हजुर हरुको अमुल्य समय खर्चेर यो गहन विषय मा आधारित लेख पुरै पढेर प्रतिक्रिया दिनु होला । त्यसका साथै सबैजना ले शेयर गरी सम्बन्धित निकाय सम्म...
- हजुर हरुको अमुल्य समय खर्चेर यो गहन विषय मा आधारित लेख पुरै पढेर प्रतिक्रिया दिनु होला । त्यसका साथै सबैजना ले शेयर गरी सम्बन्धित निकाय सम्म पुर्याउन सहयोग गर्नु होला । हाम्रो देश नेपाल मा सरकारी कर्मचारीले दिनको 6 घण्टा दिनभर घुमाउने कुर्ची मा सुतीसुती डिउटी गरेर सरकार लाई जम्मा 1% आयकर बुझाउँछन् । हामी यही देश का नागरिक ले निजी कंपनी मा दिन को 18 घण्टा जोखिम पुर्ण काम गरेर 30% आयकर तिर्छौं ।
- यहाँ खै ? मानवअधिकार संगठन, मजदुर संगठन र यहाँ भएका विभिन्न किसिमका संगठन हरु । यहाँ 6 घण्टा डिउटी गरेर कमाउने लाई र 18 घण्टा डिउटी गर्ने लाई कम्ती मा पनि आयकर मा हेरिनु पर्ने हो । यहाँ सबै आ-आफ्नो मतलब मा व्यस्त छन् । अहिले यहाँ नेपाल सरकार ले हप्तामा 2 दिन छुट्टी दिन खोज्नुको मैले देखेको मुख्य कारण 100% यस्तो हुनसक्छ ।
- पहिले यहाँ साधारण हिसाब गरौं ।
- अहिले सम्म चलिआएको हप्तामा 1 दिन छुट्टी हुँदा को हिसाब :-
- 1) एक दिन मा 10 बजे बाट 4 बजे सम्म = 6 घण्टा ।
- 2) एक हप्तामा आईतबार बाट बिहीबार 5 x 6 = 30 घण्टा ।
- 3) शुक्रबार 10 बजे बाट 1 बजे सम्म = 3 घण्टा ।
- 4) एक हप्तामा 6 दिन डिउटी गर्दा 33 घण्टा ।
- 5) एक महिना मा 4 x 33 = 132
- 2079 जेठ 1 गते बाट नयाँ व्यवस्था अनुसार हप्तामा 2 दिन छुट्टी दिँदा ।
- 1) एक दिनमा 9:30 बजे बाट 5:30 सम्म 8 घण्टा ।
- 2) एक हप्तामा सोमबार बाट शुक्रबार सम्म 5x8 = 40 घण्टा ।
- 3) एक महिना मा 4 x 40 = 160 घण्टा ।
यहाँ नेर नेपाल मा सरकारी छुट्टी हुँदा इंडिया मा खुलेको र इंडिया मा सरकारी छुट्टी हुँदा नेपाल मा बन्द हुने कारण ले कारोबार मा समस्या हुनेगरेको छ । एकै चोटि नेपाल मा पनि शनिबार छुट्टी नभई आईतबार भनेर घोषणा गर्यो भने नेपाल भित्र आगो बाल्छन् । यसो गर्नु को मुख्य कारण नेपाल का नेता इंडिया ले नै चलाउने भएको ले हो । सरकार यदि यस्तो सोच नराखी देश कै भलाई को लागि यो नियम ल्याईएको हो भने :- अब ल्याउन लागेको आर्थिक वर्ष 079/80 को बजेट मा म जस्तै एक दिनमा 18 घण्टा जोखिम पुर्ण काम गर्ने लाई हेरियोस ।
यहाँ जसले धेरै जोखिमपूर्ण काम र चर्को मजदुरी गर्छ त्यस ले नै केही सुभिदा पाइरहेको छैन । उसले नै आफ्नो तलब बाट 30% आयकर सरकार लाई बुझाउँदै आएको छ । यहाँ भाष्ट्चार गरेर अपुत करोडौं को सम्पति जम्मा गर्ने लाई कुनै कर (Tax) लाग्दैन । 18 घण्टा मजदुरी गर्ने लाई हेर सरकार अनि देश विकास मा के अंतर आउँदो रहेछ अर्को आर्थिक वर्षको बजेट मा हेर्न सक्ने छौ । त्यो भन्दा पनि अबका 5 वर्ष पछि को स्थानीय निकायको चुनाव मा यसपाली को जस्तै गरी नेता हरुले रोइकराइ भोट माग्न नोट को बर्षा गर्नु पर्ने छैन । त्यो पैसाले देश विकास गर्न धेरै सहयोग गर्ने छ ।।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !