दशैं को लागि काठमाण्डौ ल्याइएका खसी च्याङ्ग्रा को मुल्य कति तोकियो ? निरोगी छ भनेर कसरी जान्ने ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

दशैं को लागि काठमाण्डौ ल्याइएका खसी च्याङ्ग्रा को मुल्य कति तोकियो ? निरोगी छ भनेर कसरी जान्ने ?

काठमाडौँ  भित्र रहेको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबार देखि दशैं को लागि खसी– च्याङ्ग्रा  आफ्नो स्टल बाट बिक्री...


काठमाडौँ  भित्र रहेको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबार देखि दशैं को लागि खसी–च्याङ्ग्रा आफ्नो स्टल बाट बिक्री सुरु गरेको छ ।

कम्पनीले यस वर्ष खसी–बोका र च्याङ्ग्रा गरी २५ सय गोटा बिक्री गर्ने लक्ष्य लिइएको जनाएको छ । कम्पनीले खसी र बोकाको जिउँदो मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० तोकेको छ ।

बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म खसी, बोका,च्याङ्ग्रा बिक्री वितरणको व्यवस्था मिलाएको बताइएको छ । कम्पनीबाट बिक्री हुने सबै खसी–बोका, च्याङ्ग्रा को स्वास्थ जाँच पनि गरिएको कम्पनी काे भनाइ छ ।

अहिले को तथ्याङ्क अनुसार काठमाडौँमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसी–बोका दैनिकजसो काट्ने गरिन्छ ।

नेपाल भरीमा वर्षमा १ करोड २८ लाख १२ हजार हाराहारीमा खसी, बोका, बाख्रा र च्याङ्ग्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसी, बोका र च्याङ्ग्रा मासुका लागि योग्य हुने विभागको भनाइ छ ।

कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका र च्याङ्ग्रा बाहिरी बजार को मुल्य भन्दा सस्तोमा बिक्री वितरण भइसकेको जानकारी दिएका छन् । उनले खसी, च्याङ्ग्रा को अभाव हुन नदिने र उपभोक्ताको मागअनुसार थप भित्र्याइने बताएका छन् । खाद्य संस्थान काे भन्दा बाहिरका व्यापारी ले 50 देखि 200 सम्म ज्यादा मा बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

दसैँका लागि खसी–बोका वा भेडा-च्याङ्ग्रा छान्न जाँदै हुनुहुन्छ ? सिङमा ध्यान दिनुस्

काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेडा, च्याङ्ग्रा जस्ता चौपाया खरिद गर्न आग्रह गरेको छ । बडादसैँका लागि काठमाडौंं ल्याइएका निरोगी खसी—बोका तथा भेडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । 

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्री–वितरण हुने स्थानमा पुगी दसैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए–नआएको, नाकबाट सिँगान बगे–नबगेको, झोक्राएको–नझोक्राएको, पातलो दिसा भए–नभएको, चोटपटक भए–नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालिएको छ । 

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमुना संकलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।

कामपाका कलंकी र टुकुचामा खसी बजार छ । यसैगरी बडादसैँका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र  चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुंगा, दक्षिणकाली, बालाजु र  साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ ।

काठमाडौंं ल्याइने च्याङ्ग्राहरुको संकलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौंं चौपाया खरिद–बिक्री प्रालिले यसपटक दसैँमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । 



No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !