आफ्नो जिबनको बाटो आफै बनाउनुश ल ! - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

आफ्नो जिबनको बाटो आफै बनाउनुश ल !

"आफ्नो जिबनको बाटो आफै बनाउनुश ल !" जिबनमा सफलता उसैलाई मिल्छ, जसलाई आफुले आफैलाई पुरा पुर्ण बिश्वास गर्छ ! यो सन्सार ले प...


"आफ्नो जिबनको बाटो आफै बनाउनुश ल !"
जिबनमा सफलता उसैलाई मिल्छ, जसलाई आफुले आफैलाई पुरा पुर्ण बिश्वास गर्छ ! यो सन्सार ले पनि उशै माथि पुरा-पुर्ण बिश्वास गर्छ ! जो मान्छे माथि यो सन्सारले बिश्वास गर्छ त्यस ब्यक्तिको ब्यक्तित्व को बिकास हुन पुरा अबशर मिल्ने छ ! उस लाई कहिले पनि म भुल छु भनेर कसैबाट सिकाएत पनि हुने छैन ! 

मलाई यस सन्सरले चिन्न भुल त गरेन भनेर आफुले आफुलाई चिन्ने कोशीस र बिश्वास गर्ने छ ! जो मान्छे आफु देखि आफैनै डराउने छ उसले सबै सित डराउनु पर्ने हुन्छ ! जो ब्यक्ति आफु देखि आफैनै डराउदैन त्यो ब्यक्तिले कोहि सित डराउदैन ! आफु देखि आफै नडराउने ले आफ्नो भबिश्यमा पछि नै परेको हुन्छ ! यस्ता ब्यक्तिले सत्य कहिले पनि बोल्दैन ! कस लाई कस्तो मान सम्मान दिनु पर्ने हो जानेको हुदैन !

म भन्दा ठुलो या सबै कुराहरु मा अरु कोहि छैन्न भनेर सोचि रहेको हुन्छ ! मानिसको दिमाख भनेको एउटा कम्पुटर को हाडडिस्क र रयाम जस्तै हो ! कम्पुटर को हाडडिस्कमा जो सफ़्ट्वार लोड गर्यो त्यहि हुन्छ ! त्यस हाडडिस्क मा भएको सफ़्ट्वार लाई कति स्पिट मा चलाउनु पर्ने हो रयामको काम हुन्छ ! त्यस्तै मानिसको जिबन भनेको दिमाख ले चल्छ ! मानिसको शरिरीक बनोट र दिमाख सोच्नुसकि हार्डडिस, उस को ब्यक्तित्व लाई रयाम सोच्नुस ! अनि यस मा कति फर्क पर्छ भनेर हेर्नुस कि उसको ब्यक्तित्व नै शरिर, शरिर भनेको नै उसको जिबन-जिबन भनेको कुशल या अकुशल, कुशल या अकुशल भनेको नै सुख दु:ख हो ! अब तपाई लाई म यसको बारेमानै भन्न र तपाई को सारा जिबन भर नै काम लाग्ने र याद आउने दुई शब्द कोर्न लागि रहेको छु ! 

म आफ्नो जिबनको मालिक म आफै हु ! अरु कसैले पनि मेरो जिबनलाई भरि पुर्ण र सु-सम्पन्न बनाई दिईदैन ! मेरो जिबनलाई निरमान म आफैले गर्नु छ ! परिपकका गर्नुस कि मेरो जिबनमा के गर्नु छ भनेर ? त्यस चिज लाई प्राप्त गर्न तनमन दिएर लाग्नुस ! येदि तपाई दुई पाउ सध्धे भएर पनि लाठिको साहारा लिन खोज्नु हुन्छ भने सारा जिबन भरनै खुटटो खोच्याएर हिड्नु पर्ने छ ! भनेको अर्थ तपाई कसैको साहारा लिई रहनु भएको छ या लिन खोज्नु हुन्छ भने पछि नै पर्नु हुनेछ ! जिबनको खेल खेल्नु छ भने कम्मर बलियो बाधेर उत्रिनुस ! 

हार जित सित कहिले पनि चिन्ता नलिनुस ! यो समय सित को खेल हो ! यदि समय ले तपाई लाई जित्यो भने तपाईको हार हुनेछ ! तपाई को हार को पुरुस्कार भनेको दु:ख पाउनु हुनेछ ! यदि समयलाई जितन सक्नु भयो भने तपाईको हात मा पुरुस्कार भनेको सुखको हुनेछ ! एक चोटि हार भयो भनेर हार नमान्नुस फेरि पनि कोशिस गर्नुस ! एक दिन न एक दिन तपाईको जित हुनेछ ! जिबनको गाडि, सफलको बाटोमा तपाईकै चाल-ईसारामा चल्ने छ ! आफ्नो जिबनको लछ्यमा पुग्नको लागि आफै लछ्य बनाउनुस र भरपुर शक्ति र समय लगाएर प्रयास गर्नुस, जति खेर पनि अबशर पाउनु हुन्छ त्यस अबसर लाई नघुमाई पुर्ण फाईदा लिनुस !

कोहिपनि सफल ब्यक्तिलाई हेर्नुस ! आफ्नो निर्माण आफैले गरेको छ ! चरित्र, बिचार र धन स्व-अर्जित नै राम्रो हुन्छ ! यि सबै कुरालाई उधारो र सापट लिएर चलाउन सकिदैन ! जसले टालमटोल गर्नु हुन्छ यो आत्म प्रब्चक हो ! आफ्नो जिबनमा नया-नया कुरा हरु सिकेर त्यस लाई प्रयोग गर्न नबिर्स्नुस ! आफ्नो चरित्रको बिश्लेषण गर्नुस ! आफ्नो प्रत्येक बानि, रुचि र क्रिया को राम्रो सित बिस्तार पुर्बक बिश्लेषण गर्नुस ! आफ्नो दुर्बलता चिन्नुस ! त्यस लाई पस्कनुस र त्यस बाट राम्रो सित परिचित हुनुस ! नराम्रो चिजहरुलाई जरै देखि ओखलेर फाल्ने पट्टि लाग्नुस ! आफ्नो जिबनको छमता लाई ध्यानमा राख्नुस ! तपाई कोहि पनि काम गर्नुस चाहे सानो होस या ठुलो होस, त्यसमा तपाई को आत्मा बिश्वास स्पष्ट झलकियोस ! 

धेरै कम मान्छे हुन्छन, जो आत्मा निरिछण गर्न आवशयक सम्झिन्छन या आवश्यक सम्झेर ईमानदारीसग त्यस काम लाई पुरा गर्छन ! आफुलाई जिबनको प्रत्येक स्थिति मा राम्रो सित प्रस्तुत गर्न अत्यन्तै आवश्यक छ ! आफ्नो बघ्सज को धन सम्पति र आफ्नो परिवार को कुनै सदश्यको उपलबधि मा आफु सन्तुष्ट बनेर आफैलाई निष्क्रिय बनाएर जानु भनेको एउटा कापुरुषता हो ! आफ्नो जिबन मा उज्जवलता ले तपाईलाई प्रकाश मिल्ने छ र तपाई धेरै उत्साहा मा अगाडि बढन सक्नु हुनेछ ! तपाई आफ्नो लछ्य, आफ्नो आदर्श हमेशा प्रकाशमान राख्नुस ! त्यस लाई कहिले पनि धुवादार बन्न नदिनुश ! अनि हेर्नुस तपाई कस्तो प्रकारले बारामबार त्यहि दिशामा सफल्ता प्राप्त गर्दै जानु हुनेछ ! ईख र तपाई कोशिस ता गरेर हेर्नुस ! सबै भन्दा पहिले तपाई लाई निश्चय गर्नु पर्ने छ कि तपाई के गर्न खोजि रहनु भएको छ ! तपाई को ईच्छा, धाराणा के छ ? तपाईको कत्बये के छ ? तपाई को ईज्जत र मान के छ ? जब यि सबै प्रश्नको जवाफ आफैले खोजेर निकाल्नु हुनेछ त्यहि दिशामा प्रयतनशिल हुनुस ! 

निराशा लाई आफ्नो मन बाट निकालेर फालि दिनुस ! अनि तपाई देख्नु हुनेछ कि सफलता को फल तपाईको हातमा नै आई रहेको छ ! आफ्नो ईच्छा पुर्ति को लागि साधना कहिले पनि गर्नु हुदैन र हुने पनि छैन ! यस्ता सबै ईच्छा पुर्ति हुने कुराहरु लाई केहि छिन को लागि भनेता पनि मनमा र बिचार नगर्नु नै राम्रो हुनेछ ! सफलता तो आफैनै आउनेछ जब तपाईमा ईच्छा र जिबनमा केहि गरेर देखाउने द्रिढ भावाना रहने छ ! तपाई महा पुरुषको जिबनि हेर्नुस-पढनुस ! तपाईले थाहा पाउनु हुनेछ कि ओवाहाहरु तपाई को भन्दा पनि कठोर र बिपरित परिस्थितिमा हुनुहुन्थ्यो ! फेरि पनि आफ्नो लछय पुरा गरेर नै छाडनु भएको छ ! हामिहरुले आफ्नो जिबनमा सधै सानो-सानो चिज पाउनको लागि कोशिस गरेउ र त्यस चिज लाई प्राप्त गरेर नै हामि हरु खुशि हुदै गयौ ! हामिहरुले पुर्णता सु-सम्पन्न को तर्फ ध्यानै दिईनौ ! 

आफुले आफैलाई सिमित बन्देजमा राखेउ ! आफ्नो मनमा कहिलेपनि उच्च अभिलाशा हरुको जन्म नै दिएनौ ! नत त्यसको लागि कोहि तरिका र कोशिस नै गरिम ! अब तपाई र मलाई केहि गरेर देखाउनु छ ! तपाई पनि मेरो साथ दिन चाहानु हुन्छ ? आफ्नो भबिश्य मा केहि उन्नति गरेर देखाउनु छ ! आजै बाट सदा उच्च भावना लिएर अघि पढौ ! बोलेको बोलि र बितेको समय कहिले पनि फर्केर आउने छैन ! आफ्नो जिबन आदा भन्दा ज्यादा बितेर गई सक्यो ! अब समय थोरै छ ! यहि थोरै समयमा नै केहि गर्नु छ ! यस भावानामा मेरो केहि भुल भएमा सच्याई दिने कोशिस गरि दिनु होला ! यो मेरो ब्यक्तिगत भावाना तपाई लाई कस्तो गाग्यो ? सक्नु हुन्छ भने यस को जवाफ अबस्य पनि दिनु होला भन्ने आशा लिएर बस्ने छु !

पुरा पढि दिनु भएको मा मेरो तर्फ बाट धेरै-धेरै धन्यबाद दिन चाहान्छु !

ढक बाहादुर बस्नेत

ईन्डिया

कोलकाता

बाट

"फेरि भेटौला"

बाई बाई ......................... ई ई ई ई ई ई ई ई ई ..................

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !