रक्तचाप जसरी धेरै हुँदा शरीर लाई नोक्सान गर्छ त्यस्तै गरी शरीरको रक्तचाप कम हुँदा पनि नोक्सान गर्छ । कम रक्तचाप अर्थात् हाइपोटेन्सन ( blood ...
रक्तचाप जसरी धेरै हुँदा शरीर लाई नोक्सान गर्छ त्यस्तै गरी शरीरको रक्तचाप कम हुँदा पनि नोक्सान गर्छ । कम रक्तचाप अर्थात् हाइपोटेन्सन ( blood pressure low ) जसमा शरिरको रक्तप्रवाह निकै कम हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, साँस फेर्न कठीन हुने जस्ता समस्या देखा पर्दछन् । यसकारण धेरै मानिसहरुको मृत्यु भएको पनि पाइन्छ ।
अचानक नै मृत्यु हुनसक्छ ।
स्वस्थ शरिरको रक्तचाप १२०–८० हुन्छ । जब रक्तचाप ९०–६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ । रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृगौलामा असर पर्दछ र त्यो अन्तत: प्राणघातक पनि हुनसक्छ । रक्तचाप घट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नु पर्छ ।
तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अपनाएर तपाइँले आफ्नो सामान्य घटेको रक्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । अचानक घटिहाल्यो भने तत्कालका लागि यी उपचार जीवनदान हुनसक्छन् । यस्ता उपाय हामी सबैले जानि राख्नु पर्छ । यस लाई आफूले पढेपछि अरु आफन्त माझ पुर्याउन साझा गर्न नभुल्नुहोस् ।
जिबनजल सेवन गर्ने:
कम रक्तचापको समस्या भएकाहरुको लागि तुरुन्तै लाभ लिन को लागि जीवनजल सेवन ले पनि निकै लाभदायी हुन्छ । जीवनजलको नियमित सेवन भने गर्नु हुँदैन । यो भनेको अरू केही भएन भने तुरुन्तै लाभ लिन को लागि मात्रै हो । रक्तचाप कम भयो भनेर त्यतिकै बस्नु हुँदैन । चाँडो भन्दा चाँडो डाक्टर को संपर्क मा गएर सही उपचार र सल्लाहा लिनु नै राम्रो हुन्छ ।
नुनपानी पिउनुहोस्:
नुनपानी अर्थात् नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने सरीरका लागि हानिकारक हुने कुरा भुल्नुहुँदैन ।
तुलसीको पातको रस:
तुलसीको पातको रस पनि रक्तचाप सन्तुलनमा निकै सहयोगी हुनसक्छ । तुलसीको पातमा भिटामिन सी, पोटासियम तथा प्यान्टोथेनिक एसिड पाइन्छ । यी सबै तत्वहरु रक्तचाप सन्तुलनमा सहयोगी हुन्छन् । त्यसैले नियमित रुपमा तुलसीका १०–१५ वटा पातको रस निकालेर त्यसमा एक चम्चा मह मिलाउनुहोस् अनि हरेक बिहान यसलाई सेवन गर्नुहोस्, तपाइँको घटेको रक्तचाप बढेर सन्तुलनमा आउनेछ ।
कफीको सेवन:
कफीको सेवनले पनि रक्तचाप बढाउँछ । कफी, हट चकलेट वा क्याफाइन तत्वयुक्त चिजहरु खाँदा वा पिउँदा घटेको रक्तचाप सन्तुलनमा आउँछ । कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् । तर कफी अत्यधिक सेवन भने गर्नु हुँदैन ।
बदाम सेवन:
बदाम पनि अलिक महंगो खाध्यान भित्र नै पर्छ । बदाम पिँधेर त्यसमा दुध मिलाएर नियमित रुपमा पिउँदा पनि रक्तचाप सन्तुलनमा सहयोग गर्दछ । बदामलाई रातभर पानीमा भिजाउनुहोस् । अर्को बिहान त्यसको बाहिरी पत्र हटाएर राम्रोसँग पिँध्नुहोस् र लेदो बनाउनुहोस् । अनि त्यसलाई दुधमा मिलाएर दिनहुँ बिहान खानुहोस् ।
किसमिसको सेवन:
किसमिस अलिक महंगो हुने हुँदा यदि सकिन्छ आफ्नो आयस्रोत ले भ्याउँछ भने किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् । त्यस्तै उक्त पानीलाई पनि छानेर खानुहोस् । यसले कम रक्तचापको समस्या न्युनिकरण हुन्छ ।
खजुरको सेवन:
खजुर (छगेड) पनि विदेश बाट नेपाल आएर हुने हुँदा यो पनि अलिक महंगो मा नै पर्छ । कम रक्तचापको समस्या भएकाहरुको लागि खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
अदुवा सेवन:
घर - घरमा सजिलै पाउने अदुवालाई टुक्राटुक्रा पारी काट्ने र त्यसमा नुन तथा कागतीको रस हालेर मोल्ने । त्यसपछि नुन र कागती मिसाएको अदुवालाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने । हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ । तर मलद्वार मा कुनै पनि समस्या छ भने अदुवा सदाको लागि तपाईंको खाने कुरा बाट हटाइ दिँदा धेरै राम्रो हुन्छ ।
गाजर सेवन:
गाजरको नियमित सेवन पनि रक्तचाप सन्तुलनमा सहयोगी हुन्छ । गाजरलाई नियमित रुपमा सलादको रुपमा मात्र नभै यसको जुसमा घरेलु मौरी को मह मिलाएर एक महिना सम्म पिउने हो भने ब्लड प्रेसर ठीक ठाउँमा आउँदछ ।
अनारको सेवन:
अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । अनार मात्र होइन स्याउ, केरा, खरभुजा जस्ता फलफूलहरु नियमित रुपमा खाने गर्नाले रक्तचाप स्वात्तै घट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !