सहयात्री - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

सहयात्री

कहीं कतै टाडाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट हा्स् या चाहे गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयाश गर्दछु तर त्य...

कहीं कतै टाडाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट हा्स् या चाहे गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयाश गर्दछु तर त्यो प्रयाश कहिले कहीं सफल न भएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ । कहिले म ट्राफिक जामको घेरामा फसेको छु, कहिले टयाक्सी नामको खटारो बिच बाटोमा पसारो परिदिएर समयलाई उम्काई दिएका छ । कतिपय समयमा 'ल, ल, पाकिसक्यो, खाएर जान भ्याइन्छ' भन्दै अन्तिम समयमा मलाई मायागर्नेले भन्ने उसको मायाको मनभोग 'किन एक आध घण्टा अगाडि पाक्न सक्दैन -' त्यसैलै सधैं मलाई चिन्ता ल्याइदिन्थ्यो । 'समय जति भने पनि छ, किन आत्तिएको त्यसरी -' भनेर सबैले भने पनि म भने मेरो बाहनमा नबसुन्जेल त्यसले मलाई नबोकी उडेको या गुडेको कल्पना मात्र गरिरहन्छु र मेरो मुटुको धडकन मेरो बाहनको सिटमा बसेपछि मात्र सामान्य हुन्छ । काकडभिट्टाको बसको निम्ति समयमै घरबाट प्रस्थान गरे पनि दर्ुभाग्यले टयाक्सी बिचैमा पन्चड भइदिएर समय खाइदिदा मेरो ब्लडप्रेसर अवश्य नै केही बढयो तापनि गाडी छुटने समय भन्दा दश मिनट अगाडि म आफ्नो सुरक्षित सिटमा बस्न पुगेर लामो सास फेरें । वरिपरीका सबै सबै सिट भरिइसकेका थिए, केवल म छेवैको सिट बाहेक । मैले सोचें - 'शायद यो सिटको यात्रु म जस्तै कही अलमलिएर अडेको होला' किनकि टिकट नपाउने यो मारामारको समयमा त्यो सिट खाली हुनसक्ने सम्भावना थिएन । बस छुटने समय पाँच मिनट बाँकी रहे पछि गाडीको इन्जिन चालु भयो र आफ्ना आफन्तलाई बिदाईगर्न बस भित्र पसेकाहरू 'ल है, राम्रो सँग जान’ है' भन्दै आफन्त सँग बिदा भएर बसबाट ओर्लिए पछि बसको कन्डक्टर भित्र उक्लियो । यात्रामा अभ्यस्त परे झैं पस्ने र निस्कने प्रकृयालाई १।२ मिनट पनि लागेन । कन्डक्टर सिटहरू निरिक्षण गर्दै मेरो सामु आइपुग्यो र मेरो छेउको खाली सिट देखेर मलाई सोध्यो - "यहाँ तपाईको मानिस हो -" मेरो नकार जवाफ सुने पछि फेरि सोध्यो - "कहाँ गयो त यहाँको मानिस -" मैलै छोटो जवाफ दिएँ - "खै ! म यहाँ आउदा थिएन ।" मेरो जवाफ सुनेर कन्डक्टर बरबरायो - "यर्स्तै बेलामा नआउने पेसेन्जरले जहिले पनि ढिलो गरिदिन्छन । आज त छुट पनि छुटुन, ज्यान गए पर्खने हैन ।" शायद ऊ यही कुरा प्रत्येक दिन दोहोर्‍याउथ्यो होला र प्रत्येक दिन कसैले न कसैले पक्कै कुराउथ्यो होला । त्यो दैनिक कुराइ र कराइमा अभ्यस्त भएको कन्डक्टर अरु सिट निरिक्षणगर्न पछाडिका सिट हर्ेन थाल्यो र त्यही बेला स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै एउटी उमेरदार आइमाई बसको ढोका भित्र उक्ली र टाउको बाहिर फर्काएर कर्राई - "ए, त्यो नराख माथि । यहीं ले, यही ंले । भरे चाहिन्छ मलाई ।" बाहिरबाट कसैको धोद्रे स्वर सुनियो - "तिमी पसन भित्र । म पठाइदिइहाल्छु नि ।" स्वास्नीमानिस भित्र पसी र सिटको नम्बर हर्ेर्दै मेरो छेउमा आएर भनी - "ए, तपाई त हाम्रो सिटमा बस्नु भएको रहेछ ।" मैले उसलाई नियालेर हेरें । उसको उमेर तीस देखि चालिस सम्म कहीं पनि हुन सक्थयो । ऊ दुब्ली त होईन तर कहीं पनि बोसो झुन्डिएको नदेखिनाले उसले पर्याप्त शारिरिक परिश्रम गर्थी भन्ने ब’झिन्थ्यो । उसको अनुहार असम्पन्न नदेखिने हुनाले शारिरिक परिश्रम गरेर कमाउनु पर्ने वाध्यता उसको थियो जस्तो लाग्दैनथ्यो । उसको चालढालले लाग्थ्यो - शायद अनावश्यक ओहोरदोहोर र चपरचपरले नै शारिरिक परिश्रमको काम पुरा गरिदिन्थ्यो होला । म बाट तुरुन्तै कुनै उत्तर नपाएर होला उसले कन्डक्टर तिर हेरेर भनी -"ए, भाइ ! यो हाम्रो सिटमा कसलाई बसाल्नु भएको, हँ -" एउटी भद्र महिलाको आपत्ती सुल्झाउन कन्डक्टर हतार हतार आयो । त्यही समय भित्रै त्यो स्वास्नीमानिसको साथमा आएको भलादमी पनि आइपुग्यो र कन्डक्टरलाई टिकट दियो । कन्डक्टरले उसको टिकट जाँचिसकेपछि म तिर हात पसार्दै भन्यो - "हजूर嫗ो टिकट पाउFm न एक पल्ट ।" मैले आफ्नो टिकट उसको हातमा थमाइदिए । कन्डक्टरले मेरो टिकट जाँचे पछि त्यसलाई मेरो हातमा फिर्ता दिदै बरबरायो - "यस्तै गर्छ यो मानुदाइले जहिले पनि ।" उसको बरबराइ सुनेर स्वास्नीमानिसको धर्ैय टुङ्गयिो र उसले भनिहाली - "को मानुदाइ - के मतलव हामीलाई त्यो मानुदाइको - हामीलाई त हाम्रो सिट खाली गराइदिनुहोस, त्यति भए पुग्छ ।" कन्डक्टरले आइमाईको भनाइमा ध्यान नदिई लोग्नेमानिसलाई लक्ष गरेर भन्यो - “हजूर ! यहाँ नम्बर जुधे जस्तो छ । म मिलाउछु, एकै छिन है ।" लोग्नेमानिसले केही भन्न सकेन । उसले आइमाई तिर हेर्‍यो । आइमाईले आग्नेय नेत्रले हेरेर भनी - "यति जाबो दुइटा टिकट किन्दा पनि नजुधाइ किन्न सक्नुहुन्न होइन तपाई - म चाहीं के अब कसैको काखमा बसेर जाने -" लोग्नेमानिसले आफू अपमानित भएको अनुभव त गर्‍यो तर त्यो हुलमा विवाद उठाएर कलह सिर्जना गर्दा अपमान अझ अरु बढने सम्भावना देखेर होला आफ्नो आवाज नबर्ढाई भन्यो - "हुन्छ नै कहिले कहीं यस्तो । अहिले मिलाइ हाल्छ नि कन्डक्टरले । तिमी अहिले यही सिटमा बस्दै गर न ।" स्वास्नीमानिसले मेरै छेउको सिटमा थ्याच्च बस्दै भनी - "म त बसें अब । जे परे पनि उठदिनँ । जाबो बसमा हिडदा पनि गडवडी पर्ने । रकेटमा उडनुपर्ने भए के हुने थियो होला -" मैले एक दृष्टि द’वै जनामा दिएँ । यो मध्यम उमेरमा पनि स्वास्नीमानिस राम्री थिई भने कलकलाउदो बैंशमा त २।४ भमरा उसको अघि पछि पक्कै सधैं झ’मिन्थे होलान । त्यति छोटो समयमा कसै बारे केही निक्र्योलगर्न गाहारो भए पनि मानव स्वभाव चिन्तनगर्न सक्ने मानिसले उसको अनुहारमा देखिने दर्ुइ बिशेषता प्रस्ट देख्दथ्यो - उसका पातला ओठ जोडिएर बस्दा पनि सधैं नै चलिरहेका हुन्थे, र मौन भएर बस्दा उसका आँखा कहीं शुन्यमा केन्द्रित भएर झिम्किन बन्द गर्दथे । यसले यही प्रस्टयाउथ्यो कि कहीं भित्र उसको अन्तरमनमा कि विक्षिप्तता थियो कि व्यथा कि व्रि्रोह । लोग्ने मानिसको उमेर ५० नाघिसकेको थियो, अझ ५५ पनि पुगेको हुन सक्थ्यो । उसको जिउडालको बनोट, अनुहारको भाव, हात, लवाई आदिले दाल, चामल, तेल, बेसार आदिको किराना पसलबाट सम्पन्न भएको मध्यम वर्गिय साहु जस्तो लाग्दथ्यो । ग्राहक अगाडि पर्दा बत्तिसी देखाएर मिठो बोल्नुपर्ने र ग्राहक नहुदा स्वास्नी, छोराछोरी, नोकर-चाकरलाई हप्काउनु पर्ने या भर्खर गएको ग्राहकले दुःख दिएकोमा त्यसलाई दारा किटनु पर्ने वाध्यता परे जस्तै कन्डक्टरको सामु उसके अनुहार हँसिलो र नरम थियो भने ऊ गए पछि त्यही अनुहार धमिलो र कडा भएको थियो । कन्डक्टरले कसैलाई लिएर भित्र पस्यो । त्यो नया आउनेले पनि हामी तीनै जनाको टिकट दोहोर्‍याएर जाँचे पछि हामी कसैलाई पनि लक्ष नगरी भन्यो - "हजूरहरू मध्ये एक जनाले अब भित्र क्याबिनमा बसिदिनु पर्‍यो ।" आफूलाई लक्ष नगरिएको भनाइको मैले उत्तर दिनु आवश्यकता देखिनँ तर मेरी सहयात्री आइमाईले आफूलाई रोक्न सकिनन र भनिहालिन - "म किन जाने, हँ, अर्को तिर आफ्नो सिट छोडेर - अरु जाने भए मलाई थाहा छैन, म त जान्न ।" त्यो 'अरु' शायद त्यही लोग्नेमानिस थियो होला । मलाई त्यो बसका कर्मचारीले हटाउन नखोजेको कुरा प्रस्ट बुझिन्थ्यो । ती कर्मचारीको म प्रतिको शौहादर््रता मेरो आधा फुलेको दार्‍ही र कपालले देखाइदिने वुद्धिजीवि अनुहारले उब्जिएको हुन सक्थ्यो । समय भन्दा दश मिनट जति पछाडि त्यो लोग्नेमानिस त्यो स्वास्नीमानिसको सामु आएर भन्यो - "ल, साने केबिनमा बसेको छ । केही चाहिए त्यसलाई बोलाउनु । त्रि्रो सामान यहीं छ । राम्रो सँग जानु । वहाँ पुगे पछि फोनगर्नुँ नि ।" त्यो भनाइमा विशेष प्रेम पनि थिएन र कुनै वेवास्ता पनि थिएन । एउटा घरको मूल पुरुषले घरका सदस्य माथि राख्नुपर्ने सदाशयता र स्नेह भने त्यसमा प्रशस्त थियो । त्यो आईमाई भने उसको भनाइ प्रति उदाशिन देखिई र उसले कुनै प्रतिकृया जनाइन । लोग्नेमानिस पनि स्वभावको अभ्यस्त भइसकेकोले होला कन्डक्टरले 'ल, ल, ल, अब गाडी चल्यो' भने पछि 'ल, म गएँ है त' भन्दै ढोकाबाट बाहिर निस्कियो । ग्ााडी चलेपछि मैले मेरो वरिपरिको वातावरण नियालें । खलासी ढोकाको छेउमा उभिएको थियो र उसको साथसाथै केही मिनट पर ओर्लने उसका चिनाजान या उसका या विद्यार्थीहरू उभिएका थिए । अलि पर गएपछि एउटा स्टुल या एयटा मुढा पाउने आशामा एउटा यात्री केबिनको ढोकामा अडेस लागेर उभिएको थियो । कन्डक्टर पछाडिका सिटका यात्रुलाई मिलाएर बसाउदै थियो । ढोकाको सामु दायाँ पट्टकिो सिटमा एउटी अधवैशे आमा र एउटा लक्का जवान छोरो बसेको थिए । त्यो अधवैशे आइमाई पटक पटक 'तेरो बुवा, तेरो बुवा' भनेकीले 'पक्कै आमाछोरा हुन' भनी लख काटेको थिएँ मैले । बाँकी वरपरका सिटमा स्कूलको छुट्टीमा घर र्फकन लागेका केटाकेटीे खचाखच थिए र उनीहरूको चहचहले वातावरण नै रमाइलो बनाइदिएको थियो । मैले टाउको घुमाएर बाहिर हेरें । हिउँदको चिसो दिनको घाम डुबिसकेको र बिस्तारै अँध्यारो झर्दै आइरहेको थियो । काठमाडौंको सडक पछाडि र्सर्दै गइरहेको थियो र सडकमा बाहनहरूको संख्या पनि निकै कमी देखिन्थ्यो । काठमाडौं बाट बाहिर निस्कदा मलाई जहिले पनि मैले भाग्यले एक पल्ट दर्शन गर्न पाएको अजन्ता एलोराको गुफा भ्रमणबाट बाहिर निस्कदाको अनुभूति सम्झना हुन्छ जहाँ भित्र शौर्न्दर्य र कलाको अविस्मरणिय र अलौकिक रसस्वादन त हुन्छ तर गुफाबाट बाहिर निस्कदा खुला आकाश र स्वच्छन्द वातावरणमा मानिस आफूलाई मुक्त र स्वतन्त्र पाउछ । विशाल अजायव घर जस्तो यो काठमाडौं जहाँ कालान्तरदेखिका सँस्कृति र विकृतिहरू यसरी एक अर्का सँग टाँसिएर बसेका छन कि कसैले पनि आफूलाई निश्पक्ष, स्वतन्त्र र विवेकपर्ूण्ा बनाएर टिक्न पनि गाहारो छ । त्यसैले आकाशको यो साँगुरो गुम्बजलाई प्वाल पारेर मैदानी फाँट तिर गइरहेकोछु' भन्ने अनुभूतिले पनि मलाई अलि मुक्त बनाउथ्यो । मेरी सहयात्रीको अस्पष्ट स्वरले मलाई भित्र हर्ेन लगायो । उसको अनुहारमा मेरो आँखा परेपछि उसले चिन्तित अनुहारले भनी -"अघि मैले वचन लाएँ भनेर तपाई रिसाउनु भएको त होइन -" ऊ सँग मैले रिसाउनु पर्ने कारण त छँदै थिएन । उसले पहिले जो भनेकी थिई त्यो त्यो परिस्थितिमा पर्ने कुनै पनि यात्रुले भन्न सक्थ्यो र त्यो पनि मलाई लक्ष गरेर भनिएकै थिएन ।त्यसैले मैले उसको मानसिकतालाई शान्ति दिन भनें - "तपाईले मलाई केही भन्नु नै भएको छैन त म रिसाउने किन -" "साँच्चै रिसाउनु भएको छैन त तपाई -" - उसले आधा सन्देह नै लिएर आतुर प्रश्न गरी । मैले मुस्कुराउदै जवाफ दिएँ - "पक्कै छैन ।तपाई त्यसमा आश्वस्त हुनुभए हुन्छ । र म त्यति सजिलै रिसाउने मध्येको पनि होइन ।" उसले तुरुन्तै आश्वस्त भएर भन्नथाली - "हेर्नोस्न । म पहिले त्यसै प्वाक्क भनिदिइहाल्छु अनि पछि आफैलाई अफसोच लाग्दछ । त्यसैले होला मलाई 'प्याच्च मुख भएकी' भन्छन तर मनमा पाप नभए पछि मुखले भन्दैमा के ह’ने हो र - पापी पेट भन्दा छुच्चो मुख भलोे होइन र -" मैले उसको जवाफदिनु भन्दा आफ्नै भनाइ राख्नु उपयुक्त ठानेर भनें - "तपाई अनायाशै तर्सनु हुदो रहेछ । आफैले शङ्काको समस्या सिर्जना गरेर आफैंलाई अपराधीको कठघरामा उभ्याउनु हुन्न । तपाई त पानी जस्तो पारदर्शी हृदय भएको पवित्र मानिस देख्छु म । सधैं पवित्र र निस्पाप ठान्नोस न आफूलाई ।" उसले हँसिलो अनुहार पारेर भनी - "पापी त म आफूलाई ठान्दिन तर कसैलाई चोट लाग्ने डर सधैं भइरहन्छ । अँ साच्ची । तपाईलाई मैले के भनेर सक्बेधनगर्ने होला -" "मेरो नाम मीन राज हो ।" - मैले छोटो जवाफ दिएँ । "म त्यसो भए तपाईलाई 'मीन दाइ' भन्छ’ । यत्रो लामो बाटोमा एउटा साइनो नलगाई कुरै गर्न पनि अप्ठेरो, फेरि कुरै नगरी बस्न पनि त गाहारो ।" एक छिन रोकिएर ऊ फरि भन्न थाली - "मलाई 'ज्ञानी' भन्छन । तपाईले पनि ज्ञानी नै भन्दा हुन्छ । यसै पनि म तपाई भन्दा कान्छी नै छु, त्यसैले तपाईले 'तिमी' साइनो लगाए कुरा गर्न सजिलो होला ।" मैले मुस्कुराएर मौन स्विकृति दिएँ । ज्ञानीले फेरि मेरो अनुहारमा आँखा गाडेर सोधी - "तपाईका घर जहान कहाँ छन नि -" मैले प्रशङ्गलाई अलि रसमय बनाउन जवाफ दिएँ - "बास त जता बसे पनि भएकै छ । त्यसैले कहिले सीमानाको छेउमा बस्छु, कहिले राजधानीमा । दाजुभाइ, इष्टमित्र, बाबुआमा सबैले पुगेको बेला खान र बस्न दिइहाल्छन । खास घर जहान जोडने सौभाग्य भने अझ पाएको छैन ।" मेरो जवाफले प्रसन्न भएर उसले भनी - "नजोडनोस अब अहिले सम्म नजोडे पछि । यो घर परिवारमा सुख र दुखको हिसाब लगाउने हो भने दुखको मात्रा अत्याधिक हुन्छ । लोग्ने, स्वास्नी, विवाह, छोराछोरी भन्ने जन्जाल नै दुखको महाजालो हो । यो मेरो अनुभव हो र अब मेरो अभिव्यक्ति पनि ठान्नोस ।" मैले उसलाई गहिरो आँखाले हेरेर भनें - "यो संसार नै घर जहान जोडेर बसेको छ र यही परम्पराले सृष्टि र सभ्यताको विकाश भइरहेकोछ । मैले नजोडदैमा त्यसमा केही फरका पर्ने होइन तर तपाईले किन र कसरी यो नकारात्मकक अनुभव सँगाल्न’ भयो -" "अनुभवले, आफ्नै अनुभवले । मैले पहिले यो संसार, यो जीवन ससबै नै झलमल्ल ठानेथें लक्ष्मीपूजाको रात जस्तै झलमल्ल ।" - उ आफैमा अल्भिmएर भन्न थाली । "तब -" - मैले उसको तन्मयता नछिनाउन प्रशङ्गलाई सजिलै अगाडि बढाउन सक्ने स्थिति बनाउन एउटा संयोजक शब्द थपें । ज्ञानी भन्न थाली । "म बाब’ आमाकी जेठी छोरी । म मनिका बहिनीहरू ५।७ जना । त्यो छोराछोरीको लर्को पनि आमाको छोरो पाउने दृढ इच्छाले ल्याएको थियो अन्यथा त्यत्रो विधी बच्चा पाउन न मेरा बाब’ सँग ती छोराछोरीको बोझ धान्ने आर्थिक स्थिति थियो, न मेरी आमाको स्वास्थ्य र शरिर । त्यो बजार भनिने ठूलो गाउँमा हामी बस्थ्यौं र बाको आमदानीको स्रोत अलिकति खेतीपाती रबजारमा एउटा सानो पसल थियो । खेपतपातीको बेला आमी जहानै बेसी झर्ने गथ्र्यौ खेेति चलउन र बजारमा केाही एक जना मात्र बस्थ्यो पसल चलाउन । पसल ठूलो नभए पनि यसले नुन तेल मात्र होइन, खेतिबाट नपुग दाल, चामल पनि धान्नु पर्दथ्यो । त्यसैले यसलाई बन्दगर्न पनि सकिदैनथ्यो । सामान्यत त्यो पसलमा बालाई मेरो भान्दाइले सघाउथ्यो र बा खेतिमा गएको बेला वा अरु समय बा नभएको बेला एक्लै पनि चलाउथ्यो ।" "कुरा भान्दाइको चलिहालेको बेला उसको बारेमा पनि म केही सुनाइ हाल्छु । गाउँमा बस्थिन् हाम्री फुपू, घर नै उनको त्यहीं र उनको खाइन-पाइन पनि राम्रै थियो । त्यसैले आमाले फुपूलाई धागा चुरा जस्ता झिलमिले सामान पठाइदिंदा फुपू कहाँत्राट घिउ, कुराउनी, तामा, टुसा र कहिले कहीं दाल चामल जस्तो गहकिलो चिज पनि आइरहने गर्दथे । यसै पनि सम्मन्न भए पछि चेलीबेटीले पनि माइतीलाई पठाउदा हुदारहेछ । त्यसमा पनि भान्दाइ सधैं हामी कहाँ पढन बसे पछि उनले पठाउनु पर्ने पनि भयो र पठाउन सजिलो पनि भयो ।" "भान्दाइ म भन्दा दर्ुइ वर्षजति जेठो र हामी कहाँ ९।१० वर्षो उमेर देखि नै बस्न आएको । त्यसैले ऊ हाम्रो घरको सदस्य जस्तै भइसकेको थियो । हाम्रो सुखदुखमा उसको सहभागिता सधैं हुन्थयो र ऊ आफ्नो घरमा भन्दा हाम्रो घरमा नै बस्न रुचाउथ्यो ।" "म हाम्रो बाले पुल्पुल्याएकी छोरी । हुनत सबैको घरमा जेठी छोरी प्रति बाबुको विशष सहानुभूति या स्नेह हुन्छ नै तर म भने अलि बढी नै जिराही थिएँ । मैले भनेको कुरा जसरी पनि पुग्नर्ुपर्छ भन्ने म ठान्थें । भाइबहिनी साना भएकोले म उनीहरूलाई त यसै नै दपेटथें तर भान्दाइ ठूलो पनि भएको र बाको जिम्मेवारी बोकेको मानिसलाई पनि मैले दपेटन खोज्नु त हुन्नथियो नि तापनि स्वभाववस दपेटन खोजिहाल्थें । भान्दाइ भन्दा राम्रो मलाई चाहिन्छ, म अघाए पछि मात्रै उसले मिठो पाउनर्ुपर्छ भनिठान्थें म । भान्दाइको कोठा अलग्ग थियो र म पनि अलग्गै कोठा चाहन्थे जो सम्भव थिएन र भान्दाइको कोठामा त्यसो भए मेरो पन हक छ भनी दावी गर्थे म । त्यसो त भान्दाइको हरेक चिजमाथि मेरो दावी रहन्थ्यो र अझ त्यसमा पनि भान्दाइलाई नै भनेर दिएको चिजमा त म अधिकार झन छोडन सक्दिनथें । भान्दाइको हरेका वस्तु आफ्नो भन्नु, उसको कोठा, ओछयान आफ्नो भनेर प्रयोगगर्नँ केटाकटीमा त सुहाउने कुरा थिए होलान तर म १४ बर्षपुगेपछि अवश्य नै अचाक्ली देखिन थाल्यो र आमाले मलाई त्यो व्यवहार निषेधगने थालिन । किन्तु म वयस्क एकै दिनमा भएकी त थिइनँ । अघिल्लो दिन सम्म सही भएको कुरा भोलि पल्ट नै कसरी बेसही मान्थें र म - त्यसैले आमाको कुराको विरोधगर्दै म बाबुकोमा पुगें । यो कुरामा भने बाबुले पनि मलाई कुनै मदत गरेनन, बरु उल्टै मलाई भने - "आमाले 'हुन्न' भन्छे भने किन त्यही गर्नँ पर्‍यो त -" साच्चै मलाई चोट लाग्यो । जुन बाबुले आज सम्म मलाई मेरो अधिकारको प्रयोगमा कुनै रोक लगाएका थिएनन उनी पनि मेरो विपक्षमा उभिए पछि म भान्दाइको अगाडि गएर रुदै भने - "भान्दाइ ! मलाई यो घरमा किन सबै विरोध मात्र गर्छन -" भान्दाइ जहिले पनि मेरो ज्यादतीलाई सहिदिन्थ्यो । सानी हुदा कुटथें म उसलाई, ठूली भए पछि मुखमुखै लाग्दथें । त्यसको निम्ति आमाको गाली र पिटाइ पनि पाउथें मैले तर भान्दाइ त मलाई त्यसबाट पनि बचाउथ्यो । आफू भान्दाइ सँग हुदा म आफूलाई संरक्षित ठान्दथें । तैपनि भान्दाइ प्रति मेरो डाही भने छदै थियो । अझ डाही पनि होइन होला, आफूलाई भान्दाइ भन्दा अलग्ग ठान्नै नसक्ने किशोरहठ होला शायद । कति बर्षो थियो र भान्दाइ - त्यही १६ वर्षो न हो । तर पनि उसमा एउटा आत्मविश्वास थियो । कुनै निर्ण्र्ाापनि बा भन्दा छिटो गर्न सक्दथ्यो ऊ । त्यसैले पनि बाको भरोसा थियो ऊ माथि र मेरो पनि थियो । मेरो भनाइ सुनेर भान्दाइले भने - "त्रि्रो घरमा तिमीलाई रोक्ने किन -" कति ठिक्कको थियो भान्दाइको प्रश्न - रोक्ने त बा हुनसक्थे, आमा हुनसक्थिन या अरु कोही । तर रोक्ने किन - यसको कारण त कसैले पनि मलाई दिएको थिएन मलाई । बिना कारण त पक्कै पनि रोक्न मिल्दैनथ्यो । यो सोचाइ मेरो त्यो बेलाको हो, अहिलेको होइन नि । भान्दाइको भनाइले म अलि आश्वस्त भएँ तर पछि गएर बुझें यस कुरामा भान्दाइको राय र भनाइ पनि खास महत्व राख्दो रहेनछ । भान्दाइले बाअमालाई केही भनिदिएनन भनेर म रिसाएँ पनि तर मेरो मन राखिदिन भनिएका वचन पुरा गराउन भान्दाइ पटक्कै लागेनन । त्यसैले आमाको भनाइ त्यो कुरामा अन्तिम भयो । त्यसपछि भान्दाइको कोठा, ओछयान माथिको मेरो दावी अन्त्या भयो र उनको कोठामा आउन, जान, बस्न सदा झैं खुला भए पनि त्यहीं सुत्न र रात काटन भने प्रष्ट निषेध गरियो । त्यो निषेधिको कारण बुझन र मान्न करै लागे पनि त्यो भान्दाइ, मेरो अधिकारको वस्तुले मैले भनेकेा मान्नर्ैपर्छ भन्ने धारण भने म बाट गएन । तपाई एक कुरा मान्नोस कि मानिसको जीवनको फैसला दर्ुघटनाहरूले गर्दछन । भाग्यले गरेको भनेर ती दर्ुघटनाहरूको नामाकरण गर्र्छौ हामीहरू त । म १६ मा टेक्ने बित्तिकै हाम्रा बाको देहान्त नभएको भए मेरो जीवन अर्कै हुने थियो होला । बा मरिदिनाले घर थाम्नुपर्ने भयो आमाले भान्दाइको सहयोगमा । मेरो निम्ति पनि बाको पितृत्वको आड अब भान्दाइले नै दिनुपर्ने भयो । तर अब म ब’झदै गइरहेकी थिएँ कि म उसको निम्ति एउटा असजिलो उपस्थिति भइरहेकी थिएँ । भन्न त उनी केही पनि भन्दैनथ्यो किन्तु मेरो भनाइ र गराइले उनलाई असजिलो भएको म अनुभव गर्न थालें र भान्दाइको अनुपस्थिति मलाई पनि खल्लो लाग्न थालेको थियो । उमेरदारको भाषमा यसैलाई प्रेम भन्छन क्या रे । बाको मृत्यु पछि मैले थाहा पाएँ - आइमाई र लोग्नेमानिसको सम्बन्ध बाबु, काका, दाजुभाइ यस्तैमा मात्र सीमित हुदोरहेनछ । हिजोको त्यो मेरो डाहीको पात्र भान्दाइ आज अभिवावक बनेको थियो र मेरो मानशिक उत्तेजनाको कारण पनि हुन पुगेको थियो । तर ऊ भने पत्थरको मर्ूर्ति जस्तै थाहै नभए झैं अलग्ग बनेर बसेको थियो । मेरो निम्ति ऊ भान्दाइ थियो, मेरो अभिवावक थियो र अझ एउटा लोग्नेमानिस थियो । मानिस भन्छन नि, स्वास्नीमानिस सागर जस्तै विशाल हुन्छे, ऊ शुन्यता जस्तै मौन हुन्छे , उसको गहराइ हुन्छ र पीर व्यथा सबै लुकाएर राख्छे र लोग्नेमासि त्यस्तो हुदैन । मलाई त लाग्छ - स्वास्नीमानिस पुतली जस्तै चपल हुुन्छे , पानी जस्तै तरल भएर बग्छे र लोग्नेमानिसको संरक्षकत्वमा जिम्मेवारी विहिन भएर हावा जस्तै स्वतन्त्र हुन्छे , जस्तो आज देख्नुभयो नि, म सँग कुनै जिम्मेवारी छैन अहिले । मेरो गन्तव्य सम्म पुर्‍याउन पनि त्यो १७ पनि नपुगेको साने मेरो अभिभावक भएर बसेकोछ केबिन भित्र र यहाँ बाहिर मैले तपाईलाई अभिभावक बनाएकी छु । तपाई थाहै नपाई कति सजिलै सँग बन्नुभएको मेरो अभिभावक ! अहिले तपाई सामु म माथि विपत्ती आउन लाग्यो भने तपाई त्यसको प्रतिकारमा तुरुन्तै उठनुहुनेछ । के कुनै स्वास्नीमानिसले यसरी संरक्षण गर्न सक्छे लोग्नेमानिसको - ४० नाघिसकेकी स्वास्नीमानिस पनि एउटा २०।२२ को नचिनेको लोग्नेमानिसले संरक्षण माग्न आयो भने यौन आपत्तिको शङ्का उठाउन थाल्छे भने समवयस्कको त कुरै छोडिदिउFm । त्यसैले त म भन्छु नि - लोग्नेमानिस मौन भएर सबै बेहोर्छ , सबै सहन्छ । सुखमा ऊ हाँस्छ , दुख पर्दा ऊ मुस्कुराउछ र रुन ऊ जान्दैन । भान्दाइ पनि त्यस्तै थियो । बाको बर्खान्त के सिद्धिएको थियो मेरो बिहेको कुरा चल्यो र छिनियो । लोग्ने मरेकी उमेरदार स्वास्नीमानिस त्यही पनि एक गोठ छोरीकी आमा लोग्ने मरेपछि आफूलाई एकदम असुरक्षित ठान्दिरहिछ । ती छोरीलाई जसरी भए पनि जति सक्दो चाँडो कसै न कसै लोग्नेमानिसलाई जिम्मादिन खोज्दिरहिछ । मेरो बिहेको लागि केटोको खोजी त बर्खान्त भन्दा अगाडि नै शुरु भइसकेको रहेछ , मैले मात्र थाहा पाइनछु । बजारको सम्पन्न मानिस , स्वास्नी मरेर के र -, चालिस नाघेको थिएन । तीन जना छोराछोरीको बाबु भएर पनि जवान नै देखिन्थ्यो ऊ । मलाई त जहिले पनि बुढो नै लाग्यो ऊ । उहिले पनि, अहिले पनि । उसकी समवयस्का मेरी आमाले उसलाई बुढो देखिनन त त्यो अचम्म पनि होइन तर त्यो भान्दाइले स्विकृति दियो कसरी - मलाई यही कुरामा रिस उठेको थियो र मैले उसको सामु गएर रुँदै भने - "तिमीलाई लाज लागेन यसरी कुरो छिन्दा -" सधैं मुस्कान बोक्ने भान्दाइको अनुहार केही मलिन भयो तैपनि उसले संयम साथ जवाफ दियो - "ज्ञानी ! कतिपय राय र निर्ण्र्ाारू व्यक्तिगत स्वार्थ्य भन्दा परिवारको हितका लागि गरिन्छ ।" तपाईले कसैलाई भित्र देखि मायागर्नँ भएकोछ - छैन भने नगर्नोस । त्यो भान्दाइको अनुहार सम्झेपछि मलाई लाग्छ , 'मायागर्नँ नै दुख बेसाउनु हो । आफूले अपराध नगरे पनि आफूलाई अपराधी बनाएर आफूले मायागर्नेको सामु खसीले बगरेलाई गर्धन तेर्स्याए झैं टाउको निहुराएर बस्नु के कम दुखदायी हुन्छ होला र - आखिर त्यो पनि त मानिस हो । आघात उसलाई पनि उति नै पर्छ होला नि । भान्दाइको जवाफलाई स्विकारेर फर्कें म तर त्यो बेला पाउनु र हराउनुको आनन्द र दुख एकैै साथ बोकेर आए पनि भान्दाइ प्रतिको मोह म बाट गएन । मेरो बिह्ेको दिन जतिजति नजिक आउथ्यो भान्दाइ उत्तिकै बिहेको काममा व्यस्त हुन्थ्यो र म आफूलाई उ बाट उपेक्षित भएको ठान्दथें । व्यस्त आमाको मन आफू तिर तान्न केटाकेटीले तोडफोड गरे झैं म पनि सधैं भान्दाइ प्रति नै रिस पोख्दथें । ऊ भने भित्तो जस्तो थियो प्रतिकृया नै नदेखाउने । आमा मेरो गराइले झोकिएर गाली गर्थिन त ऊ भन्थ्यो - "हुनदिनास न, माइजू । कति दिन गर्न पाउछिन र बिचरा - घर गएपछि माइतीको सम्झना रहने कतिपय चिज त गर्नँ पनि पर्छ ।" अभेद्य कवच थियो मेरो भान्दाइ । बाहिर बाहिर बाट चोट लगाइनु त के भित्रको व्यथा पनि बाहिर निस्कन सक्दैनथ्यो उसको त्यो कवच च्यातेर । मेरो निम्ति त ऊ भित्रको त्यो व्यथा पो शूल भइदियो सहनै गाहारो हुने । किन मलाई सधैं सानी ठान्थ्यो त्यो भान्दाइ - किन आफू समान ठान्दैनथ्यो ऊ मलाई - म ऊ खुलेर झगडागर्न पनि सक्दिनथें । भान्दाइको पक्ष लिएर आमाले मलाई गाली गरिहाल्थिन । फेरि भान्दाइले त्यस्तो गालीगर्ने मौका नै कहाँ दिन्थ्यो र - मैले आ嬝्रमण गर्नसकने हरेक प्वाललाई मैले थाहा पाउनु भन्दा अगाडि नै थुनिसकेको हुन्थ्यो उसले । वास्तवमा त मलाई ती माइजू भानिजले पुतली जस्तै निर्जीव बनाएका थिए । मेरो राम्रो होस भनि ठान्थे उनिहरू र उनीहरूबको सोचाइको राम्रो ममा थोपर्न चाहन्थे । तर म हार्न चाहन्थें किन - म त 'चोर स्यालले कुन दिन खोर धनीले खोर थुन्न बिर्सन्छ या कुन दिन कुखुरा खोर बाहिर बस्छ' भनेर मौकालाई ढुकेर बसेकी थिएँ - आफूलाई गढ या किल्ला बनाएर जति चोट लागे पनि टसमस नहुने त्यो भान्दाइलाई हराउन । एक दिन मामाकी छोरीको बिहेमा आमा माइत गइन । बहिनीहरू उनकै पछि लर्को लागे । निम्ता त भान्दाइलाई पनि आएको तर माइजूकी भदैको बिहेमा रात भरि बस्नु जरुरत थिएन र उनी रात नपर्दै फर्केर आए । म त नयाँ बेहुली बन्न लागकी मानिस, बिहेमा नै गइनँ र शायद सबैले यसलाई असामान्य मानेनन होला र कसैले सोधिहाले पनि आमाले कुनै एउटा बिङ्गो लगाइदिइन होला । भान्दाइ आए पछि मैले खाना बनाएँ र भान्दाइलाई पनि खान बोलाएँ । भान्दाइले 'मलाई खान मन छैन, पेटै टन्न छ बिहे खाएको' भन्दा मैले पनि 'त्यसो भए म पनि खान्न' भनेर भाँडो नै थन्क्याइदिएँ । मेरो चाल देखेर उसले भन्यो - "नखाने भए किन पकाएकी त -" मैले पनि त्यस्तै जवाफ दिएँ - "घरमा दर्ुइ जना छौं , त्यसमा एउटाले हातै जुठो नपार्ने भएपछि अर्कोले किन खाने -" मेरो घर्ुर्की भनौं या जिद्दी जायज त पक्कै पनि थिएन तर के गरोस भान्दाइ - मलाई भोकै राख्न पनि त ऊ सक्दैनथ्यो । उसलाई थाहा थियो - म जिद्दी लिएपछि नखाइदिनसक्छ’ । त्यसैले उसले हार मानेर खान बस्यो तर भोज खाएर आएको मानिस के खानसक्थ्यो - हात मात्र जुठो पारेर उठयो । जे होस साथ दियो, यति पनि कम भएन, एउटा पराजय त स्विकार गर्‍यो । मलाई त्यस्तो लाग्यो । हामी सुत्न आ-आफ्नो कोठामा पस्यौं । सधैं मेरो वरिपरि सुत्ने आमा र बहिनीहरू थिएनन । शुन्य त यसै पनि लाग्ने नै भयो । त्यसमा पनि निष्ठा-अनिष्ठा, जय-पराजय, खुशी-वेदना यी सबै दोहोरी दोहोरी आएर मेरो घाँटी र छाती रहेका थिए । यी सबै एक्लै झेल्ने सामर्थ्य म किशोरीमा अवश्यै थिएन र त्यो मैले बाँडन सक्ने साथी पनि थिएन । कसरी लाग्न सक्थ्यो निन्द्रा मलाई - जति मलाई निन्द्रा लाग्दैनथ्यो त्यति नै त्यो घरमा भएको व्यक्ति भान्दाइ प्रति रिस बढिरहेको थियो । "मलाई भने निन्द्रा लाग्दैन, ऊ भने 'फ्वाँ, फ्वाँ' निदाइरहेको छ । मैले सहनुको पनि एउटा सीमा हुन्छ नि ।" - निराशाको आवेशमा म बरबराएँ । म झगडागर्न चाहन्थें ऊ सँग । मेरो अत्यासलाई कही ओकल्न चाहन्थें । त्यसैले म उठेर भान्दाइको कोठाभित्र पसें । कोठा निस्पट्ट अँध्यारो थियो तैपनि मलाई जिन्दगीमा हजारौं पटक पेगेको उसकेा खाटमा पुग्न कुनै अप्ठयारो परेन । ऊ निर्दोष बालक जस्तै निदाइरहेको थियो र त्यो समयमा मैले अनुभव गरें - एउटा सिङ्गो संसार दिए पनि म उसलाई त्यो निन्द्राको सुखबाट निकालेर आफ्नो कोपभाजन बनाउन सक्ने थिइनँ । उसलाई छोडेर जान पनि सकिनँ म । रात भरी अनगिन्ति सुखका सपनाहरू देखें मैले र हरेक सपनाको अतितमा, वर्तमानमा र भविष्यमा त्यही भान्दाइ टाँसिएको थियो । म उसैकी सँगी भएर बसें, उसैकी बेहुली भएर सिंगारिएँ, उसैका छोराछोरीकी आमा भएर उसलाई साथ दिएँ । एक रात त्यति लामो हुन सक्ने कुरा त सोच्न पनि नसकिने हो तर हुदोरहेछ त्यस्तो पनि । बिहान बिम्झदा म भान्दाइको छातीमा टाँसिएर सुतेकी थिएँ र उसको एउटा हातले बेरेको थियो मलाई । जतिसुकै गाहारो भए पनि मनलाई मार्दै उसको हात पन्साएर म बाहिर निस्के्र । मैले जितें कि हारें - आफै निर्ण्र्ाागर्नोस । म बिहे भएर गएँ - एउटा घरकी मालिक्नी भएर, कोही अरुले नै जन्माएका छोराछोरीकी आमा भएर । त्यहाँका सबै चिज त मलाई सैहृय थिए तर त्यो पोइ भनिने जीव भने व्यक्ति भने मलाई कुहेको सिनो जस्तै गनाउथ्यो । अरु मानिस त त्यसरी गनाउदैनन नि । ऊ मात्र किन त्यसरी गनाउने - जब ऊ म माथि निहुरन्थ्यो मलाई ऊ ठयाक्कै मुख बाएर मलाई ठुङ्न आएको मुडुलो टाउके गिद्ध जस्तै लाग्दथ्यो । मलाई लोग्ने प्रति कुनै दुराग्रह या पर्ूवाग्रह थिएन, छैन तर पनि उ मेरो निम्ति सँधै घिनलाग्दो देखियो । तैपनि उसका छोराछोरीलाई भने मैले आफ्नैलाई जस्तो माया दिएँ । यो कुरामा भने मलाई कसैले पनि दोष लगाउन सक्दैन । भन्छन नि - समय सबैको औषधि हो र मृत्यु सबै सम्याउने लिडुल्को । पहिलो उक्तिले मेरो जीवनमा सामान्यता ल्याइदिने थियो होला र म आदिम नारी जस्तै एउटा लोग्नेमानिसको पछि लागेर कमारी झैं डोहोरिएर जीवन यापनगर्ने थिएँ होला तर मेरो बिहे भएको ६ महिना के बितेको थियो एक दिन बिहानै मेरो भान्दाइ मरेको समाचार आयो । त्यो सुन्दा मलाई त समय पल नै रोकिए जस्तो लाग्यो ।" एक छिन थामिएर ज्ञानीले 'हाइ' गरेर आङ तानी र भनी - "म झयाल पट्ट िबसँ” है -" उ किन झयाल तिर र्सन चाही - त्यो नबुझे पनि मैले उसलाई त्यो ठाउँ दिए । झयाल छेउ बसिसके पछि उसले बाहिर हेरेर भनी - "ओहो ! काठमाडौं त अघि नै छोडिसकिएछ ।" मैले मुस्कुराउदै भने - "थाहा छ तिमीलाई - हामीले बस टैण्ड छोडेको २ घण्टा भन्दा बढी भइसक्यो ।" मेरो भनाइ सुनेर उसले म तिर टाउको घुमाएर भनी - "यो यात्रा समय पनि कति अचम्मको चिज छ, हो कि - सहयात्री उपयुक्त भए र अझ मनस्थिति पनि शान्त भए बाटो र उमेर काटेको पत्तै हुदैन । छाती भरि व्यथा बोकेर एक्लै हिडनु पर्‍यो भने त प्रत्येक पाइला झन झन गर्‍हौं भएर निस्कन्छ, प्रत्येक छिन जुग भएर तन्कन्छ । अघि हामी काठमाडौंमा थियौ, भोलि मदेशको पल्लो कुनामा पुग्नेछौं । आजको निम्ति एकै ठाउँमा समेटिएकोे मानिसको यो गोलो भोलि घनले हिर्काउदा फुटेको गुच्चा जस्तै टुक्रा टुक्रा भएर यत्र तत्र र्सवत्र छरिने छ र फेरि हाम्रो भेट हुने सम्भावना छैन भन्दा पनि 'कहीं पो भेट हुन्छ कि' भन्ने एउटा आशाको त्यान्द्रो रहिनैरहन्छ । तर मुत्युले त त्यो त्यान्द्रो समेत उडाएर लादोरहेछ । उसले त जम्मै सोत्तर बनाइदिदोरहेछ । यो अकिञ्चन सत्यलाई पनि मान्न सकिनँ मैले पहिले त ।" म र मेरो लोग्ने पुग्दा भान्दाइलाई आँगनमा सुताइएको थियो । उसको अनुहार रङ उडेको गुनकेसरी जस्तो पहेंलो थियो र शान्त थियो ऊ सधैं जस्तै । मृत्युले पनि परिवर्तनगर्न सकेको थिएन उसको शान्तपनलाई । कसरी मर्‍यो भान्दाइ - कसैले उसले आत्महत्या गर्‍यो भनि ठाने । किन गर्‍यो आत्महत्या - उनीहरू सँग जवाफ थिएन । कसैले दर्ुघटना भयो भनि ठाने तर कसरी - उनीहरू सँग पनि जवाफ थिएन । कौसीबाट खस्यो रे । तर खसेको देखेको कसैले होइन । एकातिर मेरी आमा सँुक्कसुँक्क रोइरहेकी थिइन, अर्कातिर मेरा बहिनीहरू । काकाबाहरू फुपूलाई पर्खेर बसेका थिए । बजार नै खुप्लुक्क उल्टिएको थियो त्यो अनहोनीलाई हर्ेन । रमाइलो मेला लागेको थियो हाम्रो घरमा । देख्नुभएकोहोला नि तपाईले चौक, चौबाटोमा चटकेले 'यो भाइको मुट’ र फोक्सो झिक्छ’' भन्दै मुटु फोक्सो झिकेर हल्लाउदा 'अब के हुने हो' भनेर केटाकेटी र रमितेहरू पर्खेर बसेका । त्यस्तै थियो वातावरण त्यहाँ । सबै पर्खेर बसेका थिए एउटै चासोमा - 'अब के हुने हो !' कमी थियो त त्यही चटकेको जो 'अन्नदाता ! मालिक ! तपाईकै सामु मैले यो भाइको मुटु कलेजो झिकेकोछु, अब यसलाई बचाउन सकिनँ भने मैले के गरेर जुनी टार्ने - मेर बा嬺बच्चा कसरी पालन पोषण होलान - मेरा बुढा बाबुआमालाई के भनेर चित्त बुझाउने - ' भनेर ड&##2366;को छोडेर रुदै टोपी या टिनको बट्टामा सहानुभूतिको दाम अ’सल्छ । बजारको पुछार देखि नै कोकोहोलो मच्चाउदै आएकी मेरी फुपूले त्यो चटकेको रिक्तता पनि पर्ूर्ति गरिदिइन । उनको साथमा एउटा लर्को जोडिदै आएको थियो । उनले देवता देखि मानिस सम्म सबैलाई सराप्दै भाटले झैं भान्दाइको गुण बखान्न थालेपछि जात्रा जस्तै 'वाइँ, वाइँ' मानिसको गुनगुनाहट सुनिनथाल्यो त्यो हुलमा । ती आमालाई चोट अवश्य नै लागेको थियो र कसैले पनि त्यसमा शङ्कागर्न सक्दैनथ्यो तर 'मैले छोरोलाई माया गरेकी छु' भनेर डङ्का फुक्नुपर्ने आवश्यकता त कुनै पनि थिएन उनलाई । तब किन डाको छोडेर बजार नै उचाल्नु पथ्र्यो त उनीले । के यसलाई सहज मृत्यु नमानेर कसै माथि आरोप लगाएकी थिइन उनले - कि सबै भन्दा बढी मै मायागर्छँु भनेर रोदन प्रतिद्वन्दिता गरेकी थिइन उनले - भान्दाइको लाश उठाउदा पनि मेरो छाती चसक्क पनि घोचेन । न मेरो आँखा नै रसायो । सधैंको स्वाभाविक प्रकृया जस्तो लाग्यो मलाई । खालि आक्कल झुक्कल भान्दाइको आवाज 'छवास्स, छवास्स' कानमा भने बजथ्यो । त्यहाँ कसैले मेरो विशेष चासो पनि लिएन र चासो लिनुपर्ने आवश्यकता पनि थिएन । केवल आमाले एक पल्ट भनेकी थिइन - "यस्तो जिउले नआएकी भए हुने ।" "आमालाई साथी चाहिन्छ भने तिमी यहीं बसन त ।" - मेरो लोग्नेले भनेथ्यो तर म बस्न मानिनँ । बा नहुदा भान्दाइले त्यो घर शुन्य हुन दिएकाृे थिएन तर अब त भान्दाइ नै थिएन । उसको ठाउँ कसले पर्ूर्ति गर्ने - भान्दाइ बिनाको त्यो घर तिहुन बिनाको भात जस्तै थियो - निल्नै गाहारो, बेहोर्नै पनि अप्ठयारो । त्यो घरमा बाको अस्तित्व आमा थिइन, हामी दिदीबहिनी थियौं तर भान्दाइ त त्यो घरमा एउटा धर्र्सो पनि न छोडी गएको थियो । ऊ त म जहाँ थिए त्यही थियो । म बिना त उसको अस्तित्व नै थिएन । त्यसैले मैले त्यो घर कर्ुनु पर्ने आवश्यकता देखिनँ र म घर फर्कें ।" ज्ञानीको स्वर रोकियो । बत्तीको मधुरो प्रकाशमा उसको अनुहारमा कहीं रित्तोपन देखिन्थ्यो - च्याँखेले टाट पारेको खालेको जस्तो । शायद उसको मनमा वर्तमान भन्दा अतित प्रवल भएको थियो र उसले 'म आफू कहाँ छु'भन्ने बिर्सिर्एकी हुनसक्थी । एकाएक हर्न बज्यो । ज्ञानी झस्की र असजिलो मानेर मलाई हर्ेर्दै भनी - "यो भोंपु त बाटोको प्रत्येक अप्ठयारो मोडमा बज्छ तर जीवनमा त यस्तो भोंपु हुदैन नि । जीवनको भोंपु त बजेपछि सधैं बजिरहन्छ, र थामिएपछि फेरि टिं सम्म पनि गर्दैन । मेरो कानमा भान्दाइको आवाज के बज्न शुरु गरेथ्यो, सारङ्गीको र्‍याइँ र्‍याइँ जस्तो अविरल बज्न थाल्यो । झपक्क निदायो कि भान्दाइको स्वर बोलाउथ्यो मलाई । एक्लै कोठामा बस्दा भित्ता भित्तामा उसको स्वर प्रतिध्वनित हुन्थ्यो । मानिसको हुलमा बस्दा पनि कही भित्र उसको स्वर खुसुखुसु गरिरहन्थ्यो । प्हिले त लाग्यो त्यो स्वर स्वतः सेलाएर जानेछ तर स्वर यथावत बसिरहृयो । फेरि त्यो स्वर एक छिन के बन्द हुन्थ्यो कही भित्र घोचे जस्तो आभाष पाउथे. म । विस्तारै त्यो दुखाइ तिक्ष्णता त कम हुन््थ्यो तर छाती भने भरिदै आउन थाल्थ्यो र कुनै बोझले थिचे जस्तो लाग्थ्यो मलाई । "यसरी सधैं झोक्राएर काम चल्छ - अलि फुर्तीफार्ती गर्नुर्ँपर्छ अनि पो जिउ पनि चङ्गा हुन्छ । तिमी नै यस्ती भएपछि घर कसरी चल्छ, हँ -" - मेरो 坒ोग्नेले मलाई बराबर भन्ने गथ्र्यो । तर म गर्नसक्थें के - मैले चाहेर चाहेर त्यो स्वर कानमा बजाएको होइन र खोजेर त्यो बोझ छातीमा राखेको पनि हैन । मेरो अस्तित्वमा मैले भान्दाइ बोलाएको पनि होइन । कहीं प्वालबाट छिरेर आएको थियो ऊ र म त्यसलाई पन्साउने बाटो नै पाउदिनथें । म विरामी छु भन्ने सोचेर हो वा यो दोजिया आइमाई काम लाग्दिन भनी ठानेर हो मेरो लोग्नेले आफ्नी दिदीलाई आफू कहाँ मगायो । त्यो ४०।४२ की आइमाई घर भित्र पस्ने बित्तिकै घरको रुप रोगन नै अर्को हुनथाल्यो । केटाकेटीले समयमा खान पाए, सफा लगाए । घरको सरसामान हिफाजत हुनथाल्यो, सबै चिज यथा स्थानमा पाइन थाले । घर नै व्यवस्थित भयो । मेरो लोग्नेलाई म सँग बिहे गरेको अवश्य नै पछुतो भयो होला किनकि उसलाई छोराछोरी पाइदिन या साथ लिएर घुम्न स्वास्नी चाहिएको थिएन । उसलाई त शारिरिका आवश्यकता परेको बेला उपभोगगर्न र उसको घर व्यवस्थित राख्न एउटी आइमाई मात्र चाहिएको थियो र पहिलो खण्ड उसले म बाट पाए पनि दोश्रो भाग पर्ूर्ति हुन सकेन । त्यही पहिलो भाग त कुनै पनि आइमाईले पुरा गरिदिनसक्थी । हामी स्वास्नीमानिस सँग विकल्प हुदैन । त्यसैले जे भयो त्यसलाई नियति मानेर स्विकार गर्र्छौं । हाम्रो नाममा अरुले नै फैसला गरिदिने हुनाले 'मैले यो नगरेको भए' भन्ने पछुतो हामी सँग हुनसक्दैन । वर्तमानमा जे छ त्यसलाई करैले मान्नुपर्ने भए पनि, उत्तम समाधान मानेर त्यसमा बाँच्न सिक्छौं या बाँच्न वाध्य हुन्छौं तर लोग्नेमानिस, ऊ त आफ्ना प्रत्येक निर्ण्र्ाापछि पछुतो गर्दछ, निर्ण्र्ााा एक दर्ुइ दोषलाई बढाइ-चर्ढाई ठूलो देख्छ र आफूलाई दोषी ठान्छ । यही दषा मेरो लोग्नेको अवश्या भयो । म सँग प्रत्यक्ष त केही नभने पनि दिदीभाइका बिचका खासखुसले यस्तै कुरा देखाउथे । दिदीभाइ बिचको कुरा सुन्न नचाहदा नचाहदै पनि एउटै ओत मनि बसेपछि त्यो पनि नसुनी नहुदोरहेछ । एक दिन दिदी भन्दै थिइन - "त्यो यसको भान्दाइ अगति परेर मर्‍यो । मलाई त त्यसैको प्रेत लागेको हो कि जस्तो पो लाग्छ ।" "खै हो कि, दिदी । मैले त 'तँ न जा' भनेको हँ’ नि त्यही बेला तर त्यसको जिद्दी कस्तो छ देखिहालेकी छौ तिमीले ।"- मेरो लोग्नेले दिदीको शङ्कामा केही सहमती जनाएर जवाफ दियो । "माया पनि धेरै गथ्र्यो कि त्यो भान्दाइले यसलाई -"- उनको भनाइ कथन र आरोपको दोसाँधमा थियो तर भाइले आफ्नो भनाइलाई आरोप नै ठानेर कुभावना लिन्छ कि भन्ने ठानेर होला आफैले त्यसलाई सच्याउन थालिन - "केटाकेटीदेखि नै त्यही घरमा बसेको मानिस । छोरो नभएको घरमा छोरै रहेछ नि त्यो बहिनीहरूले दाजु नै ठानेको । माया पनि सार्‍है गथ्र्यो कि के हो यो बहिनीको त -" उनको भनाइ फेरि पनि कथन र आरोपको बिचमा नै थियो । आफ्नो जन्मले दिएको स्वभाव छोडन उनीलाई त्यति सजिलो थिएन । उनको साथमा उनी भन्दा २।४ वर्षमात्रै कान्छो भाइ थियो । त्यसमा पनि उनी त लोग्ने भोगेकी विधवा । के शङ्का गर्ने ठाउँ छ भन्दैमा मैले पनि उनले जस्तै पापको पोको खोल्न मिल्थ्यो त - शङ्काकै आधारमा कुरा गर्ने हो भने त चोखो त आजै जन्मेको बच्चा मात्रै हुन्छ । अरु बाँकी त कहीं न कहीं त्यो सन्देहको दायराा भित्र परिनैहाल्छन । तर सन्सार त्यस्तै हो । कोही 'मानिसले पापै गर्न सक्दैन' भनेर आँखा चिम्लदै सबै पापलाई पखालेर पठाइदिन्छ । कोही शङ्काको सिन्कोलाई सिङ्गो घनो बनाएर आफ्नो पापी मनको कमाइ बार बार्छ ।" भाइबाट आफ्नो कथनको प्रतिकृया नपाएर उनले थपिन - "यो चालाले घर कसरी चल्छ, हँ, त्रि्रो -" दिदी मूल समस्या आए पछि भाइलाई भन्न सजिलो भयो र भन्यो - "त्यही त भन्दैछु म पनि । 'घर लथालिङ्ग भया'े भनेर बिहे गरेको, अब त झन भताभुङ्ग भयो । तिमीलाई 'आएर बस न' भनेको पनि तिमी मानिनौ । 'जोरीपारीले के भन्ला -' भनेर भन्न थाल्यौ । अब त भन्न कसैले केही पनि पाउदैन, बुहारी छ घरमा ।' "हो नि त्यो त तर बुहारीले नै भन्न सक्छे नि झन ।" उनले आफ्नो प्रतिरूप बनाउन खोजिन मलाई तर किन बन्ने, हँ, म उनको प्रतिरूप - मेरो लोग्नेले उसकी जेठी स्वास्नीलाई माया गरेको थियो र त्यस्ता अरु कतिलाई पनि माया गर्‍यो होला । त्यसको लेखाजोखा मैले किन राख्ने - र ती आइमाई प्रति मैले चासो राख्नुपर्ने पनि किन - मेरो निम्ति त लोग्ने केवल लोग्ने हो एउटा ढिंडोको डल्लो, एक चोइली भात या एक लोहोटा पानी जस्तै भोक या तिर्खामा उपभोग गरिने वस्तु । म अघाए पछि त्यो जुठो जसले सोहोरे पनि मलाई के वास्ता - "त्यस्तो भन्न सक्ने त जहिले सुकै जही पनि निस्कन सक्छन । त्यसैले यी शङ्कालाई यहीं छोडिदिऊँ । तिमी पनि केको निम्तिा बस्नुपर्‍यो वहाँ - कस्को मुख हर्ेर्नु छ र तिमीले - त्यहाँ पनि एक्लै बस्ने न हो ।" - भाइले दवाव दियो । भाइको दवावमा दिदी मसाङ्ग्र्रिइन - "अरु त केही होइन, त्यो खेतीपाती भने बित्छ नै ।" "त्यो त म हर्ेन लगाइदिइहाल्छु नि । तिमी मेरो जिम्मा भए पछि तिमीले त्यसको चिन्ता लिनु पर्छ र -" - भाइले फैसला गरिदियो र दिदी त्यहीं बसिन । त्यो घरमा जुन कामको निम्ति म ल्याइएकी थिएँ त्यो दिदीले पुरा गरिदिन थालिन । तर यो भनाइको गलत अर्थ तपाई नलगाउनोस् नि । त्यो सम्बन्धको चासो म स्वास्नीले त कोटयाइनँ भने अरुले त्यहाँ छिर्न खोज्ने किन - खोतल्दै गएपछि त कहाँ पुगिन्छ कहाँ के ठेगान - अनावश्यक खोतलाईको के अर्थ - 'असत् छैन' भनेर सत्लाई मात्र स्विकार गरे पुगेन र - अब त त्यो घर भित्र मेरो काम पनि केही भएन । पहिले त केही काम गर्नै पथ्र्यो । आफ्नो निम्ति पनि, छोराछोरीको निम्ति पनि र लोग्नेको निम्ति पनि । नगरे पनि या गर्न नसके पनि लोग्नेको भनाइ त सुन्नु पथ्र्यो । दिदीको उपस्थितिले त्यो सबै मेटिदियो । खम्बा भएर थामिन उनले त्यो घर । मैले बुझें र मेरो लोग्नेले पनि बुझयो - गलत व्यक्ति पुगिछु म त्यो घरमा । झारफुक, टुनामुना, धामीझाँक्री सबै भयो मेरो निम्ति तर कसैदेखि डराएन त्यो भान्दाइको स्वर र मलाई छोडेर गएन । 'हो, म भान्दाइ हु’, यसलाई लिएर जान्छु' भनेर ठुलै स्वरले हप्कायो उसले झाक्रीलाई । झाक्रीले प्रेतलाई बकाएँ भनिठान्यो । 'यसलाई मन्साउछु, पन्साउछु ' भनेर सोच्यो । सालधुपको धुवाँ दियो मैले कायल हुनुपर्नेगरि, खोर्सर्ााको राग दियो मैले रुनु पर्नेगरि । "कस्ता, कस्ता जिराहालाई बकाएको छु, यस्तै नाथेलाई ।" - फुतीै लगायो झाक्रीले । त्यति सजिलै त किन जान चाहन्थ्यो त्यो प्रेत - ऊ त मलाई समेत लिएर जान चाहन्थ्यो र झाक्री उसलाई मात्र भगाउन खोज्थ्यो । रातरात भर सास्ती दियो झाक्रीले त्यो भान्दाइको प्रेतलाई । धुवाँको मुस्लोमा काम्न लगायो, पुषको चिसो रातमा पानी खन्याएर बक्न लगायो । भाक्यो, भाका स्विकार गर्न लगायो । मन्त्र र टुनाको सुल हान्यो । माटोको कालो हाँडीमा कालो भालेको टाउको कालो कपडामा बेरेर चौबाटोमा गाडन लगायो । अन्त्यमा जान्थ्यो वा जादैनथ्यो त्यो भान्दाइको स्वर, भुत, प्रेत वा जे भनौं तर मेरो गर्भ भने खेर गयो ।" यति भनेर ज्ञानी रोकिई । ऊ यस्तो विन्दुमा आएर रोकिई कि मैले आफ्नो उत्सुकता थाम्न सकिनँ र सोधिहालें - "त्यस पछि -" एकाएक ज्ञानीको अनुहार कठोर भयो र उसले ओठमा व्यंग्यात्मक मुस्कुराहट ल्याएर भनी - "मलाई अचम्म लाग्छ, किन यहीं आइपुगेपछि सबै लोग्नेमानिसको चासो एकाएक बढछ - जसको पनि किन त्यही नै प्रश्न हुन्छ - त्यसपछि के - के हुन्छ लोग्नेमानिसमा त्यहाँ - नारीको पराजयको आनन्द कि ऊ प्रति सहानुभूति - नत्र कथाको यही विन्दुमा नै उनीहरू सबैको एउटै चासो किन -" ज्ञानीको भनाइ कटु थियो तर उसले भनेको कुरा साँचो हो भने त्यो चासो किन थियो त लोग्नेमानिसमा - एउटी सामान्य स्वास्नीमानिसले त्यो प्रश्न उठाएको भए मेरो निम्ति असजिलो हुन सक्थ्यो र एउटा ठोस जवाफ दिन करै लाग्थ्यो तर ज्ञानी त सामान्य देखिन्नथी । त्यसैले स्वाभाविक जवाफ दिनुपर्ने आवश्यकता मैले देखिनँ र एकदम सरल उत्तर दिन खोजें - "कथामा कथाको निरन्तरता खोज्नु स्वाभाविक कुरा हो । त्यसैले प्रश्नमा समानता त हुने नै भयो ।" तर ज्ञानीले मेरो उत्तरप्रति वेवास्ता नै गरेर भनी - "उत्तर पनि सबै लोग्नेमानिसको यस्तै हुन्छ । त्यसैले मलाई त्यसमा विश्ाास लाग्दैन । कुनै निश्चित पर्ूव धारणा नभई कसरी सबैका प्रश्न र उत्तर समान हुन सक्छन । प्रश्न त मैले गरेकी मात्रै । कारण त मलाई थाहा छ । सबै लोग्नेमानिसको दृष्टिमा नारी हेय पात्र हो सहानुहूतिको लायक मात्र । सम्मान त के घृणा पनि गर्न सक्दैन ऊ नारीलाई । एउटा कुकुरको छाउरो, एक टुक्रा जमिन, एक जोर लुगा जस्तै एउटा वस्तु ठान्छ आइमाईलाई । विषम हुन्छ लोग्नेमानिसको दृष्टि, आफूलाई उत्तम ठान्ने । आइमाई जस्तो सम बन्न सक्दैन ऊ । " "के भान्दाइको पक्ष पनि यस्तै थियो त -" - मैले उसलाई सामान्यतामा ल्याउन उसको कमजोरीमा हिर्काउने कठोर प्रश्न गरें । ज्ञानी अलि अलमलिई र भनी - "भान्दाइ - हो, भान्दाइ पनि लोग्नेमानिस हो तर ऊ रहृयो नै कहाँ र - मरणको सीमा पार गर्ने मानिसको त कुनै जाती, धर्म र आचरण नै हुदैन । ऊ त एउटा सम्झनाको अस्तित्वमा मात्र अडिएको छ । ऊ त अति नै छोटो गन्तव्यको साथी मात्र भया,े तपाई भन्दा पनि छोटो बाटोको ।" "त्यसपछि पनि के भान्दाइको स्वर गएन त -" - मैले उसको अलमलिएको मानशिकतामा केही वास्तविकता कोटयाउन सोधें । ज्ञानीले अतितको तन्मयतामा नै अल्भिmदै भनी - "जब म होसमा आएँ, मेरो टाउको रित्तो घ्याम्पो जस्तो हृवाङ्ग थियो । त्यसभित्र भान्दाइको स्वर थिएन । जसले बाहिर जे बोल्यो, त्यही थर्कन्थ्यो त्यहाँ भित्र । मैले त सोधें - 'कहाँ गयो भान्दाइको स्वर -' भनेर । मेरो भनाइ सुनेेर दिदी खुसखुसाइन - "सन्की कि के हो -" मेरो लोग्ने बढी समझदार छ । त्यसैले उसले भन्यो - "त्यो त्रि्रो व्यथा सँगसँगै गयो ।" पहिले त मैले मेरो बच्चा खेर गयो भन्ने थाहा पनि पाइनँ । रित्तो पाएँ आफूलाई त्यति मात्रै । जब थाहा पाएँ, मैले त्यो क्षयको आत्मसात गर्न सकिनँ । त्यो क्षतिको अनुभव नहुनुको मुख्य कारण मलाई मेरो प्राप्तिको महत्व नहुनाले होला अथवा भान्दाइ जानुको क्षतिको सामु गर्भपात ठूलो लागेन होला । मेरो गर्भपातको पश्चाताप मेरो लोग्नेलाई पनि लागेन । लागोस् पनि किन - उसलाई छोराछोरी चाहिएको थिएन र उसको म प्रति माया पनि थिएन । अझ उसकी दिदीले पटक पटक मेरो गर्भलाई महिना महिनाको गिन्तीमा अस्वभाविक बनाउन खोजेपछि त्यो गर्भ अडनुमा भन्दा जानुमा उसले भलो देख्यो होला । लोग्नेमानिसको स्वास्नीप्रतिको स्वार्थ्य पनि यस्तै होइन र - रहृयो घरव्यवहार चलाइदिने कुरा । त्यो पनि म बाट पुरा हुनसकेन । निस्वार्थ्य माया त जीवनको कमाइ खानु नपर्ने र मरिदिदा हुन्छ भन्ने ती कलिला लैलामजनुहरूको पो हुन्छ त । "भान्दाइले त्यसै गरेन र -" - मैले उसको अस्पष्ट भनाइलाई प्रष्ट गराउने प्रयाश गरें । "भान्दाइ किन मर्‍यो - जवाफ कही पनि व्यक्त हुन सकेन । ऊ आफैले कही पनि भनेर गएन । मृत्यु नै अव्यक्त भएपछि त्यो मृत्युलाई व्यक्त मान्ने कसरी -" - उसले चिन्तासाथ मेरो अनुहार हेरी । "उसको मृत्युको कुनै अर्थ थियो भन्ने त तिमीले निश्चित त अवश्य गर्‍यौ होला नि , नत्र त्यो घटनालाई यपत लामो समय सम्म सँगालेर कसरी राख्यौ -" - मैले 坄ातेको फलाममाथिको चोट कम गरिनँ । "ऊ मेरै कारणले मरेको हा'े भन्ने मलाई लागेको त हो तर 'किन मर्‍यो - मरेर उसले के पायो - नमर्दा के नोक्सानी हुन सक्थ्यो -' त्यो मैले अहिले सम्म छुटयाउन सकेकी छैन र अरुले पनि भनिदिएनन् मलाई । उनीहरूले त उसलाई एउटा फुटेको फुललाई जस्तै बिर्सिदिए ।" - ऊ झन अलमलिई । "त्रि्री आमाले त केही भनिन होला अथवा बहिनीहरूले नै पनि त केही सुत्र त दिए होलान । उनीहरूले त त्यति सजिलै लिएनन होला नि त्यो मृत्युलाई -" - मैले फ孏रि थपें । ज्ञानीले मुङलिङको बिसौनीमा अडन लागेको बसबाट बाहिर हेरेर भनी - "टुङ्嫭्याउFm यो अध्यायलाई यही । मानिसका आफ्ना आफ्ना कथा हुन्छन र उनीहरूको उनीहरू सँगै छ ।" क्षणक्षणमा बदलिे उसका आवेगहरूको कारण ज्ञानी एउटा मंच बाट अर्को मंचमा पुगिसकेकी थिई र मैलेे उसलाई त्यसमा फर्काउन प्रयाशगर्नुँ उचित ठानिनँ । ऊ आफ्नोे खुशीले भनिरहेकी थिई र ऊ जे भन्थी त्यही सुन्नसक्ने मात्र मेरो अधिकार थियो, ऊ बाट म माग गर्न सक्दिनथें । त्यसैले एसको अनिच्छालाई स्किारेर मैले व्यवहारिक प्रश्न मात्र गरें - "ल, हिंड बाहिर । एक छिन खुट्टा पनि तन्काउनर्ुपर्छ, नत्र रातभरमा पुरै कँुजिइन्छ ।" ज्ञानी म सँगै बाहिर निस्किई र नजिकैको पसल तिर हेरेर भनी - "एक कप चिया मात्रै खाने ।” मैले उसको भनाइमा शङ्का उठाएर भनें - "चिया मात्र खाएर पुग्छ होला र -" मेरो कुरा सुनेर उसले मुस्कुराउदै भनी - "अवश्य पनि पुग्दैन तर अरु चिज त म सँग भित्रै छ । म सधैं नै यात्रामा दर्ुइ जनाको भाग बोकेर हिडछु । सहयात्रीको निम्ति पनि चाहियो नि, होइन - तर सबैले त कहाँ खान्छन र - कति बोल्न पनि गाहारो मान्छन, कतिले सौहादर््रतापर्ूवक अस्विकार गर्छन र कसैकसैले खान्छन पनि । तपाई त खान अस्विकार नगर्नुहोला नि -" ज्ञानीको अनुहार एकदम प्राकृतिक थियो । ३।४ घण्टाको अवधिमा ज्ञानी अहिले सामान्य देखिएकी थिई । त्यसैले उसमा सामान्यताका क्षणहरू पनि देखापर्दारहेछन भनिठानें मैले । "सानेलाई पुग्छ र मैले खाइदिएँ भने -" - मैले शिष्टाचारवस आनाकानी गरें । ज्ञानीले मेरो शिष्टाचार प्रति कुनै ध्यान नदिएर मेरो प्रश्नको मात्र जवाफ दिई - "सानेले खान्छ मैले ल्याएको कुरा ! उ त हिडनु अघि नै 'आज बाटोमा मासुभात खाइने भयो' भनेर हल्लाखल्ला गर्दै थियो । यी केटाहरूलाई के मिठो लाग्ने, हँ, त्यो होटेलमा पाइने बासी भात र मासु - मलाई त सम्भFmदा पनि वाक्का आउँछ ।" कहिले पनि बाहिर खान वाध्य हुनु नपर्ने स्वास्नीमानिसले त्यो भन्नु पनि ठिकै थियो र जहिले पनि घरैको खान वाध्य हुनु पर्ने सानेले पनि आफ्नो मनको चाहना प्रश्तुत गर्नु स्वाभाविक थियो तर बराबर बाटोको ओहोरदोहोर गर्नु पर्ने म जस्तो मानिसलाई न सानेको जस्तो खानको शोख हुन सक्थ्यो न ज्ञानीको जस्तो खाना विशेष प्रति घृणा । उसले त उपलब्धता र आवश्यकताको संतुलनलाई पालन नगरी सुख हुदैन तर ज्ञानीको कुरालाई स्विकार या अस्विकार गरिरहन मलाई आवश्यकता थिएन । त्यसैले मैले कुनै जवाफ दिइनँ र ज्ञानीले पनि जोड गरिन । मुङलिङ बाट बस चल्दा हामीले खाइसकेका थियौं । त्यो समय सम्म ज्ञानीले आफ्नो अतित या वर्तमान सँग सम्बन्धित कुनै कुरा उठाइन । उसले खानाको प्रशङ्ग उर्ठाई, बाटोमा पर्ने होटेलहरूको बदख्वाइँ गरी । आफू भित्र पसेर सित्तैमा मिठो मसिनो खाई बाहिर यात्रुहरूलाई ठग्ने मौका बनाइदिने स्टाफ भनिने ड्राइभर, कन्डक्टरहरूको उछित्तो काडी । बाटो बनाउने इन्जिनियर, ओभरसियर सबैलाई 'काम नगर्ने, घुस मात्र खाने' भनेर उपाधि दिई । बसमा यात्रा गर्ने सहयात्रीहरूलाई पनि मानवता विहिन रमितेको संज्ञा दिई । बस गुडे पछि भने कोक्रो हल्लाउदा बिम्भिmएको नानी जस्तै उसको सुषुप्त मस्तिस्क फेरि बिम्भिmयो र उसले विस्फारित आँखाले मलाई हेरेर भनी - "जीवन जस्तै यो गाडी पनि गुडयो । यो गाडी त चालकको इच्छामा रोकिन सक्छ तर जीवन त तपाई हामीले चाहे पनि रोकिन सक्दैन । मलाई त लाग्छ - यसमा त हाम्रो हुनु, नहुनुको अर्थ पनि त्यति छैन । त्यो गुडेको जीवनको एक अंशमा हाम्रो बाँच्नुको समयावधि रहन्छ र बाँकी हाम्रो अनस्तित्वको । जीवन त मानौं शांख्यमा भने भै+m अनन्त अदृश्यमा एउटा अति छोटो दृश्य मात्रै हो । 'अजो नित्यम्' भनेर हामी आफूलाई अमर बनाउने मिथ्या प्रयाश गर्र्छौ तर यही यही गाडी चर्ुर्लुम्म त्रिशुलीमा डुब्यो भने हाम्रो नित्यता त्यहीं अन्त्य हुन्छ । देख्नु भो , कति क्षणभङगुर छौं हामी - दर्शनले तान्दैमा हामी अनन्त हुन्छौं र - आँखा चिम्लदैमा हामी अनन्त हुन सक्छौं र - हेर्नोस्र न । विधाताले यो दर्ीघजीवि कछुवालाई आफ्नो प्रतिरक्षाको निम्ति कति बलियो खबटा हालिदिएका छन । विपत्ति देख्यो कि ऊ त्यो खवटा भित्र लुकिहाल्छ । हात्तीको वजनले पनि उसलाई किच्न सक्दैन । हामी सोच्छौ - ऊ अजेय छ कसैको दार्‍हा नङ्राले पनि नभ्याउने तर ऊ घोप्टो परेर लुक्न पाउन्जेल मात्र त्यो खवटा उसको ढाल हो, उसको जीवन हो । उत्तानो परे पछि त त्यही खवटा उसको मृत्यु हो, कालको डोरी हो । त्यसपछि त लामो र पीडादायी मृत्यु मर्छ ऊ । यो घरवार पनि पनि त्यही कछुवाको खवटा हो । साराले सुखका दिन हेरेर यसलाई तौलेका छन । जव अशक भएर एक्लै शुन्य हेरेर मुत्यु कर्ुर्नु पर्छ, बाँच्नुको अर्थ त यातना हुन्छ र ऊ त्यो यातना बिर्सन सपना देख्ने प्रयाश गर्दछ । ऊ आफूलाई एउटा बाट अर्कोमा अल्झाउदै सुगम बनाउन प्रयाश गर्दछ ।" ज्ञानीको ज्ञानप्रवाह रोक्नुपर्ने आवश्यकता देखेर मैले सोधें - "ज्ञा宔ी ! तिमीले आफ्नो जीवनको एकदम छोटो अंश मात्रै भन्यौ र मैले त्यहाँ तिमीले यत्रो ज्ञान र विद्या पाउने सम्भावना देखिनँ । तिमीले यत्रो ज्ञान पायौ कसरी -" ज्ञानीले आफ्नो धारा प्रवाहको निरन्तरमा नै जवाफलाई जोडदै भनी -त भनें 嬰ि कछुवाको खबटा रहेछ घरबार र जीवन । घर र केटाकेटी मैले हर्ेर्नु परेन , लोग्नेको इच्छाअनिच्छा मैले जान्नु परेन र जान्ने सामर्थ्य पनि थिएन मेरो । त्यसमा पनि मेरा अरु सन्तान नहुने भन्ने निक्र्योल भए पछि त उत्तानो परेको कछुवा भइनँ त म - म सँग म坧रो अतित मात्र थियो, भविष्य छदै थिएन र वर्तमान अनन्त शुन्य जस्तै कहिले नटुंगिने पीडादायी निःशब्दता थियो जसलाई बिर्सन मैले अतितको सपना देख्न थाल्नु पथ्र्यो । मेरो लोग्ने र उनकी दिदीको दृष्टिमा म , बौलाही न सही, सन्केकी अवश्य थिएँ । त्यसैले उनीहरूले मेरो कुराको त्यति वास्ता गर्दैनथेर कामको आशा पनि राख्दैनथे । मैले केही त गर्नै पर्ने थियो तर म सँग गर्ने केही पनि थिएन । म घरको चार दिवार भित्र ंरुमल्लिएर बस्थें । भाग्य भनौं कि दर्ुघटना या घटना मात्रै भनौं म सन्तान नभ्एर पनि आमा भएकी थिएँ । मेरा लोग्नेका बुझने छोराछोरी त मलाई सानीमा भनेर बोलाउथे तर पाँच वर्षपनि नपुगेकी त्यो सानी छोरी भने, किन हो कुन्नि, सानीमाको साइनो समाउन नसकेर आमा भनेर बोलाउथी । उसकी फुपूले त्यो साइनो छुटाउने प्रयाश गरेकी पनि हुन तर त्यो केटीले दाजु, दिदीले जस्तो फुपूको इच्छालाई पुरा गर्न सकिन । फुपू सामु परे पछि ऊ अत्तालिन थाल्थी, बिरालोको पन्जाले छोइसकेको मुसो जस्तै लटपटिन्थी । फुपूले हप्काइन्, तर्सर्ाा र फकाइन् पनि तर थ्या अवोधले उनको चाहनाको भाषा पढन जानिन र मेरै पछि लागिरही । मलाई पनि साथी चाहिएको थियो । साथी त त्यो बच्ची के हुनसक्थी र - साथ भने दिई उसले । तपाईलाई थाहै होला ,मीन दाइ, ती बजबर भनिने ठाउँहरूमा २।४ पैसा हुने र कमाउनेहरूलाई साहु भन्ने गर्छन र साहुहरू आफूलाई अरु भन्दा अलग्ग ७ान्छन । उहिले तिनीहरू लगानी पात लगाउने गर्थे र धितो राखेर चर्को ब्याजमा रिण दिने गर्दथे । आजकल तिनका ठाउँमा बैंकले लगानी गर्ने भएका र कसैले गरिहाले पनि त्यसको संरक्षण कानुनतः नहुने हुनाले कोहीकोहीमात्र त्यस्तो जोखिम उठाउछन । खेतिपाती त्यस्ता साहुकोमा गरिदैन, अरु बाट नै गराइन्छ । त्यसैले त्यो मेरो घरमा पनि केटाकेटीको खास काम केही थिएन । उनीहरूलाई झोला बोकेर पढन पठाइन्थ्यो । गाउँ घसमा पो केटाकेटीले बाख्रापाठा, गाईवस्तु हर्ेदथे, चराउथे । बजबरमा त त्य पनि सम्भव थिएन र बजबरका साहुका छोराछोरीले त्यसो गर्दा नाक काटिने डर थियो र केटाकटीलाई पढन पठाउनु पनि सामाजिक मर्यादाको कर थियो । त्यो मेरी सानी छोरी पनि पिठयुमा झोला बोकेर पढन जान्थी र जहिले पनि बिहान खाना खायो कि मेरा अगाडि आएर भन्थी - "आमा, मलाई राम्री बनाइदेन ।" ज्स्तासुकै दूच्छर कर्कसाले पनि त्यो तोते बोलीको माग पुरा नगर्न सक्ने थिएन र म पनि उसलाई सिंगारेर पठाउँथे तर बेलुका फर्केर आउदा ऊ साउनको दिनमा गाउँ घुमेर आएको कुकुरको बच्चा जस्तै भएर आउथी । म झर्किएर भन्थें - "के गरेकी यो -" ऊ दौडदै आएर लाजले मेरो फरियामा अनुहार लुकाउदै भन्थी - "मैले गरेकी होइन, आमा, । आफै भएको । " त्यो बोलीको प्रतिवाद गर्न यबोदाले त सकेकी थिइनन भने मैले त के गरेर सक्थें र - तपाईलाई सुन्दा कस्ता कस्तो लाग्ला तर हर्नोस् , बसढाकी तरुनी स्वास्नी त बिहेकै रातमा बुढी हुन्छे । उसले बुहार्तन खप्नु पर्दैन, छोराछोरी पनि हर्ुकाउनु पर्दैन । त्यो बाहिरको कुरा त छदैछ , त्यो बाहेक उसले सुहागरातमा थाहा पाउछे कि उसके प्रणय वन्धन सुकेको रुख सँग बेरिएको बसेको तरुलको लहरा जस्तै बाहिर जतिसुके लहलहाउदो देखिए पनि उसका आकांक्षा, आवेग र सपनाहरू सधैं अतृप्त भएर छाती धित्र धरतीको तरुल जस्तै पुरिएर बस्छन । लोग्नेले मेरो मानशिकता बुझन सक्ने सम्भावना थिएन तैपनि ऊ आफूलाई सबै चिज बुझने बुज्रुगमा नै दर्ता गथ्र्यो र सबैले त्यो मानेका पनि थिए । मेरो मानशिकता त त्यै सानी छोरीले पो बुझेकिथिई कि शायद । "त्रि्रो दाँत रामैो छ , अमा, तिमी हाँस न।"-मेरी छोरीलाई म हाँसेको मन पथ्र्यो शायद । त्यो गनाउने मुख लगाएर बस्ने आमा भन्दा त अवश्य नै बत्तिसी देखाएर हाँस्ने आमा राम्री लाग्थी होला त्यो बालखलाई तर म सँग हाँस्ने परिस्थिति नै कहाँ थियो र - दिन भरी दिदीको दायित्वमा थिचिनु पथ्र्यो मैले र राति मेरो लोग्ने ओथारो बसेको कुखुरोले फुल छोपे जस्तै मलाई गाँजेर बस्थ्यो । किन हो किन - मलाई ऊ 圼हिले पनि बगलामूखीको छिप्पिएको बोको जस्तै गनाउथ्यो ऊ मलाई तैपनि मैले उसको अगालोमा त सुत्नै पथ्र्यो । "सबै लोग्नेमानिस त्यस्तै हुदैनन् होला नि -"-मैले ज्ञानीको अन्तर्भाव छाम्न प्रश्न गरे. । "धेर थार सबै नै उस्तै हुन तर के गर्ने - सबै स्वास्नीमानिस लोग्नेमानिसमा नै मोहित हुन पुग्छन । ठान्छन - लोग्नेमानिस बिना जीवन अधुरो हुन्छ ।" "सबै स्वास्नीमानिस बुढो लोग्नेका तरुनी स्वास्नी हुदैनन, त्यसैले होला ।" - मैले भावार्थ दिन खोजें । "अँ, हुनसक्छ त्यो ।" - ज्ञानीले कुनै रहस्यात्मक सुत्र फेला पारे भै+m गहिरिएर र्समर्थन जनाई र एक छिन थामिएर फेरि भन्न थाली । "साहुका छोराछोरी पढाउन सधैं माष्टर आउँथे उमेरका हिसाबले मेरै लोग्नेको समकालिन । साइनो मलाई भाउजूको लाउने गर्थे उनी तर त्यो साइनो वास्तविक हो जस्तो मलाई लाग्दैन । एउटा बजबरमा बसे पछि प्रत्येकलाई केही न केही साइनो लाउनैमर्ने हुनाले सबै भन्दा सजिलो दाइ साइनो मेरो लोग्ने सँग जोडिएको भन्ने ठान्छु म । पढाउने मास्टर घर भित्र पस्यो कि ठूला केटा केटी तर्केर बाहिर निस्कन खाज्थे त सानी त पिलपिल गर्न थाल्थी । मलाई लाग्थ्यो - पढनु गाहारो कुरा हो नत्र केटाकेटीले मास्टर देखि डर किन मान्नु पर्ने - एक दिन दिदीले मलाई आदेश दिदै भनिन - "त्रि्रो काम केही छैन । ती केटाकेटी पढछन, मढदैनन बसेर हेरिदिए त हुन्छ नि ।" एनको आदेश कसले काट्थ्यो र -मास्टरले पढाउने ठाउँमा म बसे पछि ठूला केटाकटी तर्केर जाने सम्भावना पनि भएन र सानी पनि रुन छोडी ।मेरो उपस्थितिले उसलाई सामर्थ्य दियो मास्टरको अगाडि । क्ेटकटी त पढथे तर म भने के गरेर बस्ने - त्यो समस्या पनि त कम थिएन । २।४ दिन त धुम्धुम्ती बसिरहे्र तर खल्लो दृखियाृ होला यसरि बस्दा । अति ने खल्लो दखिएको हुनर्ुपर्छ सानी छोरीले समेत आभाष पाउने । अरुले केही नभने पनि उसले त मुख फोरिहाली - "आमा ! तिमी पनि पढ न ।" उसको कुरा सुनेर मास्टरले थपे - "पढे हुन्छ नि , भाउजू । यसै बसिरहनु भन्दा त केही कुरा सिक्नु राम्रो हो नि ।" मैले पहिले पढेका कुराको पुनरावृत्ति गर्न थालें । मेरी सानी छोरी मैले पढेको देखेर समाउदै घरका प्रत्यक सदस्यलाई सुनाउन पुगी र उसका दाजु दिदीले छर छिमेकमा कुरा पुर्‍याए । मैले पढन शुरु गरें भन्ने कुरा त्यहाँ नौलो भयो , नौलोे यस अर्थमा कि बिहे गरेकी स्वास्नीमानिसले पढनु त्यो समाजमा नौलो थियो । अझ मत बुढाकी स्वास्नी र बुढाकी स्वास्नी त जहिले पनि शङ्काको दायरा भित्र पर्दछे । उसलाई त उडनलाई पखेटा उचालिसकेको चरो झैं ठानिन्छ । छोराछोरी नहुने बुढाकी स्वास्नी त झन टक्का राँड जत्तिकै न घरकी न घाटकी मानेर अपमान गरिन्छ । अझ पढन थाली रे भने पछि त पोइल हिडनै लागी भन्ने ठाने सबैले । त्यो समय सम्म मैले सबै कुरा भोग्दै आइरहेकी थिएँ । बाबुको मृत्युको दिन देखि नै दर्ुभाग्य म माथि अन्याय गर्दै आइरहेको थियो र मैले मौन भएर सबै सहदै आएकी थिएँ । मेरी सानी छोरीका हरेक वचन उसको आत्मा देखि नै निस्किएका थिए । उसको स्वार्थ्य अवश्य थियो त्यसमा तर उसले त्यो स्वर्थ्य लुकाएकी थिइन । उसको भनाइले मेरो यथार्थ प्रष्टयाइ दिएको थियो र त्यो यथार्थ मैले आत्मसात गरिसके पछि मेरो लोग्नको दवाव र दिदीको कचकचले पनि आत्मनिर्ण्र्ााबाट मलाई रोक्नसकेन । म मान्दछु कि मलाई पढाउनु मेरो मास्टरको स्वार्थ्य थियो । मौका पाएको बेला उसले मलाई थिच्यो, किच्यो, निचोर्‍यो तर उसले मलाई शुन्यताको समयमा एउटा दिशा निर्देश गरेको थियो र त्यति गुरु दक्षिणा दिन मलाई कुनै आपत्ती भएन । उसले माग गरेको भए म एक क्षण स्वास्नीकै माग पनि पुरा गरिदिने थिएँ होला तर उसले माग नगरेर भद्रता देखायो । त्यसैले उसको शिक्षा दान म निशुल्क ठान्दछु । तपाईले सोध्नु भयो नि कहाँ पाइस् शिक्षा - भनेर । माइतीमा पाएको मेरो साक्षरताको ज्ञानलाई शिक्षा नभन्ने हो भने मेरो पढाइ मेरी सानी छारी सँगसँगै भएको हो तर मैले उसलाई सजिलै सँग उछिनें । शुरुशुरुमा मेरो लाग्नेले मेरो विरोध पनि गरेको हो तर छोराछोरीको नाता या लोग्नेको मायाले नबाँधिएकी स्वास्नी सँग साति अँगालो मारेर सुत्नु पनि पर्ने र दिउसो विरोध गरिरहने स्थिति बनिरहन सकेन । उसले मेरो हठलाई मान्नै पर्‍यो र दिदीलाई पनि मनाउनु पर्‍यो । मेरो गुरु कुनै विद्वान त हौइन तर पनि उसले जति शिक्षा दियो त्यो उसको आन्तरिक चाहनाबाट आएको थियो । म उसकी प्रमिका थिएँ र बुढेस कालको तरुनी माथिको प्रेम साँचै नै गहिरो र आत्मिय हुदोरहेछ । म उसकी प्रेमिका, ऊ मेरो गुरु । कति विपरित हुन्छ ह कि मानिसको सम्बन्ध पनि - मेरो गुरुको प्रयाशले मैले बुभे+m - पढनु स孕वयम् एउटा आनन्द हो । जति नया चिज जान्यो उति बढी जान्ने सामर्थ्य बढछ, उति बढ जिान्ने चाहना हुन्छ । उसले आफूले सके सम्म नयानया किताब त्याएर दियो - खोजेर ल्यायो, मागेर ल्यायो, किनेर ल्यायो । तर कति नै थिए होलान् र त्यो बजारमा उसले पाउनसक्ने किताब - अखिर त्यो स्रोत निख्रियो र यदाकदा बाहिरबाट आउने किताब मात्र पाउन थालें म । मेरो शिक्षाको चाहना देखेर एक दिन मेरो गुरुले भन्यो - "जाँच दिनोस, भाउजू, तपाई ।" ऊ मेरो गुरु मैले उसको निर्देशनलाई नमान्ने कुरै भएन र विद्यालयको परिक्षा मैले पढाइ शुरु गरेको तेश्रो वर्षा नै दिएँ । तपाईलाई मेरो गुरुको बारेमा पनि भनिहालुँ । मैले पहिले नै भनिसके - मेरा गुरु र मेरो लोग्ने समकालिन भनेर । उनीहरूको डिलडाल, बनौट पनि उस्तै उस्तै । केवल मेरो लोग्ने प्रशस्त खान पाएको मोटो घाटो, मेरो गुरु सधैं मास्टरी गरेर खानुपर्ने हुनाले होला अलि ख्याउटे । तमसुक र रसिद भर्पाई सम्म लेख्न जान्ने मेरो लोग्नेलाई म साक्षर ठान्छु तर मेरो गुरु त पुरानै स्नातक थियो , विद्वान थियो । म सँगको उसको नाता उक छिन नहर्ेर्ने हो भने ऊ नैतिकवान पनि हो भन्ने म ठान्दछु । त्यही नैतिकताले होला उसले म सग यौन सम्बन्ध राख्न खोजेन । "उसले खोजेको भए तिमी स्विकृति दिने थियौ र -" - मैले ज्ञानीको कुरा काटेर सोधे । ज्ञानीले आफ्नो प्रवाह सँगै मेरो प्रश्नको जवाफ दिई । "यदि यसतो भएको भए यो पर्ूवशर्त नै एक दम काल्पनिक हो । उसलाई नभेटेको भए के हुने थियो - न आएको भए के गर्ने थियौ - न सुनेको भए कस्तो हुने थियो - यस्ता नभएका कुराको सम्भावनामा मेरो विचार जादैन । म नजन्मेकी भए यति लामो कथा नै बन्ने थिएन । त्यसैले तपाईको प्रश्नको जवाफ म सग छैन । त्यो बेला नउब्जिएको उत्तर आज खोजेर पाउन सकिदैन । मेरी सानी छोरी विवरामी परी । यसै पनि मेरी छोरीमा दर्ता भएकी उसको चासो दिदीले लिन्नथिन । त्यसमा पनि गुहुमुत सोहोर्न उनी के तयार हुन्थिन - सानी छारी पनि मलाई छोडन किन मान्थी - पहिले भन्दा अवश्यै त्यो ७।८ वर्षी मानिस धेरै बुझनसक्ने भइसकेकी थिई तैपनि मैले छोडेर हिडयो कि पिलपिल गरेर रोइरहने हुनाले मैले उसलाई छोडा सकिन । ऊ सधैं जसो नै मेरो गलामा नै झुन्डिएर बसिरही । सानी छोरीको औषधि गर्न धामी आयो , जोखाना हेर्‍यो र भन्यो - "ए , लागो रहेछ । मन्साए पछि जान्छ ।" एक माना चामल मिल्कायो , भाले काटयो , दाबाटोमा बत्ती बाल्यो तर सानी छोरीको व्यथा वीस बाट उन्नाइस भएन । झारफुकेको ओखतीले पनि पार लागेन । ऊ भने दिनानुदिन गल्दै गई । न आफू सुत्थी, न मलाई सुत्न दिन्थी । ऊ खान्नथी, उसको हालत देखेर मलाई पनि खान मन लाग्दैनथ्यो । हृेर्नोस, त्यो गाउले बजारमा के ओखतीमूलो हुन सक्थयो र - जो थियो त्यो गरे तर त्यसले निमन सम्म पनि भएन र एक दिन अखिर मेरी सानी छोरी मेरो काखमा नै गई । मैल नजन्माएकी मेरी छोरीलाई मेरो काखबाट उठाएर लिएर गए र मैले विरोध गरिन । उसले भनेकी थिई - "आमा ! तिमी नछाड है" तर मैले उसलाई छोडनै पर्‍यो । उसकेा यही कुरा मैले पुरा गर्न सकिन । मैले कैयौं रात नसुतेर उसलाई काखमा लिई बसेकी थिए । मेरो लोग्नेकी अर्की दिदीले भनेकी मेरो कानमा परेको थियो - "सौताकी छोरीलाई पनि माया त गर्दिरहिछ ।" घरकी दिदीले भनेक ििथइन - "गर्छर्ेेसलाई त अरुलाई नगरे पनि ।" ीटलपिल टिलपिल घाम अस्ताउन लागृको थियाृ र लोग्नेमानिसहरूले उसको लाश लिएर गए । म भने त्यही ठाउमा नै बसिरहें अध्यारो खसेको धेरै बेर सम्म पनि । कसैले पनि मलाई उठाउन आएन । केवल दिदी बर्बराइन - "के अपहत्त गरेर बसेकी तैले त्यसो गरेर अब ऊ आउछे र -" आखिर म उठें । नुवाइ धुवाइ गरें र आफू सहज हुन खोजें तर सानी छोरीको मृत्यु पीडादायी थियो र म भित्र त्यो सानी छोरीलेा ओगटेर राखेको स्थान अब रिक्त हुन आएको थियो । तया ठाउ शुन्य थियो र म खक्रो र हृवाङ्ख थियो । सामाजिक जिम्मेवारी बाट मुक्त एउटी स्वास्नीमानिसमा जब व्यथा र रिक्तता भरिन्छ , ऊ मर्यादाको घेरा देख्दिन । अझ ऊ त वातावरणको वास्तविकता नै देख्दिन । ऊ अस्वाभाविक हुन्छे , विकृत हुन्छे । त्यो विकृति ममा भरिदै आएको । त्यो सानी छोरीले पराकाष्ठमा पुग्न बाट रोकेकी थिई र त्यो अन्तिम वाधा मेटिए पछि म मुक्त भए , स्वतन्त्र भए । म भित्र रिक्तता थियो , अन्तनाएदको हाहाकार थियो तर बहिर मौनताको अभेद्य गहनतामा घरै चर्ुर्लुम्म डुबेको थियो । केटाकेटीहरू बाघले साथी मारेर लगे पछि बुटाहरूको ओझेलमा उभिएकमा बाख्रा जस्तै त्रशित थिए । घर भित्र पसेको मृत्युले सुन्छ कि भने झैं गरेर दिदीभाइ कुरा गदाए पनि साउती मारेर गर्थे, आखाका सानले भाषा बुझाउथे । मलामीहरू बिदा भइसकेको पनि दर्ुइ तीन घण्टा बितिसकेको थियो । सबै भोकै थिए, खान कसैलाई मन थिएन, खाने कुरा पनि भएन । म साखै आमा भएकी भए मलाई सबैले सान्त्वना दिने थिए होलान । म त कृत्रिम आमा , उनीहरूको आखामा मेरो माया पनि कृत्रिम । हेर्नोस त, पराया सन्तानको माया कस्तो अविवेकी हुदोरहेछ । म नरुदा सबैले निर्दयी भने होलान , म रोएकी भए उनीहरूले नै स्वाङ पारेको भन्ने थिए । आइमाइ नै म माथि खनिने थिए । एउटी आइमाई प्रति सधैं जसो आइमाई नै खनिन्छन , घृणा र अत्याचार गर्छन , लाग्नेमानिस त आइमाईलाई अगाडि पारी भोटे कुकुर रुगालु राखेर सुतेको गाठालो जस्तै सधै आफूलाई निर्दोष बनाउछ । मानशिक विकृतिले जहिले पनि व्रि्रोह जन्माउछ - लक्षहीन, तर्कहीन र मर्यादाही व्रि्रोह । कुण्ठा जन्मिए पछि मानिस सत्, असत् , चोखो जुठो , उचो निचो छटयाएर हर्ेर्दैन । ऊ त्यही गनए खोज्छ जो समाजले गर्न नहुने भनेर वर्जित गरेको छ । उसको व्रि्रोह समाजको , व्यक्तिको प्रगति र भलोको निम्ति नभएर समाजबाट आफू अलग्गिन गाजाको नशा लान्ने गजडीको मिथ्या स्वप्न जस्तो हुन्छ । म भित्रको व्रि्रोह खास कसैको विरोधमा थिएन तापनि सबैको विरोधमा थियो तर त्यो मौन थियो बाहिर बाट कसैले देख्न नसक्ने , कसेले पनि अनुभव गर्न नसक्ने । मेरो व्रि्रोह आफ्नो यो अरु कसैको भलो या क्षतिको निम्ति पनि थिएन र आफू आत्मसन्तुष्टि पाउने आशामा पनि थिइन । म त मभित्रको नाइटो देखि हुडुलिदै आएको छा एकै हिक्कामा सबै हृवात्त छादे जस्तै आफू भित्र समेटिएको पीडात्मक व्रि्रोह कही गएर फाल्न चाहन्थे जुन सुकै रूपले भए पनि । तर त्यो फाल्ने कसरि - थाहा थिएन मलाई । जति रात छिप्पिदै गयो उति म भित्र अन्योल उम्लिदै आयो र म आफूलाई थाम्न नसकेर बाहिर निस्के । बाहिर निस्पट्ट अध्यारो थियो , शायद औशी ताकाको रात थियो । हाम्रो घर भन्दा केही पर अर्को साहुको गाइवस्तु कटेरो थियो र त्यो गाइवस्तु कटेरोमा उनको गोठाले गोकुले सुत्ने गथ्र्यो । त्यस्ता बजारमा जसका घरमा गोठाला हुन्छन उनीहरू त्यस्तै गोठ कटेरोमा सत्ने गर्छन । यसो गर्नुको कारण पहिलो त घर भित्र सुत्ने ठाउ भए पनि तरुनी छोरीबुहारीबाट ती तन्देरी गोठाला केटाहरूलाई पर राख्नु बढी बुद्धिमानी हुन्थ्यो र दोश्रो, गोठकटेरोमा सुत्नाले गाईवस्तुको सुरक्षा पनि हुन्थ्यो । त्यो परको साहुको गोठालो केटो छिप्पिएकै थियो र म सग जक्काभेट हुदा कसैले नसुन्ने गरी सानी दुलही साहुनीलाई सन्चै छ भनेर जिस्क्याउदै मुस्कुराउने गथ्र्यो । जब कि सबैले मलाई साहुनी मात्र भन्दा हुन्थ्यो ऊ भने किन मलाई सानी दुलहीको थप साइनो लगाउथ्यो थाहा छैन तर उसको आखामा भएको भोक म प्रस्ट बुझदथें । ऊ सधै नै केही न केही कारण लिएर मेरो अगाडि आइनैपेगेको हुन्थ्यो , मुस्कुराउथ्यो र स्वास्नी मानिसको प्रिय लाग्ने कुनै न कुनै शब्द मैले मात्र सुन्ने गरी भन्न चुक्दैनथ्यो । मलाई भने त्यसले केही पनि असर पार्दैनथ्यो । मलाई ऊ प्रति घुणा पनि थिएन र विशेष चासो पनि भएन । ऊ गोरो थियो, अल्गो थियो परिश्रम र खान्कीले जिउ डालकस्सिएको थियो र उमेरमा म भन्दा २।४ वर्षजेठो नै थियो । बाहिर निस्के पछि मैले उसलाई सम्झें । ऊ पनि त सानी छोरीको लास सगै मलामी गएको थियो । त्यो सानी छोरीलाई गाडनु पर्दा उसले पनि खाडल खन्यो होला, त्यसमा माटो हाल्यो होला र ऊ त्हाबाछ बाहिर निस्कन्छे कि भन्ने डरले ढुंगाले पनि किच्यो होला । सानी छोरीको समाचार त उसलाई पनि थाहा होला । यस्तै सोच्दै मऊ सुतेको कटेरोमा पुगें । ढोका हृवाङ्ख उघारै थियो । शायद ढोका नै थिएन होला त्यो कटेरोमा । भए पनि त्यो गाठालोको चोरिन सक्ने सम्पत्ति केही हुन सक्दैनथ्यो । ऊ त गाईवस्तुको निम्ति राखिएको पराल माथि उत्तानो परेर सुतेको थियो । मैले उसलाई छुदा ऊ तर्सिएरु उठयो र भन्यो - "को -" मैले ढिलो स्वरमा जवाफ दिएँ - "सानी छोरी बाटोमा बिम्झन त बिम्भिmन -" मेरो प्रश्न बुझन नसकेर उसले भन्यो - "कहीं मरेको मानिस पनि बिम्झन्छ -" मैले उसको कुरालाई प्रतिवाद नगरी फेरि भने्र - "गहिरै गाडयौ होला नि तिमीहरूले - माटो त तिमीले पनि हाल्यौ होला । मैले पो हाल्न पाइनँ ।" आज भएको भए म त्यस्तो प्रश्न गर्ने नै थिइनँ तर त्यो बेला त त्यो प्रश्न प्राशङ्खकि नै थियो होला जस्ता मलाई लाग्छ । या थिएन कि - अरुको निम्ति त नहुन पनि सक्थ्यो । त्यो गोठालोलाई पनि प्राशङ्खकि लागेन होला र त भन्यो - "यस्तो कुरा सम्झनुहन्न , दुलही साहुनी ।" तपाई के ढाँटनु ! त्यो रात म त्यहीं सुते , उसकै अँगालोमा सुतें । मधुमय त भन्दिन म तर मेरो लोग्नेको गनाउने अँगालो भन्दा त धेरै सुखदायी थियो त्यो अँगालो ।" "तर भान्दाइको अँगालो जति सुखदायी अवश्य नै थिएन, होइन -" - मैले ज्ञानीलाई वास्तविकतामा ल्याउन सोधें । ज्ञानी साँच्चै वास्तविकतामा आई र भनी - "तपाईले प्रशङ्ख ल्याइदिनु भयो यहाँ । त्यो मरिसकेको भान्दाइ कुनै पनि हालतमा प्रशङ्खको विषय नै होइन । ऊ च करिसकेको छ ।" मैले त्यो प्रशङ्खलाई स्वाभाविक बनाउदै गम्भिर भएर भने - "ऊ मर्‍यो भनेर हरेक मोडमा भन्छयौ तर ऊ तिमी भित्र सधैं जीवित भएर त्रि्रो हृदयलाई कोटयाइरहेको कुरा भने तिमी लुकाउन सक्दिनौ । त्रि्रो कुन प्रशङ्खलाई ठीक मान्ने -" ज्ञानीले या मेरो प्रश्नलाई कुनै महत्व दिइन या भान्दाइको विषयमा केही भन्न नखोजेकी हो, मैले बुझन सकिनँ किनकि उसले मेरो प्रश्न बसुने झै्र गरी आफ्नै कथन शुरु गरी - "उज्यालो भुइँमा खस्नु भन्दा अगाडि नै म घर फर्कें । म अवश्य नै केह हिलुका भएकी थिएँ । पर्ूण्ा रूपमा हलुका त मभान्दनइ गएको दिन देखि आज सम्म पनि कहिले भएकी छैन । म फके्रर आएको देखेर मेरो लोग्नेले सन्तोषको लामो सास फेर्‍यो तर लोग्नेको दम्भ लुकाउन नसकेर भन्यो - "कहाँ गएकी रात भरी -" मैले उसलाई नहेरी आफ्नै सुरमा भनें - "सानी छोरी एक्लै राति डराउछे । उसको साथी बसिदिएँ । फेरि माटो पनि पुगेनछ । अँजुलीले माटो पनि भरिदिएँ ।" मैले लोग्नेलाई ढाँटें भनि ठान्नु भयो होला तपाईले । सत्ते मैले ढाँटेकी थिइनँ । रात भरि निन्द्रामा म सानी छोरीको चिहानमा अँजुलीले माटा थपिरहेकी थिएँ । केवल गोकुलेको र्स्पर्शले बिउझन्थें कहिले कही बलियो अँगालोमा बाधिएर नत्र त म त मेरा अङ्ख प्रत्यङ्ख त्यही माटो सँग खेलिरहेका हुन्थे । मेरो भनाइ सुनेर मेरो लोग्ने जिल्लियो । दिदीले ऊ तिर आँखाको सानले केही इशारा गरिन र मलाई भनिन -"जाउ सुत , थकाइ मार । तिमी साह्र थाकेकी छौ ।" म गएर ओछयानमा के पल्टिएकी थिएँ, भुसुक्कै निदाइछु । "ल है, हेटौडा ओर्लने पेसेन्जर उठनोस ।" - खलासी करायो । कराउनु पर्ने त कन्डक्टरले थियो तर खलासी रहुन्लेल ऊ पनि किन कराओस - साहुले पत्याएको भए पैसा पनि खलासीले नै उठाएर राख्ने थियो , साहुको पत्यार भएन र पो त । पेसेन्जर सबै जर्ुर्मुराए । सबैजसो एक पल्ट बाहिर निस्कन चाहन्थे । कोह खिुट्टा तन्काउन चाहन्थे , कोही चियापान गर्न र कोह लिघुशङ्का बाट निवृत्त हुन । हरेक अडानमा मानिसहरू आफ्ना आफ्ना समस्या समाधान गरेर त्यस पछिको यात्रामा कसिन चाहन्थे । सबै जर्ुर्मुराएको देखेर खलासी फेरि करायो - "आज ढिलो भएको छ है । बस एक छिन मात्र अडछ । टाडा नजानोस नि ।" बसमा यात्रा गरे पछि ड्राइवर, कन्डक्टरको त कुरै छोडि दिऊँ , खलासीको आदेश पनि आदेश हुन्छ । कसैले त्यसलाई नाइँ भन्न सक्दैन । त्यसैले बिचरा यात्रुहरू हतार हतार आफ्नो काम फत्ते गरेर आफ्नो सिटमा बस्न आइपुगे । ज्ञानी र म बाहिर निस्केनौ । १०।१५ मिनट पनि नबित्दै बस गुडन थाल्यो । बस चलेको निकै बेर सम्म ज्ञानी बाहिर अन्धकार हेरेर टोलाइरही । मैले उसको तन्मयता छिनाउन खाजिन । मैल बुझिसकेको थिएँ कि ज्ञानीको तन्मयता धेरै लामो हुनसक्दैन । ऊ आफूलाई कुनै पनि चिजमा लामो समय सम्म केन्द्रित गर्न सक्न्े मध्येकी थिइन र कुनै पनि बेला वास्तविकतामा ओर्लन सक्थी । बस भित्र सुनसान थियो । सबै जन निदाइ नससके पनि निदाउने प्रयाशमा थिए । बाहिर बाट हावाको एकोहोरो स्याँ स्याँ मात्र थियो । भित्र इन्जिनको घरघराहट मात्र । यी दर्ुइ आवाज त गाडी गुडे पछि अविरल भइरहने हुनाले यात्रमा मौनताको एउटा अङ्ख नै थिए । ज्ञानी भने भित्र र बाहिर दुबै ठाउको मौनता र आवाज दुबै सँग अनभिज्ञ भएर आफ्नै कल्पनामा मसीमित थिई । एकाएक ज्ञानी म तिर फर्की र मेरो कानैमा खुसखुर्साई -"सासै रोकेर थुन्न खोजे पनि समय लुसुलुसु चिप्लिएर जान्छ । थाहा पाए पनि जान्छ , थाहा नपाए पनि जान्छ । प्वाल परेको घ्याम्पोको पानी जस्तै रसाएर छिरिरहन्छ यो । झन मानिस निदाए पछि त यसले कुदने मौका पाउछ । म के निदाएकी थिएँ समय धेरै गइसकेछ । बिम्झदा त म अस्पतालको बेडमा पो थिएँ । एका तिर मेरो लोग्ने उभिइरहेको थियो, अर्को तिर डाक्टर मेरो आँखा नियालेर भन्दै थियो । "अब निको भयो । झगडा गर्न छोडिहाल्नुभयो । भनेको औषधि खाइहालनुहुन्छ । तपाईहरूले पिरै मान्नु पर्दैन ।" म निन्द्रा बाट बिउझेको देखेर डाक्टरले सोध्यो -"कस्तो छ तपाईलाई अहिले -" मैले चकित र विस्मित भएर सोधें -"के भएको थियो र मलाई -" उसले मुस्कुराउदै जवाफ दियो -"तपाई विरामी हुनुभयो ।" म छक्क परेर सोधें -"कहिले -" डाक्टरले जवाफ दिनु भन्दा पहिले नै मेरो लोग्नेले जवाफ दियो -"अब नि嫗ी भइहाल्यौ, अरु कुरा केलाई चाहियो -" म के विरामी भएकी थिए - प्रत्यक्ष त मलाई कसैले पनि भनेन तर सत्य लुकाएर लुक्ने पनि होइन । अस्पतालबाट बिदा हुनु भन्दा पहिले डाक्टरले मेरो लोग्नेलाई भन्यो -"हेर्नोस, यस्तो रोग बलझन पनि सक्छ । त्यसमा पनि कुनै मानशिक आघात पर्‍यो भने त पक्कै बल्झन्छ । त्यसैले वहाँलाई आफूखुशी गर्न दिनोस । रोक्ने कुरै नगर्नु ।" फेरि डाक्टरले म तिर फर्केर भन्यो -"तपाई भर्खर बिरामी बाट उठेको मानिस । पीर गर्ने , मनमा कुरा खेलाउने काम नगर्नु । हुने कुरा तपाईले पीर गरेर र्टर्ने होइन , भइसकेको र्फकने होइन । फेरि तपाईले नगरेर केही काम रोकिने पनि होइन । सबै आफूखसशी गर्नोस आफूले मन लागे जति ।" अस्पताल बाट निस्के पछि पो मैले थाहा पाएँ म साँचै विरामी भएकी रहिछु भनेर । घरबाट काठमाडौं आएकै ६ महिना भइसकेको रहेछ , अस्पताल बसेकै मात्र पनि दई महिना । सुरुमा म बेहोश भइछु, त्यस पछि पागलपनले छोयो रे आफ्नो अर्काको पनि छुटयाउन नसक्न्े । यस्तो स्थितिमा मेरो लोग्नेले काठमाडौमा घर किनेर व्यपार सुरु गनुए पनि नौलो भएन । ऊ कारोबारी मानिस । ऊ त जन्ती जादा पनि कमाउने ठाउ बनाउछ, मलामी जादा पनि चुक्दैन । यी आजै हर्ेनास न । साने सँग परखेश गइरहेकी छु ोरो खुशीले, मेरो मन बहलाउन तर उसको कामको फिरहस्ती एक हात लामो छ म सँग । ऊ कमाउने बाहेक अरु चिज हर्ेर्दैहर्ेर्दैन । नाफा दिने मानिस हो भने स्वास्नी एक रात ऊ सँग सुतिदिदा पनि उसलाई केही फरक पर्दैन । कारोबारी मानिस यस्तै हुन्छन , बुझनु भो - बसाइ काठमाडौको भए पनि परिवार सन्चालन पुरानै थियो । दिदीले घर भित्र जम्मे भ्याएकी थिइन । घर बाहिर मेरो लोग्नेको हैकम थियो । बजार गाउँमा ठेकी कोसेली लिएर लगानी लगाउथ्यो । ठूलो ठाउँमा हजारको एक रुपिया दैनिक ब्याज ठोक्न थाल्यो । तिर्ने र नतिर्ने मानिस ऊ एकै बोलीमा चिन्थ्यो , ठग र साधु अनुहारले छुटयाउथ्यो । तर मलाई भने यसले केही फरक मार्दैनथ्यो । मेरो इच्छा अनिच्छा उसले वास्ता गरेकै थियो, मेरो चाहनालाई पुरा गरेकै थियो । मेरो काम केही थिएन घरमा । हप्तामा एक दिन डाक्टरकोमा जान्थें , दिएको औषधि खान्थें । छोराछोरी समेत मलाई सानी बहिनीलाई भै|m माया गर्थे , मलाई खुशी राख्न प्रयाश गर्दथे । मेरो बेहोशीका ६ महिना भित्र सब पविर्तन भएको थियो मानौं म त्यो घरको मूल पुरुषकी पत्नी होइन, प्रिय पुत्री हुँ ।" "के तपाई लोग्ने स्वास्नीको सम्बन्ध पनि त्यस्तै रहृयो त -"-मैले उसको भनाइमा शङ्का उठाउदै भनें । "अवश्य नै रहेन । लोग्ने सवास्नीको बिचमा बाबु छोरीको जस्तो सम्बन्ध हुनसक्ने कुरै हुदैन । अरुले म माथि गरिने व्यवहारको कुरा पो गरेकी त मैले । मेरा सबै चाहना पुरा गरिदिए पनि कहीं बुढोले तरुनी स्वास्नी छोडन सक्छ -" ज्ञानीको अनुहार मैले अँध्यारोमा देख्न सकिनँ तर पनि मलाई लाग्यो कि उसको अनुहारमा पागलपनको व्इ-ग्य अवश्य हुनुपथ्र्यो किनकि उसको भनाइको स्वर सहज थिएन । म केही बोलिनँ । ज्ञानी पनि एक छिन मौन भएर भन्न थाली -"अहिले तपाईलाई लाग्नसक्छ यो बौलाही पो हो कि भनेर । मानिसमा बौलठ्ठपिन सबैमा हुन्छ, सधैं नै हुन्छ । कोही छदाखाँदाको घरबार छोडेर टुप्पी काटछ , कोही निर्वाणप्राप्तिको मार्ग छोडेर घरबार जोडन पुग्छ । कसैलाई धनको मद चडछ, कोही सत्तामा सन्कन्छ । अरु त अरु, सधैं मागेर गुजारा गनर्ुृ पर्ने मगन्त पनि कहिले कहीं दाताले दिएको थोरै भयो भनेर त्यही घोप्टयाएर हिडछ । बौलठ्ठपिन होइन त्यो उसको - तपाई हामी कोही पनि त्यो बौलठ्ठपिन बाट उम्कन सक्दैनौ । क्षणिक मानशिक उन्माद त सबैमा भइनैरहन्छ । हो, कसैकसैमा त्यो उन्मादको अवधि लामो हुन्छ । पागलपन र सद्धेपनको सीमा जोडिएर बसेका हुन्छन । मानिस बराबर त्यसको वारपार गरिरहन्छ । त्यसैले सबै सधैं सद्धे हुदैनन र सधै.बौलाहि पनि रहदैनन । मेरो मानशिकतामा कसैले हालिदियो - पढे पनि त हुुने नि । मैले लोग्ने सामु पं्रस्ताव राखें । उसले जिल्लिएर सोध्यो - "किन पढनु पर्ने -"र् अर्धसाक्षरहरूलाई जहिले पनि पढनु प्रति वितृष्णा हुन्छ । उनीहरूको पढनुको अर्थ शब्द वाचनमा नै सीमित हुन्छ र यसलाई अन्तिम लक्ष ठान्दछन । शब्दवाचन त मैले धेरै अगाडि सिकिसकेकी थिएँ । त्यसैले मेरो लोग्नेले मेरो पढनुको आशय नबुझनु पनि अचम्म थिएन । तर त्यो समयमा मैले आफू तिरष्कृत भएको ठानेर भने - "किन पढनु पर्ने - त्यो त पढे पछि मात्र थाहा हुन्छ ।" मेरो लोग्नेले मेरो भनाइलाई के अर्थमा लियो कुन्नि थाहा छैन । शायद अर्धविक्षिप्त तरुनी स्वास्नी स“ग द्वन्दगर्नु निस्प्रयोजन ठान्यो होला । व्यवहारिक बुद्धि हुने मानिसले सोच्नु पर्ने पनि यस्तै कुरा हो र मेरो लोग्नेको व्यवहारिकतामा कुनै शङ्का छैन । सौभाग्यबाट फाइदा उठाउन त धेरैले सक्छन तर दर्ुभाग्यबाट पनि फाइदा उठाउन त मेरै लोग्नेले मात्रै सक्छ ।नत्र हेर्नोस त , घरमा नाबालक केटाकेटी, आफैमा अल्झने तरुनी स्वास्नी, अझ त्यो पनि बौलाए पछि कसैको घर जोगिन सक्छ - तर मेरो लोग्नेलार्क्ष् त यसबाट पनि फलिफाप नै भयो । सिङ्खै घर थामिदिने दिदी आइन । स्वास्नीको औषधोपचारको लागि सहर पस्दा त्यहीं व्यवशाय जमाएर सहरिया साहु हुन पायो । गाउ“ले बजारमा एक हुन्थ्यो भने यहा“ तीन हुन थाल्यो । त्यसैले उसले मेरो मनशायलाई मन नपराए पनि मेरो अठोट देखेर स्विकृति दियो केही बन्देजहरू राखेर । त्यस्ता बन्देजहरू बाबुले त छोरी माथि राख्छन भने तरुनीको बुढो लोग्नेले राखेकोमा म अन्याय भयो भनेर भन्दिन । मैले शायद तपाईलाई भने हुला स्कूलको जाँच मैले बजार गाउँबाटै दिएर उत्तिर्ण्र्ााएथें भनेर । मेरो लोग्नेले कसैलाई मेरा प्रमाणपत्र दिएर क्याम्पसमा मेरो दाखिला गराइदियो । सहशिक्षालयमा त उसलाई विश्वास थिएन, कन्या क्याम्पसमा दाखिला पाएँ मैले । म काठमाडौ बसेको निकै समय भइसके पनि त्यहाँ मेरा सँगीसाथी कोही पनि थिएनन । धेरै समय त म विरामी नै भएर बिताइछु र बाकि समय पनि मेरो संगतगर्न कोही पनि आएन । मेरो बिहे पछि त मैले कमाएको साथी भन्नु त त्यही सानी छोरी मात्रै हो । हुन पनि बुढााकी तरुनी स्वास्नी भनेकी जीव नै अचम्मकी हुदिरहिछ । उसका नातागोताका दौंतरी उमेरमा ऊ भन्दा धेरै बुढा हुन्छन र उनीहरू सँग पारा नै मिल्ने होइन अनि उसका उमेरका दौतरी नाताले ऊ भन्दा धेरै कान्छा पर्ने हुनाले बिचरा तिनीहृरूले उसलाई सन्मान गर्नु पर्ने हुदा उनीहरू सँग निकटता बढने कुरै भएन । त्यसैले बजारगाउँमा पनि घरपट्ट ित मेरा दौतरी नै थिएनन, माइती पट्ट िभान्दाइ मरे पछि मैले भेटनै छोडिदिएकी थिए । काठमाडौ्रंमा त एउटी मगज खुस्किएकी सँग साथी बन्न को पो आउथ्यो र - अनि म बाहिर निस्केर गएकी नै कहाँ थिएँ र - त्यसैले म पहिलो दिन क्याम्पस जादा एक्लै थिएँ । क्याम्पसको मूल ढोका बाट भित्र छिर्ने बित्तिकै 'यत्र तत्र र्सवत्र' केटीहरूको हुल थियो रंगीचंगी पोसाकमा । कोही म जस्थै एक्लै थिए, कोही साथी सँग । क्याम्पसको कम्पाउन्डलाई नाघेर भवनमा पस्न गएँ म । भजनको मूलढोकालाई छेकेर बसेका केटीका हुल बाट एउटीले भनी -"ए, केटी हो ! कान्छी बुहारी आउने रहिछन , तिमीहरूले त केही भनेनौ त मलाई ।" अर्कीले नाके स्वर बजाएर जवाफ दिई -"कान्छो लिन गएको थियो हिजो। ख्ै, आज त बुहारी मात्र आइछन ।" मैले उनीहरूको कुरा केही पनि बुझिन । यस्तैमा एउटीले थपी -"कान्छो कहाँ अलमलियो, बुहारी -" म वाल्ल् गरें । मेरो लोग्नेलाई 'भाइ' र 'कान्छो' भन्नु पर्ने उमेर त उनीहरूको थिएन तैपनि सासू आमाजू जस्तो व्यवहार गरिरहेका थिए उनीहरू । मउनीहरूको जवाफ दिन पनि के सक्थें र - म चुप लागेर उनीहरूलाई हेरिरहें । उनीहरूले मेरो परिस्थितिलाई बुझेनन या बुझे पनि त्यसको वारुता गरेनन । जसोतसो त्यस दिन म उनीहरूको ताडनाबाट बचें । कसैले बचाइदियो । पछि पो मैले थाहा पाएँ - क्याम्पसमा नया दाखिला लिएर आउने केटीहरूलाई उडाउन बसेका बुज्रुग केटीहरूका फेला परेकी थिएँ म । सामान्य त क्याम्पसमा पहिलो दाखिला लिनेहरू कुमारीहरू नै हुन्छन र कोही बिहे गरेका भइहाले पनि सिन्दूरको टिको कपालले छोपेर राख्छा र पोतेको एउटा लुङ आजकल भैसीको मोमो खाने बाहुन केटोले आफ्नो जनै लुकाए जस्तो लुकाउने गर्छन । म भने कत्रो न तीजको दिनमा पशुपति दर्शन गर्न गएकी बाहुनी नवोढा जस्तै सिउदो भरि सिन्दूर र दोकाँधे पारेर तिलहरी भिरेर गए पछि मेरो मेरो गाइजात्रा हुदैनथ्यो त - मेरो कक्षामा सबै नै १६।१७ का कुमारीहरू थिए र म मात्रै उनीहरू भन्दा धधेरै जेठी बिहे गरेकी स्वास्नीमानिस थिएँ । त्यसैले उनीहरू म सँग कुरा गर्नु पर्दा अलि अदब साथ नै कुरा गर्थे । त्यसमा पनि १।२ महिना पछि कसै बाट म बुढाकी तरुनी स्वास्नी भन्ने सुने पछि त उनीहरूको म प्रतिको सन्मान अझ बढयो । तर यो सन्मानले न मलाई मित्र दियो, न कुनै दौंतरी । म त त्यत्रो जमातमा पनि सधैं एक्लै हुन्थें शारिरिका रूपमा होइन, मानशिक रूपमा । हेर्नोस त , कति पिडात्मक हुन्छ हुलमा बस्नेहरूको जिन्दगी - अझ त्यसमा पनि कुनै निर्दिष्ट लक्ष नहोस, कुनै आत्मिय साथी नहोस र अझ उसले गर्नु पर्ने काम पनि नभए पछि त मानिस बगरको ढुंगो जस्तो हुन्छ । समयको छाल आउदा अलिकति भिज्छ, दर्ुघटनाको बाढी आउदा अलिकति ठाउँ र्सछ । अरुले देख्दा कति न जरा गाडेर बसे जस्तो, नियालेर हर्ेदा भने भर नभएको बालुवामा अडेस लागेर बसेको । तवाईले अनुभव नगर्नु भएको कुरा सुनाउछु म तपाईलाई । ती आइमाई मात्र पढिने कन्या क्याम्पस या कलेजहरू अमाजोनको राज्य जस्ता हुन्छन । त्यहाँ नारी महत्ता, नारी सम्प्रभूता र नारी शक्तिका कुरा हुन्छन । त्यहाँ भित्र बस्दा लाग्छ नारी सत्ता बाहेक यहाँ अरु केही छदै छैन । यो संसार नै मातृ सत्तामा टिकेको छ भनि ठानिन्छ त्यहाँ । भुलले ती कम्पाउन्ड भित्र कुनै लोग्नेमानिस छिर्न पुग्यो भने नारी व्यंग्य र छुद्रताले अर्को पटक त्यहाँ भित्र नपस्ने किरिया खाएर बाहिर निस्कन्छ । ती कम्पाउन्ड भित्र नारी सिंहिनी झैं गर्जन्छन, बघिनी झैं फुर्तिला, मृगिणी झै. चपल र मैना जस्तै वाचाल हुन्छन । उनीहरूको हुलको सामु पल्टन र बख्तरबन्द गाडीले पनि बाटो छोडिदिनु पर्छ झैं गर्छन उनीहरू तर जब तिनै आइमाई कम्पाउन्ड बाहिर एक्ला हुन्छन, उनीहरूको चाल हर भाँचिएको बिरालोको जस्तो हुन्छ , बोल्नु पर्दा ज्रि्रो च्यपसमा गएर टाँसिन्छ , छेपारोले टाउको उठाएर हर्ेदा सातो जान्छ र 'म्याउ' गर्ने हुती हुदैन उनीहरूको, लोग्नेमानिस सँग बोल्ने त कुरै छोडिदिऊँ । म परें उनीहरूको लागि बुढी स्वास्नीमानिस, त्यसमा पनि पुरुष सम्प्रभूताले किचिएकी आइमाई । बाटोमा हिडदा तन्देरीले सुसेले म त्यसको अत्तोपत्तो पाउदिनथें भने उनीहरू लाजले बुहारीझार जस्ता भइसकेका हुन्थे । बालकृष्ण समले ठिकै भनेका हुन क्यारे -'आइमाई बुढी पार्छन पोइले कि त कालले' । म त उमेरमा नै पोइका कारणले बुढी भएकी स्वास्नीमानिस । मेरो सिउदोको सिन्दूर, गलाको पोते, हर्ुर्किएका छोराछोरी र जमिसकेको घरजम मेरा बुढौतिका प्रमाणहरू थिए । म यी सबै देखाएर बुढौती सिद्ध गरिरहेकी थिएँ । तर कोपिलामा नै क्याम्पसको हाता भित्र पसेर म बुढीको हात समाउन आएका मेरा सहपाठी केटीहरू १।२ वर्षो समयले के हिर्काएको थियो फक्रेर स्वास्नीमानिसमा परिणत भइ बुढौतीका बाना झिक्न थाले । कोही बिहे भएर गाला भरि चोट लिएर आउन थाले, कोही सुत्केराीको चिल्लो अनुहार टल्काउन लागे, कोही पढन छोडिदिए, कोही पोइल गए । म सबै भन्दा बुढी, त्यसैले सबैले मलाई नै कुरा सुनाउनु पर्ने । मानिसले मानिसको पोल लगाउदा छुच्चो र सानो कुरा न लगाउने हो । ठूलो र भलो कुराको त पोला कसले पो सुनाउछ र । "बुझयौ, रेसमा त फलानो क्याम्पसको दादा सित लागी छ ।"-मालतीले छुसुक्क सुनाउथी । "मालती त्यो टयाक्सी ड्राइभर सँग इश्क लडाउदै छ ।"- पार्वतीले मालतीको छुस्क्याइँ हाल्थी । "निको छैन चाला पार्वतीको । छिमेकी केटो सँग लसपस छ भनेर आमाबाबुले बिहेको कुरो छिनिदिएका रे ।"- गुनकेशरी भन्थी । "पटाइछ बा त्यो गुनकेशरीले त्यो नौलो मास्टरलाई ।"- त्यो चक्करमा अर्कीले सुनाउथी । यस्तै चालाले विस्तारै सबैको बैंस हर्ुकदै गयो र उनीहरू प्रेमिका बन्दै गए, स्वास्नी बन्दै गए र आमा पनि बन्दै गए । कसैले आफैं लोग्ने रोजे, धेरैलाइै आमाबाबुलेे रोजिदिए । कलेज प्रवेशको चौथो वर्षपुग्दा नपुग्दा थोरै मात्र बिहे गर्न बाँकि भए तर ती बिहे भएका पनि सिन्दूर कपालले नै छोप्थे र पोतेको लुङ ब्लाउज या सारीमा लुकाउथे । लोग्ने घरमा भए पनि एउटा प्रेमीको रहर सबेको मनमा हुने गथ्र्यो र म एउटीको बद्ख्वाइँ अर्कोको मुखबाट सुनिहाल्थें । "त्यो प्रशङ्ग त्रि्रो पनि त होला नि -"- मैले ज्ञानीको अतित कोटयाउन प्रयाश गरें । "हुनु त मेरो पनि पर्ने हो तर दर्ुइ कुराले वाधा र अडचन हालिदियो । पहिले, लोग्नेमानिस जतिसुकै खराब भए पनि कुनै विशेष कारण नभई सामाजिक मर्यादाको घेरा नाघ्न चाहदैन । उः अछुता पोथी सजिलै भेट्टाउछ भने कसैक तिाक्न किन जान्छ र - मर्यादाको त्यो घेरालाई उसले उल्लंघन गर्ने हो भने उसकी आफ्नी स्वास्नी पनि त सुरक्षित हुन्न । 'म विवाहित हुँ, म अछुत हुँ' भन्ने प्रमाण, सिन्दूर र पोत,े मैले कहिले पनि लुकाइनँ र ती सबूतलाई नाघ्ने हिम्मत कमैमा हुनसक्थ्यो । कुनै कारणवर नकच्चरो निस्किहाले पनि एउटी पागल स्वास्नीमानिसको पछाडि लागेर नदेखेको कपाल उसले डोरी लाएर किन दुखाउने - म सहज स्वास्नीमानिस होइन भन्ने कुरा पनि त सबैले थबहा सकेकै थिए, मैले त्यसलाई लुकाएकी हौइन । लुकाऊ पनि किन - भन्नोस त । मलाई पोइ चाहिएको होइन, मलाइृ प्रमीको रहर पनि थिएन । म त आत्मामा ढुङ्गो पसुकी मानिस । मेरो दिनचर्या पनि सीमित थियो । बिहान उठे दखि बेलुका सुतुन्जेल सम्म सधैं एकै नास चल्दथ्यो । घरपरिवार संचालनमा मेरो कुनै प्रयोजन थिएन । न म सँग राय सल्लाह लिइन्थ्यो, न कुनै काम नै अराइन्थ्यो । बिहे नभएकी छोरीका पनि कतिपय जिम्मेवारी हुनसक्थे भने म त त्यो छोरी भन्दा पनि बढी स्वछन्द थिएँ । मलाई त लाग्छ , कसैसँग यौन सम्बन्ध राखेकै भए पनि मलाई स्वतन्त्रता हुन सक्थ्यो होला । मैले त्यो स्वतन्त्रता भने उपभोग गरिनँ किनकि यौन मेरो आनन्दको वस्तु त रहदै रहेन । लोग्ने सँगको सम्बन्ध पनि मलाई उसको बाबुआमाको श्राद्धमा मैले भोकै बस्नु पर्ने वाध्यता जस्तो लाग्थ्यो मलाई र जीवन भर गनाइरहनु पनि यही वाध्यताको अवशेष हो । म बिहानै उठथें, आफ्नो नित्य कर्म पछाडि चियाको एक कप खान्थें । धर्ममा मलाई विश्वास छैन र भगवानको नाममा एक गेडो अक्षता र एक थुँगो फूल पनि मैले चडाएकी छैन । त्यस पछि पढनु या लेख्नु यो मेरो अर्को नित्यकृया हो । म के पडछु, त्यो न सोध्नोस । सामु जे पाउछु त्यही पढछु । मेरा आदि गुरुले सिकाएको पनि त्यही नै हो । पढन मन नलागे या पढन केही नपाए म लेख्छु । मेरो लेखाइको पनि खास विषय वस्तु भइरहदैन । त्यो समयमा जे मनमा आयो त्यअी विषयमा लेख्छु म र लेख्नुको पनि सीमा छैन । मलाई पाहुनालाई जस्तो खान बोलाउछन सधैं र त्यही पाहुनालाई भै+m सन्मान गर्दछन । साहुकी पढन र लेख्न जान्ने तरुनी स्वास्नीको मान त हुने नै भयो तर वास्तवमा यो उनीहरूको वाध्यता थियो । म बहुलाएर बस्नु भन्दा केही नगरी बस्नु सजिलो र सस्तो पर्ने थियो मेरो लोग्नेलाई र म मौन र बौलाही हुदा उसकी दिदी घरकी मालिक्नी हुन पाउथिन । स्वार्थ्य सबैको आफ्नो आफ्नो थियो र यही स्वार्थ्यमा हामी सबै जेलिएका थियौ्र । दिन भरि म क्याम्पस जान्थे्र या कही पनि जान्नथें । म सँग अरु विकल्प पनि थिएन । मेरा नातागोता सहरमा थिएनन, चिनाजानी कहाँ गएर म आफूलाई पसारो पार्न चाहन्नथें । लोग्ने सँग जोडी भएर घुम्न्ने कुरै उठृन । दौंतरी भए न चासो र चाहना पनि मिल्थ्यो र लोग्ने सँग घुम्न खान निस्किइन्थ्यो होला । ओखर र पाग्रो भए पछि छेकछन्द नै मिलेन । हामी त सँगै भएर पनि अलग्गै थियौ । त्यो समयमा म कस्ती थिएँ - त्या तपाईलाइए जान्न सजिलो होस भनेर म आफ्नो चित्रण गरिदिन्छु । देख्दा म रामै्र थिएँ हुँला , २५ पनि ननाघेकी तरुनी थिएँ म । २५ पनि ननाद्देकी राम्री तरुनी जो हमेसा पोतेर सिन्दूर भिरेर आफूलाई बुढी बनाउन खोज्छे , जसको आँखा र अनुहारमा सधैं विक्षिप्तताको छायँा टल्कन्छ, जोरुन र मुस्कुराउन जान्दिन र जो एक्लै निस्प्रयोजन र लक्षहिन भएर समय बिताउछे , त्यो आइमाइको नजिक पर्न को चाहन्छ - कोही परिहाले पनि उम्कने प्रयाशमा लाग्छ । त्यसैले क्याम्पस आउदा, जादा मलाई बाटोमा छेडखानी गर्ने युवा हुदैनथे त मलाई साथ दिने दौंतरी केटी पनि कोही थिएनन । जहाँ गए पनि, जहिले पनि म एक्लै निराश जीवनको यात्रामा । मेरो पढाइको गति बढदै गयो, प्रगति पनि भयो र शिक्षित नारी पनि भएँ म तर मेरो उपलब्धि के भयो र - म त साहुकी स्नातकोत्तर स्वास्नी । गेटे र गोथे, शेक्स्िपयर र दाँते, मोपासाँ र ओ हेनरी, गोगल र मार्क टवेन, कान्ट र हेगल, रुसो र मार्क्स अथवा लेखनाथ, सम,देवकोटा, भिक्षु, रिमाल आदिका विचार र सिर्जना टाउकोमा थुपारेर बसें म । मेरा सहपाठीहरू क्रमशःएक पछि अर्को गर्दै कुमारीबाट आमा सम्म पुगेर आफ्ना परिवारका जन्जालमा समाहित भए र म भने जहीं कि त्यहीं थिए । केवल समयले मेरा छालामा केही रेखाहरू थपिदियो र विश्व विद्यालयले केही प्रमाणपत्रहरू थमाई दियो । छर छिमेक, टोलमा म त्यही साहुकी स्वास्नी थिएँ , त्यही निर्जीव र विक्षिप्त जीव थिएँ ।" ज्ञानीको एक लयता नरोकिने देखेर मैले उसको कुरा काटदै भनें -"ज्ञान;ी !! तिमीले अहिले सम्म आफूलाई नकारात्मक प्रतिविम्बको रूपमा मात्र प्रस्तुत गर्‍यौ । मानिसका जीवनमा आउनै पर्ने सुख, मुस्कान, हाँसो र खुशीका क्षणहरू भने तिमीले लुकाइ नै रहेकी छौ । पागलपन र सद्धेपन हारहारीमा बस्छन भनेर तिमी आफैले स्विकार गरिसकेकीछौ र एउटा बाट अर्कोमा ओहोर दोहोर गरिरहन्छ भनेर पनि तिमी आफै भन्छयौं । तब त्रि्रो जीवनको सकारात्मक अथवा सद्धेपन चाहिं खै त - तिम्रो खुशी , तिम्रो हाँसो , तिम्रो मुस्कानका क्षणहरू कहाँ लुकायौ त -" ज्ञानी रौकिई । शायद उसको मानशिकताको एक पक्षलाई मेरो भनाइले छोयो होला । "यति भनाइले मात्र मानिसको कुरा बुझन सकिन्न र -"- ज्ञानीले उलटो प्रश्न गरी । "जो भनियो त्यो त बुझन्छ तर कसैका बारेमा जान्नु पर्दा समष्टिगत विवेचना र व्याख्या आवश्यक पर्दछ । तिमी विक्षिप्तता र दुखको पाको मात्र त हाइनौ र तिमी अर्थहीन जीवनको यात्र पनि होइनौ । त्यसैले त्रि्रो जीवनको एक पाखा मात्र हेरेर त्यसको आकार कल्पनागर्न म सक्दिनँ । आयामिक आकार अथवा त्रि्रो व्यक्तित्व त र्सव पक्षिय विवरणबाट मात्र अङ्कति हुन्छ । यो यात्राको अन्त्यमा तिम्रो चित्रण गर्न पनि त आधार चाहिन्छ मलाई । कि म यात्राको अन्त्य पछि तिमीलाई उही शुन्यमा फालिदि -"-मैले ज्ञानीको अतित कोतर्न बल गरें । ज्ञानी एक छिन घोरिई र मध्यम स्वरमा भन्न थाली - "आज सम्म मैले जे सुनाएँ त्यही नै सबैले सुने र त्यो भन्दा पर खोज्ने प्रयाश कसैले पनि गरेन । तपाईलाई किन त्यसले चित्त बुझेन - म बुझन सक्दिन । तर मैले मेरो छुटेको भाग सुनाउदा तपाईलाई सन्तोष हुन्छ भने भनिराख्छु त्यो बाँकि भाग पनि । तर त्यहाँ पनि तपाईले मेरो क्षणिक आनन्दको अनुभूति मात्र पाउनु हुनेछ । व्यथा त त्यहाँ पनि छ तर त्यो व्यथा पनि , त्यो खुशी पनि मेरो आफ्नो सिर्जना हो र म त्यो प्रति पर्ूण्ात जिम्मेवार छु । अहिले सम्म जो बखानें त्यसमा मेरो उत्तरदायित्व पटक्कै छैन । त्यो अरुबाट सिर्जना गरियो या अपर्झट या दर्ुघटनावस भर्इमर्न आयो । ककोही मलाई घाउ पारेर गयो कोही यसै नै रहिरहृयो । मेरा बाबु हुदा म जति स्वतन्त्र थिएँ त्यति त म कहिले पनि भइनँ तर तयो वाल्यकालको सुख थियो । त्यसैले त्यो सुखलाई जिन्दगीको सुख भन्न अलि मिल्दैन । जिन्दगीको सुख र दुख त समझदार भए पछि मात्र सुरु हुन्छ, आफूले भोग्नु र बेहोर्नु परे पछि अनुभव हुन्छ । मेरो विक्षिप्ततामा सुख र दुख पटक्कै थिएन र कसैले मलाई सामान्य नरी त ठान्दै ठानेनन । मलाई राम्रो कामको निम्ति पुरष्कार पनि दिइएन किनकि त्यो राम्रो कामलाई काकताली मानिने गथ्र्यो । म बाट न।ाम्रो कामकुरा भएमा मेरो मानशिकतालाई त्यो पनि क्षम्य थियो । त्यसैले दुखलाई सुखबाट र सुखलाई दुखबाट छुटयाउन गाहारो छ मेरो निम्ति । स्नातकोत्तर तहको अन्तिम वर्षथियो र म तीस लाग्न लागेकी थिएँ त्यो बेला । त्यो समयमा त कक्षाका सहपाठीहरूको संख्या पनि सीमित थियो र एकको अर्को सँग व्यक्तिगत रूपमा पनि राम्रै चिनाजानी भइसकेको थियो । त्यहाँ त जेठा र कान्छाको समयान्तर पनि त्यति धेरै लाग्दैनथ्यो । जेठो ३० वर्षपुगे कान्छो २५ को हुन्थ्यो र त्यो उमेरमा यो अन्तरले सहपाठीहरूका विचारधारामा फरक ल्याउन सक्दैनथ्यो । विश्वविद्यालयका पछिल्ला वर्षा त स्थायी प्रेमी या स्थायी मित्र पनि स्थापित भइसकेका थिए र प्रत्येकका गतिविधिका दायरा अब निश्चित भइसकेका थिए । म त अब पनि एक्लै थिए तैपनि यदाकदा अजोड ढिपीगर्नेहरूले आफू कहाँ केही छिनको निम्ति त लिएर गइनैहाल्थे । मेरी सहपाठी, तपाई उसको नाम सँग सरोकार नभएकोले 'राधिका' भन्छु, उसले एक दिा मलाई समाइनैहाली । हामी दुवै विश्वविद्यालय बाट र्फकदै थियौं । म सधैं ऊ साथै र्फकन्थ भन्ने पनि केही थिएन । तयो दिन म उ;m सँग परें त्यति मात्रै । तर अपर्झ परेकी पनि होइन । मेरा दर्ुइ वटा कक्षा छुटेका थिए र मैले ऊ सँग लेक्चर नोट्स मागेकी थिएँ । उसको घरमा लिन जानै पर्‍यो । ऊ सँग विशेष मित्रता भएर मागेकी पनि होइन । पहिलो मगाइमा उही परी र उसले हुन्छ भनिदिई । फेरि दोश्रो, उसको घर मेरो घर आउने बाटैमा पथ्र्यो र मलाई उसकोमा पस्न त्यति असजिलो पनि थिएन । राधिका मलाई आफ्नो कोठामा राखेर बाहिर निस्की । शायद चिया चमेनाको वन्दोवस्त गर्न गएकी थिई । मैले शुरुमा नै छेकछन्द पाएर विरोध गरेकी त हुँ तर उसको जिद्दी पनि मेरो भन्दा अजोडी थियो र हार मानेर म उसलाई पर्खेर बसें । एक छिन भए पनि समय कटाउन म राधिकाको र्‍याकबाट किताब झिकेर पल्टाउन थाले. । समय थोरै मात्र गएको थियो होला कि कुनै लोग्नेमानिस बाहिर बाट भटभटाउदै भित्र पस्यो -"पख, तलाई । तैले मलाई ठगेकी - त्यसको साटो नफेरी त कहाँ छोडुला र ।" अनायाश सुनएको आवाज सँग परिचित हुन म पछाडि फर्कें र हुत्तिदै ढोका भित्र पसेको मानिस मेरो अनुहार देखेर यसरि जिल्लियो कि उसको अनुहार देख्दा मनमुस्कुराउन सकिनँ । राभिकालाई भनिएका शब्दहरू मैले सुन्द त्यति नराम्रो केही पनि थिएन तापनि आफू एउटा मानशिकतामा निश्चित भएर कसैलाई सजाय दिन भित्र पसेको बेला दोषी नपरेर कोही अर्कै देखा पर्दा जो पनि अल्मलिन सक्थ्यो तैपनि त्यो लोग्नेमानिसले मेरो मुस्कुराहट देख्ने बित्तिकै आफूलाई संयमित बनाएर ओठमा मुस्कान ल्याएर भन्यो -"माफ गर्नु होला । म त राधिका भनेर आएको त ।" मैले जवाफ दिनु अगावै राधिका कोठा भित्र पसी र हातको प्लेट र चिया साइड टेबुलमा राख्दै मलाई देखाएर भनी -"ज्ञानी । मेरी साथी ।" लोग्नेमानिसले ओठ र आँखामा मुस्कुराहट ल्याएर भन्यो -"हामी त ज्ञानी होइनौ ।" मैले कुनै जवाफ दिनु भन्दा अगाडि नै राधिकाले विरोध गरी -"छया है, दाइ । तपाई त जहिले पनि ठट्टाकै मुडमा । ज्ञानी मानिस सिरियस छ ।" र म तिर फर्केर भनी -"मेरो भानदाइ । सिरियस्ली नलेउ है उसको कुरालाई । गम्भिर हुन त उसले जानेकै छैन ।" 'भान्दाइ' यो शब्द मेरो निम्ति कर्ण्र्ाा्रय नरहेको कुरा तपाईलाई थाहा छदैछ । त्यसैले राधिकाको भान्दाइले मलाई कुनै सकारात्मक प्रभाव पारेन तर उसले राधिकाको स्वरमा भएको गम्भिरतालाई बुझेर होला एकदम नम्र भएर भन्यो -"मेरो बेअदवीको निम्ति क्षमा याचना गर्दछु । म सधैं नै जीवनको उज्वल पक्ष मात्र प्रस्तुतगर्न खोज्ने हुनाले मात्र मैले ठट्टा गरेको हुँ । यसलाई अन्यथा नसक्झनु होला ।" एउटा लोग्नेमानिसले यसरी नम्र भएर म सँग कुरा गरेको धेरै समय बितिसकेको रहेछ । त्उ'mैे मलाई उसको भनाइ अप्रिय लागेन र भनें -"तपाईको भनाइ अभद्र या अप्रिय त होइन । तब क्षमा याचना नै किन चाहियो र -" हामी दर्ुइ जनाको बिचमा राधिकाले हस्तक्षेप गर्दै भनी -"यसै भेट भइहाल्यो त चिनापर्ची पनि राम्रै सँग गराइदिन्छु , ज्ञानीलाई आपत्ति छैन भने ।" म बोलिनँ र त्यो नबोलाइलाई मेरो स्विकृति ठानेर उसले भनी -"भान्दाइको नाम जीवराज र वहाँ धेरै जसो झापामा नै बस्नुहुन्छ ।" राधिकाले यो भन्दा अरु थपिन, बरु आफ्नो भान्दाइको निम्ति खाने कुरा लिन गई । सो समयमा दर्ुइ जना मौन भएर बस्नु भन्दा केही बोल्नु बढी मर्यादित हुने ठानेर होला जीवराजले भन्यो -"तपाई बारे मैले सोध्नु भन्दा तपाईले नै केही भनिदिए परिचय धेरै सजिलो हुने थियो होला ।" जीवराजको सोधाइ शैली मलाई मन पर्‍यो । कसै बारे सोध्नु भन्दा उसैलाई चन्न लगाउदा के सोध्न हुने र के नहुने भनेर तौलिरहने आवश्यकता पर्दै नथ्यो र अनावश्यक कुरा सोधिन गएर अपमान शुने या अप्ठयारो पर्नै डर हुन्नथ्यो । उसको भाव बुझेर मैले भनें -"मेरो व्यक्तिगत परिचय मेरो नाम ज्ञानी जो तपाईले सुनिसक्नुभयो । अरु सबै पचिय अरु सँगै जोडिएको छ । म तपाईकी बहिनी साधिकाकी सहपाठी । यो पनि तपाईले थाहा पाइसक्नु भयो । मेरा बाबु छैनन, त्यसैले त्यता पट्ट िछोडिदिऊँ । म बुढो साहुकी तरुनी स्वास्नी । राधिकाले म गए पछि तपाईलाई त्यसै भनेर चिनाउने छ । साहुका छोराछोरी छन, मेरार् छनन । त्यसैले म केटाकटीकी सौतेनी आमा । यो समाजमा मेरो सब भन्दा ठूलो परिचय हो - म सहज छैन अर्थात् मेरा पछाडि मलाई बौलाही भन्छन । राधिकाले म गए पछि तपाईलाई यही कुरा भन्नेछ । साथीसँगी मेरा छैनन तर एक्लै बस्ने मलाई यति बानी परिसकेकोछ कि यसको पनि मलाई गुनासो छैन ।" मेरो भनाइलाई उसले कसरी बुझयो भन्न सक्दिनँ तर जवाफ उसले यसरी दियो -"तर यही कुरालाई तपाईले उल्टयाएर पनि राख्न सक्नु हुन्थ्यो । 'म ज्ञानी । राधिका मेरी सहपाठी । मेरो लोग्ने सहरको सम्पन्न र वयस्क भद्रपुरुष । आफ्ना सन्तान नभए पनि केटाकेटीले मलाई आमा नै मान्छन । मेरो भनाइ र सोचाइ अरु सँग मिल्दैन , त्यसैले मेरा पछाडि मेरा कुरा काटछन ।'" मैले जे भनेकी थिएँ उसले त्यही नै कुरा भने पनि उसको भनाइ धेरै कर्ण्र्ाा्रय थियो । भाषाको त्यो प्रयोगलाई आनन्द मान्दै मैले भनें -"आफ्नो बारेमा पनि भाषाको त्यही सकारात्मक प्रयोग गर्नोस त ।" उसले छिटो मुस्कान अनुहारमा ल्याएर भन्यो -"मेरो नाम जीवराज तर मलाई मायागर्नेहरू 'सानोबाबु' भनेर बोलाउछन । मलाई माया नगर्नेहरूले पनि मलाई गाली गर्दा यो सानोबाुबु नामलाई अपभ्रंश गरेर फूलनाम राख्न नमिल्दोरहेछ । विश्वविद्यालयका प्रमाणपत्रहरू मैले प|mेम हालेर भित्तामा झुण्डयाएकोछु र एउटा सानो चिया बगानको व्यवशाय गर्छर्ुु घरमा को को छन - भनेर सोध्नुहुन्छ भने आमाबाबुको म एक्लो सन्तानले उनीहरूलाई पिण्डपानी दिन शुरु गरेकै पनि एक जुग भइसक्यो । छोराछोरी छन मेरा तर उनीहरू घरमा भन्दा छात्रावासमा नै बस्छन । दशैं तिहार भेटन जान्छु म तिनीहरूलाई । कहिले कहीं म यहाँ आउछु, माइजूले दिएको मिठो मसिनो खान्छु , यो राधिका सँग झगडा गर्छर्ुु यस्तै छ मेरो वास्तविकता ।" "तपाईकी पत्नीका बारेमा तपाई किन मौन हुनुभयो त -"- मैले उसले लुकाउन खोजेको पक्ष उदाङ्ग पार्न खोजें । "मेरी पत्नी - हो, उनी पनि छन तर उनी म सँग बस्नु भन्दा माइतीमा बस्न बढी रुचाउछिन र उनको माइती यहीं काठमाडौंमा ।"- जीवराजको स्वरमा अलिकति तितोपन देखा पर्‍यो र त्यसले लोग्ने स्वास्नीको सम्बन्धमा त्यति मिठास नभए जस्तो देखाउथ्यो । राधिका खानेकुरा बोकेर आई । हामी तीनै जन खान लाग्यौं । खादाखादै राधिकाले भनी -"सानोबाबु दाइ ! तपाईको यो चाला अब चाहि मलाई मन परेन । आफू एकातिर बस्यो, छोराछोरी एकातिर राख्यो, भाउजूलाई एकातिर छोडिदियो । मानिसको घरवार पनि कहीं यस्तो हुन्छ - भन त , ज्ञानी । लोग्नेस्वास्नी रे ।दाइ अएको हप्ता दिन हुनलागिसक्यो , भाउजू कहाँ पुग्नै नभ्याृने पनि हुन्छ कतै -" "मैले म आएको समाचार त पठाइसकें नि । पठाइन त - तँ नै भन त । पुग्न त भ्याइनँ । अब के गर्छर्ेेत - यस्तै छ जिन्दगी ।"- जीवराजले स्पष्टिकरण दियो । "तिमीहरू मध्ये कसको अचाक्ली हो - त्यो त थाहा छैन तर तिमीहरू जिताहा भने हौ । भाउजूलाई भन्यो, 'खै, वहाँ आउनु नै भएको छैन' भन्छिन । तिमीलाई भन्यो भने 'समाचार पठाएकै छु नि' भनेर उम्कन्छिन ।उनीले यहाँ आउनु हुदैनथ्यो - कि तिमी वहाँ जादा केही ब्रि्रन्थ्यो - छोराछोरी बिचरा कहाँ जाउन् । अब त ठूला बुझनसक्ने भइसके, ए ।"- राधिकाले आफ्नो भनाइ एकै सासमा पोखी । जीवराजले आफूले खाइसकेको प्लेट पर सार्दै भन्यो -"हेर, राधिका ! तँ वैवाहिक जीवनको परिभाषा बुझदिनस । यसमा सफलता, असफलता दुवै पक्ष हुन्छन । प्रत्यृक सम्बन्ध सफल हुन्छन नै भन्ने छैन । ५० प्रति शत सफल छन भने त्यति नै असफल पनि छन र हाम्रो सम्बन्ध पछिल्लो ५० मा परेको छ । त्यसैले हामी छरिएर बसेकाछौं ।" "सँगै बस्दैमा सफल हुन्छ भन्ने पनि त के छ र -"- किन किन मेरा मनमा आएको धारणा पनि मैले व्यक्त गरें । "त्यसो पन हुन सक्छ तर दर्ुइ जनका बिचमा मनमुटाव भइ सकेर पनि सफल सम्बन्ध छ भने झै्र देखाउनु त फोस्रो आडम्बर हो । छोराछोरीका निम्ति पनि मिल्नु पर्छ भन्ने केही छैन । छोराछोरुी त आमाबाबु मरे पनि त हर्ुकन्छन । मेरी स्वास्नीलाई मन परेन , घर छोडी, आई, बसी म के गरूँ अब -"- जीवराजले मेरो कथन पट्ट िध्यान नदिएर आफ्नै कुरा भन्यो । "तपाई लिएर जान त सक्नुहुन्छ नि भाउजूलाई - तर तपाई त्यसो गर्नु हुन्न ।"- राधिकाले आफ्नो विरोध यथावत राखी । "सुन, राधिका ! तँ तेरी भाउजूका कुरा सुन्दासुन्दा उसकै भइसकेकीछस तर मेरो पनि आफ्नो पक्ष छ र त्यो पनि सुनिराख । म यहाँ आएको छु भन्ने जानकारी मैले तेरी भाउजूलाई दिइसकें । मैले यो नाताको कर्तव्य पुरा गरेको हुँ । माया गरेको भए म आपै+m पुगि सक्ने थिएँ र उसलाइै माया भएको भए ऊ पनि यहाँ आइपुगिसकेकी हुने थिई । मायाको बाटोमा कुनै बाधा अडचन हुदैन , कुनै बन्धन हुदैन । जीवनमा हामीहरूले एक अर्कोलाई माया गर्दै गरेनौं तैपनि छोराछोरी भए र हामी बाधिएका मात्र हौं ।"- जीवराजले प्रष्ट भन्यो । "दाइ ! छोराछोरीकी आमा भएकी स्वास्नीलाई त्यसो भन्न तपाईलाई हिचकिचाहट पनि लाग्दैन -"- राधिकाले प्रस्ट विरोध गरी । "काम्लोमा सातु मुछनु हुदैनथ्यो, राधिका, अब मुछिसके पछि केको घिन - लोग्नेस्वास्नी छोराछोरी छुट्टनिु हुन्नथ्यो, अब छुट्टइिसके पछि केको लोकाचार - माया त 圪 ज्ञानीको जस्तो हुनु पर्छ । आफ्ना छोराछोरी नभएर पनि त्यही मायाको आडमा बस्नु भएको छ , नत्र वहाँलाई बन्धन त केही पनि छैन । हैन, ज्ञानी -"- जीवराजले गम्भिर भएर म तिर हेर्‍यो । मैले कुनै जवाफ दिइनँ । दिनु पर्ने आवश्यकता पनि थिएन । म राधिका सँग नोट्स लिएर घर फर्कें । किन हो कुन्नि - त्यो राधिकाको भान्दाइ मलाइृ अनौठो लाग्यो । म सधैं सोच्दथें - बिहे एउटा सामाजिक बन्धन हो जसलाई छुटाउन सकिदैन । ऊ त बिहेलाई आपसी मायाको बन्धन र त्यो माया नभए पछि बिहेको कुनै अर्थ नै छैन भनि ठान्दथ्यो । म रनभुल्लमा परें । अहिले सम्मको आफ्नो जीवनको अर्थ बुझन नसकिनँ मैले । यसमा त मेरो आफ्नो भन्ने भाग केही पनि छदै थिएन । माया पनि थिएन , घृणा पनि थिएन । मलाई लोग्ने सँग बाधेर राख्ने छोराछोरीको मायाको बन्धन पनि थिएन । म त गाईको पुच्छरमा अल्झिएको पराजको त्यान्द्रो जस्तै अर्काकोे जीवन समाएर आफ्ना दिनहरू कटाइरहेकी थिएँ । त्यो रहश्य त त्यो सानो बाबुले आएर खेििलदियो र म नया जीवनको निम्ति छटपटिन थालें । शायद यो मेरो पागलपनको अर्को झटका थियो । केही दिन पछि मैले राधिकालाई सोधें -"त्रि्रो सानोबाबु दाइ गयो -" राधिकाले जवाफ दिई -"गयो mस्ति नै । कस्तो जिद्दी, हँ, त्यसको - 'भाउजूलाई लिएर जा' भनेको कसैको कुरा सुनेको नै होइन । तर भाउजू पनि कम जिराही भने होइनन । आफै किन जान नहुने, हँ, तिनले आफ्नो घरमा -" मैले विस्तारै भनें -"राधिका ! यो मन असाध्यौ कफल्लो चिज हो । चुडिए पछि र भाचिए पछि जोडन गाहारो हुन्छ, अझ जोडिदैन नै भने पनि हुन्छ । त्रि्रा दाजुर भाउजूका बिचमा त्यही भाचिएको मन छ । खोष ससको हो - त्यो केलाउनु पनि बेकार हो । जसको दोष भए पनि हुने कुरा भइुसक्यो । त्यसैले उनीहरू आ-आफ्नो अडानमा छन ।" "घरबार भनेको यस्तै हो भने त बिहे पनि के गर्नु -"- राधिकाले दिक्क भएर भनी । "त्रि्रै दाजुले भनेन ५०।५० को जुवा हो भनेर - कहीं न कहीं सबैको माया र मन एक किसिमले वा अर्को किसिमले फुटेकै छ , चोइटिएकै छ , चिरा परेकै छ । यही फुटेको, चोइटिएको वा चिरा परेको माया र मनलाई छताछुल्ल हुन नदिन विवाहितहरू अर्को मायाको डोरो तान्दछन अथवा प्रेमी या प्रेमिका राख्दछन । उनीहरू गुप्त या खुला प्रेमी या प्रेमिका नहुने हो भने त बहुलाउने थिए उनीहरू । अथवा तिमी यसरि पनि भन्न सक्छयौ - म जस्ता पागल सँग मात्रै प्रेमको मात्रा हुदैन, मर्याको बन्धन मात्र हुन्छ ।"- मैले उसलाई सम्झाउने प्रयाश गरें । "खै, म बुझदिन तिमीहरू विवाहितका कुरा । अँ, साँच्ची, एउटा कुरा । यस पालीको छुट्टीमा सानोबाबु दाइले म सँगै तिमीलाई पनि निम्ता दिएको छ, है, उसकोमा जान ।"- राधिकाले भनी । "निम्ता त मलाई पो दिनु पर्ने त । तिमी मार्फत किन नि -"- मैले आफ्नो हक माग गरें । "भन्न त उसले तिमीलाइ खोजेको थियो तर मैले नै रोक लगाइदिएँ । तिमीलाई चित्त नबुझेर तिमीले उसको अपमान गरिदिनसक्ने सम्भावना पनि त थियो । पुरुष अहम्को निम्ति नारी अपमान विष सरह हुन पनि त सक्छ । तिमी चित्त नदुखाउ । केवल मैले आफ्नो दाजुको बचोट गरेकी हुँ । चित्त नबुझे सजाय तिमी मलाई दिन सक्छयौ ।"- राधिका आफ्नो दाजुको ढाल बनेर उभिई । मैले उसलाई दोष दिन सकिनँ । मलाई कहिले पनि कसै कहाँबाट पनि निम्तो आएन । जीन्दगीमा पहिलो पटक आयो त अर्कै मार्फ । आएको निम्तोमा पनि कसैले बाधा हालिदियो । निम्तोमा जानु न जानु त मेरो खुशीको कुरा छदै थियो , निम्तो नै पाउनु पनि कम खुशीको कुरा थिएन ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !