मासुको लुम्सो - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

मासुको लुम्सो

मोहन कृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्षनाघिसकेको थियो तैपनि उनीहरुका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएकाभए मोहनकृष्णलाई कचकच गरेर,...

मोहन कृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्षनाघिसकेको थियो तैपनि उनीहरुका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएकाभए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराइसक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरीसकेको हुनाले त्यो फतफत र कचकचबाट उसले मुक्ति पाएको थियो । छोरा छोरी नभएकोमा उसलाई कुनै आपत्ति थिएन किनकि रुक्मिणीलाई ऊ जति माया गथ्र्यो त्यति माया त ऊ छोराछोरीलाई पनि दिनसक्ने थिएन । चाहना नभएका छोराछोरी भएनन् भनेर उसले चित्त दुखाउने कुरा पनि आएन । मोहनकृष्णले सेनामा जागीर खाएको २० वर्षबितिसकेको थियो र लप्टनबाट सुरु गरेको जागीरे जीवनमा कर्र्णोल भइसकेको पनि २।४ वर्षबितिसकेको थियो । आर्थिक सम्पन्नता उसलाई बाबुआमाले नै छोडेर गएका थिए र स्वास्थ्य र शिक्षा उसले आर्पैmले कमाएको थियो । छोराछोरी किन भएनन् - त्यो उसले केलाउन चाहेन । ऊ कुनै पनि स्थितिमा रुक्मिणी छोडन चाहदैथ्यो र केलाउन थाले पछि रुक्मिणी या उसका कमजोरी देखापर्न सक्ने जस्ता अनेक समस्या उब्जन सक्थे । वर्षौ दखि रहेको लोग्नेवास्नीबिचको आत्मिय सम्बन्धमा छोराछोरीको लालशाले फाटोे ल्याउन चाहदैनथ्यो । छोराछोरी बिना नै ऊ सुखी र खुशी थियो भने छोराछोरीको निम्ति अतिरिक्त प्रयाश गरेर विपँत्ति बोलाउनु ऊ अनावश्यक ठान्दथ्यो । उसले बिहे गरेको दिनदेखि नै रुक्मिणीालाई कहिले पनि छोडेन यताउता तालिममा जादा बाहेक । त्यसैले उसका साथीहरु या सहकर्मीहरु उसलाई उसको पछाडि जोइटिंग्रे भन्ने गर्दथे तर मोहनकृष्णकै अगाडि भनेकोेे भए पनि उसले केही जस्तो ठान्ने थिएन । रुक्मिणीको सोचाइ भने मोहनकृष्णको भन्दा अलि फरक थियो । ऊ लोग्नेका सन्तान नहुने भए कसैलाई धर्मपुत्र या धर्मपुत्री पाल्न चाहन्थी र आफ्ना नहुने भए सौैता ल्याउन पनि तत्पर थिई तर सन्तानको अति चाहना भए पनि र र्स्वर्ग नर्कको साह्रै डर माने पनि लोग्नेका जिद्दीका अगाडि उसको केही लागेन र उसले आफ्नो पराजय स्विकार गरेर बसी । मोहनकृष्णलाई ६ महिनाको लागि नै भए पनि अकोर््र बटालियनमा जानैपर्ने भयो । जागीर खाए पछि आदेश नमान्ने कुरा पनि भएन । त्यसलाई र्टार्न उसले हर प्रयाश गर्‍यो तर उसको केही चलेन । अन्त्यमा झोक्किदै आएर रुक्मिणीलाई भन्यो- छोडिदिन्छु म यो जागीर । रुक्मिणीले उसलाई सम्झाएर भनी- किन छोडनु पर्यो जागीर - जागीर छोडेपछि तँपाई के गरेर बस्नुहुन्छ - छ महिना बाहिर बसेर के भयो र - बरु एक्लै नजाने भए म पनि जान्छु । जान्छ्यौ अब तिमी त्यो जंगलमा - हुने कुरा पो गनर्ुर्ुुर्छ त । -मोहनकृष्णले विरोध गर्‍यो । तपाईले जानहुने ठाउमा मैले जान नहुने के छ र - त्यहाँ एक्लै जानु परे जागीर नै छोडने भने पछि मैले पनि साथमै जानु परेन त - -रुक्मिणीले मानिन । भनिहाले नि मैले तिमीले जानमिल्दैन भनेर । - मोहनकृष्ण अलि नरम भयो । त्यसोभए तपाई जान्न नभन्नोस् त । बरु महिना महिना दिनमा आउनु । पाए अझ चाँडै आउन सके झन बेश । -रुक्मिणीले जोड दिई । स्वास्नीको तर्क काट्न नसके पछि मोहनकृष्णले भन्यो- तिमी एक्लै कसरी बस्छ्यौ नि फेरि - उसले मुस्कुराउदै जवाफ दिई- केले खान्छ र मलाई एक्लै बस्दा - त्यसमा पनि यो सैनिकको आवास क्षेत्रमा केको डर - हो, यसो बोलचालगर्न कोही चाहिए ल्याउँछु नि कसैलाई । कसलाई ल्याउछ्यौ - को मान्छ र आउन - -मोहनकृष्णले जान्न चाहयोे । कोही भए भएन र - पीर गर्नैपर्दैन तपाईले । -रुक्मिणीले सम्झाई र केही दिनमा मोहनकृष्ण बाहिर गयो । छोराछोरीको लालशा रुक्मिणीलाई असाध्यै थियो । त्यसैले आफ्ना नातागोता सबैका बालक छोराछोरीलाई टिपेर माया देखाउथी, म्वार्ँइ खान्थी । जुनसुकै जस्तोसुकै बच्चा देखे पनि ऊ लोभिइन्थी र उसलाई उठाउन खोज्दथी तर आमाको काँख छोडेर नौलोे मानिससँग जानुपर्दा उनीहरु चिच्याएर विरोध गर्दथे र रुक्मिणीले उनीहरुलाई तुरुन्त ैफिर्ता गरिदिन कर लाग्दथ्यो । कुनैकुनै उसको काखमा उसको माया पाएर अलमलिन्थे तर तिनीहरुलाई पनि आप\mनो काखमा धेरै बेर राख्न कहाँ पाउथी र - एकै छिनमा आमा या बाबु अएर रुक्मिणीको धोको नपुग्दै लिएर जान्थे । रुक्मिणीको छिमेकबाट एउटी सानी केटी आउँथी वर्षसातेककी । उसको नाम सानुमाया हो तापनि सबेैले उसलाई सानु भन्ने गर्थे । सानु कुनै राम्री र टुपुक्क परेकी त होइन तर बच्चा केको पो राम्रो हुदनै र - बच्चा त उFmटको पनि राम्रो हुन्छ । सानु जो सुकैसँग पनि फतरफतर गरिरहन्थी र उसको त्यो फतरफतर कसैलाई पनि नराम्रो लाग्दैनथ्यो । त्यसैले सबैकोमा उसलाई प्रवेश खुला थियो र ऊ जहाँ पनि पुग्न सक्थी तैपनि उसको बास धेरै जसो रुक्मिणी कहाँ नै हुन्थ्यो । अरुका घरमा केटाकेटी थिए र ती बालकहरुले कहिले नकहिले त्यो असम्पन्न परिवारकी छोरी सानुलाई बिभ\mने कुरा भनेर उसको चित्त दुखाइदिइहाल्थे । सानुलाई रुक्मिणी कहाँ त्यो डर थिएन । छोराको आशमा आधा दर्जन छोरी नै छोरी जन्माइएको परिवारमा जन्मेकी सानुको घरमा उसको बेवास्ता त भइनैहाल्थ्यो । त्यसमा पनि सातौं बालक छोरो भएपछि छोरीहरुको भाउ नगण्य हुने नै भयो । अरु दिदीबहिनीले त परिस्थतिलाई सहज स्विकार गरे तर स्वभावले व्रि्राही सानुको आत्माले आफू र भाइ प्रति हुने असमान व्यवहार कहिले पनि स्विकार गर्न सकेन । उसले जहिले पनि आफूले पनि भाइले जत्तिकै आमाको माया, घरको सन्मान र बाबुको उपहार पाउने अधिकारी ठानी र असमान व्यवहारको व्रि्रोह गरी । त्यसैले घरमा आमासँग उसको झगडा परिनैरहन्थ्यो र बाबुको थप्पड पनि ऊ पाउँथी । यी सबै कुराकेा परिणाम यही नै हुन आयो कि बाबु हुँदा सुत्न बाहेक ऊ घरमा बस्दिनथी र भाइको साथमा बसेर खान या भाइ त्यहीं भएको बेला आमाको नजिक जान पनि मन पराउदिनथी । मौका पाई भने ऊ भाइलाई १।२ चडकन जमाएर आमाले पत्ता पाउनु अघि नै कुलेलम ठोक्दथी । रुक्मिणीले त्यही सानुलाई मोहनकृष्ण फर्केर नआउन्जेल आप"mू कहाँ राख्ने विचार गरेर सानुकी आमा कहाँ माग्न गई । पहिले केही आनाकानी गरे पनि रुक्मिणीले प्रलोभन दिए पछि आखिर उसले मानी र आमाले मानिसकेपछि बाबुलाई मनाउने कुरा त्यति गाहारो भएन । रुक्मिणीको घरमा सानु आउनेजाने गर्दथी र रुक्मिणीका बोलीमा, वचनमा स्नेह पाउने हुनाले उसले दिएको खान समेत हिच्किचाउदिनथी अन्यथा जतिसुकै बतौरी भए पनि माया नगर्ने ठाउँमा गए पनि त्यहाँ खानहुन्न भन्ने उसको एउटा धारणा जमेको थियो र कसैको घरमा खानेसमय भयो कि सानु टाप कस्दथी र जति बोलाए पनि खाने समय नटरुन्जेल र्फकन्नथी । रुक्मिणीकोमा भने उसले त्यो नियम पालन गरेकी थिइन । मोहनकृष्ण नभएको समयमा रुक्मिणीले भँडारदेखि बैठकसम्मको काम सानुलाई अराउँथी र सानु पनि काम अफ्नै हो भने भै+m गरेर गर्दथी । हो, मोहनकृष्ण भएको बेला भने सानु अगाडि पर्दिनथी । अपर्झट दिउँसो मोहनकृष्ण आइपुगे सानु भान्साको पछिल्लो ढोकाबाट भागिसकेकी हुन्थी । हुनत रुक्मिणीले सानुको बारेमा मोहनकृष्णलाई सबै कुरा सुनाइसकेकी थिई तापनि सानु र मोहनकृष्णका बिचमा कुनै मैत्रीसम्बन्ध कायम हुन सकेको थिएन । उसले त राम्रोसँग सानुको अनुहार पनि हेरेको थिएन किनकि उसको निम्ति सानु कुनै खाश व्यक्तित्व थिएन । मोहनकृष्णले सानुपट्ट िपटक्कै सोचेको थिएन र सानुलाई मोहनकृष्णको मित्रताको आशा र विश्वास थिएन । सानु र रुक्मिणीको मित्रता प्रति मोहनकृष्णको कुनै राग द्वेष थिएन र मोहनकृष्णको आफू प्रतिको बेवास्तामा सानूलाई कुनै गुनासो पनि थिएन । सानु रुक्मिणीको घरमा आई -मोहनकृष्णको अनुपस्थितिमा रुक्मिणीको रिक्त भएको स्थान भर्न । रुक्मिणी कसैलाई पनि साथमा नलिई एक्लै पनि बस्न सक्थी र कहिले कहीं बसेकी पनि हो । अर्दली र नोकरचाकर त घरमा थिए नै तर पनि साथमा हन्बेर्नो जस्तो एउटा केटाकेटी हुदा घरमा मानिस भए जस्तै भइरहन्थ्यो । त्यसैले सानु जहिले पनि रुक्मिणीकै वरपर भइरहन्थी । रुक्मिणीले बराबर सानुलाई खोजीरहनाले र आफूसँग नै राखिरहने चाहना बुझेर सानु पनि उसको नजिक हुन थाली । पहिले त्यो घरमा बसिरहनु नपर्दा सानुले रुक्मिणीलाई कुनै साइनो नलगाए पनि र्टदथ्यो, केवल हजुर भने पुग्दथ्यो तर एउटै घरमा बसे पछि त एउटा साइनो बाँध्नै पर्यो र सजिलो मानेर आमा साइनो लगाई । आफ्नी आमालाई त ऊ भाइआमा भन्ने गर्दथी । एक दिन रुक्मिणीकी बहिनीले सानुले आमा साइनो लगाएको सुनेर आर्श्चर्य मान्दै रुक्मिणीलाई भनी - होइन, यो त आमा साइनो लगाउदी रहिछ तपाईलाई त - रुक्मिणीले कुनै भाव नदेखाई सामान्य स्वरमा भनी - अनि अरु के भनोस् त यसले - सानुले लगाएको साइनोमा दिदीको पनि सहमति भएको बुझेर बहिनीले फेरि सोधी- तपाई के भनेर बोलाउनु हुन्छ नि उसलाई - आर्श्चर्य र अविश्वास बहिनीको अनुहारमा देखेर रुक्मिणीले मुस्कुराउदै जवाफ दिई- के भन्नु आमा भन्नेलाई - छोरी भन्छु, सानु भन्छु ।" यो त अति भयो है, दिदी । -बहिनीले विरोध गरी । रुक्मिणीले लामो सास प]mेरेर कुरा प्रष्ट गरी - बहिनी ! तिमीहरुका पने आमा भन्ने धरै छन् । मलाई आमा, भन्ने त यही एउटी मात्रै हो । त्यसैले मलाई त केही अति लागेको छैन । अरु कोही आफू समानका घरका केटाकेटी ल्याएर, राखेर भन्नलाए पनि त हुन्छ नि । -बहिनीले विरोध छोडिन । रुक्मिणीलाई त्यो वचन निको लागेन र कडा नै जवफ पदई- मलाई आमा मानेर यो घरभित्र पस्न आउनेलाई छोरी मानूँ कि छोरी बन्न नचाहने कसैलाई बलजप्\mती भित्य्राएर आमा भन्न लगाउFm - उसले आमा भन्दा तिमीलाई आपत्ति किन - दिन्छ्यौ तिमी त्रि्री छोरी मलाई आमा भन्न लगाउन - भएकी एउटै छोरी बहिनी पनि दिन कहाँ सक्थी र - उसको भनाइ त आप\mनो घराना सरहको परिवारबाट छोरा या छोरी ल्याएर पाल्ने कुरासम्म थियो । त्यसैले आफ्नो भनाइमा दिदीको चित्त नबुझेको बुझेर भैहाल्यो नि, दिदी । मैले त्यसो भन्न खोजेकी त होइन नि भनेर आफ्नो कुरालाई तुरुन्तै फिर्ता लिई र रुक्मिणीले पनि कुरालाई अगाडि बढाइन । बेलुका सानुले रुक्मिणीलाई सोधी- मैले तपाईलाई आमा भन्नु हुदैन - चिन्ता र अविश्वासले वाल्ल परेको सानुको अनुहार देखेर रुक्मिणीले उसलाई अँगालोमा लिदै म्वार्ँइ खाएर भनी - हुन्छ, मेरी सानु, हुन्छ । कसैले हुदैन भन्यो भने म त्यसको मुख चिथोरिदिन्छु। तिमी आमा नै भन । रुक्मिणीको वचनमा विश्वास गरेर सानु उसको अँगालोमा नै निदाई । त्यो रात आमाछोरी एउटै ओछ्यानमा सुते र त्यस रातलेे रुक्मिणी र सानुका बिचको सामाजिक असमानता सधैंको निम्ति अन्त्य गरिदियो । रुक्मिणी र सानु एउटा ज्ीवनका दर्ुइ अभिन्न जस्तै हुनलागे त्यो छोटै अवधिमा पनि । आप\mनो भागबाट रुक्मिणीले सधैं छुट्याएर सानुलाई राखिदिन्थी भने आफूले भाग पाउदा आमालाई छ, छैन सानु सधैं हर्ेदथी । घरको काम नोकरचाकरले नै गरे पनि घरमालिक्नीले गर्नुपर्ने कामको कमी हुदैनथ्यो र रुक्मिणीले काम गर्दा सानु सधैं सघाउन पुग्दथी । हुनत ७ वर्षो केटीले के पोे काम सघाउन सक्थी होला र - तैपनि उसको सहयोगगर्ने तत्परताले नै रुक्मिणीको छाती नाङ्लो जत्रो बनाइदिन्थ्यो र रुक्मिणीले त्यसैमा आनन्द पाउथी । दर्ुइ महिना पछि मोहनकृष्ण काज मिलएर घर आइपुग्यो । ऊ अ ाइपुगेकोमा खुशी भएर रुक्मिणीले हाँस्दै भनी- हेर । पहिले जान्न भन्ने मान्छेलाई एक महिनामा आउनु है भनेर पठाएको त दर्ुइ महिनामा पनि बल्लबल्ल । यस्ता जानेको भए त म पठाउने नै थिइनँ नि । मोहनकृष्णले पनि उसको ठट्टा बुझेर मुस्कुराउदै जवाफ दियो- भन्छयौ नि तिमी । छुट्टी नमिल्ने । यही काज पनि बल्लबल्ल मिलाएर आएको । यस्तै देखेर त जान्न भनेको नि मैले । तिमीले नै जोड गरेर पठायौ । रुक्मिणीले सामान्य स्थ्ितिमा आएर भनी- के भयो त १।२ महिना बाहिर बसेर - स्वास्थ्यलाई पनि राम्रै भयो, मन पनि बहलियो । तिमी एक्लै भयौ नि । म के एक्ली हुन्थें - सानु छ नि म सँग । को सानु नि - तपाईले देख्नुभएको छ नि धनप्रसादकी छोरीलाई । म सँगै बस्छे आजकल । लोग्नेलाई भनिसके पछि रुक्मिणी भित्र हेरेर कर्राई- ए सानु । यहाँ बैठकमा आइज त एक पल्ट । केही क्षणमा सानु आएर रुक्मिणीले छेलिएर उभिई । उसलाई हात समाएर लोग्नेको अगाडि पार्दै रुक्मिणीले भनी - ल, बुवालाई दर्शन गर त पहिले । सानुले असाध्यै गह्रँुगो हातले मोहनकृष्णलाई नमस्ते गरे पनि अनुहार हेरिरहन सकिन । मोहनकृष्णको धक उसलाई उही पुरानै थियो । मोहनकृष्णले देख्यो - त्यो केटीलाई उसले पहिले पनि देखेको हो तर ऊ धनप्रसादकी छोरी हो भन्ने उसलाई थाहा थिएन । रुक्मिणीद्वारा सिंगारिएकी त्यो केटी उही पुरानी केटी हो भनेर ठम्याउन पनि गाहारो थियो । त्यसमा पनि रुक्मिणीको त्यो केटी प्रतिको सम्बन्ध उही पुरानेा देखिदैनथ्यो । उसलाई केही नमिले जस्तो लाग्यो र रुक्मिणीलाई सम्झाउने किसिमले प्रश्न गर्यो- तिमीले धेरै नजिक त ल्याएकी छैनौ यसलाई - तँ भित्र जा, सानु । -पहिले सानुलाई अराएर सानु भित्र पसे पछि उसले लोग्नेलाई सोधी- कस्तो धेरै नजिक भनेको - पछि उसलाई आफ्नो घरपरिवार, आप\mनो समाजमा मिल्नै गाहारो पर्नेगरी नजिक्याएकी त छैनौ - भनेको । -मोहनकृष्णले आफ्नो कुरा प्रस्टयायो । रुक्मिणीले मोहनकृष्णको भनाइको आशय बुझेर बिस्तारै भनी- मैले उसलाई उसकी अमाको जति माया अवश्य पनि दिनसकेकी छैन । दिएकी छु त केवल केही राम्रा लुगाहरु र आफूले खाए जस्तो खाना । यो कुनै विशेष होइन । आफ्नो भनाइ रुक्मिणीलाई चित्त नबुझेको देखेर मोहनकृष्णले कुरालाई अगाडि बढाएन । हो, रुक्मिणीले गरेको कामको बढाइ पनि गरेन । मोहनकृष्ण घरमा दर्ुइ दिन बस्यो र सानु दर्ुइ दिन रुक्मिणीबाट अलग्गिई । मोहनकृष्णले त उसलाई अर्कै कोठामा पठाउने राय दिएको थियो तर रुक्मिणीले केटाकेटीलाई एक्लै कोठामा नसुुताउने निश्चय गरेपछि त्यही कोठा भित्र नै अर्को ओछ्यानमा सानु सुती । काममा फर्केर जाने बेलामा मोहनकृष्णले रुक्मिणीलाई जिस्क्याउदै भन्यो- दर्ुइ महिना भित्रै छोरी पाएर हर्ुकाइ सकिछौ । अब चार महिनामा त छोरीको बिहे गरेर नाति नातिनीकी धनी पनि भइसक्छयौ होला तिमी । तब त मेरो आवश्यकता नै नहोला तिमीलाई । डाही लाग्न थाल्यो अहिले नै - -रुक्मिणीले चोथाले भएर जवाफ दिई । लाग्दैन त - खोसेर लगी भने तिमीलाई - -उसले पनि ठट्टैमा जवाफ दियो । अर्की ल्याउनु मेरो सट्टा । -ऊ अझै चोथाले भई । भो, बा । मलाई त्यस्तो सल्लाह चाहिदैन । म पटक पटक पाएर गुमाउनु पर्ने दुर्ुभाग्य भोग्न सक्दिन । जो छ त्यसैलाई राखिराख्न पाए पुग्छ । -उसले जवाफ दियो । मोहनकृष्ण बिदा भएर गयो । रुक्मिणीले नियास्रो नमानेको देखेर एउटा सन्तोष भयो तर सानूप्रति उसको आत्मियता भने अलि चित्त बुझेन तैपनि रुक्मिणीको चित्त दुख्लाभनेर उसलाई अरु केही भनेन । यसै पनि सानुको घरमा उसको कुनै आवश्यकता नभएको, त्यसमा पनि रुक्मिणीबाट केही न केही चिज पाइने, सानु पनि सहजाएकी र खाने एउटा मुख पनि घटेकोले सानुका आमाबाबुले उसको खोजीनिति गर्न आवश्यक ठानेनन् । अझ छरछिमेकीले सानुलाई त के र - अयस छ । छोरी भएर बसेकी छ । भन्दा आमालाई झन सन्ताष भएको थियो र त्यो रोग र भेाकको कुरुक्षेत्रमा फिर्ता पठाइ दिने पो हुन् कि भन्ने डर लाग्दथ्यो । जे जसो भए पनि राख्नेले राख्न मन गरेको, बस्नेले बस्न चाहेको, फिर्तालान पाउनेले फिर्ता लान नखोजेको र फिर्ता पठाउने कोही नभएकोले सानु रुक्मिणीकी छोरी, साथी, सँगिनी जे भने पनि भएर बसी । उसले सानुलाई आप}mै नुवाइधुवाइ गरिदिन्थी, आफै सिंगार्थी । आफ्नै साथमा लिएर हिड्दथी । चिनेजानेकाले यो कसकी छोरी नि - भनेर रुक्मिणीलाई सोधे भने अर्काको खोजीनिति चाहिने कस्ता हुन्छन् मान्छे पनि भनेर बरबराउथी सानू । ऊ सकी नसकी रुक्मिणीको निम्ति पूुजासामान तयार पार्थी, लुगाफाटा पट्याइदिन्थी र घरबुढीले भै+m तपाईलाई भोक लागेन, आमा - भनेर रुक्मिणीको हेरचाह पनि गर्दथी र सानु र रुक्मिणीकको यो सम्बन्ध टोल भरी एउटा विवादको विषय भएको थियो - नकारात्मक हेराइको निम्ति नकारात्मक र सकारात्मकको निम्ति सकारात्मक । आखिर ६ महिना बित्यो र मोहनकृष्ण घर फर्कियो । रुक्मिणीले उसलाई हार्दिक स्वागत गरी । घरको संघार भित्र पस्ने बित्तिकै उसले रुक्मिणीलाई आप\mनो अँगालोमा उठाएर घुमाउदै म्वाईं खान खोज्यो । उसको त्यो चाला बुझेर रुक्मिणीले विरोध गर्दै भनी- लौ, लौ, लौ । के गरेको यो - सानुले देखी भने के भन्छे - मोहनकृष्णलाई सानुको अनावश्यक उपस्थितिको आभाष भयो र ए, साँच्ची । त्रि्री सानु पनि छ नि हो कि आजकल त भनेर रुक्मिणीलाई यथास्थानमा राखिदियो । रुक्मिणीले लोग्नेलाई आप\mनो अधिकार माथिको विभाजन चित्त नबुझेको बुझी र त्यस प्रशंगलाई पन्साउन भनी- लौ अब छिट्टै नुवाइधुवाइ गरेर आउनोस् पहिले अनि थकाइ मार्ने । म खाने कुरा पनि तयार पारिहाल्छु । मोहनकृष्णले लाडिएर भन्यो - म यसै खान्छु रे । पछि नुहाए पनि त हुन्छ । भो, भो, भो । फोहोरी भएर खान पाइन्न । -लोग्नेलाई बाथरुम तिर धकेल्दै रुक्मिणीले भनी- फेर्ने लुगा म ढोकामा नै झुन्ड्याइदिन्छु । फेरेको लुगा त्यहींं कुनामा राखिदिनु । मोहनकृष्ण बाथरुम पसेपछि सानुले रुक्मिणीको छेउमा आएर भनी- बुवा त कस्तो मान्छे हो कि आफै नुहाउन जान पनि नमान्ने - मोहनकृष्णको विरुध्दमा सानुको गुनासो सुनेर रुक्मिणी मुस्कुर्राई । बेलुका मोहनकृष्ण, रुक्मिणी र सानु एकै चोटी खान बसे । आफ्नो लागको बानीले मोहनकृष्णले रुक्मिणीको भागबाट एक टुक्रा झिकेर लियो । रुक्मिणीलाई कुनै आपत्ति थिएन यसमा । लोग्नेको भागमा ऊ जुठो हात हाल्दिनथी तर लोग्नेले आफ्नो भागबाट झिक्दा सुरुसुरुमा विरोध गरे पनि त्यो विरोधको कुनै असर नभए पछि त्यसलाई स्विकार गरेकी थिई तर सानुले त भनिहाली- अर्काको भागमा किन जुठो पारिदिनु पर्ने नि - अप्रत्याशित विरोधले मोहनकृष्ण जिल्ल पर्‍यो । रुक्मिणी पनि छक्क परी र भनी- कहीं बुवाको पनि जुठो हुन्छ मलाई - सानुले रुक्मिणीलाई उत्तर दिइन । उसले विरोध गरी, त्यति नै पर्याप्त थियो । बेलुका सुत्ने बेलामा सानुले आफ्नो भाग मोहनकृष्णलाई छोडिदिएर आफू रुक्मिणीले लगाइदिएको अर्को ओछ्यानमा गएर सुती । सुत्नु अगाडि सधैं कथाको माग गर्ने सानुले आमासँग कथाको निम्ति जिद्दी पनि गरिन तैपनि आफूलाई पर सारेकोमा सानुको मौन विरोध रुक्मिणीले बुझी । राति सानु निन्द्रैमा आत्तिएर कर्राई र रुक्मिणी उसलाई उसको ओछ्यानमा पल्टिएर थुम्थुम्याउदा थुम्थुम्याउदै त्यहीं निदाई । बिहान चिया ल्याएर रुक्मिणीले लोग्नेलाई उर्ठाई । आप\mनो सामु चिया देखेर उसले भन्यो- त्रि्री छोरी सानुलाई खुवायौ त - उसको स्वरमा जानकारी लिने इच्छा भन्दा व्यङ्ग्य बढी थियो । रुक्मिणीले सानुतिर हेरी । ऊ सिरकभित्रबाट उनीहरूतिर नै चियाइरहेकी थिई । रुक्मिणीले सहज भएर भनी- सानुलाई दुध ल्याएको छ । सानु ! अब उठ् । सानु आफ्नो ओछ्यानबाट उठेर बाथरुमभित्र पसी । सानु रुक्मिणीको अनुपस्थितिमा मोहनकृष्णको सामु पर्दिनथी र मोहनकृष्ण उसको सामु रुक्मिणीप्रति आत्मियता देखाउदैनथ्यो । सानु मोहनकृष्णाको सामु रुक्मिणीको अंगरक्षक जस्ती देखिन्थी भने मोहनकृष्णलाई सानु रुक्मिणीको शरिरमा पलाएको अनवश्यक मासुको लुम्सो जस्तो लाग्दथ्यो । रुक्मिणी भने यी दर्ुइ प्रतिद्वन्दिका बिचमा बाँडिएर बसेकी थिई, रातमा पनि र दिनमा पनि । सानु र मोहनकृष्णका बिचमा मित्रता पहिले थिएन र पछि पनि भएन । उनीहरूले एक अर्कोसँग मित्रता गर्ने प्रयाश पनि गरे तर त्यो र्व्यर्थ भयो । रुक्मिणीको मध्यस्थता पनि सफल भएन । रुक्मिणीका मायाका ती दावेदारहरु आफ्नो दावी छाड्न तयार थिएनन् । एक दिन ओइलाएकी सानुले रुक्मिणीलाई भनी- आमा , अब बुवा सधैं यही बस्छ - कहिल्यै बाहिर जादैन - सानुको भनाइको आशय बुझेर रुक्मिणीले उसलाई अँगालेमा लिदै म्वार्ँइ खाई र सधैं जसो आफ्नो साथमा राख्नथाली । रातमा पनि ऊ आफ्नै साथमा लिएर सुत्दथी । सानु खुशी थिई फूलबारीकी पुतली जस्तै र रुक्मिणीको धेरै समय सानुमा नै बित्दथ्यो । मोहनकृष्ण भने मौन थियो, त्यति मौन जो आवश्यकता नै थिएन । रुक्मिणी बुभि\mदनथी त्यो मौनता । एक रात रुक्मिणी बिम्झेर हर्ेदा मोहनकृष्ण आफ्नो ओछ्यानमा थिएन । रुक्मिणीले बत्ती बालेर हेरी, कोठाभित्र कहीं पनि थिएन । बाहिर निस्कदा बैठकमा बत्ती बलेको देखेर भित्र पसी । मोहनकृष्ण सोफामा लम्पसार परेर पल्टिरहेको थियो । उसले छेवैमा आएर बस्दै सोधी- किन - के भयो - मोहनकृष्ण निकैबेर केही नबोली बसेपछि भन्यो- रुक्मिणी तिमी सानुलाई उसैको घरमा पठाइदेऊ । रुक्मिणीले विस्मित र चकित हुदै सोधी- किन - के गरी त्यसले र - मोहनकृष्णले थाकेको स्वरमा जवाफ दियो- गरेकी त केही छैन तर उसको सामु म यो घरमा बस्न सक्दिनँ । रुक्मिणीले उत्तर त पाइन तर ऊ सँग सोध्ने प्रश्न पनि थिएन ।

1 comment

  1. tapaile dherai sugam marg sabailaee dekhaunu bhaekoma dherai-dherai dhanyabad chh.kasaiko jibanko satya kahanine kasaiko band aakha kholi dinchh. bhanne mero dharana chh.

    ReplyDelete

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !