुन्दर
ड्रि्री गरोस् कि पी.एच.डी. यो देशभित्र के छ र ?
ड्रि्रीको साथ लागेर ड्रि्रीले खान दिन्छ र ?
फिल्मी हीरो सरी होस् के, रूपले खान दिन्छ र ?
ड्रि्री र रूपको हीरो चाहिंदैन कुनै वर
अल्लारे बुद्धिले के-के कपोल-कल्पना गर्यो
त्यसैका साथ नै जाने अठोट-चाहना भयो
मेरो त्यो चाहनालाई बाबाले 'हुन्छ’ भन्नु भो
आमाले पनि बाबाको कुरामा सहि थाप्नु भो
त्यै केटासित मेरो भो विवाह, मन मुग्ध भो
रोजेको वर पाएर प्रफुल्ल ज्यान यो भयो
के काम गर्छ त्यो मान्छे कहिले पनि सोधिन
पढेको कति हो कुन्नि, मैले त्यो पनि सोधिन
कहा“ लैजान्छ त्यो केटा मैले त्यो पनि सोधिन
अर्की पो छे कि स्वास्नी खै, मैले त्यो पनि सोधिन
जागीर खान्छ केटाले, जहा“ डलर फल्दछ
जहा“ म जान पाएमा मेरो रहर पुग्दछ
यही रहरमा मैले मर्ने जहर त्यो पिए“
यो देश लात मारेर छिः यो शहरमा पुगंे
पुगें त्यो र्स्वर्गमा हर्ेदा, भोग्दा त्यो नर्कमा पुगें
पुगें त्यो विश्वको दादा गन्दा न्यूयोर्कमा पुगें
के भनू“ कविज्यू ! सम्झी छाती चिरिन्छ चर्चरी
नेपालीको दशा देखी दिल यो रुन्छ धर्धरी
त्यहा“ त्यो देशमा हाम्रो देशको शान झुक्दछ
हाम्रो सगरमाथाको अग्लो त्यो माथ झुक्दछ
कोही चर्पी सफा गर्छ कोही मोटर पुछ्दछ
चिहान खन्छ क्वै ग्यासोलिनमा श्रम बग्दछ
साटी डलरमा छाला ज्याला थापेर हिंड्दछ
न्यूयोर्क-नर्कमा हाम्रो कौडीमा देश बिक्दछ
मेरो जीवन साथीको काम के हो म देख्दिन“
शान-शौकत राम्रै छ, गर्छ के बुझ्न सक्तिन
राती आउ“छ थाकेर अबेलासम्म सुत्दछ
लाश ब्यू“ती उठेजस्तै उठाएपछि उठ्दछ
न रंग-रस क्यैै हुन्छ न वसन्त-बहार छ
राता आ“खा र व्रि्रूप उब्लेको अनुहार छ
खाना खाएर क्यै बेर बसी बाहिर हिंड्दछ
खै कहा“ जान्छ त्यो मान्छे खै त्यो के काम गर्दछ ?
यस्तै गरेर क्यै मैना उजाड जिन्दगी बित्यो
रतिरागविना मेरो उराठ जिन्दगी बित्यो !
मध्येनी रातमा आई सदाझैं फेरि त्यो सुत्यो
मानौं स्खलित भै वर्ीय सदाझैं लाश भै सुत्यो
मैले सोचें- आज आफै जिन्दगी जोख्नुपर्दछ
आफ्नो कौमार्य पग्लाई आफै पोखिनु पर्दछ
तर त्यो ऋतुको राजा- वसन्त के भयो-भयो
ढुंगाको मूरि्त पो हो कि पग्लेन के भयो-भयो
वैलाएको सागजस्तै वैलाएर सुतीरह्यो
मेरो शरीरमा सिल्का हान्यो, आगो बलीरह्यो
छट्पटाए“ निकै बेर आफ्नै वस्त्र चिसो भयो
धिक्कार ! के भयो हाय ! जिन्दगी नै चिसो भयो !
खै के कारण हो - खोजी गर्न थालें सबैतिर
खोज्दा-खोज्दा पता पाए“ चस्क्यो झन् मुटुमा झिर
नारी वेश्या बनेको त सुनेकी हु“ यतैतिर
सुनें पुरुष वेश्याको समाचार त्यतातिर
लोग्नेको भोगले तृप्त न भई कुलटाहरू
कामासक्त भई अर्ध बैसें गौराङ्गनाहरू
गर्दारहेछन् दुष्कर्म त्यै केटासित दिन्दिन
त्यहीं स्खलित भै थाकी आउ“दो रै’छ दिन्दिन
सोधें- न्यूयोर्कमा आई तिम्रो यो के दशा भयो ?
बेची डलरमा बैंस बा“च्ने यो के नशा चढ्यो ?
भन्यो- यो देशमा यस्तै गरेर बा“च्नु पर्दछ
यो गरे मात्र खल्तीमा धेरै डलर फल्दछ
मैले भनें- छाड छिः छिः घीनलाग्दो छ काम त्यो
के छोड्थ्यो झन् बढी लाग्यो दुष्कर्म गर्न दुष्ट त्यो
भन्दै भनिन त्यल्लाई काटें टिकट प्लेनको
गन्दा न्यूयोर्क छाडेर आए“ सुन्दर देश यो
आएपछि यहा“ यौटा यस्तो मानिस भेट भो
जहा“ छु अहिले-आज उसैको मुख्य देन हो
देखें- त्यो विश्वको दादा, त्यसकी दास हुन्न म
दलाल त्यसका देशी, तिनकी दास हुन्न म
म मेरै र्स्वर्गमा बस्छु नर्कमा जान्न-जान्न म
त्यो का“चो मासु बेच्नेको कमाई खान्न-खान्न म
माटो हू“ देशको मेरै माटोमा बास गर्छु
माटो कोपर्न खोज्नेका बत्तीस दा“त झार्छु
म काली रणचण्डी हू“ दैत्यको नाश गर्छु
यो सयौं वर्षको लोग्ने-सत्ताको नाश गर्छु म
बा“की यो जिन्दगी रक्त-क्रान्तिमा होम गर्छु
मर्नै परे हा“सिहा“सी देशका निम्ति मर्छु
त्यहा“ पो रहिछिन् मेरी कविता क्या खुशी भए“
त्यस्ती पो रहिछिन् मेरी कविता द·मा परें
पारी जंगल-पाखामा पहेंला घाम झुल्किए
गरी रातो नमस्कार मिलाई हात फर्किए“ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !