नेपाल मा हुने सवारि दुर घटानाहरु कसरि हुने गर्छन - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

नेपाल मा हुने सवारि दुर घटानाहरु कसरि हुने गर्छन

आजभन्दा करिब ११० वर्षजति पहिले सन् १८९६ को अगष्ट १७ तारिखका दिन बेलायतमा एउटा साह्रै नराम्रो घटना भयो । त्यस दिन दुई बच्चाकी आमा ब्रिजेट ड्र...

आजभन्दा करिब ११० वर्षजति पहिले सन् १८९६ को अगष्ट १७ तारिखका दिन बेलायतमा एउटा साह्रै नराम्रो घटना भयो । त्यस दिन दुई बच्चाकी आमा ब्रिजेट ड्रीसकोल लण्डनको क्रिस्टल पालेसमा नाच हर्न भनी आफ्नी किशोरी छोरीसँग गइरहेकी थिई । उनले पालेस गारडेन नाघ्नासाथ उनलाई एउटा कारले ठक्कर दियो । उक्त गाडी प्रतिघण्टा १२८ किमिको रफ्तारमा कुदिरहेको थियो । सो दुरघटनामा ब्रिजेटको निधन भयो । सडक दुरघटनाको यो पहिलो ऐतिहासिक घटना मानिन्छ र त्यसपछि त्यस्तो हृदयविदारक घटना कहिल्यै नदोहोरियोस् भन्ने कामना गरिए पनि सवारी दुरघटनाको यो क्रम कहिल्यै रोकिएन । आज विश्वमा प्रतिदिन तीन हजार र बरषेनि करिब १२ लाख मानिसहरू सवारी दुरघटनामा परी मर्दछन् । तीमध्ये दुईलाख ५० हजार त केटाकेटी नै हुन्छन् । एसिया -जापानबाहेक), अफिरकि र ल्याटिन अमेरिकामा विश्वको एक तिहाई मात्र सवारी साधनहरू छन् तर विश्वमा सवारी दुरघटनामा परी मर्नेहरूमध्ये ९० प्रतिशत यिनै महादेशहरूबाट पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन र फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल -फिया) नामक संस्थाद्वारा हालै प्रकाशित यो तथ्याङ्कबाट के पुष्टि हुन्छ भने अधिकांश सवारी दुरघटनाहरू विकासोन्मुख राष्ट्रहरूमा नै हुने गर्दछन् । यिनै मुलुकहरूको कोटीमा पर्ने नेपालमा पनि सवारी दर्ुघटनामा परी मर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । हाल हाम्रो देशमा सडक दुरघटनाका कारण प्रतिदिन तीन जनाको ज्यान गइरहेको छ भने दस जना अपाङ्ग बनिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाम्रो देशमा सवारी दुरघटनामा परी मर्नेहरूको सङ्ख्या प्रतिलाख १२ देखि १६ जनासम्म रहेको छ, जसमध्ये ७५ प्रतिशत पुरुष छन् । त्यसमा पनि अधिकांश ३० वर्षुनिका पैदल यात्रु पर्ने गरेका छन् । नेपालमा सवारी दुरघटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन नै हो । सवारी दुरघटनाको ८० प्रतिशत यसकै कारणबाट हुने गरेको पाइन्छ । नेपालमा सवारी दुरघटनाहरू प्रायः राति हुने गर्दछन् । सालाखाला ६० प्रतिशत सवारी दुरघटनाहरू राति हुने गरेका छन् । राजमार्गमा हुने सडक दुरघटनामध्ये ४५ प्रतिशत दुरघटना ट्रक, बसबाट हुने गरेका छन् भने सहरी सडकमा हुने सवारी दुरघटनामध्ये ४२ प्रतिशत दुरघटना स-साना सवारी साधनहरूबाट हुने गरेका छन् । नेपालमा सबैभन्दा बढी दर्ुघटना मोटरसाइकलबाट नै हुने गर्दछन् । सडक दुरघटनामा ६० प्रतिशतभन्दा बढी टाउकामा चोट लागेर मृत्यु हुनेहुँदा २०५९ साल पुस १७ गतेदेखि मोटरसाइकल चालक तथा पछाडि बस्ने दुवैले हेल्मेटको प्रयोग अनिवार्य गरिएको थियो तर हाल यो व्यवस्था हटाइएको छ । यात्रुको सुरक्षाका लागि २०५९ साल चैत्र १ गतेदेखि चार पाङ्ग्रेहरूमा पनि सिटबेल्ट बाँध्नुपर्ने व्यवस्था गरिएको छ र यस्तो नगरेमा चालकहरूलाई रु. २०० देखि रु. ५०० सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । पैदल यात्रुको जीवन रक्षालाई ध्यानमा राखेर कतिपय ठाउँहरूमा बाटो काट्न भनी जेब्रा क्रसिङको पनि व्यवस्था गरिएको छ तर यसबाट बाटो काट्दाकाट्दै पनि कतिपय सवारी साधनहरू अटेरी भएर आफ्नै सुरमा गुडिरहेका हुन्छन् र यस्तो गर्ने चालकमाथि भने केही कारबाही गर्ने गरिएको छैन । नेपालमा सवारी साधनहरू राम्ररी मर्मत सम्भार गरिएका हुँदैनन् । यिनीहरू प्रायः इन्जिन खराब भएका थोत्रा गाडीहरू नै हुन्छन् र त्यसमा पनि यात्रु खचाखच भरिएका हुन्छन् । सवारी दुरघटना हुनुमा खलासी ड्राइभर हुने अर्थात् तालिमप्राप्त नभएका अदक्ष चालक तथा साँघुरो बाटोघाटो पनि कम जिम्मेवार छैन । सवारी चालकबाट कसैको दुरघटना भई ज्यान गएमा सामान्य रकम बुझाएर नै छुट्कारा पाउने गरेका छन् । यस्तो दण्डहीनताको अवस्था भएर पनि हाम्रो देशमा जथाभावी सवारी साधन चलाउने प्रवृत्ति बढेको हो, जसबाट सवारी दुरघटना बढ्न गई मानवीय क्षति हुने गरेको छ । समग्रमा भन्ने हो भने सवारी साधनको सुरक्षा प्रणालीलाई सुदृढ गरेर मात्र सवारी दुरघटनालाई कदापि न्यूनीकरण गर्न सकिँदैन न त सवारी नियमको पालना गर्दा मात्र पनि सवारी दुरघटनाबाट बच्न सकिन्छ । यसका लागि कडाभन्दा कडा नियम बनाइनु पर्छ र त्यसको पालना सबैले गर्नुपर्छ वा सबैलाई पालना गर्न लगाइनु पर्छ । यति भएपछि मात्र सवारी दुरघटना बाट बच्न सकिन्छ र मानवीय क्षति व्यहोर्नुपर्ने परिस्थिति उत्पन्न हुँदैन । अन्यथा सवारी दुरघटना बाट मानवीय क्षति हुने क्रम जारी नै रहनेछ भने घाइतेहरूलाई स्वास्थ्य उपचार गराउन दक्ष चिकित्सक सबै अस्पतालमा जुनसुकै समयमा उपलब्ध गराउनुपर्ने आवश्यकता रहिरहनेछ । के तपाई पनि सवारि साधान चलाउदा कहि यसरि नै लापरबाहि त गर्नु हुन्न ? आजै देखि तपाईको बानि शुधार्ने सर्नुस ! सवारि दुर्घटानाले ब्यक्ति को मात्र नोक्सान नभएर एउटा देश को नै नोक्सान हुन्छ ! तपाईले हमेसा अरु को शुभिदा हेर्नुस ! ड्राईभिघ सिप भनेको एउटा देश को सम्पति हो भनेर सोच्नुस ! एउटा राम्रो ड्राईभर बन्न को लागि धेरै समय लागछ ! तपाईको अलि कति को हेलच्क्राईले सबै को नोक्सान हुन्जान्छ ! तपाईको पनि त्यो अमुल्य ज्यान घुमाउनु पर्छ ! सवारि दुर्घटानाले कति लाई अप्गो बनाउछ र बन्नु पर्छ ! यो भन्दा राम्रो समय हुदाखेरि नै बुध्धि पुराए राम्रो हुनेछ !!!!!!!

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !