आज असोज 03 गते पर्न गएको संविधान दिवस को विरोधी होइन म । यो संविधान बाहिर रातो भएको किताब भित्र कालो अक्षेर ले लेखेको ले होला । यो कालो कोट ...
आज असोज 03 गते पर्न गएको संविधान दिवस को विरोधी होइन म । यो संविधान बाहिर रातो भएको किताब भित्र कालो अक्षेर ले लेखेको ले होला । यो कालो कोट र असोज 3 गरेको संविधान दिवस को सम्बन्ध को राम्रो सम्बन्ध रहिआएको होला । अन्तै बाट ल्याएर सारिएको भएर होला जस्तो लाग्छ । संविधान को किताब मा बाहिर पट्टी लेखिएको छ कि - नेपालको संविधान, यदि आफ्नै हुने थियो भने संविधान नेपाल भनेर लेख्नेथे होला ?
अहिले सम्म कालो कोट लगाउने ले मात्रै देश, गुण्डागर्दी, न्यायलय, एउटै शब्द मा भन्नु पर्दा सबै कुरा चलाई रहेका छन । मलाई सानै देखि यो कालो कोट, कालो सिसा भएको गाडी, एक शब्द मा भन्नु पर्दा - कालो पहिरन, काला विलासी का समान देख्योकि भित्रै देखि रिस उठेर आउँछ र कता कता कालो कुरा भित्र को कालो कर्तुत देख्छु । यो मानसिकता मा परेको छाप लाई कहिल्यै मेटाउन नसकिके रहेछ । मेटाउन खोज्यो भने प्रत्यक्ष कालो भित्रको कालो कर्तुत देखिन्छ भोगिन्छ ।
यो नेपाल मा अलिक धेरै मात्रामा कालो कोट भित्र को कालो कर्तुत धेरै देखिन्छ । जहाँ पनि हुने खाने लाई मात्रै कालो कोट ले साथ दिएको पाइन्छ । यो कालो विलासी को समान पनि यिनै कालो कोट वाला सगै हुन्छ । यो कालो लाई कसैले पनि विरोध र बहिस्कार गर्न सकेको इतिहास देखिँदैन । यो कालो कोट र कालो विलासी को समान लाई आविष्कार गर्ने ले पनि धेरै सोचेर नै आविष्कार गरेको हुनु पर्छ । कालो भनेको एउटा औंसी को रात जस्तै अन्धकार लाग्छ । त्यस अन्धकार भित्र नै अन्धकार हुन्छ भनेर बुझ्नु र भोग्नु बाहेक अरु केही छैन ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !