संगीता राम्री र चलाख केटी थिइन् । सम्पन्न बाआमाको एउटी छोरी भएकीले अत्यन्त माया पाएर पुलपुलिएर हर्ुर्केकी थिइन् उनी । उनी स्कुलमा अपरकेजीमा ...
संगीता राम्री र चलाख केटी थिइन् । सम्पन्न बाआमाको एउटी छोरी भएकीले अत्यन्त माया पाएर पुलपुलिएर हर्ुर्केकी थिइन् उनी । उनी स्कुलमा अपरकेजीमा पढ्थिन् । संगीताकी आमा गर्भवती भइन् । एकदिन संगीताको बुबा सर्ुदर्शनले छोरीलाई जिस्क्याउँदै भने- "नानू ! त्रि्रो आमाले भाइ पाउनेछिन् । भाइलाई माया गर है ।" बाको कुरा सुनेर नाकमुख लेप्राउँदै भनिन्- "मलाई त्यस्ता जाबा भाइ चाहिँदैन - मलाई मन पर्दैन भाइ ।" उनी रुन थालिन् । आमा रञ्जनाले सम्झाउँदै भनिन् - "छोरी ! मैले भाइ पाउँदिन । तिमीलाई माया गर्ने, चकलेट, क्याडबरी किनिदिने भगवान् पाउँछु ।" रञ्जनाले छोरीलाई अनेक तरहले सम्झाएर चित्त बुझाइन् । आखिर रञ्जनाले छोरा पाइन् । घरमा खुसियाली छायो तर संगीताको अनुहार भने उदास थियो । रुँलारुँलाजस्तो अनुहार भएको थियो उनको । आमाले भाइ पाइन् भनेको सुनेर न त उनी आमाको नजिक गइन् न त भाइलाई नै हर्ेन गइन् । राति सुत्ने बेलामा बुबासँग घुस्रँदै रुँदै भनिन्- "आमाले भगवान् पाउँछु भन्नुहुन्थ्यो - किन भाइ पाउनुभयो - मलाई भाइ चाहिन्न के । भाइ ठूलो भएपछि भाइले मेरो कलम, कपी, इलेजर, खेलौनाहरू सबै खोस्ने छ । म भाइलाई माया गर्दिन् । मलाई त्यस्ता भाइ चाहिँदैन । भाइ पनि भगवान् हुन्छ र - बुबाले सम्झाउँदै भने -भाइ नै भगवान् हो । ऊ ठूलो भएपछि तिमीलाई माया गर्नेछ । तिमीलाई चकलेट र खेलौनाहरू किनिदिनेछ । त्यसैले भाइलाई माया गर्नुपर्छ है ।" उनलाई अझै चित्त बुझेन । सुँकसुकाउँदै भनिन् - "म आमा र भाइको अगाडि पनि जान्न । भाइलाई पनि काखमा राख्दिन । अब म मेरा सबै खेलौनाहरू लुकाउँछु ।" कतिदिनसम्म उनले भाइको अनुहार पनि हेरिनन् र अगाडि पनि गइनन् । आमाले कति बोलाउँदा पनि ठुस्केको अनुहार लिएर कता-कता भाग्थिन् । कहिलेकाहीँ आमाको अगाडि हुँदा भाइ रोएको बेला आमाले दूध खुवाउन काखमा लिन खोजेमा पनि संगीताले लिन दिन्नथिन् । आफ्नो बुबाआमाले भाइलाई माया गरेको देख्दा हिक्का छुटाएर रुन्थिन उनी । उनको यस्तो भाइप्रतिको उदासिन व्यवहार देखेर बुबाआमा दिक्क भएका थिए । संगीता नभएको मौका पारेर रञ्जनाले छोरालाई दूध खुवाउँथिन् । एकदिन झोलुङ्गामा सुतेको छोरा चिहाँ.... चिहाँ गर्दे रुन थाल्यो - आमाको काखमा बसेकी थिइन् संगीता । छोरीको भावना बुझेर रञ्जना पनि छोरालाई दूध-खुवाउन उठिनन् - संगीताले पनि वास्ता गरिनन् । बच्चा रोइरहेकोले रञ्जनाको मन भतभती पोलिरहेको थियो भने संगीता आमाको काखमा बसेकी थिइन् टसमस गरेर । आमा उठेर भाइलाई बोक्न जालिन् भन्ने डर थियो संगीतालाई । बच्चाको आवाज चर्किंदै गयो । संगीताले घरी आमाको मुख हेनर्,र्ेेरी भाइ सुतेको झोलुङ्गामा हर्ेन थालिन् । रञ्जनाले छोरातिर नहेरी छोरीलाई मुसार्दै भन्न थालिन् "मेरी प्यारी छोरी ! सबैभन्दा प्यारी छोरी" संगीताले आमाको सम्बोधनको मतलबै नगरिकन एक्कासि चिच्याइन् -"आमा ! भाइ रोयो, दूध खुवाउनुस् न भोक लाग्यो होला भाइलाई ।" संगीता आमाको काखबाट जुरुक्क उठिन् छोरीको कुरा सुनेर रञ्जनाको मन प्रसन्नताले भरियो । उनी जुरुक्क उठेर छोरालाई उर्ठाई काखमा राखेर दूध खुवाउन थालिन् । रञ्जनाले दूध खुवाउञ्जेल संगीताले भाइको टाउकोमा मुसार्दै रहिन् ..... म्वाइ खाइन् माया गरिन् । भाइले दूध खाएपछि संगीताले भाइलाई काखमा सकिनसकी टाँस्दै भनिन् - "मेरो प्यारो भाइ-मेरो प्यारो भाइ" त्यसदिनदेखि संगीताले भाइलाई माया गर्न थालिन् । घरमा सबै खुसी भए ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !