समानता - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

समानता

मुसोले हात्तीसँग बिहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे । उनीहरु समानताका अनुपम उदाहरण भए र ...

मुसोले हात्तीसँग बिहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे । उनीहरु समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्यगर्ने पहिलो व्यवहारिका खुटकिलो मानियो । त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र चहाड मनाइयो । हात्तीलाई भनियो-घरभित्र पनि तिमीले समान अधिकार दिनुपर्छ । सज्जन हात्तीले त्यसलाई सहर्षस्विकार गर्‍यो । उनीहरुले सँगै आर्जन गरे, एउटै भाँडोबाट खाए, उस्तै लगाए । हात्तीलाई कहिले कहीं नपुग भयोहोला तर मुसोलाई कहिले पनि भएन । उनीहरु बसे एउटै थलोमा, सुते एउटै ओछ्यानमा । सबै राम्रै थिये तर एक दिन दर्घटना भयो । निदाएकै बेला हात्ती कोल्टे फर्कियो र मुसो किचिएर मरयो । चारैतिर समाचार फैलियो - मुसो किचिएर मरयो, हात्तीले मुसोलाई किचीकिची मारयो । हात्ती अन्यायी हो, अत्याचारी हो । हात्तीलाई सजाय हुनैपर्छ । बिचरो हात्ती के गरोस् - ऊसँग त जवाफ नै थिएन ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !