भीमसेन थापा को जिबनि - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

भीमसेन थापा को जिबनि

भीमसेन थापा (इ.सं. 1775 - 1839) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ठ्रिय विभूती हुन्...

भीमसेन थापा (इ.सं. 1775 - 1839) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ठ्रिय विभूती हुन् । ******* वाल्यकाल ******* भिमसेन थापाको जन्म गोरखामा भएको थियो । उनि 11 बर्षको उमेरमा नेपली राजदरवारको सम्पर्कमा आएका थिए । उनका पिता मेजर अमरसिंह थापा (नेपाल अंग्रेज युद्धका नायक होइन) पृथ्वीनारायण शाहका बिश्वाशीला सैनिक थिए । भीमसेन थापाको ब्रतबन्ध तत्काली राजकुमार रणबहादुर शाहसंगै गरिएको थियो र पछि गएर उनि रणबहादुर शाहका निजी सचिब भएर 22 बर्षको उमेरमा बनारस संगै गएका थिए । ****** उपलब्धि ****** बनारसको बसाईको बेला उनले बेलायती साम्राज्यको नजीकबाट अध्ययन गरे । राजा नेपाल फर्केपछि उनि नेपालका प्रधानमन्त्री भए । त्यस पछि उनले 31 बर्ष सम्म 6 राजाहरूको अन्तरगत प्रधानमन्त्रीको रूपमा काम गरे । उनले 1816 मा इष्ट इण्डिया कम्पनीका बिरूद्ध लडाईको घोषणा गरे । विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो । युद्धपछि पनि उनले 13 बर्ष सम्म शासन गरे । त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे । सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो । थुप्रै समाजिक कुरितीहरू हटाए । सार्वजनिक प्रशासनमा सुधारहरू गरे । धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए । ******* मृत्यु ******* अत्यमा उनका बिरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गर्नु पर्यो र अन्त्यमा उनले आत्महत्या गरे । भीमसेन थापा प्रधानमन्त्री जंघवहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए । आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरे ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !