आख़िरी मान्छेको मन न हो" "मेरो शुझाब तपाईलाई - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

आख़िरी मान्छेको मन न हो" "मेरो शुझाब तपाईलाई

मानिस भनेको -मानिस नै हो तर एउटा कुरा के भने, सब्य मान्छे र असब्य मान्छे भन्ने बुझिन्छ ! सबै मान्छे को सोच बिचार सधारण शब्दमा भन्नु पर्दा खे...

मानिस भनेको -मानिस नै हो तर एउटा कुरा के भने, सब्य मान्छे र असब्य मान्छे भन्ने बुझिन्छ ! सबै मान्छे को सोच बिचार सधारण शब्दमा भन्नु पर्दा खेरि हर ब्यक्तिमा केहि न केहि कुरामा फरक र कम या ज्यादा बुझने शक्ति हुन्छ ! जसले आफुलाई राम्ररी चिन्न सकेको हुन्छ ! त्यसले सम्पुर्ण कुराहरु चिन्न र परिचय दिन सक्छ ! जो मानिस आफु देखि नै आफै सित डर त्रास राख्दैन भने उसले कसैको पनि डर-भर राखेको हुदैन ! त्यो ब्यक्ति या त अगाडि बढेको हुन्छ या पछाडि परेको हुन्छ ! एउटा सामाजिक कल्याणकारी ब्यक्ति बन्नु छ भने पहिले आफुलाई चिन्ने कोशिस गर्नु पर्छ ! आफुलाई राम्ररी चिनिसके पछि अरुलाई आफुसित परिचय गर्न गार्हो पर्दैन ! एउटा सब्य ब्यक्ति बन्नु छ भने पहिले हर ब्यक्तिलाई आदर गर्न सिक्नु पर्छ ! त्यस पछि समाजको माझमा हेल मेल हुन सक्नु पर्छ ! मेरो चाही बिचारमा बाउ-आमाको नामले आफु परिचय हुनु भन्दा छोरा-छोरीको परिचयबाट बाउ-आमाको परिचय हुन सकोस ! अनि मात्र ब्यक्ति र ब्यक्ति मा परिचय र समाज बाट समाजमा र यो सन्सार मा नै नामि बन्न सकियोस ! जब मेरो ब्यक्ति कल्याण बाट समाज कल्याण र समाज कल्याण बाट देशको नै कल्याण हुने छ र जब मेरो लगनसिल्ताले मेरो बाउ-आमाको परिचय हुन सक्यो भने, अब मैले भन्दा पनि ज्यादा लगनसिल बनेर मेरो छोरा-छोरिले मेरो परिचय गर्न सकुन ! अब यस्तो समय बनाउन सक्नु पर्यो कि छोरा-छोरीको नाउ बाट बाउ-आमाको परिचय हुन सकोस ! फलानाको छोरा-छोरी भन्नु भन्दा, फलनाका बाउ-आमा भन्ने हओस ! यदि तपाई पनि यसो नै गरेर देखाउन चाहानु हुन्छ भने पहिले त्यो तपाईको मन र दिमाखमा भएको घमण्ड लाई हटाई दिनुस ! यो बिकाश र बिग्यानको होडमा परेर अरु भन्दा आफु अघाडि जाने हिग्सामत भावना हटाउनुस ! बोल्दा पनि सदा नरम र कोमल भावानाले बोल्ने गर्नुस ! कसैले तपाईलाई राम्रो या नरम्रो दुई शब्द गालि या प्रश्न सोधिहाल्यो भनेपनि तपाई त्यस को जवाफ तुरुन्तै दिन सक्नु हुन्छ र पनि त्यस शब्द लाई केहि सोचेर या सोचे जस्तो गरेर जवाफ दिने बानि बसाउनुस ! तपाई लाई अत्यन्तै मार्मिक घटना या शब्द आई हाल्यो भने पनि हासेर नै हल गर्ने कोशिस गर्नुस ! यदि तपाईलाई यो कुरा गर्नु हुन्न या नभन्नुस भनेको कुरा गरेर कसै सित पनि बिश्वास घाति नबन्नुस ! सबै कुराहरुको ग्यान राखेर अरु नया-नयाकुरा सिक्दै-सिकाउदै जानुस ! तपाई ले आफुमा भएको परिबतन आफु नै थाहा पाउनु हुनेछ ! तर यो कुराहरु तपाईको लागि एक छिनको लागि मेरो तर्फ बाट उपदेश जस्तो लाग्ने छ ! बिध्या भनेको बाडेर कहिले पनि कम हुदैन ! बरु बढेर जान्छ ! तर यसलाई म मान्नेछु र गर्ने पनि छु भनेर तपाईले अहिलेनै प्रतिग्या गर्नु भयो तर एक छिन पछि तपाईकि जिबन साथि पराय लोग्ने मान्छे सित अन्क्माल गरेर हिडेको देख्नु भयो ! तेति खेर नै तपाईको दिमाख परिबतन भएर यसलाई नमारी कहा छोड्छु र नहुने र नचाहिने दो शब्द हरु मनमा उबजाउनु भयो ! यि दुबैलाई नमारि मेरो मनमा शान्ति हुदैन भनेर सोच्नु भयो ! तर त्यो लिग्ने मान्छे तपाई भन्दा धेरै पहलमान छ ! त्यस लाई ता केहि गर्न सक्नु हुदैन ! आफ्नै जिबन साथि लाई घरमा गएर बेसरि कुटपिट गर्नु भयो ! तर तपाईको जिबन साथिले तपाईको कुटाई किन मलाई कुटनु भयो भनेर अलिकति सोचमा परिन र सोधिन होईन तपाईलाई आज के भयो ? तपाईले मलाई किन यसरि कुट्नु भएको भन्दा अझै तलाई पुगेन र सोध्छेस ! तिनले केहि छिन चुप लाहेर बसिन ! बलेको आगोमा झन तेल हाल्यो भने अरु बलेर जान्छ भनेर उनले आफ्नो पतिको रिस मरेपछि राम्री सोशिन तब तपाईले उन लाई रिस उठे पनि यि मेरा दुई शब्दको उपदेशहरु मनमा आएर नरम भएको जस्तो देखाएर भन्नु भयो त्यो मान्छे सित तिमिले किन अन्क्माल गरेर हिडेउ ? तब तपाई कि जिबन साथिले भनिन तपाई धन्यको हुनुहुन्छ ! त्यो बिचरा घास झार्न भनेर रुखमा चढेको, चढेको हागो लाछिएर लडयो र उसलाई मैले साहाएता दिने कोहि मान्छे नदेखेर मैले उसको घर सम्म पुराउने मदत गरि दिएको थिए ! यि सबै कुरा तपाईलाई सुनाएर हेर्न पठाउला भन्ने थियो तर मैले भन्नु भन्दा पहिले नै तपाईले तमाम काम पुरा गरेर छाडिदिनु भयो ! यि सबै कुरा सुनेर तपाईले मन-मनै पश्चाप गर्नु भयो ! अब बिति सकेको समयले तपाईलाई धोका दिएर गई सकेको छ ! अब पश्ताएर कोहि फाईदा छैन ! तपाईले उसको घरमा गएर सन्चै हुनुहुन्छ भनेर सोध्नु भयो ! बिचरा तपाई कि जिबन साथिले उनलाई सहाएता पुराएको यादले गर्दा उसको आखाको नानि बाट आसु झारेर भन्यो-तपाईले देबि जस्तै जिबन साथि पाउनु भएको छ ! मेरो उनले सहाएता नगरि दिन्थिन भने म आज जिउदो रहने कोहि आशा थिएन ! अहिले ठिकै छु भन्यो ! अब तपाईको मनमा अरु भकानो बनेर आयो र तपाई आराम गर्नुस मेरो अलि कति पल्लो टोलमा जानु छ भनेर त्यहा बाट तपाई निस्किएर हिड्नु भयो ! खोलाको छेउमा बसेर त्यही खोलाको सुसाईको साथमा साथ दिएर बेसरि रोई पश्चताप गरेर घरमा फरक्नु भयो तर पनि तपाई यस्ता घटनाहरु आफैले घटाएर पनि अरु आफ्नो ब्यक्तितो लाई सुधार्ने कोशिस कहिले पनि गर्नु हुदैन ! आखिरी मानिसको मन न हो, शघ्का-उपशघ्का गरिरहेको नै हुन्छ ! उदाहरणको लागि एउटा झिगो लाई नै सोच्नुस ! त्यो झिगो गु भेट्याए पनि बस्छ र खिर भेट्याएपनि बस्छ ! त्यसलाई थाहा हुदैन कि या छुट्याउने कोशिस गरदैन कि कुन खिर हो, कुन चाहि गु हो ! त्यस्तै मान्छे को मन र सभाब हुन्छ ! कोहि काम कुरा गर्नु भन्दा पहिले के होला भनेर सोच्दैन ! अरु भन्दा पनि नेपालीको बुध्दि पछाडी पट्टि हुन्छ भनेर सबैलाई थाहा नै भएको कुरा हो ! आफ्नो गल्ती भएपनि सुधारने कोशिस सम्म पनि गरदैन ! यहि भएर हामिहरु सबै भन्दा पछि परि रहेका छौ होईन र ??? धन्यबाद !!!

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !