परीक्षार्थीले +२ को नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभिआर मार्फत पनि हेर्न सक्ने व्यवस्था गरिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको...
परीक्षार्थीले +२ को नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभिआर मार्फत पनि हेर्न सक्ने व्यवस्था गरिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेवसाइट, एसएमएस र आइभिआर मार्फत हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । SMS को लागि सर्टकोडहरू 35001, 34949, 31003 र 1600 छन् र वेबसाइटहरू निम्नानुसार छन् ।
कसरी हेर्ने नतिजा २०७९ एसएमएस र आईभीआर मार्फत: -
+२ को सिम्बोल नम्बर टाइप गर्नुहोस् र 1600 वा 35001 वा 34949, वा 31003 मा एसएमएस गर्नुहोस् ।
कम्पनी नाम सेवा छोटो कोड
- जानकी टेक्नोलोजी प्रा. Ltd. SMS 35001
- इजी सर्भिस प्रा. लिमिटेड एसएमएस ३४९४९
- आकाश टेक प्रा. लिमिटेड एसएमएस ३१००३
- नेपाल टेलिकम SMS र IVR 1600
- कम्पनी नाम वेबसाइट
- राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ www.neb.gov.np
- राष्ट्रिय परीक्षा बोर्ड (NEB) www.neb.gov.np
- स्प्यारो पे प्रा. लिमिटेड www.khalti.com
- निमा एजुकेशन फाउण्डेशन प्रा. लिमिटेड www.neemaacademy.com
- कान्तिपुर पब्लिकेशन लिमिटेड www.ekantipur.com
- कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
- Edu Sanjal www.neb.edusanjal.com
- नेपाल टेलिकम www.neb.ntc.net.np
- रिडर्स प्वाइन्ट प्रा. लिमिटेड www.admissionnepal.com
कक्षा १२ को नतिजा सार्वजनिक, १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बोर्डका अध्यक्ष शर्माका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।
त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना छन् ।
यस्तै १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !