संस्कार सहित को शिक्षा अनपढ नै किन नहुन, आमा बा ले दिएको भन्दा ज्यादा स्कूल ले कहिल्यै दिन सक्दैन । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

संस्कार सहित को शिक्षा अनपढ नै किन नहुन, आमा बा ले दिएको भन्दा ज्यादा स्कूल ले कहिल्यै दिन सक्दैन ।

एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बन...

एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।

आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुसन म पनि मेरो छोराको रिजल्ट हेरौं ।

यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो: बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ़न सक्छिन? 

यिनी त अनपढ़ हुन....,

अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर

बनाउन भान्साकोठा गईंन ।

यो सबै बुबाले हेरेर भने: हो छोरा तैले एकदमै  सही भनिस । 

तेरि आमा अनपढ़ छे ।

जब हाम्रो बिहे भएको तिन महीना भित्रनै तेरी आमा गर्ववती भएकी थिइ ।

मैंले सोचे. बिबाहपछि काहिँ घुम्न गएका थिएनौं ।  एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं । हिड यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा ।  तर तेरी आमाले जोड़ दिएर भनिन घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिन बिते संगै क्रमैसंग हुँदैजान्छ ।

त्यसपछि तेरो जन्म भयो उ अनपढ़ थीई हैन । जब तँ गर्भमा थिस ।  उसलाई दूध एकदमै मन पर्दैन्थ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथि किनकी 

तेरो आमा अनपढ़ थीई ।

तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों ।

त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता

र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ।

जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस उ आएर तेरो कपी  किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी, किनकी उ अनपढ़ थिई ।

सानै देखी तँ धेरै समय बीमार रहन्थिस । त्यतिबेला उ रात भर जागेर पनि बिहान चाँडै उठथि र काममा लाग्थी किनकी छोरा उ अनपढ़ थिई ।

तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै साड़ीमा रहन्थी किनकी उ अनपढ़ थिई ।

छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन  उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन तर तेरी आमाले आज सम्म कहिल्यै हेरिन किनकी अनपढ़ हो उ ।

उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थि त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ़ हो ।

यो सब बुबाको मुखबाट सुनेर छोरो रुंदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो: आमा मैले त कागजमा ९०% अंक ल्याको हो ।  

तर तपाईं मेरो जीवनलाई १००% बनाउने पहिलो शिक्षक हुनुहुदो रहेछ । आमा म आज पनि अशिक्षित रहेछु र छु ।

 तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री रहेछ किनकी आज मैले आफनी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील

ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।

मलाई माफ गर्नुहोस् आमा ।

हो मेरी आमा अनपढ़ छीन तर दुनियां को ठुलो भन्दा ठुलो डिग्रिहरु पनि एक अनपढ़ आमाको अगाड़ी सिर्फ एक रद्दी कागज़को टुक्रा हुन्छ, किनकी दुनियांको हरेक सफल मनुष्य हुनुमा एउटि आमाको देन हुन्छ । 

त्यसै ले आमा लगाएत घर परिवार छरछिमेकी मा कोही पनि अनपढ छन् भनेर नराम्रो नजर ले नहेरौ । कुनै पनि स्कूल ले आफ्नो स्कूल काे होडिङ बोर्ड मा संस्कार सहित को शिक्षा दिइन्छ भनेर लेख्छन् तर त्यो आफ्नो घर बाहेक सम्भव छैन । त्यो केवल संस्कार नबुझेका लाई झुक्याउने शब्द हो । 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !