६ घण्टा डिउटी गर्ने लाई र १८ घण्टा डिउटी गर्ने लाई पनि एउटै आयकर किन सरकार ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

६ घण्टा डिउटी गर्ने लाई र १८ घण्टा डिउटी गर्ने लाई पनि एउटै आयकर किन सरकार ?

हजुर हरुको अमुल्य समय खर्चेर यो गहन विषय मा आधारित लेख पुरै पढेर प्रतिक्रिया दिनु होला । त्यसका साथै सबैजना ले शेयर गरी सम्बन्धित निकाय सम्म...

  • हजुर हरुको अमुल्य समय खर्चेर यो गहन विषय मा आधारित लेख पुरै पढेर प्रतिक्रिया दिनु होला । त्यसका साथै सबैजना ले शेयर गरी सम्बन्धित निकाय सम्म पुर्याउन सहयोग गर्नु होला । हाम्रो देश नेपाल मा सरकारी कर्मचारीले दिनको 6 घण्टा दिनभर घुमाउने कुर्ची मा सुतीसुती डिउटी गरेर सरकार लाई जम्मा 1% आयकर बुझाउँछन् । हामी यही देश का नागरिक ले निजी कंपनी मा दिन को 18 घण्टा जोखिम पुर्ण काम गरेर 30% आयकर तिर्छौं ।
  • यहाँ खै ? मानवअधिकार संगठन, मजदुर संगठन र यहाँ भएका विभिन्न किसिमका संगठन हरु । यहाँ 6 घण्टा डिउटी गरेर कमाउने लाई र 18 घण्टा डिउटी गर्ने लाई कम्ती मा पनि आयकर मा हेरिनु पर्ने हो । यहाँ सबै आ-आफ्नो मतलब मा व्यस्त छन् । अहिले यहाँ नेपाल सरकार ले हप्तामा 2 दिन छुट्टी दिन खोज्नुको मैले देखेको मुख्य कारण 100% यस्तो हुनसक्छ ।
  • पहिले यहाँ साधारण हिसाब गरौं । 
  •  अहिले सम्म चलिआएको हप्तामा 1 दिन छुट्टी हुँदा को हिसाब :-  
  • 1) एक दिन मा 10 बजे बाट 4 बजे सम्म = 6 घण्टा ।  
  • 2) एक हप्तामा आईतबार बाट बिहीबार 5 x 6 = 30 घण्टा । 
  • 3) शुक्रबार 10 बजे बाट 1 बजे सम्म = 3 घण्टा ।
  • 4) एक हप्तामा 6 दिन डिउटी गर्दा 33 घण्टा ।
  • 5) एक महिना मा 4 x 33 = 132  
  • 2079 जेठ 1 गते बाट नयाँ व्यवस्था अनुसार हप्तामा 2 दिन छुट्टी दिँदा ।  
  • 1) एक दिनमा 9:30 बजे बाट 5:30 सम्म 8 घण्टा । 
  • 2) एक हप्तामा सोमबार बाट शुक्रबार सम्म 5x8 = 40 घण्टा ।  
  • 3) एक महिना मा 4 x 40 = 160 घण्टा । 
नोट # एक दिनमा 2 घण्टा ज्यादा डिउटी गर्दा महिना को 4 हप्ता को हिसाब गर्दा जम्मा 28 घण्टा ज्यादा डिउटी गर्नु पर्यो । यस्तो पनि कसले मान्ने ? दिनको 6 घण्टा डिउटी गर्दा त निदाएर दिन कटाउँथे । यिनी हरु बाट 8 घण्टा डिउटी गराउन सकिन्छ भनेर सोच्ने महान व्यक्ति नै मुर्ख हो । यो एउटा चाल, कर्तुत मात्रै हो । यो गर्न खोजेको अरु केही होइन अहिले यस लाई लागु गर्ने पछि बिस्तारै यो व्यावस्था लागु गराउन सकिएन भन्दै त्यस लाई खारिज गर्दै इन्डियाको छुट्टीको दिन नै पारेर आईतबार छुट्टी मिलाउन खोजेको हो । त्यस पछि नेपाल इंडिया काे लेनदेन देखि लिएर, सिमाना मा अहिले भई रहेको समस्या काे समधान गर्न खोजेको हो । 
 
यहाँ नेर नेपाल मा सरकारी छुट्टी हुँदा इंडिया मा खुलेको र इंडिया मा सरकारी छुट्टी हुँदा नेपाल मा बन्द हुने कारण ले कारोबार मा समस्या हुनेगरेको छ । एकै चोटि नेपाल मा पनि शनिबार छुट्टी नभई आईतबार भनेर घोषणा गर्यो भने नेपाल भित्र आगो बाल्छन् । यसो गर्नु को मुख्य कारण नेपाल का नेता इंडिया ले नै चलाउने भएको ले हो । सरकार यदि यस्तो सोच नराखी देश कै भलाई को लागि यो नियम ल्याईएको हो भने :- अब ल्याउन लागेको आर्थिक वर्ष 079/80 को बजेट मा म जस्तै एक दिनमा 18 घण्टा जोखिम पुर्ण काम गर्ने लाई हेरियोस । 
 
यहाँ जसले धेरै जोखिमपूर्ण काम र चर्को मजदुरी गर्छ त्यस ले नै केही सुभिदा पाइरहेको छैन । उसले नै आफ्नो तलब बाट 30% आयकर सरकार लाई बुझाउँदै आएको छ । यहाँ भाष्ट्चार गरेर अपुत करोडौं को सम्पति जम्मा गर्ने लाई कुनै कर (Tax) लाग्दैन । 18 घण्टा मजदुरी गर्ने लाई हेर सरकार अनि देश विकास मा के अंतर आउँदो रहेछ अर्को आर्थिक वर्षको बजेट मा हेर्न सक्ने छौ । त्यो भन्दा पनि अबका 5 वर्ष पछि को स्थानीय निकायको चुनाव मा यसपाली को जस्तै गरी नेता हरुले रोइकराइ भोट माग्न नोट को बर्षा गर्नु पर्ने छैन । त्यो पैसाले देश विकास गर्न धेरै सहयोग गर्ने छ ।।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !