अब यहाँ वास्तविक डाँकाहरू को हुन् ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

अब यहाँ वास्तविक डाँकाहरू को हुन् ?

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू । यो पैसा राज्यको हो । तर ज्यान तपाईंहरूको हो । तपाईं हरु ला...


अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू । यो पैसा राज्यको हो । तर ज्यान तपाईंहरूको हो । तपाईं हरु लाई राज्यले केही गर्दैन । राज्यको धन जोगाओस् । तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस् ।"

बैंकमा भएका सबैजना भुइँमा सुते । यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ ।

एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस् ! यो डकैती हो र बलात्कार होइन !"

यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ !

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं ।"

उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको ? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ । आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि !"

यसलाई "अनुभव" भनिन्छ । हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ ।

डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो । तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस् ! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं ।

यसलाई "छालसँगै पौडनु" भनिन्छ । परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु ! 

सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि !"

यसलाई "दिक्दारी हटाउनु" भनिन्छ । तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ । 

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो । यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाले । तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो । डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं । तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो । चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!"

यसलाई "ज्ञान अमुल र बहुमुल्य हुन्छ" भनिन्छ !

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो । 

यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ । जोखिम मोल्न सक्ने !

अब यहाँ वास्तविक डाँकाहरू को हुन् ?

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !