अहिले देश भरिनै डेंगुको महामारी बढीरहेको छ । सबै भन्दा धेरै काठमाण्डौ उपत्यका भित्र नै देखिएको छ । डेंगुका बिरामीहरु अस्पतालमा बढेको बढ्यै छ...
अहिले देश भरिनै डेंगुको महामारी बढीरहेको छ । सबै भन्दा धेरै काठमाण्डौ उपत्यका भित्र नै देखिएको छ । डेंगुका बिरामीहरु अस्पतालमा बढेको बढ्यै छन् । दुर्गम ठाउँमा प्रत्येक घर घरमा नै बीमारी भेटिन लागेका छन् । त्यसैले पनि हामीले डेंगुका बारेमा थाहा पाउन जरुरी छ ।
डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ । यिनले प्रायः दिउँसो वा साँझपख टोक्ने गर्दछन् । यो लामखुट्टेका खुट्टामा सेता धर्साहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका धर्साहरु रहेका हुन्छन्, जुन अरु प्रजातिका लामखुट्टेमा देखिँदैन । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले फुल पार्दछ । त्यही बाट यी लामखुट्टे उत्पादन हुने गर्दछन ।
डेंगूको संक्रमणका बेला विशेष खालको ज्वरो आउँछ जसलाई डाक्टरी भाषामा हेमोरेजिक फिभर भनेर चिनिन्छ । हातगोडा, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुने यो रोगको प्रमुख लक्षण हुन् । त्यसैले यसलाई ब्रेक बोन फिभर पनि भनिन्छ ।
लक्षणहरु
- हातगोडाका मांसपेशी र जोर्नी दुख्ने ।
- छालामा चालाहरु हराउने र देखिने हुने ।
- चर्को ज्वरो आउनु ।
- बेस्कन टाउको दुख्नु ।
- आँखाको पछिल्लो भागमा पीडा हुनु ।
- वाकवाकी लाग्नु र वान्ता हुनु ।
डेंगुले अझै जटिल अवस्था बनायो भने निम्न लक्षणहरु देखापर्छन्ः
- नाक, मुख गिँजाबाट रगत आउने ।
- आन्तरिक रक्तस्राव हुने ।
- कालो दिसा तथा कालो वान्ता आउने ।
- रगतमा प्लेलेट्सको संख्या घट्न थाल्ने ।
- पेट दुख्ने ।
- छालामा मसिना राता बिमिराहरु देखिने ।
- नाडी मधुरो हुने ।
- रक्तचाप घट्दै जाने ।
- शरीरमा रगतको कमी हुँदै जाने ।
डेंगू हो कि होइन कसरी थाहा पाउने ?
डेंगूमा आउने ज्वरो र मलेरिया तथा टाइफाइडमा आउने ज्वरो सुरुसुरुमा उस्तै उस्तै लाग्छन् । अन्य लक्षणहरुले डेंगूको संकेत गरेपछि यसको निदान गर्न बिरामीको रगत तथा सेरमको नमूना लिने गरिन्छ । बिरामी बढ्ता गर्मी हुने र लामखुट्टे लाग्ने ठाउँमा गए नगएको कुराले पनि डेंगू हो होइन पत्ता लगाउन मद्दत मिल्दछ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेष्टहरु गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ ।
यस रोगका लक्षणहरु देखिना साथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निःशुल्क गरिन्छ । डेंगूमा मुख्य गरेर प्लेटलेट्स भन्ने रगत जमाउने कोष कम भएर जाने हुनाले रगत बग्ने डर भएको हो ।
डेंगूको उपचार:-
डेंगू भाइरसका कारण हुने भएकाले यस रोगको अहिलेसम्म कुनै खास औषधि तथा सूई उपलब्ध छैन । खोपको पनि आविष्कार भइसकेको छैन । आराम गर्ने, प्रशस्त पानी पिउने तथा ज्वरोको औषधि सेवन गर्ने र रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ । बिरामीको अवस्था हेरेर पानी वा रगत चढाउनु पर्ने पनि हुन सक्छ ।
डेंगूबाट बच्ने उपाय:-
- लामखुट्टे भएको क्षेत्रमा जाँदा उज्याला र सफा कपडा लगाउने जसलाई लामखुट्टेले मन पराउँदैन ।
- लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने
- लामखुट्टे भगाउने ओडोमस जस्ता क्रीम वा तेल खुला रहेका हातखुट्टामा लगाउने ।
- राति सुत्दा झूल टाँगेर वा लामखुट्टे भगाउने मस्क्विटो म्याट वा धूपको प्रयोग गर्ने ।
- झ्याल ढोकामा जाली लगाउने ।
- शरीरमा सेन्ट नलगाउने । सेन्टले पनि लामखुट्टेलाई आकर्षित गर्दछ ।
- सकेसम्म बसाउने साबुनले ननुहाउने ।
- घर वरिपरि पानी जम्न नदिने ।
- पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने ।
- कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने ।
- आफु सधैं सचेत रहने, डेङ्गु को बारेमा सके सम्म सबै लाई सचेत रहने र लामखुट्टे नियन्त्रण गर्ने उपाय आउनाउने ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !