२७-असार-२०६४,बुधवार स्वास्नी छोराछोरी पाल्नका लागि लोग्ने रातदिन काममा खटिने, तर घरमा भने महत्त्वाकांक्षाको बाढी लाग्दा के हुन्छ? अनुमान ग...
२७-असार-२०६४,बुधवार स्वास्नी छोराछोरी पाल्नका लागि लोग्ने रातदिन काममा खटिने, तर घरमा भने महत्त्वाकांक्षाको बाढी लाग्दा के हुन्छ? अनुमान गर्न सकिन्छ, खर्चले पुग्दैन, हरितन्नम होन्छ वा घर नै छाड्नुपर्छ । तर, यी सामान्य अनुमान भन्दा निक्कै रोचक, तर भयानक घटनाको प्रसङ्ग हो यो झापाका भीम कार्की पेशाले जग्गा दलाल हुन् । उनलाई काठमाडौंमा घाटघाटका जग्गाको मूल्य थाहा छ । त्यसकारण उनी व्यस्त पनि हुन्छन् । उमेरमा पैसा कमाए पछि सुख पाइन्छ भनेर कमाए जति पैसा घरमा दिन्थे उनले । एउटा छोरीका बाबु भीमको परिवार सुखी थियो । हट्टाकट्टा, खाइलाग्दी श्रीमती थिइन् उनकी । जमुना हो नाम, माइती झापाको दमकमा पर्छ । गुरुङ्गकी छोरी जमुना र क्षेत्रीका छोरा भीमबीचको सम्बन्धमा कुनै दरार आएको थिएन । लोग्ने कमाउने हुनाले जमुना कहिले व्युटिपार्लरतिर हुन्थिन् त कहिले खाना पकाउने तालिम लिन जान्थिन् । भीमलाई लाग्थ्यो, आफ्नी बूढी कति मेहनती रहिछन् । त्यसैले मेहनती पत्नीलाई भीमले महङ्गो मोबाइल सेट पनि किनिदिएका थिए । बालाजू बस्ने उनीहरु एकापसमा निक्कै माया पनि गर्थे । कारणः लोग्ने स्वास्नी बीच सबै भन्दा ठूलो कुरा विश्वासको हुँदो रहेछ । जमुनाले एकजना राजेश डङ्गोल नामक खेलाडी चिनेकी थिइन् । डङ्गोलले उनलाई दिदी भनेर बोलाउँथे । भीमले पनि पत्नीले बाहिर चिनजान राम्रै गरेकी रहिछन् भनेर कुनै रोकटोक गरेका थिएनन् । फरासिली स्वभावकी जमुना सबैसँग राम्रै बोल्थिन्, त्यसरी बोल्दैमा शंका गर्नु पनि पाप हुन्छ भन्ने भीमको विचार थियो । एक दिन भीम चाँडै घर पुगे । थकाइ मारिरहेको बेला उनलाई आफ्नी पत्नीले बोक्ने गरेको डिजिटल क्यामेरामा उनले खिचेका दृष्यहरु भीमलाई हेर्न मन लाग्यो । खोलेर हेरे । क्यामेरा अन गरेपछि एउटा दृष्य झुल्कियो, जो स्वभाविक थिएन । दृष्यमा आफ्नै पत्नीसित अनुहार मिल्ने कोही महिला छ, र देखेदेखेजस्तो लाग्ने अर्का पुरुष पनि छन् । तर, भीमलाई उनी आफ्नै पत्नी हुन् भन्ने अलिकति पनि विश्वास भएन । भीमले फेरि शुरुदेखि नै दृष्य हेर्न थाले । जब नियालेर उनले दृष्य हेर्न थाले, उनी पक्का पक्की आफ्नै पत्नी भएको ठम्याए । दृष्यमा देखिएका थिए, जमुनालाई दिदी भन्ने खेलाडी डङ्गोल। 'दिदी–भाइ' बीचको चर्तिकला निक्कै भयानक थियो, भीमको जीवनमाथि ठूलो धोका थियो । दृष्यमा अञ्जना पूरै नाङ्गै थिइन् र डङ्गोल उनीसित टाँस्सिएका छन् । अर्थात्, 'दिदी–भाइ' भन्ने बनावटी नाताका आडमा उनीहरु निसंकोच यौनसम्पर्क गरिरहेका थिए । कुनै नीलो चलचित्र भन्दा कम थिएन त्यो दृष्य। यो दृष्य हेरेर भीम स्तब्ध भए, साथमा आक्रोशित पनि । तर, त्यो स्तब्धता र आक्रोशलाई तत्काल अभिव्यक्त गर्नु उनले उचित ठानेनन् । भीमले जमुनाको डिजिटल क्यामेराको चिप्स निकालेर आफ्नो चिप्स उनको क्यामेरामा हालि दिए । त्यो चिप्स बोकेर उनी सरासर हनुमानढोका गए, पुलिसको अड्डामा। त्यहाँका हाकिमले बालाजू बृत्तले उक्त घटनाबारे आवश्यक कारवाही गर्ने भनी सुझाव दिए । प्रहरीको सुझाव बमोजिम भीमले आफ्नी पत्नीलाई केही भनेनन् । अर्थात्, पत्नीलाई गाली गर्नु र दुर्व्यवहार गर्नु उचित नहुने भन्दै उनले संयम पूर्वक जमुना सित केही कुरा गरे । उनले भने– 'मैले जापान जाने सबै काम पक्का पक्की गरेको छु । तर, जापान जानका लागि बिहे नगरेको अथवा बिहे गरेर पनि छोडपत्र गरेको कागजात दिनुपर्ने रहेछ, त्यसैले तिमी र म कागजी छोडपत्र गरौं ।' जापान जान पाइने भएपछि कागजी छोडपत्र त्यति ठूलो कुरै भएन भनेर जमुनाले भीमको कुरा मानिन् । मनभरि महत्त्वाकांक्षाको पहाडले भरिएकी जमुनाले सुखद् जीवनको कल्पना गर्दै प्रशासन समक्ष बिना अंश कागजी छोडपत्र गरिन् । अब आयो भीमको पालो । जमुना आफ्नी पत्नी नभएपछि उनले प्रहरीमा अश्लील दृष्य खिचेको रिपोर्ट सहित बेग्ला बेग्लै बस्ने व्यवस्था का लागि निवेदन हाले । जमुना त्यतिबेला छाँगाबाट खसे जस्तो भइन्, जतिबेला भीमले डङ्गोल सित यौन सम्पर्क गर्दागर्दैको दृष्य देखाइदिए । उनले गल्ती स्वीकार गदर्ैै भीमसित माफ मागिन्, तर भीम माफ दिने पक्षमा थिएनन् । माफी दिऊन् पनि कसरी, जब आफ्नै पत्नी अर्का सित सुतेको आफैंले देखे पछि । उनले छोडपत्र को कागज गरिसकेकी थिइन् । जापान त एउटा बहाना न थियो, प्रशासनलाई लिखितम् भए पुग्ने भइहाल्यो । जमुनाले भीमलाई कसै गरी पनि नछाड्ने भनिन् । उनले माइतीलाई गुहारिन् । ससुरा बाजेले भीमलाई फोन गरेर भने– 'ल ज्वाइँ, एकपल्टलाई गल्ती भइहाल्यो, अब गल्ती गर्दिन भनेकी छ ।' तर, भीमले मानेनन्, कारणः विश्वास माथि एउटा कहालि लाग्दो बज्रपात थियो त्यो घटना प्रहरीको रोहवरमा अर्का सित बरालिने पत्नीलाई भीमले एउटा घडेरी दिएर अलग्गै बस्ने निर्णय गरे । धेरै कष्टका साथ जमुनाले निर्णय स्वीकार गरिन् । नाबालक छोरीको पठन पाठन र स्याहार सुसारका लागि थियो, त्यो घडेरी । छोरी अहिले स्कूलमा बोर्डर्स गरिएकी छन् । नाबालक छोरीलाई बोर्डर्स गरेर अञ्जना कता रमाइरहेकी छन्, कुनै पत्तो छैन । पत्नीको तनावका कारण भीमले बालाजूको बसाइ छाडे । उनी आजकल चाबहिल बस्न थालेका छन् ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !