खैरे र फुर्र्के - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

खैरे र फुर्र्के

'बाबु खैरे, म सधैँ त्रि्रो पछि लागिरहन सक्दिन, बुझयौ -'-आमा खरायोले आफ्नो छोरा खैरेलाई सम्झाउँदै भनिन् । 'तिमी ठूलो भइसक्यौ, अब ...

'बाबु खैरे, म सधैँ त्रि्रो पछि लागिरहन सक्दिन, बुझयौ -'-आमा खरायोले आफ्नो छोरा खैरेलाई सम्झाउँदै भनिन् । 'तिमी ठूलो भइसक्यौ, अब तिमीले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ ।' 'यस जङ्गलमा फ्याउराहरू पनि बस्छन् । उनीहरू असल छैनन्, हामीहरूलाई पाए भने सिध्याइ हाल्छन्, त्यसैले हामी उनीहरूबाट बच्नर्ुपर्छ । 'आमाले भनिन् ।' 'अनि कसरी बच्ने त -'- खैरेले आमासँग फेरि सोध्यो । 'सकेसम्म उनीहरूको अगाडि पर्दै नपर्ने, परि हाले पनि भाग्ने'-आमा खरायोले फ्याउराबाट बच्ने उपायबारे बेलीबिस्तार लगाइन् । खैरे सानो तर निकै चुलबुले थियो । ऊ घर बाहिर एक-दर्ुइपल्ट मात्र निस्केको थियो, त्यो पनि आमासँग मात्र । उसले फ्याउरो त देखेकै थिएन । त्यही जङ्गलमा बस्ने फर्ुर्के फ्याउरो पनि खैरेकै उमेरको थियो । उसकी आमा पनि फर्ुर्केलाई सम्झाउने गर्थिन् । एकदिन उनले भनिन्- 'तिमीले अब आफ्नो खानेकुरा आफैँ जुटाउनर्ुपर्छ ।' 'जङ्गलमा खरायोहरू पाइन्छन्' । 'अब तिमीले आफैंँ खरायोको शिकार गर्नुपर्छ ।' 'ओहो, खरायोको शिकार कसरी गर्नेहोला -'-फर्ुर्के पनि मनमनै विचार गर्न थाल्यो । एकदिन आमा काममा गएको बेला खैरे एक्लै बाहिर निस्कियो । पाखामा घाम लागिरहेको थियो । चराहरू चिर्बिराइरहेका थिए । उसलाई रमाइलो लाग्यो । ऊ पनि पाखामा एक्लै छुनुमुनु-छुनुमुनु खेल्न थाल्यो । खेल्दाखेल्दै खैरे एउटा खाल्टामा पर्‍यो । धन्न खाल्टामा पानी थिएन र उसलाई केही भएन । यदि खाल्टामा टन्न पानी थियो भने ऊ डुब्ने थियो र ज्यानै जान पनि त सक्थ्यो । धेरै प्रयास गर्दा पनि खाल्टो बाहिर आउन सकेन । भएभरको बल निकालेर धेरैपल्ट उफि्रयो तर माथि आउनै सकेन । न्वारनदेखिकै बल निकाल्दा पनि केही काम लागेन । उप|mँदा-उप|mँदा खुट्टै दुख्न थाले । भोक बेस्सरी लाग्यो तर उसको अप्ठेरो बुझने त्यहाँ कोही भएन । आमा ! आमा ! भन्दै खैरे बेस्सरी चिच्यायो । तैपनि अहँ उसको चित्कार कसैले सुनेन । अब यही खाल्टोमै ज्यान जाने भो भनेर खैरे लखतरान भई त्यहीँ पल्टियो । उता फर्ुर्के फ्याउरो पनि वनपाखातिर घुम्न निस्केको थियो । घुम्दाघुम्दै ऊ खाल्टो नजिकै पुग्यो । उसले खाल्टोमा खैरेलाई देख्यो । खैरे जुरुक्क उठ्यो र फर्ुर्केलाई हर्ेन थाल्यो । आफ्नो भन्दा छोटा कान, लामो थुतुनो र झयाप्प पुच्छरको फर्ुर्केलाई देखेर खैरेलाई पहिले त डर पनि लाग्यो । तैपनि जे पर्ला पर्ला भनेर उसले आँट गर्‍यो र मदत माग्यो-'साथी मलाई माथि आउन सहयोग गर्नुहोस्, हिँड्दाहिँड्दै म यस खाल्टोमा खसेँ ।' खैरेको मायालाग्दो अनुहार देखेर फर्ुर्केलाई दया लाग्यो । उसले भन्यो-'हुन्छ, हुन्छ म तिमीलाई जसरी पनि बाहिर निकाल्छु ।' फर्ुर्केले पछाडिका खुट्टा दह्रो गरी टेक्यो र अगाडिका खुट्टा खैरेले भेट्ने गरी लम्कायो । खैरे त्यही खुट्टामा समातेर बिस्तारै माथि आयो । खैरेले फर्ुर्केलाई धन्यवाद दियो । दुवैजना अति नै खुसी भए । उनीहरू एकआपसमा कुरा गर्न थाले । 'तिमीले मलाई ठूलो गुन लगायौ, म साँच्चै आपत्मा परेको थिएँ'- खैरेले भन्यो । 'यदि तिमी नआइदिएको भए मेरो हालत के हुन्थ्यो होला, तर तिमी को हौ, यसअघि त हाम्रो कहिल्यै भेट पनि भएको थिएन ।' 'म फर्ुर्के हुँ, फुच्चे फ्याउरो ।' फर्ुर्केले जवाफ सिध्याउन नपाउँदै खैरेले भन्यो-'ओ हो ! तिमी फ्याउरो हौ - लौ बित्यास पर्लाजस्तो छ । तिमीले त हामीलाई खान्छौ रे नि । मेरी आमा त्यसै भन्नुहुन्थ्यो ।' खैरेले हतारहतारमा फेरि थप्यो-'तर मलाई यत्रो मद्दत गरेर खाल्टोबाट निकाल्यौ, तिमी त मलाई खाउला जस्तो लाग्दैन ।' 'तिमी चाहिँ को रे !'-फर्ुर्केले सोध्यो । 'म खैरे क्या त, बच्चो खरायो ।'- खैरेले जवाफ दियो । 'ए, त्यसो भए तिमी खरायो हौ, भन्न त मेरी आमाले पनि मलाई खरायोको शिकार गर्नुपर्छ भन्नुहुन्थ्यो तर म तिमीलाई मार्न सक्दिन, मार्नु पनि हुन्न, यस्तो दयालु साथी जस्तोलाई कसरी म मार्ने सोच्न सक्छु र -' भोलि भेट्ने वार्ता गर्दै खैरे र फर्ुर्के दुवै आ-आफ्ना घरतिर लागे । त्यस दिनदेखि उनीहरू साथी भए । उनीहरू सँगसँगै घुमिरहे, डुलिरहे । खैरे एकदिन फर्ुर्केलाई कुरिरहेको थियो । फर्ुर्के धेरैबेरसम्म आएन । फर्ुर्केलाई के भयो भनी खैरे चिन्ता गर्न थाल्यो । धेरै बेरपछि फर्ुर्के आयो । उसको मुख अँध्यारो थियो । मलिन अनुहार देखेर खैरेले सोध्यो-'फर्ुर्के, तिमीलाई सन्चो छैन कि क्या हो, फेरि आउन पनि ढिलो गर्‍यौ, तिमीलाई के भयो -' 'सन्चै छु'- फर्ुर्केले दुःखी हुँदै भन्यो-'तर आमाले तैँले खरायोको शिकार गर्न सिक्नै पर्छ भनेर आज धेरै कर गर्नुभयो, मेरी दिदीले खरायो लखेट्न जानिसकिन् रे, तर मलाई खरायोको शिकार गर्न मनै छैन, त्यसैले मलाई पिर परेको छ ।' फर्ुर्केको कुराले खैरे दुःखी भयो । धेरैबेर सोचेपछि उसले भन्यो-'पिर त मलाई पनि लाग्यो, त्यसो भए म एउटा उपाय निकाल्छु गर्ने हो त -' 'गर्ने नि, बरु उपाय के हो बताउन'-फर्ुर्के उपाय सुन्नका लागि आत्तुर देखियो । उपाय बताउँदै खैरेले भन्यो- 'तिमी मेरो जीउबाट एक मुट्ठी भुत्ला निकालेर मुखमा च्यापेर जाउ, अनि खरायो समातिसकेको थिएँ, फुत्कियो भनिदेऊ न ।' 'यसो गर्दा त्रि्री आमा छोराले शिकार गर्न जानेछ भनेर खुसी भइहाल्नुहुन्छ'- खैरेले खुसी हुँदै भन्यो- 'यसबाट मेरी आमालाई पनि खुसी पार्न सकिन्छ ।' 'यसो गर्दा मेरी आमा त खुसी होलिन् रे, त्रि्री आमा चाहिँ कसरी खुसी होलिन् त -'- फर्ुर्केले सोध्यो । खैरेले मुसुमुसु हाँस्तै भन्यो- 'तिमीले भुत्ला उखेलेकै ठाउँ देखाएर फ्याउरोले समाइसकेको थियो, म फुत्किएर भागेँ, अलिकति भुत्ला मात्र उखलियो भन्छु नि, अनि छोरो फ्याउरोबाट बच्न सिपालु भयो भनेर आमा खुसी नहुनुहोला त -' खैरेको जुक्ति फर्ुर्केलाई पनि चित्त बुझयो । केहीबेरमै खैरेको पिठ्युँबाट फर्ुर्केले एक मुट्ठी भुत्ला निकाल्यो । अनि मुखमा च्यापेर घरतिर लाग्यो । फर्ुर्केले घरमा पुगेर आमासँग भन्यो- 'आमा मैले शिकार समाउन जानें नि, आज मैले एउटा खरायो समातेको थिएँ तर फुत्किएर भाग्यो ।' आमाले धाप मार्दै भनिन्-'श्याबास् छोरा, तिमीले शिकार गर्न जान्यौ, अब तिमी दिदीभन्दा पनि राम्रो हुनेछौ, भुत्ला अझै मुखमा रहेछ, फालिदेऊ । आमाबाट स्याबासी पाएर फर्ुर्के फुरुङ्ग भयो । उता खैरे खरायोको कुरा सुनेर आमा पनि दङ्गपरिन् । अर्को दिन पनि खैरे र फर्ुर्के सधैँको ठाउँमा भेट भए । दुवैले आ-आफ्ना आमालाई घटना बताएको र आमा खुसी भएको कुरा गरे । त्यसैबेला अलि परको झाडीनेर कोही गुन्गुनाइरहेको आवाज आयो । खैरे र फर्ुर्के दुवै डराए । दुवै बिस्तारै आवाज आएको झाडीतिर गए । कस्तो अनौठो !, त्यहाँ त झाडीको दुवैतिर दर्ुइवटा पुच्छर पो देखिए- एकातिर खरायोको, अर्कातिर फ्याउरोको । उनीहरू अझै नजिकै गए । त्यहाँ त खैरेकी दिदी र फर्ुर्केकी दिदी पो कुरा गरेर बसेका रहेछन् । खैरे र फर्ुर्केलाई देखेर दिदीहरू प्हिले त डराए अनि छक्क परे । उनीहरूले भाइहरूलाई अङ्कमाल गरेर भने-'तिमीहरू पनि यस्तो मिलेका - मिल्नु नै जाती हो ।' अहिले झाडीका दुवैतिर दर्ुइवटा हैन चारवटा पुच्छर हल्लिरहेका थिए ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !