हामी देश निर्माण क्षेत्र मा रोजगारी गर्ने, रोजगारदाता र यस क्षेत्र मा नयाँ आउनु हुने ले बुझ्नै पर्ने कुरा :- स्काभेटर र मोटर, कुनै पनि टे...
हामी देश निर्माण क्षेत्र मा रोजगारी गर्ने, रोजगारदाता र यस क्षेत्र मा नयाँ आउनु हुने ले बुझ्नै पर्ने कुरा :-
स्काभेटर र मोटर, कुनै पनि टेनिङ्ग स्कूल मा कुनै पनि हेभी इकुमेन्ट होस या सवारी चालक एक महिना तालिम भनेर जम्मा 5, 6 घण्टा टेनिङ्ग दिएर हात मा हौसला प्रदान गर्न को लागि टेनिङ्ग दिने कम्पनी ले सर्टिफिकेट थमाएर बिरोजगार लाई ऋण मा डुबाएर झनै पीडित बनाई रहेको छ । बिजनेस गर्ने ले आफ्नो बिजनेस चलाएकै छन् । नियम कानुन र एकता गतिलो नभई दिनाले लुट्ने ले लुटिनै रहेको छ ।
यहाँ एक महिना तालिम भनेको हुन्छ, थाहा नहुने ले एक महिना भन्ने बुझ्छ । सरकारी नियम अनुसार काम गर्ने समय एक दिन मा 6 घण्टा को हिसाब ले हिसाब गरिएको हुन्छ । त्यस तालिम केन्द्र मा तपाईं एक्लै हुनुहुन्न । कम्तिमा पनि 50 जना हुन्छन् । त्यस 50 जना लाई त्यो 6 घण्टा भाग लगाउनुस् कति पर्छ । एक महिनामा 4 देखि 5 ओटा शनिबार बिदा को दिन परेको हुन्छ । अझै कुनै नेपाली चाडपर्व परेको भए अरू बिदाका दिन थपिने भए । यसमा के बुझ्नुस् भने त्यही हो एक महिना भनेको 5 देखि 6 घण्टा उनीहरू ले दिने सिप सिक्न पाउनु हुने छ ।
जुन सिप सिक्न आफ्नो आदा जीवन को समय नै खर्चेर सिक्नु पर्ने सिप तपाईंले कसरी 6/7 घण्टा मा सिक्न सक्नु हुन्छ ?
अर्काको लैलाहि मा लागेर यो क्षेत्र मा हुमिने धेरै भेटिन्छन् । आफु संग नभएको पैसा सयकडा 30 का दरले ऋण काढेर सिप सिकेर केही गरौंला भनेर आएका पनि भेटिन्छन् । यहाँ आफू भन्दा पुराना गुरु हरु लाई ख्यालै नगरी आफ्नो स्वार्थ पूरा गर्न अति सस्तो मा काम गर्ने कोसिस गर्दा अनुभव नभएका कारण आफ्नो अमूल्य ज्यान गुमाएका पनि छन् । दुर्घटना भनेको अन्जन मा हुने लाई भनिन्छ ।
तर यहाँ सस्तो मा कामदार राख्न खोज्ने कम्पनी होस या साहू ले जानी जानी दुर्घटना निम्त्याएर दुर्घटना गराएका छन् । यहाँ यस्ता असक्षम कामदार लाई काममा लगाएर सक्षम बनाउने क्षेत्र होइन यो । आदा भन्दा ज्यादा जिन्दगी बिताएर यो क्षेत्र मा अनुभव बटुल्ने ले त कोही ठाउँमा ज्यान गुमाउनु पर्ने हुन्छ । नयाँ आउनु हुने ले यो कुरा सुन्दा रिसाउनु होला । रिसाउने कुनै कुरा छैन । सानो शब्द ले कसैको बंद भएको आँखा खोलि दिन मात्रै दुई शब्द लेख्न खोजिएको हो ।
तपाईं यदि यो क्षेत्र मा प्रवेश नै गर्न चाहनु हुन्छ भने पुराना गुरु वर्ग को मानसम्मान राख्दै पहिले तपाईं एक कुशल सक्षम बन्ने कोसिस गर्नुहोस । लाज नमानी हेल्पर मा बसेर भए पनि सक्षम बन्नुस् । तपाईं ले पनि रोजगार पाउनु हुनेछ । पुराना गुरु को पनि तपाईंका कारण अपहेलित हुनु पर्ने छैन । तपाईं पनि भोलि का दिन एक कुशल सक्षम बन्नु नै हुनेछ । तपाईं भन्दा पछि पनि अर्को आउनेछ । त्यति बेला अहिले तपाईंले जुन व्यवहार गर्नु भएको छ त्यस्तै त्यो नयाँ आउने ले गर्ने छ ।
फेरि अहिले पुराना गुरु वर्ग को हालत तपाईंले जस्तो पार्नु भएको थियो । त्यो भन्दा पनि झनै नराम्रो पार्ने छन् । पकाउने भाडो भन्दा सामाल धेरै भए झैं हुनेछ । लगभग लगभग अहिले पनि यस्तै हुन थाली सक्यो । नयाँ अनुभव नभएका गुरु वर्ग धेरै हुनु भयो । ती सबै लाई रोजगार पुग्ने नेपाल मा स्रोतसाधन छैन् । गुणस्तरीय काम अनुभव हेर्ने, सम्पति को माया राख्ने ले नयाँलाई कसैले काम दिँदैन । अनि यहाँ बिरोजगारी उत्पादन गर्ने ले गरी नै राखेको छ । अनि कहाँ बाट पाउने रोजगार ?
उता तपाईंले त्यही 6 घण्टा को सिप सिक्न को लागि ल्याउनु भएको ऋण को ब्याज दिनहुँ दिन बढ्दै गएको हुन्छ । तपाईको घरपरिवार ले पनि मेरो सन्तानले सिप सिक्यो अब केही गर्छ भन्ने हुन्छ । तर अरू ले जे सोचेको छ तपाईं त्यति सक्षम हुनु भएको छैन । तपाईंले तुरुन्तै रोजगारी पनि पाउन सक्नु हुन्न ।
अब अरू को साम्मने आफु लाई मैले राम्रो सग सिप सिक्न सकेको छुईन भनेर पनि भन्न सक्नु हुन्न । अपरेटर (ड्राइभर) भएको भान तपाईंमा भए पछि हेल्पर मा काम गर्ने इक्छ्या पनि गर्नु हुन्न ।
अब यहाँ एउटै विकल्प आउँछ कि सस्तो मा काममा लगाउने कम्पनी, साहू को खोजि गर्नु पर्यो र काम पाए पछि की लास बनियो, की जिन्दगी को रेखा कोरियो भनेर हुमिनु पर्यो । की अरू ऋण पत्याउने मान्छे भेट्न सके बिदेसिनु पर्यो ।
नेपाल को राजनीतिक सबैले जानेको बुझेको नै छौं । यहाँ जब सम्म यी गुण्डा, भस्ट, दलाली, घुसखोर, कमिसन खोर को अन्त हुँदैन तब सम्म नेपाल र नेपाली ले कहिल्यै सुख र शान्ति पाउने छैनन ।
त्यही भएर कुनै पनि सिप सिक्दा एक चोटि सबै कुराको भविष्य मा हुने भविष्यवाणी हेरेरै मात्रै सिक्ने पो होनी ?
नमस्कार सर। ठीक छ हजुर । तपाईंले दिनु भएको यो संदेस लाई सबै जना ले हेर्दै फ्ललो गर्दिनु होला ।
ReplyDeleteधन्यवाद हजुर लाई ।
Delete