आफानो दु:ख जाने भयो भनेर चिंता - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

आफानो दु:ख जाने भयो भनेर चिंता

उनीहरु पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङजु डाँडामाथिको आकाशमा बादलको सानो थ...

उनीहरु पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङजु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरु सुनकोशीको गढतिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरुको ताँती जुलुश हिँडेजस्तै देखिन्छ । हिँउदका अरु महिनाहरु पनि यो बाटोमा ढाक्रेहरुको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरुको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरु घटेपछि कोशी किनारका गाउँहरु स्वरुङ दोभान निवुवाटार र कुनाइका मानिसहरुको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरुमा खेतीबाट जीविकोपार्जन गर्नेहरु अत्यन्तै थोरै छन् । मूलबाटो भएको कारण व्यापार नै उनीहरुको प्रमुख आयस्रोत बन्यो । ### सर्पझैं कुङलिङ पर्दै घुमेको पिप्चाई उकालोमा मध्य दिउँसोको चर्को घामले आँखालाई नै तिरमिरतिरमिर पार्ने गर्छ । पिप्चाई फेदीमा रहेको सीमलको रुख बाहेक हरियोको कतै नामनिशाना छैन । खडेरीले सबै डाँडाकाँडाहरु यतिबेला कोशीपारी राजदहको पहिरोझैं उजाड देखिन्छन् । सुनकोशी नदीको कर्कश आवाज कतै नरोकिइकन एकनासले बजिरहेको छ । ### आज त भात खाने बेला टरिसक्यो है माइला ! हाम्रो टाउकै माथि पो बसेको छ घाम । भारीमा टेको लाउँदै आकाशतिर हरेर रनेम्पाले भन्यो । ### यति ढिलो त कहिल्यै पनि भएको थिएन । रनेम्पाको आवाज सुन्ने बित्तिकै मन्जितेले पनि आफ्नो भारीलाई टेको लाउँदै सहमति जनायो । ### यसैपटकदेखि आफ्नो जेठो छोरो रनशेरलाई भारी बोक्न सिकाउनका लागि उसले कटारी लिएर आएको थियो । रनशेर उमेरले यही फागुनमा मात्र एघार वर्ष पुग्यो । गाउँको स्कूलमा तीन कक्षासम्म पढेपछि ऊ घरको काममा लाग्यो । रनेम्पा ! सानो भए पनि तेरो छोरो निकै कडा छ जस्तो छ । आफूहरुभन्दा निकै अगाडि पुगिसकेको रनशेरपट्टि औंल्याउँदै मन्जितेले रनेम्पालाई फुक्र्यायो । रनेम्पाले सुनकोशी किनारको तेसो्र बाटोमा आफ्नो आँखालाई परैसम्म ओछ्यायो । छोटो कदको रनशेर कोशीको बगर छेउमा सानो ढाकर बोकेर हिँड्दा चामलको विस्कुनमा घुनकिरा दौडेजस्तै देखिन्थ्यो । रनशेर पिप्चाई फेदिमा देखिएको सिमलको रुखतिर लक्ष्य गरेर दौडिरहेको थियो । ### बिसाउने ठाउँ पनि आइपुग्यो है माइला । आफ्नो टेकोलाई ढाकर माथि सिउरिदै मन्जिते अघि बढ्यो । के हाम्रो डाँडामाथि पनि मोटर कुद्छ त माइला स्वरुङ दोभानमा भरखर कटारीबाट बनाएर ल्याएको फिलिप्स रेडियोबाट विहान सुनेको समाचारले उकुसमुकुस भएर मनभित्रको गुम्फित पीडालाई रनेम्पाले मन्जितेका सामुन्ने पोख्यो । विहानै सुनेको रेडियोको समाचारले शेरमानको हिडाइको गतिलाई नराम्ररी खुम्च्याइदियो । अलिकति त उसलाई आफ्नै रेडियोसँग रिस उठ्यो । आज यसले कस्तो अशुभ समाचार सुनायो हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने यही बाटोमा भारी बोकेर उनीहरुले जीवनको सम्पूर्ण जस्तो कालखण्ड बिताए । शेरमान र मन्जिते समवयका सँगसँगै हुर्केर बढेका । उनीहरु आफ्ना बाबुहरुसँग सानै उमेरदेखि सँगसँगै भारी खेप्न कटारी आउथे । अर्थात् भारी बोक्न सिक्थे । कटारीबाट सोलुखुम्बुसम्म भारी पुर् याउन करीब नौदश दिन लाग्थ्यो । यो लामा बाटोमा उनीहरु प्रायः सँगसँगै हुन्थे । ### सुनकोशीको किनारैकिनार हिड्दा थाकेर यस ठाउँमा आइपुगेपछि ऊ साह्रै आनन्द मान्थ्यो । कटारीबाट भारी बोकेर उसका साथीहरुसँग प्रायः ऊ तेस्रो दिनमा यहाँ बास बस्न आइपुग्ने गथ्र्यो । हिउँदका कैयौं महिनाहरुमा यही निर्जन ठाउँमा कहिलेकाहीँ ऊ एक्लै पनि बास बसेको थियो । घरबाट कटारी जाँदा यही ठाउँमा आएर एकछिन बसेर थकाइ माथ्र्यो र कोशी नदीको पानीमा कोदोको जाँड घोलेर खान्थ्यो । कोशीको पानीमा जाँड घोलेर खाँदा ऊ बेग्लै र मीठो स्वाद पाएको अनुभव गथ्र्यो । वैशाख महिनाको मध्य घाम जताततै वातावरण तातो छ । बादलका थेग्लाले घामलाई छोपेर ल्याएको शीतलपन कुनै कुनै बेला घुम्दै आइपुग्थ्यो । ### च्यास्सीटार हाम्रो देशको औसत नेपाली गाउँमध्ये एक हो । आफ्नो खेतीले यहाँका मानिसहरु मुस्किलले तीन महिना खान्छन् । बाँकी महिनाहरु कटारीबाट सोलुखुम्बु एंसेलुखर्क ओखलढुंगा रुम्जाटार दिक्तेलसम्मको भारी बोक्छन् र जीविकोपार्जन गर्छन् । अन्नपात उब्जन उपयुक्त मौसम पर्खनुपर्छ । मकै र कोदो यहाँको मुख्य बाली हो । कहिलेकाहिँ त खडेरीले त्यसलाई पनि खाइदिन्छ । त्यसपछि गाउँमा अनिकाल पस्छ त्रासद रुप बोकेर । त्यसले बृद्ध केटाकेटी कोही पनि भन्दैन त्यसपछि सबै कटारी जान्छन् भारी खोज्न । कति घरमा त मानिस नभएर दैलो नै लाग्छ । ### उनीहरुका पूर्खा यो ठाउँमा कहिलेदेखि बसेका हुन् सबैले अनुमान मात्रै गरेका छन् । भुङजु डाँडाको वरिपरिमात्र तिलुङ्गे राईहरुको बस्ती छ । गाउँघरमा पढेका भाइभतिजाहरुले भनेको सुनेको हो उसले । तिलुङ्गे राईहरु टाढामा दुर्क्षिम गाउँसम्म फैलिएका छन् । तर उसले आफ्ना पूर्खाहरुलाई जति सुन्यो र देख्यो - उसका जिजुबाजेहरुले चिसापानीदेखि ओखलढुंगा दिक्तेलसम्म भारी खेपेको थुपैैर कथाहरु ऊ अहिले पनि सम्झिरहन्छ । उसको बाबुको पालामा कटारीमा बजार बनिसकेको थियो । कटारी बजार बनिसकेपछि मात्र ऊ भारी बोक्न सक्ने भएको थियो । त्यसपछि कटारीबजारदेखि पूर्वी्र मध्य पहाडका बजारहरु र केही गाउँहरुमा विकासे सामग्री ओसार्नु उसको मुख्य कर्म बन्यो । ### अलिअलि घुमि्रएको कपाल पुड्को जीउडाल अलिक बढ्ता थेप्चिएको नाक गोरो अनुहार जुठो भाँडो माझिसकेर कोशी नदीतिर हेरिरहेको आफ्नो छोरो रनशेरलाई रनेम्पाले एकटक लाएर हेर्छ । छोरोलाई हेर्दाहेर्दै ऊ आफ्नो श्रीमती सम्झन्छ । रनशेर वर्षीको नपुग्दै उसकी श्रीमतीलाई ज्वरोको दुईदिने व्यथाले लग्यो । त्यो वर्ष कति कहालीलाग्दो थियो । अनिकालले गर्दा जिल्लामा आगै लागेको थियो । भोकको महामारीका कारणले कटारीबाट ल्याएको भारी बाटैमा लुटिन्थ्यो । उसको भारी पनि एकपटक स्वरुङ दोभानमा लुटियो । झण्डै ज्यान नगएको । सम्झँदा पनि डरलाग्छ उसलाई त्यो घटना । त्यो अनिकालको मुखमै उसले आफ्नो बाबु गुमायो । बाबुको एक्लो छोरो ऊ । भोकमरीको डरलाग्दो अवस्थामा बाबुको काजकृया गर्न पनि सकेन उसले । त्यतिबेलाको घटना सम्झँदा ऊ नराम्ररी छटपटिन्छ । त्यसको तीनै महिनापछि उसकी स्वास्नी मरी । दशाले एकैचोटि घेर्दोरहेछ । उसले यस्तै अनुभव बोकेको छ जीवनमा । ### यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला बिहानै सुनेको समाचारले पारेको पीडालाई केही खुकुलो पार्न रनेम्पाले मन्जितेसँग फेरि जिज्ञासा पोख्यो । ### के कटारीमा कुदेजस्तो मोटर हाम्रा गाउँमा पनि आउँछ त आप्पा मन्जितेले केही भन्न नपाउँदै रनशेरले अचम्म मान्दै आफ्नो बाउसँग सोध्यो । आज विहान सुनिनस् रेडियो रनेम्पाले छोरालाई झाँट्यो । ### हाम्रो डाँडापाखामा मोटर कुदे त यो दुःख हामीले गर्नै पर्दैनथ्यो नि । चुनावमा भोट माग्न आउने नेताले हल्ला चलाएका होलान् नि ! अब त चुनाव आउने बेला भा छ क्यार ! यस्तो हल्ला त मैले पाचायती राजमै कतिपल्ट सुनिसकेको थिएँ । मन्जितेले निराश भावमा यो कुरालाई उडाइदियो । ### यो डाँडामा मोटर कुद्ने हो भने यो मन्जिते के खाँदो हो कहाँबाट भारी खेपेर खान्छ । कटारीबाट भारी बोकेर पो छाक टार्न पाएको छ । नत्र मेरो जस्तै यसको पनि त्यही दुई तीन हलको पाखो बारी न हो । मन्जितेको कुराले रनेम्पालाई अचम्म लाग्यो । यो कुरा उसले बाहिर भन्न नसकेर मनमनै राख्यो । रनेम्पाले मनमनै चिन्ताको सगरमाथा फेरि अग्ल्यायो । ### हाम्रो गाउँमा पनि मोटर कुदे त कस्तो आनन्द आउँथ्यो हगी । ढुंगामा बसेर रनशेरले उही जिज्ञासा दोहोर् यायो । रनशेरले यसपटक कटारीमा पहिलोपटक मोटर देख्यो । साँच्चै अचम्म लागेको थियो उसलाई । घरजस्तै पो हुँदोरहेछ त अप्पा भन्दै गुडिरहेको मोटरलाई ढाकर बोकेर पछ्याएको थियो उसले । ऊभित्र आफ्नो बाबुको कुराले आज नयाँ कौतुहलताको सृजना भयो । ### के त्यस्तो घरजस्तो मोटर पनि हाम्रा गाउँमा आउँछ छ ! कसरी हिँड्ला यो उकालो । अनि हामी त्यसैमा चढेर परसम्म जाने हो त ! रनशेरलाई भित्रैदेखि विश्वास लागेन । ### रनशेरलाई घर पुगेर यो सबै कुरा आफ्ना साथीहरुलाई सुनाउने ठूलो रहर छ । उसका समवयका थुप्रै साथीहरुले मोटर देखेकै छैनन् । अझ आप्पाले सुनाएको खबर सुनाउनका लागि घर पुग्न ऊ साह्रै हतारिएको छ । ### साँच्चै आउँछ त आप्पा ! हाम्रा गाउँमा कटारी जस्तो मोटर । रनशेरले आफ्नो बाबुको कुरालाई पछ्याउन छाडेन । ### यसरी धेरै सवाल जवाफ नगर्ने र धेरै नबोल्ने छोराको यो हठसँगै उसलाई भित्रभित्रै नराम्रोसँग रिस उठ्यो । आफ्नो गाउँमा मोटर कुदिदेला र यही भारी बोकेर खाने काम हरिने हो कि भन्ने डरले आज विहानदेखि उसलाई लखेटिरहेको थियो । अझ छोराको प्रश्नले र मन्जितेको भनाइले ऊ भित्रको मन नराम्ररी चिमोटियो । ### यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरु । बाहिर व्यक्त गर्ने आँट नगरेपनि रनेम्पाले मनमनै कल्पियो । ### ओहो ! दिन त ढल्किसकेछ । भित्तैभरि ठोकिएको घामले गोहोरोको छालझैं टल्किएको पिप्चाई उकालोतिर हेर्दै रनेम्पाले सम्झायो । रनेम्पाका लागि आजको दिन अरु दिनजस्तो छैन । घाम पनि अरु दिनको भन्दा बढ्तै चर्को छ । सिमलको छहारी पनि अरु दिनको जस्तो शीतल छैन । उसलाई कहिले पनि दिन यति नरमाइलो लागेको थिएन !!!!!!!!!

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !