प्रशंग माने का पातको - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

प्रशंग माने का पातको

धनबहादुर छक्क पर्‍यो । चतुरे, जसलाई अरुहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शंकाको दायरामा साँगुरिदै जादो थियो...

धनबहादुर छक्क पर्‍यो । चतुरे, जसलाई अरुहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शंकाको दायरामा साँगुरिदै जादो थियो । चतुरेलाई जति विश्वास उसले अरु कुनै नोकर चाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको मालिकको बिचमा लोग्ने र स्वास्नीको जस्तो विश्वास थियो जसका शंका गर्ने ठाउँ हजार भए पनि शंका गर्दैनथे र शंकागर्नु पनि अपराध ठान्दथै या एक अर्काको विश्वासलाई मात्र सत्य मान्दथे । तर धनबहादुर पनि के गरोस् - अकारण भैंसीको दुध घट्यो । भैंसी झिंगा बस्दा लडला जस्ता ेमोटो छ, घाँस, कुँडो खान घटेको छैन, पाडो पनि छुटेको छैन र अझ त्यसमापनि गोठालोले 'एक छिन पनि छोडेको छैन' भन्छ । त्यसो भए दुध गयो कहाँ त - गोठालो बाहेक अरु कसले जान्दछ - चते भैसीको दुध के भएर घट्यो त त्यसो भए - -धनबहादुरले अब कडाइसाथ नै सोध्यो । खै, के भयेा, के भयो, मालिक - के थाहा पाऊँ - -चतुरेले कपाल कन्याएर भन्यो आफ्नो अनभिज्ञता जनायो । गोठालोले थाहा नपाए अरु कसले थाहा पाउँछ - अझ साँचो कुरा भन्दैनस् - -चतुरे जिराहा भएको ठानेर धनबहादुर अब साँचै रन्कियो । खै, आफूले केही गरेको छैन । -चतुरेले अझै पनि आरोप स्विकार गरेन । एक्लै भयो कि दिउँसो जङ्गलमा दुध दुहेर खान्छ, भाते । अहिले मेरो अगाडि ठिक पार्छ । -धनबहादुरको रिसले चतुरेको विश्वासमा प्वाल पार्‍यो । ८ ८ ८ ८ ८ तिमीले मलाई भनिरहनै पर्दैन । मैले बुभ\mयाछेु सबै कुरा । गगने त्यसै आउजाउ गर्छ यहाँ - -मानध्वजलो स्वास्नीलाई औंला ठड्यायो । पार्वती स्तब्ध भई । कहाको कुरा कहाँ पुग्यो । कुरा ल्ाोग्नेस्वास्नीको साधारण भनाभनबाट सुरु भएको थियो । हुनत वर्ण्र्ााला विशारद मानुलाई पढेलेखेकी स्वास्नी यसै पनि अलि भारी नै थिई । त्यमा पनि नारीसम्मेलन र सभा साहित्यगोष्ठिहरुमा कहिलेकहीं उसकी स्वास्नी निम्त्याइदा या पुरष्कृत हुदा लघुताभाष उसलाई भइनैहाल्थ्यो । आज त उसकी स्वास्नी निकै खुशी थिई तैपनि लोग्नेको भनाइ उसलाई च्वास्स बिज्यो र उसले अलि चर्किएर भनी- के बुभ\mनु भएको छ तपाईले - मानु बोलेन । स्वास्नीको अगाडि ऊ यसै पनि कम बोल्ने हो । अझ उसको स्वभाव नै कम बोल्ने हो । कम बोल्ने भएर नै उसको एउटै भनाइ पनि तिखो हुनगएको थियो अन्यथा बोलिरहने मानिसको त त्यति भनाइ ठट्टा मानेर पनि उडाउन सकिन्थ्यो । गगनबीर मानध्वजको भाइ नाताको मानिस र उसको असाध्यै मिल्ने साथी पनि । मानुको घरमा गगनबीरको आवतजावत पार्वती त्यो घरमा भित्रिनु भन्दा अगाडिदेखिको थियो र पार्वतीले आफ्नो इच्छा अनिच्छालाई वास्तै नगरेर लोग्ने र, उसको भाइ भनौं या साथी, गगनबीरको सम्बन्धलाई स्विकार गरेकी थिई र गगनबीर त्यो घरको सदस्य जस्तो भइसकेको थियो । उसको आवतजावत खुला थियो । घरका सदस्यले ऊसँग पराइसँग जस्तो पर्दा राख्नु पर्ने आवश्यकता थिएन । गगनबीर पार्वतीलाई भाउजूलाई जस्तो व्यवहार गर्दथ्यो, उडाउथ्यो, उडाइमाग्दथ्यो । मानुले पनि त्यसलाई त्यो भन्दापर सोचेको थिएन । कहिले लोग्नेस्वास्नी भएर गगनबीरलाई उल्लु बनाउथे । कहिले देवरभाउजूु भएर मानुको खिस्सी उडाउथे त कहिले दाजुभाइ भएर पार्वतीलाई बौलाही तुल्याउथे । उनीहरूको व्यवहारमा आत्मियता थियो, पवित्रता थियो र सबैभन्दा ठूलो उनीहरुको बिचमा आफसी विश्वास थियो । मानिस के भन्छन् - त्यसको वास्ता थिएन । वास्ता गर्नुको अर्थ हुन्थ्यो अर्काको हातमा फर्सर्ीीmलेको देख्ने मानिसहरुको विश्वास गर्नु र त्यस्ता मानिसहरु आफ्नो हत्केलोमा नफले पछि अर्काको हातमा त पक्कै फलेको छ भनेर कुुरा त काटिनैहाल्छन् । यसरी दिन मात्र होइन वर्षौं बितेको थियो । आफसि विश्ाासको पहरामा कहीं रौं प्रमाणको धर्र्सो पनि देखिएको थिएन । उनीहरुको त्यो नाता यति बलियो थियो कि एउटाले अर्कोसँग रिस उठ्दा तेरो फलानेाले गर्दा त हो नि भनेर घुर्क्याउने सम्म पनि गर्दथे र उनीहरु तीन जना एउटै ओछ्यानमा सुतेका भए पनि मानु र पार्वती लोग्नेस्वास्नी नै हुने थिए र गगन र पार्वती पवित्र नाताले बाँधिएका देवरभाउजू नै रहने थिए होलान् । त्यो पवित्रतालाई न गगनले अपवित्र सोचेको थियो, न पार्वतीले नै त्यो धमिलेा ठानिनेछ भन्ने चिताएकी थिई । कुरा यसरी सुरु भएको थियो । मानुकी सानीमा छोरो भेट्न र छोरा कहाँ केही दिन बस्न आएकी थिइन् । छोरालाई भेट्न आउनुपर्ने आत्मियता त सानिमा र छोराका बिचमा थिएन तैपनि आप\mनी दिदीको छोराप्रतिको उनको सद्भावनामा शंका उठाउन मिल्दैनथ्यो । त्यसमा पनि उनीलार्इं गानुको व्यथाले वर्षौदेखि दुख दिइरहेको थियो र बल्लबल्ल त्यो साल उनीले घरबाट फुर्सद पाएकी थिइन् । त्यो सहरमा उनीले बस्ने ठाउँ खोज्दा अरु कही ठाउँ पाए पनि आफ्नो छोरो छोडेर अर्कोकोमा जानु उपयुक्त पनि त हुन सक्दैनथ्यो । मानुको घरमा पसेकै दिन गगनको त्यो घरसँगको आत्मियता देखेर उनीले छोरोलाई सोधिथिन्- यी नानी चैं को नि - मानुले जवाफ दियो - मेरो साथी, सानीमा । २/४ पुस्ता परको त हाम्रो साइनो पनि छ । किन - केलाई र - साथी साथी बिचको या २/४ पुस्ता भित्रको साइनो कति गहिरो छ - त्यो थाहा नपाई नबोल्नु उचित ठानेर उनीले केवल भनिन्- केहीलाई पनि होइन । त्यसै । मान्छे निकै पुख्खली रहेछन् र सोधेकी । मेरो उहिले देखिको साथी । -मानुले सानीमालाई अझ प्रस्ट पार्‍यो । अँ, त्यही भएर होला, बुहारीले पनि त्यति पर्दा राख्दिरहिनछिन् । -सानमिाले सत्यलाई प्रस्ट्याए भै+m गरेर भने पनि त्यसमा आफ्नो चित्त नबुझेको कुराको छनक भने त्यो भनाइको लवजमा थियो । मानुुुले सानीमाको भनाइलाई त्यति गम्भिरतासाथ नलिए पनि स्वास्नीलाई सूचित गर्‍यो- यी हाम्री सानीमा सारै शंकालु छन् । उनको अगाडि गगनसँग पनि हिमचिम नदेखाउ है । पार्वती वाल्ल परी । सानीमा शंकालु छन् त के भयो - यस्ता शंका गर्नेहरुको संख्या समाजमा थुप्रै छ । तिनीहरुको शंकाले आजसम्मको सम्बन्धलाई बाधा पारेन भने सानीमाको उत्पत्तिले वाधा पार्ने किन - त्यसैले उसले सोधी- घरका पाहुनाले शंका उठाउदै हिड्नथाले भने घरधनीले राख्नु कसरी - २।४ दिन त हो नि । २।४ दिन पछि त बुढिया गइहाल्छिन् नि । -मानुले कुरा पन्साउन भन्यो । पार्वतीले लोग्नेको भनाइ अस्विकार गर्दै भनी- तर त्यस्ताले त्यही २/४ दिनमा नै अर्काको घर भत्काउन भ्याइसक्छन् र पो । मानु केही बोलेन । पार्वतीले पनि अरु थपिन । उनीहरुले आफ्नो व्यवहारमा परिवर्तनगर्न चाहे वा चाहेनन्, त्यो अर्कै कुरा हो, तर गगनबीरको व्यवहारले उनीहरुलाई परिवर्तनगर्न दिएन । नानीदेखि लागेको बानी भन्ने आहान भै+m गगनबीरको व्यवहारमा परिवर्तन आएन । आओस् पनि कसरी - मानुको रुखोपनलाई उसले गम्भिरता ठान्यो र बेलाबेलामा यसरी गम्भिर हुने मानुको स्वभाव पनि थियो । फेरि मानुले गगनबीरलाई लत्याएकै त थिएन, केवल सानीमा रहुन्जेल अलि पर बसाउन मात्र खोजेको थियो । पार्वतीले त उसलाई पन्साउनै सक्दिनथी । बिना अपराध एउटा मानिसलाई लत्याउन सक्ने स्वभाव उसको हुदैहोइन त लत्याओस् कसरी - त्यसमा पनि,साइनो जेसुकै होस् , एउटा आत्मिय नाता बनिसकेको थियो उनीहरूको बिचमा । जसको मन पवित्र थियो उसले त्यो नाता पवित्र ठान्न सक्थ्यो, जो आफूभित्र पाप पाल्दथ्यो त्यसले अरुलाई पनि पापी देख्दथ्यो । त्यर्सर्ैै मानुको मनमा केही शंका उब्जिए पनि र पार्वतीको मनमा केही कठोरता आए पनि गगनलाई भन्न दुवैले सकेनन् र फलामको डोरीलाई धमिरोले काट्दैछ भन्ने गगनले चिताउन सकेन । ऊ त पुरानै पारामा कायम थियो । आ, छोरा । अलि तिमी कहाँ चलन नराम्रो है । मलाई त चित्त बुझेन । -सानीमाले २/४ दिन पछि मानुलाई भनिन् । किन - के भयो र, सानीमा - -मानुले सशंकित भएर सोध्यो । गगन बाबु आफ्नै भए पनि बुहारीले त्यसरी कोठामा एक्लै पस्न दिनु नहुने । छ्यान बिछ्यान त राख्नु पर्छ अलिकति मान्छेले । -सानीमाको चित्त पटक्कै बुझेको थिएन । उहिलेदेखि नै यस्तै चलन छ, सानीमा । खै, वास्ता गरेका छैनौ हामीले । -मानुले असजिलो मान्दै भन्यो । उहिले न अहिले । मान्छे उनै हुन्, बेहोरा उही हो । त्यसमा पनि एक्लै कोठामा त उमेर पुगेका आमा-छोरा, बाबु-छोरी पनि नबस्नु भन्छन् भने बुहारीको त के नाता होे र गगन बाबु - गोरु बेचेको साइनो । घरको लोग्नेमानिसले बुझनर्ुपर्छ यस्ता कुरा । -सानीमा साँगुरिइन् । मानुसँग कुनै तर्क थिएन । सानीमाका जमानामा एक्ली स्वास्नीमानिसले लोग्नेमानिससँग बोले बात लाग्दथ्यो, अझ जातै जान सक्थ्यो । मानुकै पनि त कुनै स्वास्नीमानिस साथी थिएनन् । उसकी आमा थिइन्, सानीमा थिइन्, दिदीबहिनी थिए, स्वास्नी थिई, अरु नातागोताका आइमाई थिए र अझ गगनबीर बाहेक अरु कसैले थाहा नपाएकी प्रेमिका समेत थिई तर स्वास्नीमानिस साथी थिएनन् । अवश्य पनि उसको धारणा सानीमाको जत्ति साँगुरो त थिएन तर नारी र पुरुष समान ठान्ने धारणा पनि थिएन उसको । त्यसैले सानीमा द्वारा आरोपित र अपमानित त्यो घरको लोग्नेमानिस मानु स्वास्नीलाई भन्नपुग्यो- मैले तिमीलाई भनेको होइन गगनसँग लसपस नगर भनेर - पार्वती अवाक भई । उसको र गगनको सम्बन्धलाई अब लोग्नेले पनि लसपसमा पुर्‍याएको थियो । यदि त्यो लसपस नै हो भने पनि त्यसलाई लोग्नेले नै स्विकार्रगर्न लगाएको थियो । गगनबीर र उसले त माग गरेको पनि होइन, चाहेको पनि होइन । उनीहरूले शुरुमा नै मर्यादाको पर्दा राखेर एउटा परचक्रीले भै+m साइनोमा सीमित हुनखोजेका थिए र एक अर्कासँगको व्यवहारलाई बैठक कोठाको स्वागतसम्ममा मात्र पुर्‍याउन खोजेका हुन् । मानुले नै स्वास्नीलाई पनि आफ्नो अंतरंग मित्रको मित्र हुन वाध्य गरेको थियो । शुरुशुरुमा पार्वतीलाई त्यति सजिलो भएन तर गगनबीरको भद्रता, शालिनता र आनन्दी स्वभावले गर्दा उसलाई त्यो मित्रतामा कुनै आपत्ति भएन । अहिले एक जुग पछि लोग्नेले अकारण आपत्ति देखायो । पार्वतकिो अहम् ले त्यो सहनसकेन र उसले भनी- किन भन्नुहुन्छ लसपस भनेर - के गरेकीछु मैले र त्यसो भन्नुहुन्छ - स्वास्नीको विरोध सुनेर मानु अलि हच्कियो । त्यो कुनै डर होइन लघुताभाष थियो उसको । आफ्नो कुराको बचोट गर्न उसले भन्यो- तिमीले केही गर्‍यौ भनेर कसले भनेको छ र - मलाई आजकल गगनेको चाला निको लाग्दैन र पो भनेको त । गगनबीरलाई बरु पार्वतीले आरोप लगाएकीभए त्यसलाई सहीसाध्य भन्नुपर्ने थियो तर मानुले लगाउनु त असाध्यै ठहर्‍यो । त्यसमा पनि अनुपस्थित गगनबीरलाई आरोप लगाएको त पार्वतीलाई झन सैह्य भएन । उसले विरोध गरी- मसँग रिस उठ्यो भन्दैमा त्यो यहाँ नभएको साथीलाई दोष लगाउनु किन - मैले बचाउनु पर्नेलाई तिमीले बचाउनु पर्ने किन नि - -मानुले उल्टै प्रश्न गर्यो । यसो सुन्दा मानुको प्रश्न कसैलाई बिझाउनु पर्ने खालको त होइन तर समय र प्रशंगले पार्वतीको निम्ति आरोप भइदियो । प्रश्न सुनेर पार्वतीले खिन्न भएर भनी- तपाईलाई शरम लाग्दैन स्वास्नीलाई यसरी आरोप लगाउन - मेरो निम्ति त ऊ तपाईको साथी मात्रै हो, अरु केही होइन । तिमीले भनेर भयो र - म पनि कुरा बुभ\mछु । त्यसै आउने गर्छ गगने यहाँ - -मानुले पार्वतीलाई आरोपको सफाइ दिएन । ± ± ± ± मालिक ! आजसम्म मैले कहिले गरेकोछु त्यस्तो बेइमानी र चोरी खायो भन्ने - लौ भन्नोस् त मैले चोरेर खान खोेजे पनि त्यो बनमा केमा दुहेर खाने - जंगलमा न दुध दुहुने गबुवा हुन्छ, न अरु कुनै भाँडो । दोष लगाउन पाँए भनेर त्यसै लगाउनु त हुन्न नि । -नगरेको अपराधको आरोप लगाएकोले केही चित्त दुखेेर, केही रिसाएर चतुरेले मालिकको आरोपको प्रतिवाद गर्‍यो । जो चोर उसका डाका ठूला । दुध चोरी खाने पनि उही, साँखिलो बन्ने पनि उही । कति न नजान्ने जस्तो हुन्छ भतुवा । दुध चोरी खानलाई मानेका पात छैनन् होला नि तेरा लागि जंगलमा - -धनबहादुर बम्कियो । ± ± ± ± तपाई शंकाकै आधारमा कसैलाई दोष लगाउन पाउनु हुन्न । दशी चाहियो, प्रमाण चाहियो । -पार्वती अलि चर्की भई । र् मर्दपनको अभिमानले अब मानुलाई पनि दह्रो बनाउन थालेको थियो । त्यसमा पनि उसले स्वास्नीलाई अपराधी ठान्न थालेकोले आफूलाई पीडित ठान्नु स्वभाविक थियो र पीडित या दण्डितले न्यायको कठघरामा पुुग्दा जहिले पनि आफूलाई दह्रो पाउने हुनाले उसले आफ्नो लघुताभाषलाई दबाएर भन्यो- तिमी आफूलाई पवित्र ठान्दछ्यौ । आफूलाई उच्च ठानेर तिमी अर्कोलाई होच्याउन खोज्छ्यौ । तिमीलाई आप\mनो जन्मको गर्व छ, आफ्नो रुपको गर्व छ । आफूलाई चित्त नबुझेको कुरा तिमी असत्य भनेर फाल्छ्यौ र आफूले गरेको गल्ती र अपराधलाई तिमी स्विकार गर्न सक्दिनौ । पार्वती छक्क परी । के बोलेको यो - लोग्नेको अविवेक कि उसको घृणा - लोग्नेले घृणागर्नु पर्ने काम त उसले केही पनि गरे जस्तो लाग्दैनथ्यो । उसले लोग्नेलाई सधैं सन्मानको स्थ्ाान दिएकी थिई । लोग्नेले हीनतावेाध गरे पनि त्यसको फाइदा उसले कहिले पनि लिइन, बरु लोग्नेलाई सजिलो पर्ने स्थितिको सिर्जना गरेकी थिई उसले सधै्र नै । उसले आफूलाई सावित्री झैं पवित्र छु भनेर त देखाइन तर लोग्नेलाई ठग्ने कुरा उसको मनमा कहिले पनि आएको थिएन । लोग्नेको आरोप प्रस्ट भए पछि पार्वतीले आफ्नो घाँटी सम्म आएको व्यथा घाँटीमा नै रोकेर भनी-तपाईलाई के भयो - आप\mनो विश्वासलाई किन आफैं रेटनु हुन्छ तपाई - पारु ! म तिमीलाई दोष दिन्न तर तिमीले गगनेलाई प्रोत्त्साहन दियौ र त्रि्रो पुठ पाएर न हो उसले आप\mनो ठाउँ छोडेको । नत्र उसको भाउ के हो र - -मानुले भावावेशमा आएर भन्यो । मानिलिऊँ एकछिन । ल मैले अपराध नै गर्न आँटीछु रे तर त्यो लुकाएर गर्न सक्छु कसरी - तपाईका चिनाजानीका मान्छे छन्, मेरा चिनाजानीका छन् र गगनबनाबुका पनि छन् । कसरी छल्न सक्छौं सबैका आँखा हामी - -पार्वतीले व्यथित र रुष्ठ भएर भनी । मानुले गम्भिर भएर जवाफ दियो -सबैका आँखा छल्नु पर्यो किन र - कसका लोग्ने या स्वास्नी के गर्छन् भनेर हर्ेर्ने फुर्सद कसलाई छ र - रह्योे म एक जनाको आँखा छल्ने कुरा । तिमीले किन छल्नु पर्‍यो - गगनेले छलिहाल्छ नि । मानुको गगनबीरप्रतिको त्यो घृणा शायद मानुको अन्तर्मूखी स्वभावको कारणले हुन सक्थ्यो र त्यो वर्षौदेखि जम्मा भएर अहिले सानीमाले छुवाइदिएको विषको थोपा जस्तो झिल्कोको कारण विष्फोटन हुन लागेको थियो । बहिर्मूखी गगन र अन्तर्मूखी मानुका बिचमा सामन्जस्य रहुन्जेल दर्ुइ जना एक अर्काका पूरक थिए तर गगनप्रतिको स्वास्नीको श्रध्दाले मानुको छातीमा शंका भरिन थालेपछि उसले त फाइदा भन्दा नोक्सान नै बढी बेहोरिरहेको थियो । स्थितिसँग अनभिज्ञ गगन भने फाइदा नै उठाइरहेथ्यो । हेर्नोस्, तपाई र मेरो बिचमा विवाद भयो भनेर निर्दोषमाथि किन दोष थोपर्नु हुन्छ - जो मानिस मेरो होइन तपाईको साथी हो, तपाईको अभिन्न मित्र हो त्यसलाई शंका भित्र हालेर तपाई आप\mनै नोक्सान गर्दै हुनुहुन्छ । त्यसैले यसलाई त्यति पर नलानोस् । यसले फाइदा छैन । -पार्वतीले संयमसाथ सम्झाउन खोजी । फइदा त उठाएकै छौ नि तिमीले पनि मेरो अनुपस्थितिको पनि र मेरो उपस्थितिको पनि । एउटा न एउटा निहुँा निकालेर तिमीले एकान्तवाससम्म पनि मिलाउन सक्छयौै । तिमीले चाहे पछि त जुट्छ जसरी पनि । मेरो आँखाले नदेखे पनि सानीमाको आँखा त छलिन्न नि । -मानुले तथ्य अगाडि सार्‍यो । ± ± ± ± मानेको पातको नाम सुनेर चतुरे चकित भयो । मानेका पातमा दुध दुहुन सकिने कुरा त उसले सोचेको नै थिएन । हिजो सम्म भैसीको दुध विश्वासको कल्चौंडोमा अडेको थियो । आज त्यो विश्वासमा दुध नअडेपछि मानेको पातमा दुहुन सकिने कुरा नौले भएन । चतुरेले बुभ\mयो - मानेको पात मालिकको शंकाको आविष्कार थियो र दुध दुहेर खान सकिने त्यो पात चिनाइदियो मालिकले उसलाई । मालिकको विश्वास नरहेपछि विश्वास धान्न खोज्नु असफल प्रयाश हुने थियो र उसको प्रयाशले मालिक बदलिने थिएन । विश्वासिलो नोकर भएर बस्न पाउने आशा अब रहेन । भोलिपल्टदेखि चतुरेले मानेका पातमा दुध दुहेर खान थाल्यो । ± ± ± ± ±

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !