सौमी - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

सौमी

फिल्डको काम अराउ-पराउ गरिसिध्याए पछि म आफ्नो साइट अफिसको कोठाभित्र पसें । मैले सधै झैं उसलाई टेबलकै छेउमा बसिरहेकी पाउने आशा गरेको थिएँ तर ऊ...

फिल्डको काम अराउ-पराउ गरिसिध्याए पछि म आफ्नो साइट अफिसको कोठाभित्र पसें । मैले सधै झैं उसलाई टेबलकै छेउमा बसिरहेकी पाउने आशा गरेको थिएँ तर ऊ त्यहाँ थिइन । ऊसँग चिनापर्ची भ्एको केही दिन पछि देखि नै ऊ मेरो घर र कार्यालमा बराबर आउने गर्थी र मलाई कुरेर बस्थी पनि । छर छिमेकले उसको बदनाम आचरण देखाएर ऊसँगको सम्वन्धको विरोध पनि गरेका हुन् तर किन हो कुन्नि हामी दर्ुइ जनाले एक अर्कोलाई मन परायौं र शायद माया पनि गरेका थियौं होला । चिनजान छरछिमेकीले पनि 'लडने गोरुलाई राम पो भन्न सकिन्छ त काँध हाल्न सकिदैन भनिठानेर होला पछि त हाम्रो सम्बन्धमा आपत्ति गर्न पनि छोडिदिएका थिए, अझ हाम्रो सम्बन्धलाई स्विकार पनि गरेका थिए । 

म आफ्नो कर्ुर्सर्ीी गएर बसे पछि सधैंको झैं पिउने पानी लिएर चौकिदार भित्र पसे पछि मैले उसलाई सोधें-"आज सौमी आइन -" जगको पानी गिलासमा खन्याउदै उसले जवाफ दियो- "खै, आज त देखेको छैन ।" 'ढोकामा बस्ने चौकिदारले देखेन भने अवश्यै पनि ऊ आइन ।' -मैले निश्चय गरें । हुनत ऊ यदाकदा नआउने पनि हो तर त्यसको जानकारी ऊ अघिल्लै दिन दिन्थी । अघिल्लै दिन दिनसकिन भने पनि त्यही दिन दौडदै आएर 'म आज आउन भ्याउँदिन ह'ै भनेर दौडदै जान्थी । उसको आउन नभ्याउनुको अर्थ हुन्थ्यो - आएर बस्न नभ्याउनु । हुनत सौमी उसको नाम पनि होइन । त्यो त केवल मैले बोलाउन सजिलोको निम्ति राखिदिएको थिएँ । कुनै अनामिकाको नाम राख्नु पर्दा आफूलाई मन परेको नाम या शब्द सौदामिनी मुखमा आइहाल्ने हुनाले मैले उसलाई त्यही नाम दिएँ र छोटकरीमा सौमी भनेर बोलाउने गर्थें । नत्र त उसलाई कसैले सानी भन्थे, कसैले 'ठूली' ।

 रिसाउदा 'चोर्नी' भन्थे त खुसाउदा या जिस्क्याउदा 'थुप्री' भन्थे । उसलाई ती नाममा कुनै आपत्ती थिएन तर मैले 'त्रि्रो नाम अब सौमी भयो' भन्दा 'सौमी भनेको के -' भनेर उसले तुरुन्तै प्रतिवाद गरी । मैले उसलाई 'सौदामिनीको छोटो रुप सौमी हो र सौदामिनी भनेको चम्किने बिजुलाी हो' भनेर बुझाउदा आफ्नो नाम किन त्यो चम्किने बिजुलीसँग गाँसिनपुग्योे - त्यो बुभ\mन नसकेर वाल्ल परी । आफ्नो नाम सानी, ठूली, चोर्नी, थुप्री हुनुका कारण त उसले बुझेकी थिई तर सौमी हुनुको कारण बुझिन । सौेमीसँग मेरो चिनाजानी पनि अकस्मात हुन पुगेकोृ थियो । मेरो फिल्डसाइटदेखि मेरो क्वार्टरसम्मको बाटो ७।८ मिनटको थियो र बाटोमा २।४ वटा पसल र १५।२० वटा घरहरु पर्दथे । 

त्यत्रो ठूलो निर्माणको हाकिम भएको कारण त्यो ठाउँका सबैले मलाई चिनिसकेका थिए र सन्मान पनि गर्दथे । मैले पनि उनीहरुको सन्मानलाई सौहादर््रपर्ूवक लिएको थिएँ र साइटबाट घर जाँदा या घरबाट साइटतिर आउँदा सबैसँग भलाकुसारी गर्दैजादा कहिले कहीं त आधा घण्टा नै पनि लाग्दथ्यो । हुनत त्यो गाउँलाई मानिसहरू सहर भन्ने गर्दथे तर त्यो ठाउँको प्रवृत्ति गाउँलेको जस्तै थियो - वल्ला पल्ला घरमा के भइरहेछ - कसो भइरहेछ - चासो र नाटीकुटी पनि हुनुपर्ने, मर्दापर्दा दौडेरआई साथ पनि दिनुपर्ने । त्यहाँका प्रत्येक मानिसलेे प्रत्येकलाई चिनेको पनि थिए र सामुपर्दा बखान पनि गर्दथे, कण्डा पछाडि बदख्वाइँ पनि गर्थे । एक दिन म बिस्तारो पाराले कामबाट घर र्फकदै थिएँ । बाटोमा जम्दार्नी भाउजू, सबैले उनीलाइं त्यही नामले बोलाउथे, को पसलमा २०।२५ जना मानिस र केटाकेटी झुरुम्म उभिएका थिए । 

स्वभावैले चर्की जम्दार्नी भाउजू कराउदै थिइन्- एक दिन होइन, दर्ुइ दिन होइन । सधैं यस्तै गर्न लागे पछि कति दिन खप्नु, हँ - सानेा ठाउँमा विषयको चासो लिनु आवश्यक ठानेर म पनि हुलमा गएर उभिएँ । जम्दार्नी भाउजू वर्षसातेककी एउटी केटीलाई दरोेसँग पाखुरामा समाएर उभिएकी थिइन् । एउटा मुठी दरोेसँग बाँधेर त्यो केटी अर्को हात फुस्काउने बल गरिरहेकी थिई । जम्दार्नीको कब्जाबाट फुस्कन सम्भव देखिदैनथ्यो तैपनि त्यो केटीको प्रयाश कुकुरले गाँजेको बिरालोको भन्दा कम थिएन । खालि उसको प्रयाश बिना रोदन बिना चित्कार मौन थियो । कस्ती जिराही छ, हेर । अझ हार मानेकी छैन । -हुलबाट कसैले टिप्पणी गर्यो । आज मात्रै हो र - सधै त्यस्तै भए पछि जिराही किन नहोस् --कुनै अर्कोले थप्येा । म चासो लागेर भित्र पसें र जम्दार्नीलाई सोधें- के भयो, जम्दार्नी भाउजू - म नयाँ मानिस अगाडि आइ पुुगेकोले आफ्नो कुराको नालीबेली लाउन थालिन् जम्दार्नी- हेर्नोस् न, बाबु । सानी छ भन्यो. केटाकेटी छ भन्यो छोडिदियो । 

जहिले पनि पसलमा आउछे , आफू के सुरमा होइन्छ, एउटा कुरा टिप्छे हिड्छे , आज त मिर्ठाई मुठ्याएर भाग्न लाग्दालाग्दै समाएँ । हेर्नोस् त, हातको मुठी अझै खोलेकी छैन । हिजो ध्रुव नारायणको पसलबाट केराउ कोसा चोरिछ । -हुलको बच्चा या बच्चीले पोल लगायो । हाम्री ठुल्दिदी कहाँ पनि बारीको काक्र्रो टिपी रे । -त्यो अर्को पोल थियो । ती आरोपका झटारा पटि्ट ध्यान नदिएर मैले जम्दार्नीलाई भनें- यो केटाकेटीलाई समाएर के हुन्छ र, भाउजू - यसको बाबुलाई पो भन्नु पर्‍यो त । त्यस्तालाई भनेर के हुन्छ - -हुलको एउटा भलादमीले टिप्पणी गर्यो । त्यो जाँडको घैंटोलाइ के भन्नु - चौबिसै घण्टा कुकुरको मुत पिएर मातिदै ठिक्क छ त्यसलाई । के हर्ेछ त्यसले छोराछेारी - -जम्दार्नीले प्रतिवाद गरिन् । बाबु माते पनि आमा त होलिन् नि नमात्ने - -मैले अर्को उपाय बताएँ । आमाबाबु गतिला भएका भए छोराछोरी यस्ता हुने नै थिएनन् नि । त्यो आमा राँडी पो कुन गतिली छ र - वर्षा दर्ुइ चोटी बियाउदै ठिक्क छ त्यसलाई पनि । के हेरोस् त्यसले छोराछोरी - यो मनिका दर्ुइ वटा त घरमा नै छन् । फेरि अर्को र्झन तयार छ । सुँगुरले पाठा पाए भै+m पाउनसक्छे त्यो आइमाई पनि । -

जम्दार्नीले रत्तेली पाराले छोरीको रिस आमामाथि पोखेर आफ्नो रिस अलि साम्य पारिन् । मलाई जम्दार्नीको रत्तेली सुनिरहन मन नभएर भनें- छोडिदिनोस्, भाउजू, त्यसलाई । पैसा म तिरिदिउला । म केटीलाई समाउन पुगें । जम्दार्नीले उसको हात छोडिदिदै भनिन्- बाबु ! त्यति जाबोको मोल त के दिनु पर्‍यो र । यसको आनीबानी अलि सुध्रन्छ कि भनेर रिस देखाएर तर्सर्ाा लागेकी मात्र हो । तर सङ्गतगर्न लायककी केटी त छैन है यो । तपाईको पनि कुन दिन बिमाख गरिदिन्छे । भिड बिस्तारै छाँटिदै गयो । किन हो कुन्नि, त्यो केटीले पनि मेरो हातबाट फुत्कन खोजिन । मैले उसलाई हर्ेर्दै सोधें- मिर्ठाई खान मन लागेर झिकेकी - उसले केवला हो भनेर टाउको हल्लाई । उसको बोल्ने हौसलालाई बढाउन मैले नरम स्वरमा भनें- खै, कतिवटा झिक्यौ - देखाउ त । 

उसले मुठ्ठी खोलेर मेरो सामु हात पसारी । त्यो सानो पसिनाले भिजको हत्केलोमा केवल दर्ुइ दाना मिर्ठाई थिए । त्यो देखेर मैले हाँस्दै भनें- आफूले हात हाल्दा पनि जम्म दर्ुइटा मात्रै झिकेकी त - निर्दाेषभावले उसले जवाफ दिई- अरु त जम्दार्नी बुढीले खोसिहाल्यो नि । सौमीसँग मेरो मित्रता त्यही दिन देखि शुरु भयो । सुरुसुरुमा त सौमी मबाट खाने कुरा पाउने लोभले मात्र टाँसिएकी थिई तर बिस्तारै बिस्तारै हामी एकअर्कासँग नजिकिदै गयौं । एक दिन ऊ अँध्यारो मुख लाएर आई र मेरो सामुको कर्ुर्सर्ीी बस्दै भनी- बभ\mनु भो । आज हाम्रो बाले आमालाई फेरि कुटयोे । उसले बाबुले आमालाई कुटेको कुरा पहिले भनेकी थिइन तैपनि त्यो फेरि भन्ने शब्दले यही जनाउथ्यो कि उसकी आमाले अगाडि पनि कुटाइ खाएकी थिई । त्यसैले मैले सोधें- पहिले कहिले कुटेको थियो नि - मानौं कुनै केटाकेटीले सोधे जस्तो अनुहार लाएर उसले जवाफ दिई- सधैं त कुट्छ नि बाले । 

आमा सधैं रुन्छ, मार मलाई, मार अनि ढुक्क हुन्छ तँलाई भन्छ । बाले जहिले पनि जाँड खान्छ ब्यारे अनि आमालाई कुटछ । हामीलाई पनि कुटछ । के भनेर कुट्यो त आमालाई --मैले जिज्ञाशा देखाएँ । त्यो काले छ नि, हाम्रो घरमा आउने, त्यसले आमाको मुन्द्री चोरेर बेचेछ । अनि बा चाहिं आमाले दियो उसलाई भन्छ अनि कुटेको । -उसले रहश्योद्घाटनको स्वरमा भनी । अनि आमाले दिएको हो त - -मैले सत्य जान्न खोजेर कुरा खोतलें । दाल दिन्छ, चामल दिन्छ अनि भाइलाई दुध पनि दिन्छ । अनि त मुन्द्री लग्दा पनि आमाले केही भनेन नि । -उसले कुरा प्रस्ट्याउन खोजी । अनि तिमी चोरेर लग्यो भन्छयौ त फेरि - -उसको उत्तर मलाई चित्तबुभ\mदो लागेन । आमाले दिएर लग्यो भन्दा आमाले मार्दैन हामीलाई फेरि - फेरि बाले सुन्यो भने त के के पो गर्छ, बाबै - -ऊ साह्रै गम्भिर भई । म बोलिनँ । ऊ भन्दर्ैगई । हाम्रो बहिनीको अनुहार नि हाम्रो बासँग मिल्दैन रे - हाम्रो बाले भनेको । 

'मिले त बुध्दि पनि तेरै जस्तो होला नि भनिदियो हाम्रो आमाले पनि । अनि बाले कुट्यो । आमा बाभ\mयो । कुकुर बिरालेा जस्तो रे हाम्रो बाआमा । हाम्रो घरको साहुनी आमाले त्यसै भन्छ । कुकुर बिरालो सधैं झगडा गर्छन् रे, हो - उसले मतिर हेरी । हो । भेट भए त गर्छन् तर कुकुरको बाटोमा बिरालो आउदै आउदैन । -मैले आफ्नो कामबाट आँखा नउर्ठाई जवाफ दिएँ । मैले पनि सँगै त देखेको छैन । बिरालोलाई त छानोमा मात्र देखेकी छु । कुकुर छानोमा चडनै सक्दैन । ऊ के सोचेर हो एकछिन चुपलागी तर म केही पनि नबोली काम गरिरहेकोले उसलाई मौनता सहय भएन र भन्न थाली- हाम्रो आमा नि बासँग भागेर पोइला आएको रे । बाहुनकी छोरी मतवालीसँग के पारा मिलोस् त - भन्छ साहुनीआमाले । म पनि बाहुनी भयो ह कि अब । भाइ त बाको छोरो मतवाली । आमालाई पनि बाले रण्डी भन्यो भनेर रण्डी भन्छ । बहिनी र म त भन्दैनौं आफ्नी आमालाई । त्रि्रो बा के काम गर्छ त --मैले कुराको प्रशंग बदल्नलाई सोधे । केही काम पाएन रे अनि ज्यामी काम गर्छ रे । 

आधी पैसा रक्सी खाइहाल्छ, आधी दिने त हो नि आमालाई । बिचरा आमाले के गरोस् - त्यति पैसाले पुग्दैन रे नि हामी सबैलाई खुवाउन । आमा पनि भाँडा माझेर खुवाउछ हामीलाई । सौमी बिस्तारै मेरो स्थायी साथी जस्तै हुदर्ैगई । अफिसमा म उसलाई २।४ अक्षर पढन सिकाउथें र म त्यहाँ नभएको बेला त्यहीं पढेर, लेखेर बस्दथी, मेरो भागको खाना खान्थी । बिहान पनि धेरैजसो मेरै घरमा खाने गर्थी । बेलुका भने मेरो खाना ढिलाृे हुनेहुनाले म उसलाई उज्यालैमा घर पठाइदिन्थें । टोल छरछिमेकीले त त्यो सम्बन्ध स्विकारेकै थिए र शायद उसकी आमाले पनि त्यो सम्बन्धलाई स्विकारेकै हुनर्ुपर्छ किनकि आमाले विरोध गरेको कुरा सौमीले कहिले पनि गरिन । एक दिन सौमीले मलाई भनी-बुभ\mनु भो - हाम्रो साहुनीआमाको छोरोले कस्तो माया गर्छ हाम्रो आमालाई । पैसा दिन्छ, बाबै, कसैले थाहा नपाई । कस्तो राम्रो सारी पनि दिएको छ । 

हामीलाई पनि मिर्ठाई किनिदिन्छ । हाम्रो बा चाहिं उसलाई देखिसहदैन । किन छुच्चो भएको होला, ह कि - सौमीलाई बुझाउने सामर्थ्य ममा थिएन र उसले बुभ\mने सम्भावना पनि थिएन । २।४ दिन पछाडि सौमीले भनी- हिजो हाम्रो बाले आमालाई झन्डै मारेको । दाउराले हिर्कायो, हर्ेनु न । आम त मर्ुछा पर्‍यो । हामी सबै रोए पछि साहुनीआमा आयो अनि अरु सप्पै आयो । पानी छयापे पछि बल्लबल्ल बिउझियो आमा । बाले आमालाई पनि मार्छु भन्यो, साहुनीआमाको छोरोलाई पनि मार्छु भन्यो अनि हामी सप्पैलाई मार्छर्ुुन्यो । किन मार्छर्ुुनेको नि त्रि्रो बाले - -मैले सोधें । हाम्रो बा आजकल आमालाई पैसा दिदैन अनि साहुनीआमाको छोरोले दियो भनेर रिस पनि गर्छ । पैसा दिने मान्छे आउछ त हाम्रो कोठामा । 

आउदैन त - ढोका थुनेर हाम्री आमासँग गफ गरेर बस्यो रे साहुनीआमाको छोरो । खानलाई पैसा दिदैन, सप्पै पैसा जाँड खाएर सिध्याउछ र त बस्छ हाम्रो बा हाम्री आमासँग ढोका थुनेर हामी सप्पैलाई बाहिर राखेर । साहुनीआमाको छोरो त पैसा दिन्छ आमालाई । हामीलाई पनि दिन्छ । अब त साहुनीआमा पनि हाम्रो बापट्ट िलागिसक्यो । हाम्री आमालाई जहिले पनि निस्की, निस्की, जा जा भन्छ । कस्तो छुच्चो भएको ह कि साहुनीआमा पनि - सौमीको फतफतले अनेक कुरा प्रस्ट्याएको थियो उसको परिवारको बारेमा तर त्यो सबै मेरो चासोको विषय नभएकोले मैले त्यसको खोजीनिति गरिनँ । पहिलो सौमी नआउदा मैले विशेष चासो राखिनँ किनकि एक दिन नआउनु कुनै ठूलो कुरा थिएन तर जब ऊ २।४ दिन सम्म पनि आइन तब भने ऊ विरामी परी कि भन्ने शंका लाग्यो । उसको कोठा नदेखेको र आमाबाबु पनि नचिनेकोले उसको घर जान सक्ने सम्भावना भएन ।

त्यसैले ऊबारे जानकारी लिइन सकिने सबैभन्दा सजिलो स्रोत जम्दार्नी भाउजू भएकीले साइटबाट घर र्फकदा उनको पसलमा उभिएर सोधें- हैन, ए भाउजू । आजकल त्यो सौमी कहाँ गई हँ - सधैंकी चर्की जम्दार्नी भाउजूले दिक्क मानेर भनिन्- ए, त्यो तपाईकी सौमी । खै के भनूँ, बाबु । जमाना उल्टिएको भनूँ कि कली लागेको भनूँ । के भनूँ - के भनूँ - मैले छक्कपर्दै सोधें- किन - के भयो र, भाउजू - जम्दार्नीले भनिन्- त्यो केटीकी आमा त्यत्रा छोराछोरी छोडेर पोइल गई । अनि केटाकेटी नि - -मैले पनि आर्श्चर्यमिश्रति स्वरमा भनें । सानो काखको साथमा लिएर गई । त्यो काखको त्यही घरबेटीकै छोरो हो भन्थे सबै जना । हुन त के गरोस् - कति कुटाइ खाओस् - कति भोकै बसोस् - सोह्र वर्षपनि नपुगी पोइल आइथी, पच्चिस पनि नपुगी फेरि हिंडी । खानलाउन नदिएर छोराछोरी मात्र जन्माउने लोग्नेसँग बस्नु भन्दा त हिडनु नै बेश । जानी त्यसले पनि । -जम्दार्नीको त्यो आइमाईमाथि पर्ूण्ा सहानुभूति थियो । मलाई जान्न मन भएर नै सोधें- छोराछोरी कहाँ छन् त अहिले - बाबु के गर्छ - बाबु के गर्छ - जहाँ जाँड घिच्छ त्यहीं पसारिन्छ । 

आप\mनो जिम्मेवारी बुभ\mने लोग्नेमानिस भए त्यस्तो माया गर्ने स्वास्नी पोइल जान्थी - उसका निम्ति त छोराछोरी निन्द्राका काल मात्रै । जेठी, त्यो तपाई कहाँ आउने, धनबीर साहु कहाँ काम गर्छर्ेे त्यहींं बस्छे, त्यहीं खान्छे । छोरो त्यही आमा चैं की साथीले लगेर पालिदिएकीछ । सानी छोरीलाई त्यहीं घरकै साहुनीले खान बस्न दिन्छिन् रे उनकै घरमा । लाने कोही नभएपछि कुकुरका छाउरा जस्तो फाल्न भएन क्यारे नदेखिने ठाउँमा । बिजोग छ नै । -जम्दार्नीको स्वरमा पीडा थियो । तर आमा चाहिलाई त सुखै होला नि यिनीहरुले दुख पाए पनि - -मैले छोराछोरीँ छोडेर जानसक्ने आमाप्रति पुरुष अभिमान देखाएर केही तिरष्कृत स्वरमा भनें । मेरो स्वरपटि्ट ध्यान नदिएर जम्दार्नीले भनिन्- के सुख होला र, बाबु, उसलाई पनि - रेसम र मखमलमाथि बसे पनि दुधमुखे बालक छोराछोरी छोडेर हिडेको पीरले उसलाई घोच्न कहिले पनि छोडने छैन । 

सधैं दुधभात खान पाए पनि बालकहरुको भोको अनुहार सधैं घाँटीमा गला लाग्नेछ । त्यो आमा सुख कमाउन हिडी भनिठान्नु त बेकार हो । दुख नबढोस् भनेर पन्साउन खोजेकी मात्रै हो । केटाकेटीमा नै गरेको गल्तीको मोल तिर्दैछ बिचरा । आमाबाबु हुदाहुदै पनि टुहुरा हुन पुगेका सौमी र उसका भाइ बहिनी प्रति मैले बेवास्ता गर्न नसकेर भनें- ती केटाकेटीलाई छोराछोरी नहुने अथवा छोराछोरी हर्ुर्किसकेको कसैले एकएक वटा पालिदिए पनि त हुने हो नि । तपाईले नै पनि एउटा पाले हुने होे नि, जम्दार्नी भाउजू । जम्दार्नीले गम्भिर भएर भनिन्- आमाबाबु नभएका भए त तपाईको भनाइ ठिकै पनि थियो, बाबु, तर उनीहरूका त आमाबाबु छन् र आफू व्यवस्थित हुनेबित्तिकै, बाबु न सही, आमा त उनीहरुलाई खोज्दै आइपुग्छे । 

साहुनीले छोरी राखेकी आफ्नो जिम्मेवारी ठानेर पनि हो । उनीलाई लाग्दो हो मेरै नातिनी नै पो हो कि - आखिर गाइँगुइँ उहिलेदेखि नै चलेकै हो । छोरो पनि ठाउँमा नै छ । आमा चाहिंले केही नभनी त्यसै उसकी साथीले उठाएर लिएर गएकी त पक्कै होइन । नत्र उसलाई मात्रै केको चासो हुनु पर्ने - जम्दार्नीको तर्कमा ठोसता अवश्य थियो । मैले भनें- अरुका बारेमा त, लौ, आमाले विचार पुर्‍याएकी रहिछ रे । सौमीका बारेमा नि - जम्दार्नीले पनि सम्झे भै+m गरेर भनिन्- ए, तपाईकी सौमीका बारेमा - उसकी आमाले या त उसलाई आफै पालिन सक्ने ठूली देखी या तपाई कहाँ गएर टाँसिनेछ भन्ने सोची । त्यसलाई तपाईले नै पाल्ने रे भन्ने हल्ला पनि चलेकै हो । तपाईले पो सुन्नु भएन त यी कुरा । हामीले त सुनेका हौं । तपाईसँग चिनाजानी नभएकाले आमाले त त्यस्तो सोचिन होला तर तपाईले सौमीसँग आत्मियता बढाएर एउटी आमालाई जिम्मेवारी मुक्त भने अवश्य गरिदिनु भयो । यही कुरा सौमीको भाग्य पनि हुन सक्छ या दर्ुभाग्य पनि । 

सौमी मेरो जिम्मेवारी हो भन्ने तितो सत्य जम्दार्नीले प्रस्ट पारिदिएपछि मैले उसको खोजीनिति गरें । एउटी सात वर्षो केटी धनबीर कहाँ जुठोभाँडो गरिरहेकी थिई म पुग्दा । मैले सौमीलाई लिएर जाने कुरागर्दा मेरो ओहोदाको धाकले धनबीरले केही भन्न त सकेनन् तर सित्तैकी कमारी छुटेकोमा दुख अवश्य भयो उनीलाई । विपत्तिका केही दिनले नै सौमीलाई जर्जर बनाएको थियो । आफू बोलेर नथाक्ने त्यो केटी एकदम मौन भएकी थिई । मैले धेरै सोधें तर उसले हो वा होेइन भन्दा पर थोरै शब्द बोली । अन्त्यमा मैले उसलाई सोधें- तिमी म कहाँ किन नआएकी त - उसले धेरै बेर सम्म नबोल्दा मैले कर गरेपछि भनी- सबैले भने - आमा नभएपछि अब म ठुली भएँ रे, मागेेर खानु हुदैन रे, काम गरेर खानर्ुपर्छ रे ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !