प्रजिअ पुत्रले अर्काकी पत्नी बिगार्दा दुःख थियो, तर हा“सिखुशी बा“च्नका लागि एउटा जिन्दगी थियो । कहिलेका“हीको खट्पटबाहेक जिन्दगी चल्नमा केह...
प्रजिअ पुत्रले अर्काकी पत्नी बिगार्दा दुःख थियो, तर हा“सिखुशी बा“च्नका लागि एउटा जिन्दगी थियो । कहिलेका“हीको खट्पटबाहेक जिन्दगी चल्नमा केही व्यवधान थिएन । तर, मै मोरी त्यस्ती भइदिए“, जसले हु“दाखा“दाको लोग्ने त्यागेर अर्काको बिछ्यौनामा आफूलाई र्समर्पण गरिदिए“, अनि आज त्यसैको पश्चाताप भोगिरहेकी छु । भोजपुर जिल्लाको प्रख्यात धार्मिकस्थल दिङ्लामा हो मेरो माइती । गाउ“मा छ“दै बाबु-आमाले पा“चथर, जोरसालका गोपाल श्रेष्ठस“ग मेरो बिहे गरिदिनुभएको थियो । उसलाई मैले नै मन पराएकी थिए“ । दिङ्लाका मान्छे पौरखी र स्वाभिमानी पनि हुन्छन् । कारण, त्यो बालागुरु षडानन्दको जन्म र कर्मथलो हो । त्यसैले बिहे गरेलगत्तै मेरै सल्लाहमा हामी बूढाबूढी आफ्नो पौरखी जीवन बा“च्ने निधो गरेर दिङ्लाबाट १२ वर्षघि काठमाडौं झर्यौं । ऊ पनि सौतेनी आमाको कारण घरमा पीडित थियो, आफ्नी आमा मरेकाले । मलाई बिहे गरेपछि ‘ढुङ्गालाई माटोको, माटोलाई ढुङ्गाको भर’ भनेजस्तो भयो उसको जीवन । हामी गाउ“बाट काठमाडौं आउनासाथ शुरुमा डेरा गरेर पाटनतिर बस्यौं । श्रीमान्ले काठमाडौं आएको केही दिनपछि ग्वार्कोस्थित एलिना गार्मेन्टमा जागिर पाएका थिए । जागिर पाएपछि राती-राती रक्सी खाएर आउने कारणले गर्दा म ऊस“ग रिसाउने गर्दथें । म रिसाएपछि ‘मेरो कमाइ खाने, अनि मैंस“ग रिसाउने’ भनी ममाथि पनि भौतिक आक्रमण गथ्र्यो । हु“दाहु“दा मेरो गर्भबाट एउटा छोरो जन्मियो, सुत्केरी छ“दा पनि विभिन्न बाहाना निकालेर लोग्नेले मलाई कुट्ने गर्दथे । पा“च वर्षघि, पाटनमा बस्दै चिनेको एउटी साथी थिइन्, सुशीला नाम हो उनको । सुशीलाले एकदिन मलाई आफैं काम गरेर खानर्ुपर्छ भनी मैतीदेवीस्थित उनको साथीको कस्मेटिक पसलमा लगिन् । त्यो पसलमा काम गर्न थालेपछि त्यहा“बाट आउने तलब हरेक दिन मैतीदेवी-पाटन आउ“दा-जा“दा गाडीभाडामै सकिने अवस्था भयो । त्यसकारण मैले रातोपुलमा डेरा लिए“ । मेरो लोग्नेले रातोपुलको डेरा पनि पत्ता लगायो । रातोपुलमा आएर ‘मस“ग किन बस्न छाडिस्, कोस“ग लागेकी छस्’ भन्दै फेरि मलाई कुट्यो । त्यसपछि ऊ पनि रातोपुलमा मस“गै बस्न थाल्यो । सुत्केरी हु“दा राम्रो स्याहार नपुगेर मेरो पाठेघरमा ट्युमरको डल्लो फर्किएको थियो । त्यसको अप्रेसन गर्नका लागि म ज्ञानेश्वरस्थित हिमाल नर्सिङ्ग होममा भर्ना भएकी थिए“ । त्यसरी भर्खर अप्रेसन गरेको मान्छेलाई पनि लोग्नेले कुट्न बा“की राखेन । अब त अति भो भनेर मैले आफ्ना दुःखका कुरा साथीहरुलाई सुनाउन थाले“ । त्यसमध्ये मेरो दुःखका कुरालाई ध्यान दिएर सुन्ने र ‘यसो गर, त्यसो गर’ भनेर सल्लाह दिने व्यक्ति थिए दिनेश भट्टर्राई । उनी वाग्लुङबाट चितवन बसाइ“ सरेका सरकारी हाकिम लक्ष्मीप्रसाद भट्टर्राईका छोरा हुन् । उनका बुबा ४-५ वर्षघि काठमाडौंका सीडीओ थिए । र, उनका बुबाले कलङ्कीभन्दा अलिक पर, स्युचाटारमा घर बनाएका छन्, दिनेश त्यही“ बस्थे । उनी मैले काम गर्ने पसलमा आइरहन्थे, तर आउनुको कारण वा बहानाबारे म जानकार थिइन“ । मैले दिनेशलाई लोग्नेले दिने गरेको यातनाबारे सविस्तार बताएपछि उनले मलाई रातोपुलबाट डेरा सरेर ज्ञानेश्वरमा बस्ने सल्लाह दिए । ज्ञानेश्वरको डेरा दर्ुइ-तीन महिना लोग्नेलाई नदेखाउनु भन्ने उनको सल्लाह थियो । मलाई लाग्यो- स्वस्नीलाई दर्ुइ महिना भेट्न नपाएपछि लोग्ने खरिएर बाघजस्तो हुन्छ र मलाई उसले माया गर्न बाध्य हुन्छ । दिनेशले मलाई दुःख-सुखमा साथ दिन्छु भनेको थियो । साह्रो-गाह्रो पर्दा भन्नु है भन्थ्यो । त्यसैले ज्ञानेश्वरमा डेरा लिएर बस्दा मैले उसलाई आफ्ना अप्ठेरा-सजिला सबै कुरा भन्ने गरेकी थिए“ । ऊ कहिलेका“ही राती ज्ञानेश्वरको मेरो डेरामा आउ“थ्यो र त्यहीं सुत्छु भन्थ्यो । एकदिन ऊ त्यसरी नै राती आयो र भन्यो- ‘आज तिमी र म स“गै सुत्ने है †’ म दुःख पाएकी, अनपढ आइमाईलाई ड्रि्री पढेको सीडीओको छोरोले स“गै सुतौं भनेपछि त्यस्तोलाई के जवाफ दिनर्ुपर्छ भन्ने कुरा मैले सोच्नै सकिन“ । एकछिन नर्भस भए“ । फेरि उसले ‘हुन्छ -’ भनेर स्वीकृति मागेपछि मैले ‘ल’ भनिदिए“ । त्यसरी हामी थुप्रै रात एउटै खाटमा सुत्यौं र हामीबीच निरन्तर शारीरिक सम्बन्ध कायम रह्यो । हाम्रो संस्कारले एउटा पुरुषस“ग सम्बन्ध हु“दाहु“दै अर्को पुरुषस“ग यौनकर्म गर्नुलाई अनैतिक भनेको छ । त्यस्तालाई शास्त्रले ‘वेश्या’ भन्छ । मैले सोचे“- ‘म वेश्या पो भए“ कि….’ भनेर । फेरि अर्को मनले सोचे“- मैले वेश्या नबन्नका लागि यो दोस्रो पुरुष, जसले मस“ग सम्बन्ध कायम राखेको छ, उसैलाई अङ्गाल्ने र उसको साथमा रहने । यो कुरामा उसको पनि स्वीकृति थियो । उसले बिहे गरेको थिएन, धेरै पढेको थियो र राम्रो बाउको छोरो पनि हो । हप्तामा ४-५ दिन मस“ग बस्ने र १-२ दिन घरमा बसेर फेरि मैंकहा“ आउने गर्दथ्यो ऊ । मलाई कानूनका केही कुरा थाहा थिएन । उसैले भन्यो- गाउ“मा गएर लोग्नेस“ग छोडपत्र गर्नुपर्छ । म ऊस“गै गाउ“ जान भनेर हि“डें । लोग्नेको कमाइ र आफूले पनि इष्टमित्रहरुस“ग भनेर जोहो गरेको रकमले मोरङको उर्लाबारीमा १५ धुर जग्गा किनेको थिए“ मैले । छोडपत्र गर्ने बेलामा लोग्नेले त्यो जग्गा माग्ला भन्ने डरले त्यो जग्गा मैले उर्लाबारीमा बस्ने मेरी दिदीको नाममा पास गराइदिए“ । अनि, दिनेशलाई उर्लाबारीमैं राखेर म दिदी र दाजुस“ग पा“चथर गए“, छोडपत्र गर्नका लागि । छोडपत्र गरेको बेला हामी बालुवाटारमा बस्थ्यौं । उताबाट फर्केर आएपछि बालुवाटारको डेराछेउमा बस्ने आइमाईस“ग मेरो झगडा पर्यो । त्यो घटनापछि हामी त्यहा“बाट सरेर भाटभटेनी पुग्यौं । गएको असार २४ गते हाम्रो डेरामा दिनेशले आफ्नो साथी तथा नेपाल पुलिसका इन्स्पेक्टर राजकुमार सिलवाललाई पनि लिएर आएका थिए । उनीहरुले कोठामा बसेर दिउ“सैदेखि रक्सी धोक्न थालिसकेका थिए । खा“दाखा“दै इन्स्पेक्टर सिलवालले मलाई आफ्नै बूढीझैं गरेर ‘पापड ल्या त नानु’ भन्यो । मैले त्यो कुरा सहन सकिन“ । दिनेश त्यसबेला तल्तिर पसलमा गएको थियो । मैले दिनेशलाई यो कुरा भनें । दिनेशले इन्स्पेक्टरलाई ‘के हो -’ भनी सोध्दा उसले ‘नानु’ हैन, ‘सानु’ भनेको भन्यो । मैले पनि मैले सुनेको कुरा झूठो भए म आफ्नै कान झीरले उनिदिन्छु भने“ । यो घटनापछि इन्स्पेक्टर सिलवालले हामीबीचको माया-पीरतीमा भा“जो हाल्न थाले । त्यो दिन इन्स्पेक्टर सिलवाल र ऊ मलाई पत्तो नदिई कोठाको चाबी तल्तिर पसलमा दिएर हि“डे, तर कहा“ गए भन्ने कुरा मलाई पनि थाहा भएन । दिनेशलाई मोबाइलमा फोन गरेको थिए“, तर उठाएन । त्यसपछि मैले इन्स्पेक्टरलाई फोन गरे“ । उसले त मलाई ‘दिनेशलाई छाडिदेऊ, त्यसो गर्दा तिमीलाई कति पैसा चाहिन्छ, म उसको बुबास“ग भनेर ल्याइदिउ“ला’ भन्यो । र, उसैले भन्यो, दिनेश पोखरामा अंकलको घरमा लुकेर बसेको कुरा । तर, तीन महिनापछि ऊ फर्किएर फेरि मैस“ग बस्न थाल्यो । उसको नियतमाथि शंका लागेका कारण भोजपुर गएर मेरो अर्को नागरिकता बनाई ऊस“ग अदालती बिबाह गर्ने योजना हामी दुबैको सहमतिमा बनेको थियो । मेरो पहिलाको नागरिकतामा पहिलो श्रीमान्स“ग बिबाह गरेको आधारमा बनेको थियो र त्यसमा पतिको नाम भनी पहिलाको श्रीमान्को नाम उल्लेख थियो । तर, अदालतमा बिबाह गर्दा अर्कोस“ग बिबाह गरेकोले बहुबिबाह गरेजस्तो देखिने कारण भोजपुर गएर अर्को नागरिकता बनाउनु परेको हो । काठमाडौं फर्किएपछि फेरि उसको नियतमाथि शंका भएकै कारण मैले उसको नागरिकता लुकाएको थिए“ । किनभने, म अनपढ आइमाइलाई विभिन्न कानूनी अड्चन देखाएर उसले अदालती बिबाहका लागि आलटाल गरिरहेको थियो । तर, उसले मलाई फकाइफुल्याई गरेर बैंकमा नागरिकताको काम पर्यो भनी नागरिकता लैजान सफल भयो । केही दिनपछि इन्सपेक्टरले पो भन्यो- उसले त्यो नागरिकता लगेको त विदेश जाने प्रक्रिया शुरु गर्नका लागि पो रहेछ । यसरी आफूले बिहे गर्छर्ुुनेर भएको लोग्नेस“ग डिभोर्स गराउने सीडीओको छोरोको नियतमाथि एकपछि अर्को गर्दै शंका गर्नुपर्ने ठाउ“ बढेका कारण मैले उसका शैक्ष्ँिक योग्यताका प्रमाणपत्रहरु पनि लुकाएर राखेकी छु । बिहे गर्छर्ुुनेर लोग्नेस“ग छुटाउनेमात्रै होइन, स्युचाटारको घरमा लगेर केही दिन उसले मलाई आफ्नै बाबुआमाको अगाडि बुहारी बनाएर राखेको थियो, भोजपुरमा मेरो माइतमा गएको बेला त्यो बाहुनलाई मेरो बुबाले ज्वाईं भनेर ढोग्नु पनि भएको छ । तर, आज ऊ मलाई बिचल्लीमा पारेर भाग्न खोज्दै छ । भागेको मात्रै होइन, उसले मेरो दराजबाट ३ लाख ६० हजार रुपिया“ पनि चोरेको छ । मैले पहिलाको बूढोस“ग डिभोर्स गर्ने बेलामा उसले सम्पत्तिमा किचकिच गर्ला भनी बेचेको उर्लाबारीको जग्गाको पैसा र बुबाले भोजपुरबाट ल्याएको रुद्राक्ष बेचेको पैसा समेत गरी ३ लाख ६० हजार रुपिया“ थियो त्यो । मैले जग्गा किन्ने बेलामा ऋण गरेका आफन्तहरुलाई र बुबाले राख्न दिएको त्यो पैसा फर्काउनर्ुपर्छ, तर मलाई बिहे गर्छर्ुुन्नेले उल्टै मेरो पैसा चोरेर भागेको छ । घटना धेरै पुरानो होइन, गएको बुधबारको कुरा हो । सा“झ ७ बजे म कोठामा नभएको बेला स“गै बस्ने एक बहिनीका बाबुकै आ“खा अगाडि उसले त्यो पैसा झिकेको थियो । त्यसरी न बिहे गर्यो, भएको पैसा पनि चोरेर लग्यो भनी मैले उसको बुबास“ग कुरा गर्ने बिचार गरे“ । बिहीबार दिउ“सो २ बजे मैले उसको बुबालाई फोन गरेर ‘म भेट्न आउ“दैछु’ भनें । तर, स्युचाटार पुग्दा घरमा कोही थिएन, ताला लगाएको थियो । उसको घरको छेउछाउका पसलमा सोधे“, उनीहरुले दिनेशलाई धेरै दिनदेखि नदेखेको कुरा गरे । अनि, त्यहींको पसलबाट दिनेशलाई फोन गरे“ । उसले मलाई ‘नियम-कानूनअनुसारले खोजी गर, मैले लगेको प्रमाणित हुन्छ भने म तिरौंला’ भन्यो । अनि, कानूनको खोजी गर्दै महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा पुगे“ म । आइमाइको केस भएकोले होला, त्यहा“बाट पनि कालिमाटीस्थित महिला सेलमा पठाइयो । तर, लोग्नेको भेषमा चोरी गर्ने त्यो मान्छे फेला नपरेपछि मैले फेरि हनुमानढोकास्थित अपराध शाखाको ढोका ढक्ढक्याउनु पर्यो । त्यसपछि मैले उसको बुबास“ग कुरा गरे“ । तर, उसको बुबाले उल्टै ‘मेरो छोरो कहा“ लुकाइस् भनेर त“लाई पुलिस केस गर्छर्ुुभनी धम्क्याउनुभयो । र, आजको मितिसम्म त्यसको पत्तो छैन । भागेर विदेश जाने योजना बनाइरहेको छ भन्ने सुनेकी छु । इन्सपेक्टरमार्फ मलाई कहिले कुट्ने, कहिले मार्नेसम्मको धम्की दिने गरेको त्यो दिनेशले आज मेरो जीवन मर्नु न बा“च्नुको अवस्थामा पुर्याएको छ । म अनपढ, पहाडकी केटीमाथि किन उसको गिद्देनजर पर्यो, मैले ठम्याउन सकेकी छैन । सीडीओ भइसकेको ‘प्रतिष्ठित’ भनाउ“दोको परिवारका मान्छेले यस्तो दर्ुइपैसे र घटिया हर्कत देखाउ“छन् भनेर मैले सोचेकी पनि छैन । म गरिबकी छोरीका लागि आज त्यो ३ लाख ६० हजार रुपिया“ गलाको पासो बनेको छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !