डेंगु लागेको कसरी थाहा पाउने ? कसरी बच्ने ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

डेंगु लागेको कसरी थाहा पाउने ? कसरी बच्ने ?

अहिले देश भरिनै डेंगुको महामारी बढीरहेको छ । सबै भन्दा धेरै काठमाण्डौ उपत्यका भित्र नै देखिएको छ । डेंगुका बिरामीहरु अस्पतालमा बढेको बढ्यै छ...


अहिले देश भरिनै डेंगुको महामारी बढीरहेको छ । सबै भन्दा धेरै काठमाण्डौ उपत्यका भित्र नै देखिएको छ । डेंगुका बिरामीहरु अस्पतालमा बढेको बढ्यै छन् । दुर्गम ठाउँमा प्रत्येक घर घरमा नै बीमारी भेटिन लागेका छन् । त्यसैले पनि हामीले डेंगुका बारेमा थाहा पाउन जरुरी छ । 

डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ । यिनले प्रायः दिउँसो वा साँझपख टोक्ने गर्दछन् । यो लामखुट्टेका खुट्टामा सेता धर्साहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका धर्साहरु रहेका हुन्छन्, जुन अरु प्रजातिका लामखुट्टेमा देखिँदैन । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले फुल पार्दछ । त्यही बाट यी लामखुट्टे उत्पादन हुने गर्दछन ।

डेंगूको संक्रमणका बेला विशेष खालको ज्वरो आउँछ जसलाई डाक्टरी भाषामा हेमोरेजिक फिभर भनेर चिनिन्छ । हातगोडा, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुने यो रोगको प्रमुख लक्षण हुन् । त्यसैले यसलाई ब्रेक बोन फिभर पनि भनिन्छ ।

लक्षणहरु

  1. हातगोडाका मांसपेशी र जोर्नी दुख्ने ।
  2. छालामा चालाहरु हराउने र देखिने हुने ।
  3. चर्को ज्वरो आउनु ।
  4. बेस्कन टाउको दुख्नु ।
  5. आँखाको पछिल्लो भागमा पीडा हुनु ।
  6. वाकवाकी लाग्नु र वान्ता हुनु ।

डेंगुले अझै जटिल अवस्था बनायो भने निम्न लक्षणहरु देखापर्छन्ः

  1. नाक, मुख गिँजाबाट रगत आउने ।
  2. आन्तरिक रक्तस्राव हुने ।
  3. कालो दिसा तथा कालो वान्ता आउने ।
  4. रगतमा प्लेलेट्सको संख्या घट्न थाल्ने ।
  5. पेट दुख्ने ।
  6. छालामा मसिना राता बिमिराहरु देखिने ।
  7. नाडी मधुरो हुने ।
  8. रक्तचाप घट्दै जाने ।
  9. शरीरमा रगतको कमी हुँदै जाने ।

डेंगू हो कि होइन कसरी थाहा पाउने ?

डेंगूमा आउने ज्वरो र मलेरिया तथा टाइफाइडमा आउने ज्वरो सुरुसुरुमा उस्तै उस्तै लाग्छन् । अन्य लक्षणहरुले डेंगूको संकेत गरेपछि यसको निदान गर्न बिरामीको रगत तथा सेरमको नमूना लिने गरिन्छ । बिरामी बढ्ता गर्मी हुने र लामखुट्टे लाग्ने ठाउँमा गए नगएको कुराले पनि डेंगू हो होइन पत्ता लगाउन मद्दत मिल्दछ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेष्टहरु गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ । 

यस रोगका लक्षणहरु देखिना साथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निःशुल्क गरिन्छ । डेंगूमा मुख्य गरेर प्लेटलेट्स भन्ने रगत जमाउने कोष कम भएर जाने हुनाले रगत बग्ने डर भएको हो ।

डेंगूको उपचार:-

डेंगू भाइरसका कारण हुने भएकाले यस रोगको अहिलेसम्म कुनै खास औषधि तथा सूई उपलब्ध छैन । खोपको पनि आविष्कार भइसकेको छैन । आराम गर्ने, प्रशस्त पानी पिउने तथा ज्वरोको औषधि सेवन गर्ने र रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ । बिरामीको अवस्था हेरेर पानी वा रगत चढाउनु पर्ने पनि हुन सक्छ ।

डेंगूबाट बच्ने उपाय:-

  1. लामखुट्टे भएको क्षेत्रमा जाँदा उज्याला र सफा कपडा लगाउने जसलाई लामखुट्टेले मन पराउँदैन ।
  2. लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने
  3. लामखुट्टे भगाउने ओडोमस जस्ता क्रीम वा तेल खुला रहेका हातखुट्टामा लगाउने ।
  4. राति सुत्दा झूल टाँगेर वा लामखुट्टे भगाउने मस्क्विटो म्याट वा धूपको प्रयोग गर्ने ।
  5. झ्याल ढोकामा जाली लगाउने ।
  6. शरीरमा सेन्ट नलगाउने । सेन्टले पनि लामखुट्टेलाई आकर्षित गर्दछ ।
  7. सकेसम्म बसाउने साबुनले ननुहाउने ।
  8. घर वरिपरि पानी जम्न नदिने ।
  9. पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने । 
  10. कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने ।
  11. आफु सधैं सचेत रहने, डेङ्गु को बारेमा सके सम्म सबै लाई सचेत रहने र लामखुट्टे नियन्त्रण गर्ने उपाय आउनाउने ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !