मेवा वास्तवमा पेटका लागि मात्र होइन, समग्र स्वास्थ्यका लागि पनि निकै फाइदाजनक फल हो। यसमा प्रशस्त मात्रामा पानी, भिटामिन र खनिज पदार्थहरू पा...
मेवा वास्तवमा पेटका लागि मात्र होइन, समग्र स्वास्थ्यका लागि पनि निकै फाइदाजनक फल हो। यसमा प्रशस्त मात्रामा पानी, भिटामिन र खनिज पदार्थहरू पाइन्छन् जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
मेवामा पाइने प्रमुख खनिज पदार्थहरू:
- पोटासियम: यसले रक्तचापलाई नियन्त्रण गर्न, मांसपेशीको कार्यलाई सुधार गर्न र हड्डीलाई बलियो बनाउन मद्दत गर्छ।
- म्याग्नेसियम: यसले मांसपेशी र नशाको कार्यलाई सुचारु राख्न, रक्तचापलाई नियन्त्रण गर्न र हड्डीलाई बलियो बनाउन मद्दत गर्छ।
- फस्फोरस: यसले हड्डी र दाँतलाई बलियो बनाउन, शरीरको ऊर्जा उत्पादनमा सहयोग गर्न र कोशिकाको वृद्धिमा मद्दत गर्छ।
- कपर: यसले रक्तको उत्पादनमा सहयोग गर्छ, हड्डीलाई बलियो बनाउँछ र रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ।
- मङ्गनीज: यसले हड्डीको स्वास्थ्यलाई सुधार गर्न, रक्त शर्कराको स्तरलाई नियन्त्रण गर्न र मस्तिष्कको कार्यलाई सुधार गर्न मद्दत गर्छ।
मेवा खानुका अन्य फाइदाहरू:
- पाचन प्रणालीलाई स्वस्थ राख्छ: मेवामा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। कब्जियत, ग्यास जस्ता समस्याहरूबाट राहत दिलाउँछ।
- छालालाई चम्किलो बनाउँछ: मेवामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ जसले छालालाई चम्किलो बनाउँछ र कोलाजेन उत्पादनलाई बढाएर छालालाई जवान राख्न मद्दत गर्छ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: मेवामा भिटामिन सी र अन्य एन्टिअक्सिडेन्टहरू पाइन्छन् जसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर विभिन्न रोगहरूबाट बचाउँछ।
- तौल घटाउन मद्दत गर्छ: मेवामा क्यालोरी कम हुन्छ र फाइबर प्रशस्त मात्रामा हुन्छ जसले लामो समयसम्म पेट भरिएको अनुभूति गराउँछ र तौल घटाउन मद्दत गर्छ।
- मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ: मेवामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ।
कसरी खाने मेवा?
मेवालाई ताजा रूपमा खान सकिन्छ। यसलाई जुस बनाएर पनि पिउन सकिन्छ। सलादमा पनि मेवा थप्न सकिन्छ।
कसलाई मेवा खानु हुँदैन?
- जसलाई मेवाबाट एलर्जी छ, उनीहरूले मेवा खानु हुँदैन।
- मधुमेह भएका व्यक्तिले चिकित्सकको सल्लाह अनुसार मात्र मेवा खानु पर्छ।
निष्कर्ष:
मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो। यसमा प्रशस्त मात्रामा खनिज पदार्थहरू, भिटामिन र फाइबर पाइन्छ जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। तर, कुनै पनि फलफूलको अधिक सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यसैले सन्तुलित आहार लिने कुरामा ध्यान दिनुहोस्।
मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।
आँखा: मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।
तौल घटाउन: बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।
कब्जियत: मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।
क्यान्सर: मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।
मुटु र रक्तचाप: मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।
छाती पोल्नुका ८ लक्षणलाई नगर्नुस् बेवास्ता, ‘हर्ट अट्याक’ र क्यान्सरको संकेत
छाती पोल्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो समस्यामा छातीको बीच भागमा अत्यधिक पोलेको महसुस हुनछ । यो केही मिनेट वा केही घण्टासम्म रहन्छ । गर्भधान, गेस्ट्रोइसोफेगल रिफ्लक्स डिसीज वा एन्टीइनफ्लामेटरी लागुपदार्थको प्रयोग गर्दा यस्ता समस्या देखिन्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले छाती पोल्ने समस्याले क्यान्सर र हृदयघातको जोखिम बढिरहेको संकेत गर्ने तथ्य पत्ता लगाएको छ ।
केही घण्टासम्म लगातार छाती पोल्ने, निल्न गाह्रो हुने वा दुखाई महसुस हुने, छाती पोलेर बान्ता हुनु, शरीरको तौल अचानक कम हुनु, २ हप्तासम्म छाती पोल्ने, पाचन प्रक्रियामा समस्या आउने र औषधि खाँदा पनि सोही समस्या दोहोरिनु, घाँटीमा खराबी आउने र आवाज नआउने जस्ता गम्भीर प्रकृतिका लक्षणहरुले हृदयघात र क्यान्सरको संकेत गर्ने अनुसन्धानमा पत्ता लागेको छ ।
क्यान्सर: छाती पोल्ने समस्याले घाँटीमा र पेटको आन्द्रामा हुने क्यान्सरको संकेत गर्छ । पेटभित्रको आन्दामा बग्ने एसिडले तन्तुहरुलाई खराब गरिदिन्छ र यसमा एसोफ्यागस एडिनोकापर्सिनोमा विकसित हुनछ । एक बेरियाट्रिक सर्जन लिनास वेनक्लासकासका अनुसार छाती पोल्ने समस्याका कारण समयमा नै पत्ता लगाएर उपचार नगराएमा ब्यारेट्स एसोफ्गस बढ्न सक्ने र यसले पाचन प्रक्रियामा असर पार्छ । यसलाई प्रिक्यान्सर रोग भनिन्छ ।
हायटस हर्निया: जब पेटको डायफ्रामको कमजोरीका कारण छातीको तल्लो भागलाई माथितिर धकेल्छ यसलाई हायटस हर्निया भनिन्छ । यस समस्यामा छातीमा दुखाई र पोल्ने समयमा उपचार गराउन पर्छ । यस्तो समस्या ५० वर्षभन्दा माथिको उमेरमा हुने गर्छ ।
पेप्टिक अल्सर डिजीज: पेप्टिक अल्सर डिजीजका कारण प्रायः छातीमा जलन हुन्छ । छाती पोल्ने समस्या र पेप्टिक अल्सरको लक्षण उस्तै हुन्छ । वान्ता हुन खोज्ने, पोल्ने र दुख्ने र दिसाको रंग परिवर्तन हुने हुन्छ ।
हृदयघात: सामान्य मानेर मानिसहरु छाती पोल्ने समस्यालाई बेवास्ता गर्छन् । छाती पोल्ने वा दुख्ने, तीव्र गतिमा मुटुको धड्कन बढ्ने, पाचन प्रक्रियामा समस्या, पाचन प्रक्रियामा समस्या जस्ता लक्षणहरु हृदयघातको लक्षण मानिन्छ । छातीमा जलन सँगै दुखाई, स्वाद नमिठो हुने र सुत्दा दुखाई बढ्ने, अमिलो पिरो खाएपछि जलन झन् धेरै बढ्ने जस्ता लक्षण भने छाती पोल्नु नै हो ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !